Saturday, July 18, 2015

माईक्रो बस इकाई समितिको अध्यक्षमा फेरी :थापा-Pokhara-Nepal-Bus

पोखरा, ०२ साउन ।

ट्याक्सी व्यावसायी समिति पोखराद्धारा संचालित माईक्रो बस इकाई समितिको सातौ साधारण सभा तथा पाँचौ अधिवेसनले पुनः टिकाराम थापाको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा गणेश कुमार कार्की, सह–सचिवमा हर्कसिं गुरु∙, कोषाध्यक्षमा प्रेम नारायण पाध्य र सह–कोषाध्यक्षमा पुर्ण बहादुर कार्की निर्विरोध चयन हुनु भएको हो । यस्तै सदस्यहरुमा गोविन्द रानाभाट, भक्त श्रेष्ठ, रविन्द्र तिमिल्सीना गगन कुमारी गुरु∙ र बेग बहादुर गुरु∙लाई चयन गरिएको छ ।

यसअधि कार्यक्रमको उद्धघाटन गर्दै ट्याक्सी व्यावसायी समिति पोखराका अध्यक्ष गान्धिराज गीरीले पोखरामा विद्यमान ट्राफिक समस्याको समाधान हुन नसकेको बताउदै ट्राफिक सचेतना संगै सक्रियता बढाउनु पर्नेमा जोड दिनुभयो । साथै व्यावसायीक एकतामा जोड दिदै उहाँले व्यवसायीक मर्यादाको ख्याल गर्न समेत व्यवसायीहरुलाई आग्रह गर्नुभयो । २०४० सालदेखी समितिले सेवा प्रदान गर्दै आईरहेको उल्लेख गर्दै उहाँले सेवालाई समयसापेक्ष बनाउदै लैजाने तयारीमा आफुहरु हरेको जानकारी समेत दिनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक स्यामु अर्यालले पोखरामा ट्राफिक व्यवस्थापन विकराल बन्दै गैरहेको बताउनुभयो । विभिन्न क्षेत्रहरुबाट ट्राफिक नियमको उल्लघन भैरहेको बताउदै उहाँले सडक अनुसासनको पालना गर्न आम चालक तथा सहचालहरुलाई आग्रह गर्नुभयो ।

ट्याक्सी व्यावसायी समिति पोखराका वरिष्ठ उपाध्यक्ष प्रकाशमणी तिवारीले कानुन भन्दा माथी कोही नहुने भन्दै आन्तरीक विवादका कारण व्यावसायीक क्षमतामा ह्रास आउने सम्भावना रहेको तर्फ सचेत गराउनुभयो ।

यस्तै महासचिव पुर्ण बहादुर गुरु∙ले आफुहरुमाथी सिण्डीकेट लाद्ने जो कोहीलाई कुनै हालतमा नछोड्ने चेतावनी दिनुभयो । इकाईका संस्थापक अध्यक्ष दान बहादुर थापाले कठिन परिस्थतीहरुको सामना गर्दै समितिलाई अहिलेको अवस्थामा ल्याई पुर्याएको भन्दै अझै परिष्कृत बनाउदै लैजान सुझाव दिनुभयो ।

इकाइका संयोजक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल यातायात मजदुर संगठन कास्कीका सदस्य अर्जुन खनाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णु खत्री, अखि नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष सुुर्यमणी लामिछाने र ट्याक्सी व्यावसायी समितिका पुर्व वरिष्ठ उपाध्यक्ष निल बहादुर कार्की लगायतले यातायात मजदुरका समस्या र व्यावसायीक हितका बारेमा बोल्नु भएको थियो । इकाईका कोषाध्यक्ष प्रेमनारायण पाध्यले इकाइका गतिविधि सम्बन्धमा कोषाभ्यक्षको प्रतिवेदन पेश गर्नुभएको उक्त कार्यक्रमको संचालन सचिव गणेश कुमार कार्कीले गर्नुभएको थियो ।

क्यानसर सम्बन्धि एक दिने जनचेतनामुलक कार्यक्रम:

पोखरा, ०२ साउन ।
कास्की सेवा हस्पिटल पोखराले क्यानसर सम्बन्धि एक दिने जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार हस्पिटलको आफ्नै प्रागणमा आयोजीत कार्यक्रममा करिव एक सय जनाको सहभागीता रहेको थीयो । कार्यक्रममा लामो समय देखी अमेरिकामा  रहेर चिकित्सा सेवा प्रदान गरिरहनु भएका डा.प्रकाश थपलियाले क्यान्सर रोगबारे जान्नु पर्ने कुरा र रोग लाग्नुबाट जोगीने उपाय बारे जानकारी गराउनुभएको थीयो । क्यानसर मुख्य तया दुई प्रकारको हुने थपलीयाले बताउनुभयो । ब्लड क्यान्सर र ट्युमर क्यान्सर बाट संसारमा करोडौ मान्छे पिडित रहेको डा.थपलियाले जानकारी दिनुभयो । क्यान्सर रोग मध्य १० प्रतिशत वंशाणुगत र ९० प्रतिशत नसर्ने उहाँले बताउनुभयो । अनावश्यक अनियन्त्रीत कोश वृद्धी हुनाले क्यान्सर हुने गरेको र सुरुको अवस्थामा पहिचान गर्न सके क्यान्सर रोगबाट उन्मुक्ति पाईने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा कास्की सेवा हस्पिटलका प्रबन्ध निर्देशक डा.पदम खड्काले क्यानसर रोगबारे समाजमा रहेको भ्रम आतँक र यर्थाताको बारेमा प्रष्ट पर्नुभएको थीयो । कार्यक्रममा सचेतना संगै क्यान्सर सम्वधि निशुल्क स्वास्थ्य परिक्षण गरीएको थियो । नेपालमा रहेको बखत जनचेतना र निशुल्क स्वास्थ्य उपचारमा लागीरहने डा. थपलियाले प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

मानव मिलन नारी जागरण नेपालको रक्तदान कार्यक्रम सम्पन्न-Pokhara-News-Nepal


साउन २, गते
पोखरा
मनव मिलन नारी जागरण नेपालले शनिवार आफ्नो वार्षिक कार्ययोजना अनुरुप रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका महासचिव रविन्द्रसन प्रजुले संस्थाले सामाजिकमा विभिन्न कार्यक्रम गरेकोमा प्रसंसा गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुस्मा पौडेलले संस्थाले गरेका गतिविधिहरु अनुकरणीय रहेको बताउनुभयो । त्यस्तै बोडकास्टिङ्ग एशोसियसन अफ नेपाल बानका केन्द्रिय सचिव तथा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले संस्था, समाजमा उदाहरणीय संस्थाको रुपमा विकसित हुँदै गएको बताउनुभयो । नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले संस्थाले सवैलाई समेटेर काम गरेको बताउनुभयो । संस्थाका अध्यक्ष सावित्री शर्माको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसंचार केन्द्रका प्राविधिक अर्जुन ज्ञवाली, आर्दशसमाज राष्ट्रिय दैनिकका पत्रकार गुप्तप्रसाद शर्मा, टोल विकास संस्था समन्वय समिति पोखरा ७ का अध्यक्ष राममोहन आर्चाय, महिला क्लव पोखराका अध्यक्ष विष्णु पराजुली, रेडक्रस सोसाइटी उपशाखा पोखरा ७ का अध्यक्ष ठाकुर प्रसाद बराल, महिला विकासका लागि आमा समुहका अध्यक्ष मेनुका बराल लगायतले बोल्नुभएको थियो ।  संस्थाका सहसचिव कमला गिरीले संचालन गरेको कार्यक्रममा स्वागत मनतव्य उपाध्यक्ष सविता बराल र कार्यक्रम बारेको जानकारी कार्यक्रम संयोजक मेनुका पोख्ररेलले गर्नुभएको थियो । कार्यक्रममा ७४ युनिट रगत संकलन भएको थियो । संस्थाले शिक्षा, स्वास्थ्य र मानव सेवाको क्षेत्रमा काम गर्दै आएको छ ।

३५ भुकम्प पिडित परिवारलाई राहत वितरण:Pokhara News-Nepal


पोखरा, ०२ साउन
डाँडा गाँउले सोसाईटी हङ्कङ्को सहयोगमा कास्कीको हंसपुर गाविसका ३५ भुकम्प पिडित परिवारलाई राहत वितरण गरिएको छ । गाविसका पुर्व उपाध्यक्ष एंव नेपाली कांग्रेसका नेता चन्द्र बहादुर गुरुङ्ले प्रति परिवार ३ हजारका दरले पिडितहरुलाई राहत वितरण गर्नु भएको गाविसका सामाजिक कार्यकर्ता विमलबाबु न्यौपानेले रेडियो सपलतालाई जानकारी दिनुभयो । डाँडा गाँउले सोसाईटी हंशपुरका अध्यक्ष चिनु गुरुङ्, उपाध्यक्ष प्रविन गुरुङ र सचिव गम बहादुर गुरुङ् लगायतको सक्रियाता र संयोजनमा उक्त कार्यक्रम गरिएको न्यौपाने बताउनुभयो । तर केही सामाजिक संघ संस्थाहरुले राहत स्वरुप सहयोग गरेपनि राज्यका तर्फबाट कुनै सहयोग नपाएको पिडितहरुले गुनासो गरेका छन् ।

Saturday, June 6, 2015

विकाश र अनिल आरएमसी पोखरा ओपन टेनिसको उपाधीका लागि भिड्ने-News-Pokhara-Nepal Tennis


जेष्ठ २२, पोखरा

विकाश गुरुङ्ग र अनिल शाहि पोखरा रंगशालामा जारी आरएमसी पोखरा ओपन टेनिस प्रतियोगिताको उपाधीका लागि भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा विकासले नविन रानामगरलाई तथा अनिलले धरमसिंह लामिछानेलाई पराजित गर्दै उपाधी भिडन्त निश्चित गरेका हुन् । प्रतिस्प्रधात्मक खेलमा विकासले नविनलाई ६–१,६–७ र सुपरटाईमा १०–५ ले पराजित गरेका थिए । त्यसअघि भएको पहिलो सेमिफाइनलमा अनिलले धरमलाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेका हुन् ।

नौ वर्षदेखि टेनिस खेल्दै गरेका विकासले यसअघि लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा दशै कपको उपाधी जितेका थिए । सोही कोर्टमा सम्पन्न ओम फ्यामिली कपमा पनि उनी उपविजेता बनेका थिए । गत महिना भुकम्प प्रभावितहरुको सहयोगका लागि पस्र्याङ्गमा सम्पन्न प्रतियोगितामा पनि उनी सेमिफाइनल पुगेका थिए । त्यसैगरि हेटौडामा सम्पन्न सामरि ओपन राष्ट्रिय टेनिस प्रतियोगितामा ३५ वर्ष माथिको एकलमा सेमिफाइनल पुगेका थिए । त्यसैगरि दार्जलिङमा भएको अन्र्तराष्ट्रिय टेनिस प्रतियोगितामा पनि क्वाटरफाइनल सम्म पुगेका थिए । अर्का प्रतिस्पर्धी अनिल शाहिले भने पोखरामा भएका प्रतियोगिताका विभिन्न ११ वटा टाइटल जितिसकेका छन् । उनी हाल पोखराको शिर्ष बरियता खेलाडी हुन् ।

मेन्स सिंगल्सको ‘बि’ क्याटोगोरीतर्फ उपाधीका लागि लोक गुरुङ्ग र प्रदिप खड्का आमने सामने हुनेछन् । स्काइ माउण्ट टेनिस क्लवको आयोजनामा भएको प्रतियोगिता अन्र्तगत मेन्स डबल्सको उपाधी शक्ति शर्मा र शरण गुरुङ्गको जोडिले जितेको छ । धरमसिंह लामिछाने र गोपीबहादुर भट्टराईको जोडिलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गर्दै शक्ति शरण जोडिले सो उपाधी रक्षा गरेको हो । प्रतियोगितामा दुईवटा उपाधी जित्ने क्रममा शरणले नविन श्रेष्ठसंगको जोडिबाट मेन्स डबल्स ‘बि’ क्याटोगोरीको उपाधीपनि जिते । शरण र नविनको जोडिले पृथ्वीमान गुरुङ्ग र प्रदिप खड्काको जोडिलाई ६–३, ३–६ र १०–५ को सेटमा जित हाँसिल गर्दै उपधीमाथि कब्जा जमाएका हुन् ।

प्रतियोगिताको फाइनल खेल शनिबार बिहान हुने प्रतियोगिता संयोजक राजेन्द्र प्रसाद घिमिरेले जानकारी दिए । प्रतियोगितामा एकलतर्फको विजेताले नगद १० हजार र उपविजेताले ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् भने अन्य इभेण्टका विजेताले नगद ५ हजार र उपविजेताले ३ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।

Wednesday, June 3, 2015

Let's go Pokhara-Nepal-Pokhara is the most famous tourist place in Nepal

Let's go Nepal-जाउ है नेपाल घुम्नलाई
Let's go Pokhara-जाउ है पोखरा घुम्नलाई
Pokhara is the most famous tourist place in Nepal, and is the 2nd largest city, a valley, after Kathmandu, the capital. Pokhara is the city.
Adventure Sports in Pokhara Nepal-
One of the must visit places during your Holidays
पोखरा किन घुम्नै पर्ने ठाऊ हो
Bungee Jump,Zipflyer,Paragliding,Rafting,Ultralight, and Canoeing

Zipflyer Pokhara Nepal
Bungee Pokhara Nepal
Paragliding Pokhara Nepal

Rafting Pokhara Nepal



Canoeing Pokhara Nepal

Ultralight Pokhara Nepal

Monday, June 1, 2015

दुईदिने उद्घोषण कला प्रशिक्षण कार्यक्रम-Pokhara-Nepal-News

पोखरा, १६ जेठ ।
ढिकालेथर जागृती दिदि बहिनी समुह ढीकालेथर १२ को आयोजना तथा रेडियो सफलता १०३.४ मेगाहर्जको सहकार्यमा दुईदिने उद्घोषण कला प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । समुहका ३५ महिलाहरुको सहभागीता रहेको उक्त कार्यक्रम निकै प्रभावकारी भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । चुलोचौकोमा सिमित महिलाहरुको ब्यक्तित्व विकासका लागि तालिम फलदायी भएको प्रशिक्षकहरुले बताएका हुन् । तालिममा रेडियो सफलताका प्रमिला बराल र हिमलाल पौडेलले सहजीकरण गर्नुभएको थियो । २ दीने उक्त तालिममा सहभागिहरुको उत्साहजनक सहभागीता र यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन समेत आग्रह गरिएको छ । समुहकी अध्यक्ष विष्णु आचार्यको अध्यक्षतामा तालिमको समापन गरिएको हो ।

Monday, May 18, 2015

तालमा डुवी मृत्यु-News-Pokhara-Nepal

 
पोखरा जेष्ठ ३ गते 
    घरबाट घाँस दाउरा गर्न भनी गएका दुई बालिकाको बेगनासताल घुम्ने क्रममा डुंगा डुवी मृत्यु भएको छ । हिजो मिति २०७२/०२/०२ गते जि।कास्की ले.न.पा।-११ पचभैयाबाट नजिकैको सामुदायिक वनमा घाँस दाउरा गर्न गएका पाँच जना बालबालिकाहरु डुंगा लिई बेगनास ताल घुम्न गएको अवस्था डुंगा अचानक तालमा डुव्दा दुई बालिकाको डुवी मृत्यु भएको  र एक बालक र दुई बालिका पौडी खेली बाहिर निस्कन सफल भएका छन् । डुवी मृत्यु भएका बालिकाहरुको ईलाका प्रहरी कार्यालय हंशपुर र  स.प्र.गण पोखराबाट खटिई गएको प्रहरी टोलीले  स्थानीय मानिसहरुको सहयोगमा मृतावस्थामा शव तालबाट बाहिर निकालेको थियो ।
मृत बालिकाहरू:
१. जि.कास्की ले.न.पा.-११ पचभैया बस्ने बर्ष १३ की ममता गुरुङ,
२. ऐ ऐ बस्ने बर्ष १३ की सिता सुनार ।
  
  

Monday, May 11, 2015

Earthquake Gorkha Barpak Nepal










News by:Hemant Grg
बैसाख १२ गाते सनिबारका दिन गोरखको बारपाकलाइ केंद्र बिंदु बनाएर गएको महाभूकंपामाँ ज्यान गुमाउने संपूर्ण नागरिक र घाइते हुनु भएका दसौ हजारौ नागरिकमाँ हामी पोखरा लिंकन इंटरनेशनल कॉलेज (BBA ) बिद्यार्थी हार्दिक श्रदा सुमनका साथ शीघ्र स्वास्थ लाभ को कामना गर्न चाहन्छौ |
यस प्राकृतिक महा बिपत्तिमा परेर आफ्नो घरबार बिहिन भएका गोरखा आरुघाटका जनतालाई केहि स्वास्थ सम्बन्धी जानकारी दिनको लगी हामी यस PLIC BBA 4th Semester का बिद्यार्थीहरु प्रत्यक्ष अवलोकन गर्न गएका थियौ | यसै क्रममा हामीले गोरखा सदरमुकाम बाट ५ घंटा दुरिमा रहेर पनी अति सामान्य स्वस्थ्य समन्धी कुराहरु जानकारी नपाएका जनतालाई प्रत्यक्ष भेटेर उनिहरुको गुनासो सुनने मौका पायौ | यसै सिलसिलामाँ १३०० घर धुरी रहेका यस आरुघाट क्षेत्रमाँ १२५-१५० सम्माका घरधुरिहरु अति निम्न बर्गीय पायौ | हामीले ती घरधुरीका पीड़ितलाई प्रत्यक्ष रुपमा भेटेर उनीहरुलाई सामान्य भन्दा सामान्य स्वास्थय समन्धी जानकारी गर्यौ | उनीहरूका अनुसार त्यस आरुघाट क्षेत्रमाँ पहुंच वालाहरुले मात्र राहत पयेका गुनासो सुन्यौ | यसै क्रममा हामीले त्येस क्षेत्रका जनतालाई स्वास्थय सम्बन्धी सामाग्रीहरु जस्तै मंजन, ब्रश, साबुन,मास्क,ग्लव्स,डेटोल,महिलहरुको लगी प्याड आदि त्यस ठाउँमा निम्न बर्गीय जनतालाई बितरण गरयौ | यसै सिलसिलामा १५ धुरीका जनतालाई ४ वटा अस्थाई सौचालय पनी निर्माण गर्यौ |

Wednesday, May 6, 2015

बाल यौन दुरव्यवहार न्युनिकरण गर्न जोड--News-Pokhara -Nepal


पोखरा, बैशाख २२ गते ।
 बालबालिका माथि हुने योन दुरव्यवहारको घटनाले तत्कालीन अवस्थामा मात्र नभएर द्धीर्घकालिन रुपमा नकरात्मक प्रभाव पर्ने भएकाले यस्ता घटनाहरु न्युनिकरण गर्न जनचेतना मुलक कार्यक्रम आवश्यक रहेको पोखरामा आज आयोजित कार्यक्रममा जोड दिइएको छ ।
अन्तरदृष्टि नेपाल पोखराको आयोजना तथा टोल विकास संस्था वडा समन्य समिति–११ को  व्यवस्थापनामा संञ्चालित बाल यौन दुरव्यवहार न्युनिकरण सम्बन्धी एक दिने सचेतना कार्यक्रममा बोल्ने वक्ताहरुले सो विषयमा जोड दिएका थिए ।
कार्यक्रममा समुदाय र विद्यालयमा बाल यौन दुरव्यवहार सम्बन्धी जनचेतना मुलक कार्यक्रम संञ्चालन गरी यौन दुरव्यवहारका घटनाबाट रोकथान गर्ने समुदायका सचेत नागरिकलाई सशक्तिकरण गर्दै अगाडि बढाउने र यौन दुरव्यवहार रहित समाजको निर्माण गर्ने कुरामा थप जोड दिइएको थियो ।
कार्यक्रममा बोल्दै टोल विकास संस्थाका अध्यक्ष एवम् प्रध्यापक बाबुराम केसीले समाज हुने नकरात्मक प्रवित्तिलाई न्युनिकरण गरेर लैजाने समाजकै दाहित्व रहेको बताउनु भयो ।
कार्यक्रममा भिम देवी शर्मा, मिठु गुरुङ, रेखा बाँस्तोला, गौंमाया भुजेल, रामचन्द्र लामिछाने लगायतले बाल यौन दुरव्यवहारका बारेमा बोल्नु भएको थियो ।

फरार महिला प्रतिवादी पक्राउ-Pokhara-News-Nepal

पोखरा बैशाख २२  गते ।
     मानव वेचविखन तथा ओसार पसार मुद्वामा फरार रहेकी जिल्ला कास्की पोखरा उ.म.पा.वडा नं. २७ घर भई हाल पोखरा (९ नागढुंगा स्थित निरभाना रेष्टुरेण्टकी संचालिका बर्ष ४२ की कमला शेरचनलाई कास्की प्रहरीले आज मिति २०७२।०१।२२ गते पक्राउ गरेको छ । निजले आफ्नो होटलमा कार्यरत ४ जना युवतीहरुलाई ललाई फकाई रेष्टुरेण्टको साधरण काम तथा घर सफाईको काम गर्ने शर्तमा काम गर्न राखेका युवतीहरुलाई जवरजस्ती यौन धन्दामा लगाएको,  यौन ग्राहकसंग जान नमानेमा डरत्रास धम्की  दिई यौन कार्य गर्न बाध्य बनाएको भनी पिडित ४ जना युवतीहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा मानव वेच विखन तथा ओसारपसार मुद्वामा  छुट्टा छुट्टै जाहेरी दरखास्त दिएका छन् । प्रहरीले पिडित युवतीहरुसंग घटनाका बारेमा सम्मानित कास्की जिल्ला अदालतबाट बयान प्रमाणित गरी सकेको छ ।
    निज कमला शेरचनलाई आजै जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसार पसार मुद्वामा म्यादथप गरी अनुसन्धान भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्क
District Police Office Kaski, Pokhara

Tuesday, May 5, 2015

स्याङजा जिल्लाका भूकम्प पिडितलाई ५५ हजार सहयोग-Earthquake Syangja Nepal


स्याङजाली सम्पर्क सुमाज पोखराले स्याङजा जिल्लाका भूकम्प पिडितलाई ५५ हजार सहयोग
पोखरा, बैशाख २२ गते । स्याङजाली सम्पर्क सुमाज पोखराले स्याङजा जिल्लाका भूकम्प पिडितका लागि ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरेको छ । समाजका अध्यक्ष देवी अर्यालले सो रकम स्याङजाका प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेलाई हस्तान्तरण गर्नु भएको थियो ।
जिल्ला दैभिक प्रकोर उद्धार समितिका संयोजक समेत रहनु भएकी प्रमुख जिल्ला अधिकारीलाइृ सो रकम हस्तान्तरण गरेको सो समाजका महेन्द्र प्रकाशले जानकारी दिनुभयो ।
कार्यक्रममा समाजका पूर्व अध्यक्षहरु तथा सल्लाहाकारहरु राम प्रसाद श्रेष्ठ, दिल बहादुर क्षेत्री, पिताम्बर नेपाली, लक्ष्मी बराल, लालुमाया रेग्मी लगायतले सो रकम वास्तविक पिडित समक्ष पुग्नेमा विश्वास राख्नु भएको थियो । 

Saturday, May 2, 2015

राहात सामग्री लिएर जादा देखिएका काहालीलाग्दो तस्बिर -Earthquake Gorkha Baluwa Nepal

गोरखाको बुङ्कोटमा राहत सहित स्वास्थ्यर्की सेवा-Earthquake Gorkha Nepal






पोखरा, वैशाख १८ गते ।
पोखरेली युवाहरु स्वास्थ्य शिविरका साथै राहत सामग्री वितरण गरी गोरखाका विभिन्न स्थानबाट पोखरा फर्किएका छन् ।
गोरखाको बुङ्कोट अन्तरगत चोरकाटे, मानेपानीलगायतका गाउँमा पुगेर ८ लाख रुपैयाँ बराबरको राहत वितरण गरेका छन् भने २ सयभन्दा बढीलाई प्रत्यक्ष स्वास्थ्य सेवा समेत प्रदान गरेका छन् । भूकम्प आएपछि मानसिक रुपमा तनावमा रहेका गोरखावासीलाई आवश्यक परामर्शसमेत सो टोलीले दिएको टोलीका नेता किरण केसीले जानकारी दिनुभयो । गोरखा सदरमुकाम नजिक भए पनि दलित बस्ती रहेको मानेपानीमा उचित राहत नपुगेको भन्दै प्रत्यक्ष रुपमा आफै राहत सामग्री वितरण गरेको थियो ।
टोलीमा युवा युद्यमी प्रतिश पालिखे, डा. सुदर्शन सुवेदी, सुनिल पहारी, सिनीयर अहेव नविन थापा लगायतका १० जना स्वास्थ्यकर्मी र १० जना व्यावसायीको सहभागिता रहेको थियो । 
दुई ट्रक सामग्रीमा ३ सय थान त्रिपाल, दुई सय थान ब्लान्केट, ८५ थान म्याटे«ससहित खाद्यान्न सामग्रीहरु वितरण गरिएको छ । चिउरा, चकलेट, चाउचाउ, विस्कुट लगायतका राहतका लागि गोशेली हाउसबाट समेत विशेष सहयोग भएको बताइएको छ । समुहले एक दिन सोहि ठाउँमा बसेर स्वास्थ्य परीक्षण गरी निशुल्क औषधी वितरण गर्दा आत्म सन्तुष्टि समेत पाएको सहभागीहरुले बताएका छन् । स्थानीय सुन्तली दर्जीले आफूलाई भूकम्पले केही नगरे पनि दीर्घरोग भएको अवस्थामा घरदैलोमा आएर स्वास्थ्य सेवा लिन पाउँदा निकै खुसी भएको बताउनुभयो ।

Saturday, April 18, 2015

पोखरेलीयूवा सञ्चारकर्मीहरुद्धारा नेपालीफिल्मी डटकम सञ्चालनमा Pokhara News


पोखरा २ वैसाख ।
नववर्षको अवसर पारेर पोखराकै पहिलो नेपालिफिल्मी डटकम को औपचारिक उद्घाटन गरिएको छ ।
पोखराकाविभिन्न मिडियाहरु मा रहेर कामगर्ने युवा सञ्चारकर्मीहरुले नेपालीफिल्मी ड्टकम नामक वेवसाईट सन्चालनमाल्याएकाहुन् । वेवसाईटले नेपालीचलचित्र र मनोरञ्जन का सामाग्रीहरु समेट्ने बताईएको छ ।
मोफसलमा नेपालीचलचित्रकागतिविधिहरु कम संख्यामाहुने गर्दछन् । पोखरामा धेरैजसो गुरुङ , मगर, तामाङ भाषाका चलचित्र हरु निर्माण हुँदै आएका छन् ।  पोखराबाट निर्माण हुने यस्ता चलचित्रहरु प्रचारप्रशारको अभावमा फष्टाउन नसकेको भन्दै वेवसाईटको माध्यमबाट चलचित्रको प्रर्वद्धनका लागि सहयोग पुग्ने वेवसाईट सञ्चालकहरुको विश्वास छ ।वेवसाईटले चलचित्रका हरेक गतिविधिहरुलाइ पनि प्राथमिकता दिईने वेवसाईटका प्रमुख सम्पादक तथा प्रकाशक शुशन घिमिरे जानकारी दिए ।
वेवसाईट सञ्चालकहरुमा रेडियो अन्नपूर्णमा आवद्ध शुरेश सुनार, थ्रि एन्जल्स रेडियो तथाजक्शन डटकमका फोटोग्राफर राकेश गुरुंग, थ्रि एन्जल्स रेडियोकै प्रिन्स थापा, रेडियो बाराहीका महेन्द्र पौडेल, गोल्डेन आई टेलिभीजनकाकुन्दन गुरुंग लगायत रहेका छन् । साथमापोखरा लगायतआन्य देशविदेशमा रहेकासञ्चारकर्मीहरुले समेतसघाउने भएका छन् ।

Friday, April 17, 2015

लेखनाथमा आमाहरु सम्मानित-News-Kaski


घनश्याम पाण्डेय ,रेडियो गण्डकी पोखरा
लेखनाथ नगरापलिका वडा नं २ ,३ र ६ ले आर्थिक अबस्था कमजोर एवं जेष्ठ आमाहरु लाई दोसल्लाह र नगद सहित सम्मान गरेको छ ।

आमा औशीको पुर्वसन्धयामा वडाले तिन वटा वडा बाट जेष्ठ महिलाहरु मध्य बाट ६ जना लाई सम्मान गरेको हो ।  सम्मानित हुनेमा वडा २ बाट पवित्र कुमारी कुमाल ,तुलसी भण्डारी ,वडान ३की शिब कुमारी घर्ती क्षेत्री ,सन्तुमाया विक यसस्तै  वडान ६ बाट उजेली विक र सोममाया विक सम्मानित हुनु भएको छ । सम्मानित आमाहरु लाई लेखनाथ नगरपालिकाका निमत्त प्रमुख रविचन्द्र घिमिरे ,सामुदायिक विकास शाखा प्रमुख मिना भट्टराई भण्डारीले र वडा सचिव लिलामणि भण्डारीले संयुक्तरुपमा दोसल्लाह ,नगद सहित सम्मान गर्नु भएको थियो ।

नारि दिवसको दिनमा गर्ने भनिएको सम्मान लाई आमा औशीको पुर्वसन्धयामा सम्मान गरीएको लेखानाथ अर्घो सेवा केन्द्रका सचिव लिलामणि भण्डारीले बताउनु भयो । भण्डारीले बजेट कम भएकोले धेरै आमाहरु  लाई सम्मान गर्न नसकीएको बताउदै  ६ जना जेष्ठ आमाहरु लाई दोसल्लाह र पाँच पाँच सय नगदले सम्मान गरेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि घिमिरेले आमा औशीको बेला आमाहरु लाई सम्मान गर्न पाएको भन्दै सवै आमाहरुको  खुशीनै आफुहरुको खुशि हुने बताउनुभयो ।

सामुदायिक शाखा  प्रमुख भण्डारीले आमाहरुले धेरै संघर्ष गर्नु परेको भन्दै महिलाहरुमा आङखस्ने समस्या पनि हुने भन्दै आर्थिक अभाब भएर उपचार गराउन नसकेको महिलाहरु भए नगरपालिकामा सम्पर्क राख्न आग्रह पनि गर्नु भयो । सम्मानित सन्तुमाया विकले आफु जिवनमा पहिलो पटक यस्तो काममा आउन पाएको भन्दै सवै लाई आर्शिबाद समेत दिनु भएको थियो ।

निका भण्डारीले संचालन गर्नुभएको सम्मान कार्यक्रम सेवा केन्द्र अर्घोका सचिव लिलामणि भण्डारीको अध्यक्षतामा भएको थियो ।

Tuesday, April 14, 2015

भारतमा बेचिएकी चेलीको थ्रीएन्जल्सद्वारा उद्धार -Pokhara-News-Nepal


जीवन सुवेदी- पोखरा ३० चैत्र ।
थ्री एन्जल्स नेपालको उद्धार टोलीले गएको २०६८ असार २ गते देखि हराएकी एक वालिकाको भारतको हल्द्धानी स्थित एक यौन अखडाबाट उद्धार गरेको छ ।
थ्रि एन्जल्स नेपालका धनगडी शाखाका प्रमुख विरवहादुर वि.क को नेतृत्वमा भारत गएको टोलीले हरीद्धार र कासीपुरका प्रहीको सहयोगमा ती बालिकाको उद्धार गरिएको थ्री एन्जल्स नेपालको धनगढी शाखाले जनाएको छ । वुवा नभएकी ११ वर्षकी वालिकालाई २०६८ सालमा उनकै फुपु र पुसाजुले आँफूहरुले पालन पोषण र शिक्षा दिक्षा दिन्छौ भनी भारतको हल्द्धारमा लगी भारतीय नागरीकलाई वेचेको बताईएको छ । आफन्तबाटै बेचिएकी ती बालिकालाई भारतीयले कासीपुर पुर्याएका थिए । आफ्नी छोरीको आजसम्म पनि केहि खवर नपाएकी बालिकाकी आमाले प्रहरीमा उजुरी गरेपछि अभियुक्तलाई पक्राउ गरि सोधपुछ गर्ने क्रममा बालिका भारतको कोठीमा भएको खुलेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीको आधारमा थ्रीएन्जल्स नेपालको उद्धारटोलीले अभियुक्तलाई समेत भारतमा लगी बालिकाको यहि २०७१ चैत्र २९ गते राति उद्धार गरेको थियो । हाल बालिकालाई महिला तथा बालबालिका कार्यालय कञ्चनपुरको जिम्मा लगाईएको छ भने अभियुक्त कञ्चनपुर प्रहरीको हिरासतमा रहेका छन् ।  पोखराको नयाँ गाउँ १५ मा प्रधान कार्यालय रहेको थ्री एन्जल्स नेपालले मानव बेचविखन विरुद्धमा कार्य गर्दै आएको छ । नेपाल भारत सीमामाबाट हुने मानव बेचविखनमा कडा निगरानी तथा बेचविखनबाट जोगाउनका लागि पुर्व तयारीका कार्यक्रम समेत संस्थाले सञ्चालन गर्दै आएको छ । सिमा सुरक्षाका लागि संस्थाले धनगढी, नेपालगञ्ज, भैरहवा, चितवन लगायतका स्थानमा शाखा स्थापना गरी बेचविखन विरुद्धका कार्यक्रम सञ्चालन गरिरहेको संस्थाका निर्देशक डा राजेन्द्र गौतमले जानकारी दिनुभयो ।  

Friday, April 3, 2015

क्यानिडियन प्रशिक्षकद्धारा सामुदायिक विद्यालयका ३० जना शिक्षकलाई प्रशिक्षण-Pokhara news


पोखरा, चैत्र १९ गते । 
पोखरा मन्टेश्वरी किन्डर होमको आयोजना तथा क्यनडा फाउन्डेशन फर नेपालको सहयोगमा तीन दिने शिक्षण सिकाइ तालिम सुरु भएको छ । सो तालिममा कास्की जिल्लाका सामुदायिक विद्यालयमा अध्यापन गर्ने ३० जना महिला शिक्षकहरुको सहभागिता रहेको छ ।
सहभागी शिक्षकहरुलाई क्यानिडियन प्रशिक्षक टीनका केसीले प्रशिक्षण दिइरहनु भएको छ । सो प्रशिक्षणमा बच्चाको बाल मनोस्थिति, बाल मनवैज्ञानिकता र बच्चाको उमेर र चाहना लगायतका विषयमा कसरी पढाउने भन्ने बारेमा सिकाइ केन्द्र्रीत रहेको पोखरा मन्टेश्वरी किन्डर होमका प्रिन्सिपल एवम् क्यानिडियन फाउण्डेशनका सदस्य मिलन केसीले जानकारी दिनुभयो ।
विगत चार वर्षदेखि निशुल्क रुपमा प्रदान गर्दै आएको सो प्रशिक्षणले सामुदायिक विद्यालयमा पाउने शिक्षकशिक्षिकालाई थप सहयोग पुगेको महशुस गरिएको छ । प्रशिक्षणमा स्थानीय तहमा हुने शैक्षिक सामाग्रीको उचित व्यवस्थापन र प्रयोगदेखि लिएर शैक्षिक सामाग्रीको संकलनका बारेमा व्यवहारिक ज्ञान दिइएको छ ।
कार्यक्रममा प्रशिक्षक केसीले शिक्षकले सिकेको ज्ञानलाई विद्यार्थीहरुको कक्षाकोठामा पु¥याई सिकाई उपलब्धी हासिल गर्नुपर्नेमा जोड दिनुभयो । 

सकारात्मक मानशिक चेतनाको विकाश नभएसम्म बाल यौन दुव्र्यवहारमा कमी ल्याउन नसकिने -Child Abuse Pokhara News


जीवन सुवेदी
पोखरा १९ चैत्र
  मानिसहरुमा सकारात्मक मानशिक चेतनाको विकाश नभएसम्म बाल यौन दुव्र्यवहारमा कमी ल्याउन नसकिने पोखरामा आयोजित एक अन्र्तक्रिया कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
थ्रि एन्जल्स सामुदायिक रेडियोको आयोजनामा बाल यौन दुव्र्यवहार न्यूनीकरणका उपाय र कानुनी उपचार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जिसी कार्कीले नैतिक आचरणको अवलम्बन गराउनु अहिलेको मुख्य आवस्यकता रहेको बताउनुभयो । हिँसाका अनेक रुपहरुको चर्चा गर्दै उहाँले बाल बालिकाको ईच्छा विरुद्ध हुने सबै व्यवहार बाल हिंसा भएको प्रष्ट पार्नुभयो । उहाँले मानवमाथि हुने दुव्र्यवहार रोक्नका लागि व्यक्ति स्वयं सचेत हुनुपर्ने तथा प्रतिवाद गर्ने अभ्यासको विकाश हुनुपर्नेमा जोड दिनुभयो । हिंसा विरुद्ध स्वयं पीडितको परिवारका सदस्यबाट विरोध हुनुपर्ने खाँचौ औँल्याउनुयभयो । दुव्र्यवहार गर्नेहरुलाई विभिन्न राजनीतिक दलहरुले संरक्षण दिने गरेको आरोप लगाउँदै गलत मानशिकता कहिँ कतैबाट पनि क्षम्य हुन नसक्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला बाल अधिकृत भरतराज बरालले बाल यौन दुव्र्यवहार रोक्नका लागि सबै निकाय एक भएर लाग्नुपर्ने आवस्यकता औँल्याउनुभयो । कास्कीमा करिब एक सय एघार जना सडक बालबालिका रहेको तथ्यांक प्रस्तुत गर्दै बरालले सडक बालबालिकालाई ट्रपिंग सेण्टरमा राख्ने योजना प्रस्तुत गर्नुभयो । उहाँले सडक बालबालिकाको गलत आवस्यकता पूरा गर्ने आधार नै कमजोर बनाईनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक केशव वहादुर बस्नेतले आप्mना  दिदीबहिनी सरह अन्य चेलीबेटीलाई पनि उत्तिकै सम्मान गर्ने संस्कारको विकाश गर्नुपर्ने आवस्यकता औँल्याउनुभयो । बालबालिका तथा महिलालाई हेर्ने नकारात्मक सोँचको अन्त्य नभएसम्म यौन दुव्र्यवहारका घटनामा कमी आउन नसक्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा अधिवक्ता एवं थ्रि एन्जल्स नेपालका कानुनी सल्लाहकार हरिराज पोखरेलले बाल यौन दुव्र्यवहार र सो को न्यूनिकरणका कानूनी उपचारको व्यवस्था विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि थ्रि एन्जल्स नेपालका बालबालिका प्रमुख भीम पौडेलले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा थ्रि एन्जल्स नेपालका संस्थापक अध्यक्ष एवं कार्यकारी दिर्नेशक डा राजेन्द्र गौतमले बालबालिकामाथि हुने यौन हिंसाको अन्त्यका लागि विभिन्न सरोकारवाला निकायसंग हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
 बालबालिककाका कुरा सुनौँ बाल यौन दुव्र्यवहार अन्त्य गरौँ भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा मुस्कान क्लबका अध्यक्ष जैनव खातुन, वडा नं १५ का स्वास्थ्य स्वयंसेविका कल्पना थापा लगायतले बोल्नुभएको थियो । रेडियोका कार्यक्रम संयोजक बबिता आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा थ्रि एन्जल्स रेडियोका स्टेशन म्यानेजर गणेश श्रेष्ठ, थ्रि एन्जल्स नेपालका वित्त निर्देशक मदन थापा, थ्रि एन्जल्स ईन्टरनेशनल मीसन स्कूलका प्रिन्सिपल रमेश पाण्डे लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रकास अधिकारीले गरेका थिए ।

किर्ते गरी जग्गा नामसारी गर्न खोज्ने पक्राउ-Pokhara news


पोखरा, चैत्र १९ गते ।
    पोखरा उप.म.न.पा. वडा नं. ४ बस्ने कृति कुमार बाटाजुको नाममा दर्ता रहेको साविक छिनेडांडा गा.वि.स. वडा नं. ६ हाल पोखरा उप.म.न.पा. वडा नं. १७ मा रहेको किता नं. ३२९४, ३२९६, ३३०५, ३३०७ मा रहेको जम्मा ६-२-२-२ क्षेत्रफल भएको जग्गा निज कृति कुमार बाटाजुको मृत्यु भईसकेकोले नामसारी गरि पाउ भनी किर्ते ब्यक्ति तथा कागजातहरु तयार गरी नामसारी गर्न लागेको भनी मालपोत कार्यालय कास्कीले दिएको हुलिया सहितको सुचना अनुसार यस कार्यालयबाट तत्काल परिचालित प्रहरी टोलीले ठगी एवं किर्तेमा संलग्न मानिसहरुलाई  किर्ते गरी तयार पारिएका कागजातहरु - नगरपालिकाको सिफारिस, जग्गाधनी प्रमाणपत्र, कृति कुमार बाटाजुको नागरिकता प्रमाण पत्र, हर्ष कुमारी बाटाजुको नागरिकता प्रमाण पत्र, नाता प्रमाणित प्रमाण पत्र, मृत्यु दर्ता प्रमाण पत्र र पोखरा उप.म.न.पा. को सिफारिश सहितका कागजहरु  सहित मिति २०७१।१२।१९ गते पोखरा-६ बैदामबाट पक्राउ गरी आजैका मितिबाट लागू हुने गरी सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ । साथै यस कार्यमा संलग्न अन्य मानिसहरुको खोजतलास कार्य जारी रहेको छ ।
पक्राउ परेका मानिसहरुस्:
१.जि. रामेछाप चुचुरे गा.वि.स. वडा नं.८ बस्ने बर्ष ७० को हर्षकुमारी बाटाजु भन्ने गंगामाया कार्की ।
२. ऐ.ऐ. बस्ने बर्ष २६ को टेक बहादुर कार्की ।