Friday, April 3, 2015

किर्ते गरी जग्गा नामसारी गर्न खोज्ने पक्राउ-Pokhara news


पोखरा, चैत्र १९ गते ।
    पोखरा उप.म.न.पा. वडा नं. ४ बस्ने कृति कुमार बाटाजुको नाममा दर्ता रहेको साविक छिनेडांडा गा.वि.स. वडा नं. ६ हाल पोखरा उप.म.न.पा. वडा नं. १७ मा रहेको किता नं. ३२९४, ३२९६, ३३०५, ३३०७ मा रहेको जम्मा ६-२-२-२ क्षेत्रफल भएको जग्गा निज कृति कुमार बाटाजुको मृत्यु भईसकेकोले नामसारी गरि पाउ भनी किर्ते ब्यक्ति तथा कागजातहरु तयार गरी नामसारी गर्न लागेको भनी मालपोत कार्यालय कास्कीले दिएको हुलिया सहितको सुचना अनुसार यस कार्यालयबाट तत्काल परिचालित प्रहरी टोलीले ठगी एवं किर्तेमा संलग्न मानिसहरुलाई  किर्ते गरी तयार पारिएका कागजातहरु - नगरपालिकाको सिफारिस, जग्गाधनी प्रमाणपत्र, कृति कुमार बाटाजुको नागरिकता प्रमाण पत्र, हर्ष कुमारी बाटाजुको नागरिकता प्रमाण पत्र, नाता प्रमाणित प्रमाण पत्र, मृत्यु दर्ता प्रमाण पत्र र पोखरा उप.म.न.पा. को सिफारिश सहितका कागजहरु  सहित मिति २०७१।१२।१९ गते पोखरा-६ बैदामबाट पक्राउ गरी आजैका मितिबाट लागू हुने गरी सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ । साथै यस कार्यमा संलग्न अन्य मानिसहरुको खोजतलास कार्य जारी रहेको छ ।
पक्राउ परेका मानिसहरुस्:
१.जि. रामेछाप चुचुरे गा.वि.स. वडा नं.८ बस्ने बर्ष ७० को हर्षकुमारी बाटाजु भन्ने गंगामाया कार्की ।
२. ऐ.ऐ. बस्ने बर्ष २६ को टेक बहादुर कार्की ।











No comments:

Post a Comment

Please, comment about this article.