Thursday, March 26, 2015

लेखनाथको बेगनासतालमा चौथो पटक ट्राथोलन हुँदै

१२ चैत्र, लेखनाथ 
लेखनाथको पर्यटकीय क्षेत्र बेगनासतालमा शनिवार चौथो पटक ट्राथोलन हुँदैछ ।
पौडी, साइक्लिङ र दौड गरी तीन इभेन्टका विधामा प्रतिस्पर्धा हुनेछ । ट्राथोलन अन्र्तगत हिमालयन रश २०१५, साउथ एशियन ट्राथोलन च्याम्पियनसिप २०१५ र नेशनल ट्राथोलन च्याम्पियनसिप २०१५ मा पन्ध्रसय मिटर पौडी, ४० किलोमिटर साइक्लिङ र १० किलोमिटर दौडमा स्पर्धा हुनेछ ।
ट्राथोलनमा १५ देशका गरी १ सय २० जनाले सहभागिता जनाउने इभेन्ट पार्टनर फन्टास्टीक  नेपाल होलिडे प्रा.लि का कोर्डिनेटर भूपेन श्रेष्ठले जानकारी दिए ।
इभेन्टलाई हिमालयन रश र ट्राथोलन एशोसियशन अफ नेपालले व्यवस्थापन गरेका छन् ।
ट्राथोलनले लेखनाथलाई खेल पर्यटनका माध्यमबाट अन्तराष्ट्रियस्तरमा चिनाउन मद्दत मिल्ने श्रेष्ठल जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा यस्ता गतिविधिले सहयोग पुग्ने होटल एशोसियशन अफ लेखनाथका अध्यक्ष दुर्गाप्रसाद अधिकारीले जानकारी दिए । ट्राथोलनका इभेन्टमा पौडी बेगनासतालमा संचालन गरिनेछ भने लेखनाथका पहाडी तथा समथर क्षेत्रमा साइक्लिङ तथा दौड पुरा गरिने जनाइएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.