Showing posts with label Crime. Show all posts
Showing posts with label Crime. Show all posts

Sunday, January 20, 2019

कास्कीका बिभिन्न घरमा चोरी गर्ने १ गिरोह पक्राउ

 पोखरा, 6 माघ
जिल्ला कास्की पोखरा महानगरपालिका का बिभिन्न स्थानहरुमा चोरीका घटना छुटुपुट रुपमा बृद्धि हुदै गए पश्चात चोरी घटना नियन्त्रण तथा घटना अनुसन्धान टोली गठन गरी बिभिन्न स्थानमा चेकिंङ, भिग्रस चेकिङ , स्बिप अपरेशन, शंकित ब्यक्तिहरुको निग्रानी तथा सुचना संकलनलाई बिशेष प्राथामिकता दिई बिभिन्न अनुसन्धानबाट चोरीका घटनामा संग्लन ब्यक्तिर गिरोगहरुलाई पक्राउ गर्ने सफल भइरहेको छ ।

यसै क्रममा मिति २०७५/१०/०४ गते अंन्दाजी १५:०० पोखरा मा.न.पा.-  बडा ९ पृथ्विचोक स्थित शंकास्पद अबस्थामा हिडिरहेको अबस्थामा बडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन राप्ती न.पा.११ घर भई हाल पोखरा मा.न.पा.- बडा नं १० घलेचोक बस्ने  बर्ष १९ को सुनिल श्रेष्ठलाइ पक्राउ गरी सोधपुछ गर्दा निजले पोखराका बिभिन्न स्थानहरुमा रहेका ६ बटा घरकोठामा जिल्ला वाग्लुङ जैमिने न.पा.९ घर भई हाल पोखरा मा.न.पा.- २५ हेम्जा बस्ने बर्ष २७ को खुम प्रसाद थापा र जिल्ला कास्की पोखरा मा.न.पा.- ९ पृथ्बिचोक बस्ने बर्ष २३ को गगन खवास समेत ३ जनाको समुह भई चोरी गरेको । चोरीमा संग्लन भनिएका २ ब्यक्तिको खोजतलास गर्ने कम्रमा पोखरा मा.न.पा.- ५ प्रस्याङमा खुम प्रसाद थापालाई र पोखरा ९ पृथ्विचोकबाट  गगन खवासलाई  पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात चोरीमा संग्लन तिन जनाको घर कोठा समेत खानतलासी गर्दा निम्न बमोजिमको चोरीका सामान बरामद गरिएको छ  ।

बरामद गरिएको सामान :

  • नगद ने.रु.२०,६१० भा.रु.३० कतारियन दिनार रु.१५०
  • विभिन्न कम्पनिको मोबाईल  थान ४ थान 
  • घडी थान २ ,
  • Samsung Camera थान १
  • Samsung SD Card थान १,
  • सुनौलो रङको १७ टुक्रा ६९ लाल  
  • सुनौलो कानमा लगाउने टप थान २,
  • सुनौलो रंगको मुन्द्रा २ थान ७ लाल, 
  • कम्व्याट(खैरो) रंगको झोला थान १, 
  • सेतो डोरी भएको कालो झोला थान १, 
  • १७ ईन्च लामो खुकुरी ९दाब समेत० थान १, 
  • १४.५ ईन्च लामो खुकुरी थान १, १३ ईन्च लामो चक्कु थान १, 
  • ९ ईन्च लामो फलामको छिनो थान १, १०.५ ईन्च लामो फलामको ह्यामर थान १
  • सेतो रंगको पाउजु थान ६, 
  • बच्चाले हातमा लगाउने सेतो रंगको बाला थान १३,
  • ठुलो सेतो रंगको बाला थान २, 
  • सेतो रंगको औठी थान १, 
  • सेतो रंगको सिक्री थान १, 
  • सेतो रंगको ब्रासलेट थान १, 

साथै  आज मिति २०७५।१०।०६ गते   निज चोरी गर्ने तिन जना ब्यक्तिलाई सम्मानित जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य जारी रहेको ।

Saturday, September 2, 2017

फरार अपराधीहरु ७ पक्राउ Man Arrested

पोखराभाद्र १७ गते          
बिभिन्न अपराधमा संग्लन रही फरार रहेका अपराधिहरुलाइ पक्राउ गर्ने कास्की प्रहरीको अभियान अन्तर्गत  सम्मानित अदालतबाट कैद तथा जरिवाना ठेकिएका तर हालसम्म फरार रहेका निम्न फरार प्रतिबादीहरुलाईकास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गरिएका मानिसहरु :
१.    जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका –१ बगर बस्ने  बर्ष ३५ भरत शाही लागू औषध बुप्रिनर्फिन मुद्धामा ( कैद असुल गर्न २९ दिन )
२.    ऐ.ऐ.बस्ने बर्ष ३५ को संजय शाही लागू औषध बुप्रिनर्फिन मुद्धामा ( कैद असुल गर्न २९ दिन )
३.    जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका -१ नयागल्ली बस्ने ईल्ची पुन
( कैद असुल गर्न ४ बर्ष १० महिना १९ दिन र नगर रु. ५,००० )
४.    जिल्ला कास्की साविक हेम्जा-३ हाल पोखरा लेखनाथ महानगरपालिका बडा नं २५ हेम्जा बस्ने बर्ष ३५ को गणेश बहादुर कुवर –सवारी ज्यान मुद्धामा उच्च अदालत कास्कीको आदेश बमोजिम २ बर्ष कैद
५.    जिल्ला गोरखा सिर्दिवास ३ घर भई हाल पोखरालेखनाथ महानगरपालिका बडा नं ९ बस्ने ज्यान मार्ने उद्योग तथा डाका चोरी मुद्धाको फरार प्रतिबादी बर्ष १७ को बगुरे भन्ने बिकास गुरुङ (मुद्धा फैसला नभएको  पुर्पक्षमा रहेको )
६.    जिल्ला पर्बत आर्थर डाडाखर्क ६ हाल कुष्मा न.पा.१४ घर भई पोखरा लेखनाथ महानगरपालिका(१७ छोरेपाटन बस्ने लेनदेन मुद्धाको फरार प्रतिबादी देउ कुमारी गुरुङ ( एक बर्ष कैद ) 
७.    जिल्ला कास्की पोलेमनपा.१८ सराङकोट बस्ने बर्ष ३२ को राजु बि.क  (चोरी मुद्धा ७ दिन कैद भुक्तान बाकी र १ लाख २५ हजार जरिवाना )

जिल्ला प्रहरी कार्यालय कास्की

Thursday, May 26, 2016

लागू औषध सहित मानिस पक्राउ -Men Arrested with Drugs-Pokhara-Nepal

 पोखरा जेष्ठ-१२ गते ।
    जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. १२ सिंगापुरे टोलमा होटलको कोठा भाडामा लिई लागू औषधको बिक्री बितरण तथा कारोवार गर्दै गरेको भन्ने बिशेष सूचनाको आधारमा मिति २०७३/२/११ गते यस कार्यालय तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठामा खानतलासी लिंदा बिक्री बितरण तथा सेवन गर्नको लागि पलाष्टिकमा स(साना पोका बनाई राखेको १६७ ग्राम ब्राउन सुगर सहित निम्न ब्यक्तिहरुलाई पक्राउ गरी लागू औषध मुद्दामा थप अनुसन्धान कार्य भईरहेको ।
पक्राउमा परेका ब्यक्तिहरु :
१.    जिल्ला स्याङजा चित्रे भन्ज्याङ ४ बस्ने बर्ष २४ को उमेश ठकुरी ।
२.    जि. तनहुं राईपुर बस्ने बर्ष ३६ को धिरेन थापा ।
३.    जिल्ला तनहुं रौ बस्ने बर्ष २९ को सुजन थापा ।
४.    जिल्ला तनहुं भानुमति २ बस्ने बर्ष २५ को चन्द्र बहादुर शाही ।
५.    जिल्ला कास्की ढिकुरपोखरी ६ बस्ने बर्ष १९ कि मेलिना बि।क।
६.    जिल्ला बारा मोहडा २ बस्ने बर्ष २४ को सोनालाल गिरी ।
२०७३/०२/१२ गते ।                                      
 जिल्ला प्रहरी कार्यालय कास्की ।

Tuesday, May 10, 2016

सुनको सिक्री लुट्ने ब्यक्ति पक्राउ-Crime News Pokhara

पोखरा बैशाख, २७ गते 
    मिति २०७३/१/२६ गते बेलुका अं. ८:०० बजेको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ९ न्यूरोडमा बर्ष ८६ कि मन कुमारी भट्टचन आफनै घरमा रहेको होटल भित्र काउन्टरमा बसी रहेको अवस्थामा जिल्ला कास्की पुरन्चौर घर भई पोखरा ९ न्यूरोड बस्ने बर्ष ३१ को सुर्य बहादुर नेपालीले उक्त होटलमा पुगी काउन्टरमा रहेकी वृद्द महिलालाई आमा  काम छ तपाई एकछिन यता बाहिर आउनुहोस भनी बोलाई निज वृद्द महिलाले घांटीमा लगाएको अं. ५ तोलाको सुनको सिक्री तानी भागेकोमा प्रहरी घटनास्थलमा पुगी निजअभियुक्तलाई लुटी लगेको सिक्री सहित पक्राउ गरी आज मिति २०७३/१/२७ गतेसम्मानित कास्की जिल्ला अदालतबाट जवरजस्ती चोरी मुद्दामा म्याद थप लिई थप  अनुसन्धान कार्य भईरहेको ।
 
     अभियुक्तको नाम : सुर्य बहादुर नेपाली
     ठेगाना : जिल्ला कास्की पुरन्चौर घर भई हाल पोखरा ९ बस्ने ।
     उमेर : ३१ बर्ष

मिति : २०७३/१/२७ गते ।                       
जिल्ला प्रहरी कार्यालय कास्की

Monday, April 18, 2016

पोखरामा मोटरसाईकल चोरी गर्ने धादिङबाट पक्राउ-Motorbike Theft Arrest -Pokhara Nepal


  • पोखरा बैशाख, ५ गते 
      पोखरा तथा आसपासका ईलाकामा मोटरसाईकल चोरी गर्ने गिरोहलाई धादिङबाट पक्राउ गरिएको छ । मिति २०७२।/०८/२२ गते जिल्ला कास्की पोखरा उ.म.पा.वडा नं.६ हल्लनचोक स्थित टेकनाथ भण्डारीको ग १० प ६७३३ नं. को बुलेट मोटरसाईकल चोरी गर्ने धादिङ जिल्ला झर्लाङ गा.वि.स. वडा नं. २बस्ने बर्ष २५ को राहुल तामाङ र ऐ ऐ बस्ने बर्ष २५ को अर्जुन तामाङ  तथा चोरीको उक्त मोटरसाईकल खरिद गर्ने रसुवा जिल्ला स्याफ्रुवेंशी-९ बस्ने आमोश तामाङलाई पोखराबाट मोटरसाईकल चोरी गरी धादिङ पु(याएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङसंग समन्वय गरी मिति २०७३/०१/०४ गते धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं. ३ पुछारबजारबाट पक्राउ गरी पोखरा ल्याई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी मुद्वामा म्याद थप गरी थपअनुसन्धान भईरहेको छ।
        प्रारम्भिक सोधपुछ तथा अनुसन्धानका क्रममा पक्राउ प्रतिवादीहरु मध्येका अर्जुन तामाङ मोटरसाईकल चोरी मुद्वामा केन्द्रिय कारागारमा ४ बर्ष जेल सजाय भुक्तान गरी २०७१ असोज महिनामा छुटेकोभन्ने बुझिएको ।












Wednesday, March 16, 2016

पेस्तोल देखाई रकम लुटपाट गर्ने पक्राउ-Man arrested with Pistol

पोखरा,चैत्र २,गते     आज मिति २०७२/१२/२ गते बिहान अं.१०:३० बजेको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ८ पृथ्वीचोकको शिवालय मार्गमा रहेको सभ्यता मनी ट्रान्सफरको कार्यालयमा अपरिचित ब्यक्ति मोटरसाईकलको हेल्मेट लगाई कार्यालय भित्र प्रवेश गरी  पेस्तोल देखाई डर, धम्की दिई नगद लुटपाट  गरी भागेको भन्ने खवर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिई गई स्थानियबासीहरुको सहयोगमा लुटपाटमा संलग्न जिल्ला सुनसरी धरान नगरपालिका घर भई हाल पोखरा १० रामबजार बस्ने बर्ष ३७ को प्रशान्त थापा मगरलाई निजले लुटन प्रयोग गरेको एयर पेस्तोल १ नाल,  ऐ। को छर्रा १३ थान, बा।२४।प। ४०७९ नम्बरको मोटरसाईकल र लुटिएको नगदरु. रु. ६,४५,५००।( ९ अक्षरुपी छ लाख पैतालिस हजार पांच सय  सहित पक्राउ गरिएको ।
    पक्राउमा परेको प्रशान्त थापा मगरलाई आजै सम्मानित अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की

Sunday, August 31, 2014

मोटरसाईकल चोरी गर्ने प्रकाउ-Pokhara-Nepal

पोखरा भाद्र ११ गते
जिल्ला कास्की लेखनाथ नगरपालिका १ भण्डारढिक  बस्ने लिलाभक्त भण्डारीको ग.४ प.५७५६ बजाज डिस्कभर मोटरसाईल चोरी गर्ने ३ जना मानिसलाई प्रहरी चौकी शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। यही भदौ-८ गते राती निज भण्डारीको घर पछाडि पार्किङ गरी राखेको अबस्थामा चोरी भएको मोटरसाईकल भदौ १० गते राती १२:०० बजे लेखनाथ नगरपालिका-३ स्थित अर्घौबाट बुढीबजार जाने भित्री सडक खण्डमा पक्राउ परेका तीन जना मानिसहरु चढी गईरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मानिसहरु
१.जिल्ला कास्की ले.न.पा.-७ तालचोक बस्ने बर्ष १७ को अजय पुन,
२. ऐ बस्ने बर्ष १७ को सन्दिप परियार,
३. ऐ हमालचोक बस्ने बर्ष १७ को प्रदिप हमाल ।

                                                                                                          जिल्ला प्रहरी कार्यालय कास्की
                                                                                                             मिति : २०७१/५/११ गते                                                                                                                   

लागु-औषध बिक्रि वितरण गर्ने मानिस पक्राउ -Pokhara,Nepal

पोखरा भाद्र ११ गते
जिल्ला रुपन्देही गोनाहा गा.बि.स-६ परसहवा स्थायी घर भई  हाल जिल्ला तनहु दुलेगौडा बस्ने उदय कुमार गुप्ताले भारतबाट लागुऔषध खरीद गरी ल्याई पोखरा तथा लेखनाथ नगर क्षेत्रमा बिक्री बितरण गर्दछन् भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले लेखनाथ १३ मझुवा बाट निज उदय कुमार गुप्तालाई पक्राउ गरी लागु(औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भई रहेकोछ । निज गुप्ताको साथवाट लागु औषध नरफिन-४४ थान, डाईजपाम(४४ थान, फेनरागन (४४ थान, नाईट्रोभ्याट चक्की-५, ग.९ प ४८४६ नम्बरको मोटरसाईकल र नगद २५,०००।– समेत बरामद भएको  छ ।
जिल्ला प्रहरी कार्यालय कास्की

Saturday, June 21, 2014

लागू औैषध सहित मानिस पक्राउ -Man Arrested with Drugs-Pokhara-Nepal

   असार ६, पोखरा । 
जिल्ला नवलपरासी स्वाठी गा.वि.स. वडा न. ९ घर भई पोखरा उप.म.न.पा. वडा नं.१५ रामबजार बस्ने बर्ष ३० कि गंगा कुमारी घर्तीले भारत महाराजगंज जिल्ला पिपरहिया ग्राम बस्ने मोहम्मद खलिल खानबाट अवैध लागू औषध खरिद गरी ल्याई जिल्ला खोटाङ वाकाचोल ९ बस्ने बिर बहादुर तामाङ समेतको सहयोग लिई पोखरा नगर क्षेत्र तथा वरपरका स्थानहरुमा बिक्रीबितरण गर्दछन भन्ने प्राप्त सूचनाको आधारमा खोजतलास एंव अनुसन्धान गर्ने क्रममा लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको बिशेष प्रहरी टोलीले मिति २०७१/३/५ गते पोखरा ८ शिवालयचोकबाट निम्न ३ जना ब्यक्तिहरुलाई लागू औषध नर्फिन ईन्जेक्सन १०० थान, डाईजापाम ईन्जेक्सन १०० थान, फेनरागन ईन्जेक्सन १०० थान सहित पक्राउ गरीएको छ । निजहरु उपर लागू औषध मुद्दामा अनुसन्धान कारवाही भईरहेको छ ।
पक्राउमा परेका ब्यक्तिहरु :
१.    भारत महाराजगंग पिपरहिया बस्ने बर्ष ४२ को मोहम्द खलिल खान
२.    खोटाङ जि. वाकाचोल घर भई पोखरा सिमलचौर बस्ने बर्ष २९ को बिर बहादुर तामाङ
३.    जि. नवलपरासी स्वाठी ९ घर भई पोखरा १५ बस्ने बर्ष ३० कि गंगा कुमारी घर्ती ।
  • जिल्ला प्रहरी कार्यालय कास्की

Tuesday, October 1, 2013

सानो हतियार-१ र ठुलो हरियार १ सहित ३ जना पक्राउ

 
     जि.कास्की हेम्जा गा.बि.स.वडा नं.-१ स्थित बिक्रमसिंह तामाङले संचालन गरेको सुजन हाईवे रेष्टुरेण्टमा अबैद्य रुपमा हातहतियार लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा प्र.नि. रोशन खड्काको कमाण्डमा टोली खटिई गई चेकजांच गर्ने क्रममा निम्न मानिसहरुलाई मेडईन रसियन लेखिएको पेष्तोल थान-१, को गोली ३ राउण्ड र सर्टगन थान-१ ऐ. को गोली ८ राउण्ड, खोका ९ तथा छर्रा-३६ पिस र केही बारुद सहित बरामद गरी निजहरुलाई पक्राउ गरी थप अनुसन्धान कारबाही भई रहेको छ ।
निम्न:
१    जि.नुवाकोट किमताङ गा.बि.स.वडा नं.-७ घर भई हाल जि।कास्की हेम्जा गा.बि.स.वडा नं.-१ बस्ने बर्ष(३६ को बिक्रमसिंह तामाङ ।
२    ऐ. ऐ. घर भई हाल जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.-१ सिमपानी बस्ने बर्ष-४४ को रिल्तो तामाङ ।
३    जि.मोरङ मधुमल्ला वडा नं.-२ घर हुंने बर्ष-४१ को नगेन्द्र कुमार लामीछानेमगर ।
जिल्ला प्रहरी कार्यालय कास्की 
मिति : २०७०/६/१३ गते

Monday, September 2, 2013

हुलहुज्त गरी अशान्ति मच्चाउने पक्राउ

    मिति २०७०/५/१६ गते दिनको ११:०० बजेको समयमा जि. कास्की पोखरा ११ रानीपौवामा हुलहुज्जत भई, होहल्ला गर्दै हिडी जनमानसमा अशान्ति मच्चाउनुको साथै गुण्डागर्दीमा संलग्न निम्न व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
पक्राउमा परेका व्यक्तिहरु:
१)    पोखरा १० बस्ने वर्ष १६ को प्रविन गुरुङ्ग
२)    पोखरा १० बस्ने वर्ष २१  को कपिल प्रधान
३)    पोखरा १० बस्ने वर्ष २० को सुमन कार्की
४)    पोखरा १० बस्ने वर्ष १६ को अरुण गुरुङ्ग
५)    पोखरा १० बस्ने वर्ष १६ को सिद्धार्थ गुरुङ्ग

मिति २०७०।५।१७ गते ।
जिल्ला प्रहरी कार्यालय कास्क
District Police Office Kaski, Pokhara

चोरी गर्दा गदै पक्राउ Thieves Arrested


१)    मिति २०७०।०५।१३ गते जिल्ला कास्की पोखरा १५ गलेश्वरचोक स्थित सानो टेक     ब.भण्डारीको किराना पसलमा फोरी चोरी गर्दा गर्दै निम्न स्थान बस्ने निम्न व्यक्तिहरुलाई     पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
पक्रामा परेका व्यक्तिहरु 
१)    जिल्ला कास्की पोखरा १५ बस्ने बर्ष १८ को सन्दिप परीयार
२)     ऐ.ऐ.बस्ने बर्ष ३० को सन्दिप परीयार
 
२)    मिति २०७०/०५/१४ गते दिनको २:०० बजेको समयमा  जिल्ला कास्की पोखरा ११ रानीपौवाबाट एक बृद्ध महिलाको लगाएको सुनको सिक्री चोरी गर्दै भागिरहेको अवस्थामा निम्न स्थान बस्ने निम्न व्यत्तिहरुलाई पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
 पक्राउमा परेका व्यक्तिहरु
१)    जिल्ला काभ्रे बनेपा ११ बस्ने बर्ष १८ को राजु थापा ।
२)     जिल्ला सिन्धुपाल्चोक ब्राहबिसे ७ बस्ने बर्ष १८ को डम्बर थापा

खुकुरी प्रहार गरी फरार हुने पक्राउ
    मिति २०७०/०४/३० गते रातको अ.८:०० बजेको समयमा जिल्ला कास्की पोखरा ११ फुलबारीमा ऐ.ऐ.बस्ने कमल ठकुरी र ऐ.ऐ.बस्ने धन ब.राईलाई खुकुरी प्रहार गरी फरार रहेकोमा उक्त घटनामा संलग्न जिल्ला कास्की पोखरा ११ बस्ने बर्ष १६ को सुभाष गुरुङ्ग र पोखरा १३ बस्ने बर्ष १६ को निश्चल श्रेष्ठ पक्राउ मिति २०७०/०५/१४ गते पक्राउ  गरी अनुसन्धान कारवाही भईरहेको छ ।

मिति २०७०।५।१७ गते ।

Wednesday, August 21, 2013

चोरी निकासीका सवारी साधनहरु बरामद


    चोरीका सवारी साधनहरु लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जि. कास्कीपोखरा १३ मियापाटन स्थितज्ञानेन्द्र सिग्देलको घर कम्पाउण्डबाट चारपाङ्गे र दुई पाङ्गे विभिन्न नम्बर प्लेटहरु भएका निम्न सवारी साधनहरुका साथै अन्यनम्बर प्लेट नखुलेका र गाडीहरु काटी अन्य सवारी साधनमा थप घट गरेको र ईन्जिन, ढोका, शिशाहरु खोलेर पार्टसहरु छुट्टाई लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको छ । उक्त घट्नामा संलग्नहुन सक्ने आशंकमा ३ जना मानिसलाई समेत नियन्त्रणमालिई अनुसन्धान कार्य भईरहेको छ । बरामदगरिएका सवारी साधनहरु प्रहरी नियन्त्रणमा राखिएको   छ । गाडीहरु ः
१)    टाटा सुमो जिप १
२)    महिन्द्रा बोलेरो जिप १
३)    सुजुकी मारुती कार  १
४)    हिरो हण्डा, होण्डा साईन, पल्सर, डिस्कभर, अपाची आदि विभिन्न मोडलका ९     वटा मोटरसाईकलहरु ।
५)    अन्य सवारी साधनकापार्टपुर्जा र सामानहरु ।
मिति : २०७०/५/५गते ।
जिल्लाप्रहरी कार्यालय, कास्की ।
 District Police Office Kaski, Pokhara

Wednesday, August 14, 2013

विभिन्न स्थानबाटचोरी गर्ने पक्राउ-Thieves Arrested Pokhara

१)    मिति २०७०/४/३० गते बिहान अं. ०१:२५ बजेको समयमा न्यूरोड स्थित कुमारी बैंकको गल्लीबाट चोरी गर्न शटर फुटाउने प्रयास गरेको अवस्थामा ३ जनालाई सोही स्थानबाट पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
२)    मिति २०७०।४।३० गते ००ः३५ बजेको समयमा पोखरा ११ रानीपौवा स्थित दुर संचार अगाडि रहेको किनारा पसलमा काठको फ्लेकउप्काई भित्र पसी सामान तथा पैसा चोर्दै गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको चोरी नियन्त्रण विशेष टोलीले १ जना चोरलाई पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
३)    मिति २०७०/४/३० गते ००ः१५ बजेको समयमा पोखरा १३ स्थित चापापानीमा १ जना व्यक्ति घर भित्र पसी चोरी गर्न लागेको अवस्थामा स्थानियले फोन गरी जानकारी दिना साथ तत्काल जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको चोरी नियन्त्रण विशेष टोली खटिई गई पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
४)    विगतमा विभिन्न चोरीमा संलग्न रहीकारवाहीको लागि कारागारमा थुनामा रहीकैद भुक्तान गरी निस्केको सुनिल परियार पुनःजाल्पा रोडमा चोरी गर्न लागेको अवस्थामा मिति २०७०।४।३० गते पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।

मिति: २०७०।४।३०गते ।
जिल्लाप्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

Thursday, August 8, 2013

चोरी गर्न हिडदै गरेको अवस्थामा पक्राउ

 मिति २०७०।४।२३ गते राती १२ बजेको समयमा पोखरा ४ गैहपाटन भित्री गल्लीमा    बाहिरबाट सटर खोल्न लागेको अवस्थामा रहेका २ जनालाई रड सहित पक्राउ गरी  अनुसन्धान कारवाही भईरहेको छ ।
 मिति २०७०।४।२३ गते राती १२:३० बजेको समयमा पोखरा नयाँबजार गुरुकुल  स्कूल नजिकै रहेको एउटा घरको तलामा चढी झ्यालको भेन्टीलेशनबाट छिरेर चोर्न  खोजेको अवस्थामा हार गुहार गरे पछि उक्त स्थानबाट भागी रहेको अवस्थामा १ जनालाई पृथ्वीचोकबाट पक्राउ गरी अनुसन्धान कारवाही भइरहेको छ ।
मिति : २०७०।४।२४ गते ।
जिल्लाप्रहरी कार्यालय, कास्की
जिल्लाप्रहरी कार्यालय, कास्की ।
District Police Office Kaski, Pokhara

Wednesday, August 7, 2013

विभिन्नचोरीका घट्नामापक्राउ र कारवाही-Theft Incident Report

http://www.rajeshlamsal.com.np/
    यस कार्यालयले संचालन गरेको “चोरी नियन्त्रणविशेष योजना – २०७०”अन्र्तगतमिति २०७०/४/२२ र २३ गते भएको प्रगतिबिवरण:
१) जि. कास्कीलुम्ले तान्चोक स्थित रहेको नेपाल टेलिकमको रिपिटर टावरबाट विभिन्न मितिमा भोल्टेज रेगुलेटर, जेनेटर स्टार्ट गर्ने सेल्फ स्टार्ट १, तामाको ग्राउन्डीङ्ग रड २ थान, व्याट्रीचार्जर, ग्राउन्डीङ्गअर्थिङ्ग वायर, व्याट्री कनेक्सन वायर, टाईरोप जस्ता सामानहरु चोरी भएको घट्नामा संलग्न व्यक्तिहरुको खोज तलास गर्दै जाँदामिति २०७०/४/२२ गते जि. कंचनपुर वाणीगा.वि.स. २ बस्ने वर्ष १८ को जगदिश भण्डारी, एै. बस्ने वर्ष २२ को सुरेन्द्र चन्दलाई चोरी गरेको सामान सहित पोखरा १७ डेमसाईट बाट पक्राउ गरी थप अनुसन्धान कारवाही भईरहेको छ ।
२)    मिति २०७०/४/२२ गते ले.न.पा. १ मा मोवाईल चोरी गर्ने जि. तनहुँ खैरेनीटार गा.वि.स. वडा नं. ३ बस्ने वर्ष २० को प्रेम परियारलाई शिसुवाबाट पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
३)    मिति २०७०/४/२३ गते ३:०० बजेको समयमा पोखरा १ बगर बाट जि. कास्की पोखरा १६ बाटुलेचौर बस्ने वर्ष २४ को शिव पौडेललाई चोरीको मोवाईल थान १ सहित पक्राउ गरि अनुसन्धान कारवाही भईरहेको छ ।

मिति: २०७०/४/२३गते ।
जिल्लाप्रहरी कार्यालय, कास्की ।
District Police Office Kaski, Pokhara.

Wednesday, June 19, 2013

Man arrested with Pistol -पेस्तोल सहित पक्राउ

   
गुण्डागर्दी तथा अवैध रुपमा चन्दा असुल उपर गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी निरीक्षक रविन्द्र मान गुरुङ्ग सहितको टोलीले मिति २०७०।३।५ गते पोखरा उपमहानगरपालिका वडा नं. १० बुद्धचोकबाट एक थान कटुवा पेस्तोल सहित वर्ष ३४ को विकास च्याण्टे भन्ने नविन गुरुङ्गलाई पक्राउ गरेको छ । निज नविन गुरुङ्गले केही समय अगाडिबाट नै थल बहादुर गुरुङ्गसँगै मिली रामघाट, बुद्धचोक लगायतको एरियामा सर्वसाधारण जनताहरुलाई डर, धाक धम्की दिई त्रासको वातावरण सृजना गरी अवैध रुपमा चन्दा असूल उपर गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । हाल निजलाई जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी हिरासतमा राखी अनुसन्धान कारवाही भईरहेको छ ।

मिति २०७०।३।५ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की




Tuesday, June 18, 2013

अपहरण मुद्धाका प्रतिवादीहरु पूर्पक्षको लागि थुनामा गएका छन

  मिति २०७०/२/७ गते पोखरा न्यूरोड स्थित डल्फिन डेन्टल केयर सेन्टर अगाडिबाट  वर्ष ४८ का भोलाजंग सुवेदीलाई अपहरण गरी शरिर बन्धक बनाएको मुद्धाको अनुसन्धानको सिलसिलामा उक्त घटनामा तत्काल संलग्न निम्न प्रतिवादीहरु सम्मानित कास्की जिल्ला अदालतको आदेश अनुसार पूर्पक्षको लागि थुनामा गएको छ ।
प्रतिवादीहरु:
१)    जि. स्याङ्गजा फेदीखोला ५ घर भई हाल पोखरा १७ विरौटा बस्ने वर्ष ३२ को सुनिल गुरुङ्ग
२)    जि. कास्की पोखरा १४ मझेरीपाटन बस्ने वर्ष २५ को रोशन बस्याल
३)    जि. कास्की मिजुरेडाँडा ५ मुगी घर भई हाल पोखरा ८ बगालेटोलमा बस्ने वर्ष ३३ को तेज बहादुर गुरुङ्ग
४)    जिल्ला पर्वत घर भई हाल पोखरा ११ फुलवारीमा बस्ने वर्ष ३० को नारायण गुरुङ्ग
५)    जि. कास्की पोखरा ८ बगालेटोल बस्ने रोशन अधिकारी ।
    साथै सोही घट्नामा रही फरार रहेका प्रतिवादी जि. कास्की लेखनाथ न.पा. वडा नं. २ रिठ्ठेपानी बस्ने वर्ष ३१ को जितु शाहीलाई समेत पक्राउ गरी थप अनुसन्धान कारवाही भईरहेको छ ।
–   उल्लेखित अपहरण मुद्धामा संलग्न भई हाल फरार रहेका अजय गुरुङ्गको खोजतलास कार्य भइरहेको छ ।
 
District Police Office Kaski, Pokhara.

कुटपिट गरी घाईते भएका बुद्धि बहादुर बि.क.को उपचारको क्रममा मृत्यु


  मिति २०७०/२/२५ गते राती अं. १२ बजेको समयमा जि. कास्की भरतपोखरी गा.वि.स. वडा नं. ४ सिमलटार बस्ने वर्ष ६० को बुद्धि बहादुर बि.क.आफनो छोरीको घर ले.न.पा. २ ईश्वर मार्गमा गएको अवस्थामा ले.न.पा. २ रिठेठेपानी बस्ने अं. वर्ष २१ को मिलन बि.क., एै.एै. बस्ने वर्ष  २२ को गोविन्द बि.क., एै.एै. बस्ने वर्ष १९ को विजय बि.क., एै.एै. बस्ने वर्ष १९ को मनोज बि.क. समेतले कुटपिट घाईते तुल्याई सोही स्थानमा रहेको सेती

मानव वेचविखन मुद्धाका प्रतिवादी पूर्पक्ष थुनामा


करिव १/२ महिना अगाडि परिचय भएका श्याम महतले घर काठमाण्डौ हो, श्रीमती दुर्घटनामा परी मृत्यु भएको हो, म अमेरिकामा जागिर गर्दछु तिमीलाई विवाह गरी अमेरिका लैजान्छु भनि जि. कास्की कास्कीकोट ८ बस्ने वर्ष ३० कि नाम परिवर्तित सपना लाई विभिन्न प्रलोभन देखाई झुक्याई विश्वासमा पारी मिति २०७०।१।३ गते विवाह गरी फसाई विभिन्न वहाना बनाई कागजपत्र मिलाउन जाने भनि मुग्लिङ्ग