Showing posts with label Crime. Show all posts
Showing posts with label Crime. Show all posts

Tuesday, June 18, 2013

फरार प्रतिवादीहरु पक्राउ

१)    मिति २०६९/८/१ गते राती १२:०० बजेको समयमा जि. कास्की पोखरा ९ नयाँबजार स्थित सम्मर थापा र उज्जवल थापालाई डम्बर गुरुङ्ग समेत ८/९ जनाले धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाई फरार रहेका प्रतिवादीहरु मध्ये जि. कास्की पोखरा १० रामबजार बस्ने पप्पु भन्ने डम्बर गुरुङ्गलाई मिति २०७०/३/२ गते पक्राउ गरी कारवाहीको लागि अदालतमा पेश गरिएकोमा पूर्पक्षको लागि कारागार थुनामा गएको छ ।
District Police Office Kaski, Pokhara. 

Tuesday, June 11, 2013

ज्यान मार्ने उद्योगमा संलग्न व्यक्तिहरु पक्राउ

    
 मिति २०७०।२।२५ गते राती अं. १२ बजेको समयमा जि. कास्की भरतपोखरी गा.वि.स. वडा नं. ४ सिमलटार बस्ने वर्ष ६० को बुद्धि बहादुर बि.क.आफनो छोरीको घर ले.न.पा. २ ईश्वर मार्गमा गएको अवस्थामा ले.न.पा. २ रिठेठेपानी बस्ने अं. वर्ष २१ को मिलन बि.क., एै.एै. बस्ने वर्ष  २२ को गोविन्द बि.क., एै.एै. बस्ने वर्ष १९ को विजय बि.क., एै.एै. बस्ने वर्ष १९ को मनोज बि.क. समेतले कुटपिट घाईते तुल्याई सोही स्थानमा रहेको सेती नहरको खोंचमा फाली फरार रहेका उल्लेखित व्यक्तिहरुलाई आज मिति २०७०।२।२७ गते पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्धा दर्ता गरी अनुसन्धान कारवाही भईरहेको छ भने निज घाईतेको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको छ ।
मिति :२०७०।२।२७ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
 

अपहरण मुद्धामा संलग्न थप पक्राउ


    मिति २०७०।२।७ गते पोखरा न्यूरोड स्थित डल्फिन डेन्टल केयर सेन्टर अगाडिबाट  वर्ष ४८ का भोलाजंग सुवेदीलाई अपहरण गरी शरिर बन्धक बनाएको मुद्धाको अनुसन्धानको सिलसिलामा उक्त घटनामा तत्काल संलग्न रही फरार रहेका अभियूक्तहरु मध्ये कास्की जिल्ला मिजुरेडाँडा ५ मुगी घर भई हाल पोखरा ८ बगालेटोलमा बस्ने वर्ष ३३ को तेज बहादुर गुरुङ्गलाई मिति २०७०।२।२५ गते पक्राउ गरी उक्त अपहरण तथा शरिर बन्धक मुद्धामा म्याद थप गरी अनुसन्धान कारवाही भईरहेको छ ।
    साथै उक्त अपहरणको घटनामा  भोलाजंग सुवेदीको बारेमा सूचना दिने तथा अपहरणको घटना पश्चात 

मानव वेचविखनमा संलग्न पक्राउ

    जिल्ला नवलपरासी घर भई हाल पोखरा २ बाग्लुङ्गबसपार्क स्थित प्रतिक्षा खाजा घर (रेष्टुरेण्ट)का संचालक वर्ष ४० का मदनसेन ठकुरीले हाल नाम परिवर्तित पोखरा थ लाई गैह् कानूनी रुपमा  जवरजस्ती यौन व्यवसायमा संलग्न गराएको भनि पीडित पोखरा थ ले यस कार्यालयमा दिएको जाहेरीको दरखास्तको आधारमा मदन सेन ठकुरीलाई पक्राउ गरि मानव वेखचविखन तथा ओसार पसार मुद्धा दर्ता गरी  अनुसन्धान कारवाही भईरहेको छ ।
    साथै निज मदन सेन ठकुरीले विगत लामो समय देखि नै विभिन्न ग्रामिण क्षेत्रबाट आएका तथा समस्यामा परेका सोझा साझा

Friday, June 7, 2013

लागू औषध कारोवार गर्ने पक्राउ

 जिल्ला मनवानपुर कालीकाटार गा.वि.स. वडा नं. ८ – लिक्चे घर भई पोखरामा बस्ने वर्ष ३० को रामसिंह मोक्तानले पोखरा नगर क्षेत्र भित्र लागू औषध ओसार पसार तथा विक्री वितरण गर्दछ भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७०/०२/२३ गते पोखरा पृथ्वीचोकमा निजलाई फेला पारी शरिर खानतलासी लिने क्रममा निजको साथबाट नर्फिन १०० थान, डाईजापाम १०० थान, फेनेरागन ईन्जेक्स १०० थान सहित पक्राउ गरी लागू औषध मुद्धामा अनुसन्धान कारवाही भईरहको छ ।
    साथै जि. कास्की पोखरा १२ सितलादेवी बस्ने वर्ष ३० को चेतमान गुरुङ्ग, पोखरा पृथ्वीचोक बस्ने वर्ष २३ को सुमिन मगर एै.एै. बस्ने वर्ष २३ को सुनिल पाठकको साथबाट मिति २०७०/२/१३ गते लेखनाथ न.पा. ३ बुढीबजारमा चेकजाँच गर्ने क्रममा ग.१.ज. ३४३९ नं. को ट्याक्सीमा लुकाई छिपाई ल्याएको ९६ थान फेनेरागन, ९६ थान नर्फिन र ९६ थान डाईजापाम सहित पक्राउ परेको घट्नाको समेत डिलर सोही रामसिंह मोक्तान रहेको अनुसन्धानबाट खुल्न आएको ।
जिल्ला प्रहरी कार्यालय, कास्की

Sunday, June 2, 2013

MURDERER CAUGHT-कर्तव्य ज्यान

Case : Murder
Date : 2069/12/23
Venue : Lekhnath Municipality - 13, Tallo Gagangauda, Grill Udhogh

Victim's Name : Prem Bahadur Karki


Criminal's Data :


Name : Hassan Ali Fakir (Nickname : Guddu)

Age : 26 years

Address : Siddharth Municipality, Ward no. 8 Basedaliya, Rupandehi
Father's Name : Haidar Ali


Reasons for Murder:

* Prem Karki had been frequently using vulgar slangs & threatening everytime

* Rs.50,000 had been on the deal for the murder of Prem Karki between the murderer & the victim's wife Sagar Karki.

* On the hope of earning money.


Details of the Murder

* The murderer Guddu had been working in Prem Karki's Grill as the Head employee. It has been clarified that the murder took place because of the bad behaviours of Prem Karki and the deal of the victim's wife for her husband's murder.

* Due to the chance of getting caught for the murder, the murderer first left his work, took his wage and fled to Bhairahawa on 2069/12/22 and returned back to Gagangauda in morning by a bus on 2069/12/23. He was estimated to have reached at the Dulegauda in around of 7pm. He was also estimated having Tea and relaxing for around 2 hours in a Hotel located in Dulegauda. Later, at the time of around 9-10pm he came at the Grill factory.

* He was having some talks with Prem Karki and as soon as the right opportunity came, he grabbed a hammer which was placed at the office before the incident and striked the victim from the back.

*After the strike the victim laid down and began to scream loud. Then the murderer grabbed a knife and beheaded the victim and left the dead body in the victim's bedroom beside the bed putting a blanket over the body.
* He stayed overnight at the factory and washed away the blood stains which laid on his clothes, body and the weapon. In around of 4am he left the factory from the main entrance locking it from the outside.

* In the further investigation after the police complain, District Police Office, Kaski, the police team arrested Guddu named Hassan Ali Fakir from Bhairahawa on 2070/02/17.


Thursday, May 23, 2013

अवैद्यरुपमा यार्सागुम्बा व्यापार गर्ने प्रहरीद्धारा पक्राउ(Arrested with Yarchaguma In Pokhara)

    मिति २०७०/२/९ गते २: ५० बजेको समयमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की हेम्जा गा.वि.स. वडा नं. ९ मा चेकिङ्ग गर्ने क्रममा जिल्ला कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. ९ सिदिङ्ग बस्ने वर्ष ३२ का टेक बहादुर तामाङ्गलाई निजले लुकाई छिपाई ल्याएको अवस्थामा ९०० ग्राम यार्सागुम्वा सहित पक्राउ गरिएको छ । निजले कहाँबाट के कसरी ल्याएको भन्ने बिषयमा अनुसन्धान भईरहेको अनुसन्धान पश्चात निजलाई अन्नपूर्ण संरक्षण क्षेत्र हरियोखर्क पठाईनेछ ।
District Police Office Kaski.

Sunday, May 19, 2013

लागू औषध विक्री वितरण गर्ने विदेशी नागरिक पक्राउ-Drug selling and distributing foreign Citizen Arrested



    पोखरा,६ खहरे चोकमा एक जना विदेशीले लागू औषध विक्री वितरण गरि रहेको छ भन्ने विशेष सूचनाको आधारमा तत्काल प्रहरी टोली खटिई जाँदा फ्रेन्च नागरिक पासपोर्ट नं.10CV27610 sf  Fabrice, Serge, Daniclczak लाई आज मिति २०७०/२/५ गते दिनको २:०० बजेको समयमा चेकजाँच गर्दा निजको साथबाट लागू औषध फेला पारिएकोले  पुनः निज बसेको होटलमा गई खानतलासी गर्दा लागू औषध चरेश ११०८ ग्राम, गाँजाको धुलो १२० ग्राम र तौल मेशिन १ थान सहित निजलाई पक्राउ गरी थप अनुसन्धान कारवाही भईरहेको छ ।

Saturday, April 20, 2013

ठगी गर्ने पक्राउ Cheater Report,Pokhara ,Nepal



ठगी गर्ने पक्राउ:

पोखराका विभिन्न पत्रपत्रिकाहरुमा कहिले मोडल चाहियो, कहिले कामदारको आवश्यकता भनी विज्ञापन प्रकाशित गरी सो अनुसार सम्पर्कमा आएका महिलाहरुलाई होटलमा बोलाई बोले कराएमा ज्यानै समेत लिने धम्की दिई सम्पर्कमा आएका महिलाहरुको  गरगहना, नगद धनमाल, मोवाईल, स्कुटर समेत लुटि महिलाहरुलाई होटलको बाथरुममा थुनी भागी हालै मात्र २ वटा घट्नामा संलग्न रही फरार रहेका कृष्ण श्रेष्ठ भन्ने पुष्कर खडकालाई काठमाण्डौमा यसै प्रकृतिको घटनामा संलग्न रहेको भनी पक्राउ परेको सूचना प्राप्त गरी यस कार्यालयबाट थप अनुसन्धान गर्दै जाँदा निजबाट नै २ जना महिलाहरुलाई लुटी फरार रहेको पिडीतहरुबाट बुझिन आएकोले निज उपर थप अनुसन्धान कारवाही भई रहेको छ । 
District Police Office Kaski,
मिति: २०७०/१/६ गते ।                                               
जिल्ला प्रहरी कार्यालय, कास्की



Sunday, April 14, 2013

हतियार प्रयोग गरी घाईते बनाउने पक्राउ र जुवातासमा संलग्न पक्राउ


हतियार प्रयोग गरी घाईते बनाउने पक्राउ:
१)    मिति २०६९।१२।३१ गते पोखरा १० उत्तमचोकमा सेभेन ए साईड फुटवल महासंघका सचिव शेर काजी गुरुङ्गलाई हतियार प्रयोग गरी घाईते बनाउने जि. कास्की पोखरा १० ईजीटोल बस्ने वर्ष १७ को असिम गुरुङ्ग र पोखरा १५ स्यानीपाटन बस्ने वर्ष १७ को राजु पौडेललाई प्रहरी टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही अगाडि बढाईएको ।
जुवातासमा संलग्न पक्राउ :
–    मिति २०६९पोखरा १३ कमलपोखरीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी     टोलीले तास खेल्दा खेल्दै ११ जनालाई नगद र तास सहित पक्राउ गरि     आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
    साथै विगतका वर्षहरुमा नयाँ वर्ष मनाउने क्रममा विभिन्न किसिमका अपराधिक तथा सवारी दुर्घटना समेतका घट्नाहरु हुने गरेकोमा यसपटक शान्ति सुरक्षालाई मजवुत तुल्याउनको लागि योजनावद्ध र सक्रियताका साथ प्रहरी परिचालन गरिनुका साथै सर्वसाधरणहरुबाट यथेष्ट सहयोग समेत प्राप्त भएकोले कुनै पनि अपराधिक तथा सवारी दुर्घटना समेतका अप्रिय घट्नाहरु नभएको । यसरी शान्ति सुव्यवस्था कायम राख्न संचार जगत,  नागरिक समाज र समस्त कास्कीवासी सर्वसाधारणहरुबाट प्राप्त सहयोगको लागि कास्की प्रहरी आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि शान्ति सुरक्षा कायम गर्ने कार्यमा यस्तै सहयोगको लागि हार्दिक अनुरोध गर्दछ ।

मिति:२०७०/१/१ गते । 
जिल्ला प्रहरी कार्यालय, कास्की


Thursday, April 11, 2013

जलकुम्भी र फेवा अप्रेशन तथा सामाजिक अपराध नियन्त्रणको क्रममा पक्राउ

जलकुम्भी र फेवा अप्रेशन तथा सामाजिक अपराध नियन्त्रणको क्रममा पक्राउ परेका व्यक्तिहरुको बिवरण
       जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा विगत २ महिना देखि संचालित विभिन्न अप्रेशनको क्रममा मिति २०६९/१२/२२ देखि २०६९/१२/२९ गते सम्म निम्नानुसारका व्यक्तिहरु पक्राउ परी अनुसन्धान भईरहेको छ । यस कार्यालयद्धारा संचालित अभियानहरुलाई आगामी दिनहरुमा थप प्रभावकारी बनाईने व्यहोरा समेत जानकारी गराईएको छ ।
गुण्डागर्दीमा संलग्न पक्राउ:
१) मिति २०६९/१२/२८ गते दिनको अन्दाजी ३:०० बजेको समयमा पोखरा उपमहानगरपालिका वडा नं. १२ पुरानो धारा स्थित रविन पौडेल र सन्जिव गुरुङमाथि सांघातिक रुपले खुकुरी लगायतका हतियारले प्रहार गरेको घटनामा संलग्न २ जनालाई खुकुरी सहित वडा प्रहरी कार्यालय रामबजारद्धारा पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा जिल्ला गोर्खा, मानबू स्थायी घर भै हाल पोखरा ११, फुलबारी बस्ने इन्द्र बहादुर कार्कीको छोरा वर्ष १६ को इश्वर कार्की र काहुँडाँडा २ बस्ने रमेश बहादुर बस्नेतको छोरा वर्ष १७ को कुमार बस्नेत रहेका छन । उक्त घटनामा संलग्न रही फरार भएका थप ३ जनाको खोजतलासको कार्य भईरहेको छ ।
२) यसै गरी मिति २०६९/१२/२७ गतेको राती ८:४५ बजे पोखरा ८ सृजनाचोकमा बोत्तल प्रहार गर्ने जि. भक्तपुर सल्लाघारी १ घर भई पोखरा ८ सृजनाचोक डेरा गरी बस्ने वर्ष १९ को सोनाम श्रेष्ठलाई सृजनाचोकबाट अ.प्र.पोष्ट सृजनाचोकले पक्राउ गरि कारवाहीको लागि वडा प्रहरी कार्यालय बैदाममा बुझाएको थियो । 
यौन विकृत्तीमा संलग्न :
विभिन्न मितिमा पृथ्वीचोक, बाग्लुङ्गबसपार्क लगायतका ठाउँहरुबाट ५ जना महिला र १२ पुरुषलाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्धामा कारवाही चलाईएको ।

जुवातासमा संलग्न :
        विभिन्न मितिमा ५ खालबाट २० जनालाई पक्राउ गरी कारवाही चलाईएको ।
 लागू औषध :
मिति २०६९/१२/२२ गते १२:०० बजेको समयमा जि. कास्की पोखरा ९ महेन्द्रपुलबाट जि. तनहुँ व्यास न.पा. वडा नं. २ घर भई पोखरा ९ बस्ने वर्ष २१ को कृष्ण गुरुङ्गलाई ला.औ.  बुप्रिनर्फिन थान १०, फेनेरागन १० थान, डाईजापाम १० र नाईट्रोसन १० थान सहित पक्राउ गरी ला.औ. मुद्धामा कारवाही चलाईएको छ ।

मिति :२०६९/१२/२९ गते ।
District Police Office Kaski, Pokhara. 
जिल्ला प्रहरी कार्यालय, कास्की

Thursday, April 4, 2013

प्रहरी गतिबिधी अप्रेशन जल कुम्भीस् थप ६ पक्राउ

कास्की प्रहरीले गुण्डागर्दि बिरुद्व संचालन गरेको अप्रेशन जलकुम्भीको क्रममा थप ६ जना ब्यक्तिहरु पक्राउ परेका छन् पक्राउ पर्नेमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१० बस्ने बर्ष(१६ को सुरज थापा, ऐ. बस्ने बर्ष(१७ को दिवश गुरुङ, ऐ. बस्ने बर्ष(१७ को सनम तामाङ, ऐ। बस्ने बर्ष(१८ को रविन राई रहेका छन् । निजहरुलाई मिति २०६९।१२।२१ गते बिहान जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१० रामघाटबाट धारिलो हतियार खुंडा थान(१ सहित वडा प्रहरी कार्यालय रामबजार कास्कीले पक्राउ गरेको हो । निजहरु बिरुद्व केही सार्बजनिक अपराध मुद्दामा अनुसन्धान भई रहेको छ ।
    यसै गरी वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जि।कास्की पोखरा उ।म।न।पा। वडा नं.(१३ बस्ने बर्ष(१६ को सचिन गुरुङ र जि.लम्जुङ करापु वडा नं.(१ बस्ने बर्ष(२१ को शंकर गुरुङलाई पोखरा उ.म.न.पा.वडा नं.(१२ सितलादेबीबाट खुकुरी थान(१ सहित पक्राउ गरेको हो, उनिहरु रामबजार र आसपासका एरियामा गुण्डागर्दिमा संलग्न भएको खुल्न आएको छ । निजहरु बिरुद्व केही सार्बजनिक अपराध मुद्दामा अनुसन्धान भई रहेको छ ।

Monday, April 1, 2013

अप्रेशन जलकुम्भी : ७ जना पक्राउ

    जिल्ला प्रहरी कार्यालय कास्कीले गुण्डार्दी नियन्त्रण गर्न संचालन गरेको अप्रेशन जलकुम्भीकै क्रममा मिति २०६९/१२/११ देखि हालसम्म विभिन्न स्थानहरुबाट गुण्डार्दीमा संलग्न ७ जना व्यक्तिहरुलाई पक्राउ गरी केही सार्वजनिक अपराध र सजाय ऐन अन्र्तगत कारवाही भईरहेको छ । पक्राउ पर्नेमा जि. कास्की लुम्ले ४ बस्ने वर्ष १९ को विकास बि.क., ऐ. बस्ने वर्ष २९ को मन बहादुर बि.क. ऐ. बस्ने वर्ष १८ को सोम बहादु बि.क. ,ऐ. सल्यान ९ बस्ने वर्ष २३ को सुनिल परियार रहेका छन निजहरुलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले मिति २०६९/१२/१३ गते पक्राउ गरेको थियो ।

    यसै गरी पोखरा १० बुद्धचोकबाट १ थान खुकुरी र रड सहित जि. स्याङ्गजा चिन्नेवास २ बस्ने वर्ष १८ को सागर थापा, जि. गोरखा जौवारी ४ बस्ने वर्ष १९ को कृष्ण बस्याल र जि. कास्की घान्द्रुक ७ बस्ने वर्ष २० को किरण सेन्चरी रहेका छन । निजहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले मिति २०६९/१२/१८ गते पक्राउ गरेको थियो ।
मिति: २०६९/१२/१९ गते ।
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की ।

Sunday, March 24, 2013

अवैध मदिरा बरामद तथा नष्ट



१)  अवैध मदिरा उत्पादनमा रोकथाम तथा नियन्त्रणको लागि यस कार्यालयले मिति २०६९/१२/१ गते देखि संचालन गरेको अप्रेशनबाट निम्नानुसारको स्थानबाट निम्नानुसारको परिमाणमा घरेलु मदिरा नष्ट गरिएको 
(क)    मिति २०६९/१२/५ गते हेम्जाबाट ५० लिटर र ९ जना मानिसलाई नियन्त्रणमा लिई आन्तरिक राजश्व कार्यालयमा कारवाहीको लागि पठाईएको ।
(ख)  मिति २०६९/१२/६ गते पोखरा ८ सृजनाचोकबाट १० लिटर नष्ट गरी १ जनालाई आन्तरिक राजश्व कार्यालयमा कारवाहीको लागि पठाईएको ।
 (ग)  मिति २०६९/१२/८ गते पोखरा ८ सृजनाचोकबाट २० लिटर नष्ट गरी १ जना लाई आन्तरिक राजश्व कार्यालयमा कारवाहीको लागि पठाईएको ।
(घ) मिति २०६९।१२।९ गते पोखरा १६ तल्लो दिप बाट १५ ड्रम कच्चा पदार्थ नष्त्र गरी १ जना आन्तरिक राजश्व कार्यालयमा कारवाहीको लागि पठाईएको ।
(ङ)  मिति २०६९/१२/१० गते पोखरा ८ जनप्रिय मार्गबाट १९ ड्रममा राखिएको कच्चा पदार्थ नष्ट गरिएको ।

२) अवैध तथा विना लाईसेन्सका हातहतियार संकलन:
    ५० नाल भरुवा बन्दुक र १ नाले कार्तोस राईफल १ नाल संकलन गरिएको ।

मिति: २०६९/१२/११ गते  ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara.

Wednesday, March 20, 2013

जिल्ला प्रहरी कार्यालय कास्कीबाट भएका केही उल्लेखनिय कार्यहरु :

शान्ति सुब्यवस्था कायम गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट भएका केही उल्लेखनिय कार्यहरु :
९२०६९/१०/२२ देखि २०६९/१२/६ सम्म)
  •   कूल पक्राउ संख्या             २२९१ ९पुरुष २१२८ र महिला १६३०
  •    कारवाही गरिएको संख्या         २८६ ९ पुरुष २३३ र ५३ महिला०
  •  अनुसन्धान पश्चात छाडिएको         २००५ ९पुरुष १८९५ र महिला ११०० अन्य सरकारी कार्यालयमा उपस्थित गराईएको,  मिलापत्र, मा.प.से. गरी सवारी चलाउने, आदि समेत

२.    अवैध तथा बिना लाईसेन्सका हातहतियार संकलन स्
ड्ड    २३ नाल
३.   गुण्डागर्दी नियन्त्रण स्        ३७ जना
ड्ड    १ जना हा।ह। मुद्दामा पूर्पक्षमा थुनामा कारागारमा रहेको,
ड्ड    १ जना ज्यान मार्ने उधोग मुद्दामा अनुसन्धान भईरहेको
ड्ड    जवरजस्ती रकम असुली गर्ने १ जना ९अपहरण उधोग मुद्दा चलाई अनुसन्धान भईरहेकोड्ड    ३४ जनालाई सार्वजनिक मुद्दा चलाई धरौटी राखी तारेखमा छुटेको
४.    सामाजिक बिकृत्ति नियन्त्रण स्
ड्ड    यौन बिकृत्ती स् ३६ पुरुष, ५० महिला गरी जम्मा ८६ जना ९ के।सा।अ। मुद्दा चलाईएको
ड्ड    जुवातास स् ७४ पुरुष र ३ महिला गरी ७७ जना
५.    लागू औषध नियन्त्रण स्
ड्ड    पुरुष ३५ र महिला २ गरी ३७ जनालाई ला.औ. मुद्दा चलाईएको ।
    बरामद स्     गांजा ५ के.जि. ४४० ग्राम        नर्फिन ९७
            डाईजापाम ९३                फेनेरागन ९३
            लुपिजेसिक ३                ब्राउनसुगर ८ ग्राम
६.    फुटपाथ ब्यवस्थापन लाई प्रभावकारी बनाईएको
७.   Taxi मा मिटर जडान गरी अनुगमन गरिने
८.    ट्राफिक ब्यवस्थापन स्
  • .४९२७ सवारी साधनलाई कारवाही गरी ११,२२,१५०।( राजश्व संकलन
  • . मा.प.से. गरी सवारी साधन चलाउने ३५६ लाई कारवाही गरिएको जसबाट ३,५६,०००।( राजश्व संकलन भएको
  •  ४ जनाको लाईसेन्समा प्वाल पारिएको
९.    रात्रीकालीन ब्यवसाय ब्यवस्थापन गरिने
१०.   फरार अभियुक्त अपराधी पक्राउ
  • ७ जना
११.   ग्रामिण गस्ती गरी ग्रामिण नागरिकहरुलाई सुरक्षाको प्रत्याभुती दिईने ।
१२.    Tourism Friendly Policing
१३.    जनचेतनामूलक सन्देश प्रशारण F.M संचार माध्यम (Crime Trend को बारेमा जानकारीमूलक     संदेशहरुको प्रचार प्रसार गरी जनचेतना जगाउने ।
१४.   अवैध घरेलु मदिरा नियन्त्रण
  •   अवैध घरेलु मदिरा १२ ड्रम र कच्चा पदार्थ मर्चा २ बोरा बरामद ।