Thursday, March 26, 2015

जवरजस्तीकरणी अपराध नियन्त्रण कार्यशाला संचालन-Pokhara-News



पोखरा, चैत्र १० गते
         प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्शाल काठमाण्डौको आदेशानुसार ूजवरजस्ती करणी अपराध नियन्त्रण अभियान जिल्ला स्तरीय कार्यशाला संचालन निर्देशिका २०७१ू अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा आज मिति २०७१/१२/१० गते दिनको १२स्०० बजेदेखि पोखरा उद्योग वाणिज्य संघको सभा हलमा सहायक प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदीज्युको अध्यक्षतामा, अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्र.व.उ.बलराम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सरोकारवाला सरकारी निकाय, गैह्र सरकारी निकाय, स्थानीय आमा समुह, विभिन्न संघ संस्थामा आबद्द प्रतिनिधि, गा।वि।स।सचिव एवं पत्रकारहरु समेतको उपस्थितिमा ूजवरजस्ती करणी अपराध नियन्त्रण अभियानू कार्यशाला संचालन गरिएको छ । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्र।उ। हरि बहादुर पालले जवरजस्ती करणी अपराध सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको, अन्य उपस्थित प्रतिनिधिहरुले ज।ज।क।अपराध नियन्त्रणमा सामाजिक सचेतना संचालन गर्नु पर्ने, कानुनमा सुधार गरी पिडितमुखी कानुनी व्यवस्था गरी कैद सजायमा बृद्वि गर्नु पर्ने, विद्यालय तहमा यौन शिक्षाको व्यवस्था गर्नु पर्ने, किशोरी( अभिभावक शिक्षामा जोड दिनु पर्ने लगायतका सुझाव दिनुभएको थियो । प्राप्त सुझावहरुलाई समेटी कास्की प्रहरीद्वारा यस जिल्लामा लागू गर्न सकिने कार्य योजना बनाई जवरजस्ती करणी अपराध नियन्त्रणको लागि नागरिक प्रहरी साझेदारीमा बिभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ ।
                   
यस अभियानमा सहयोग गरी दिन जिल्ला प्रहरी कार्यालय कास्की सवैमा हार्दिक अनुरोध गर्दछ ।

No comments:

Post a Comment

Please, comment about this article.