Friday, April 3, 2015

सकारात्मक मानशिक चेतनाको विकाश नभएसम्म बाल यौन दुव्र्यवहारमा कमी ल्याउन नसकिने -Child Abuse Pokhara News


जीवन सुवेदी
पोखरा १९ चैत्र
  मानिसहरुमा सकारात्मक मानशिक चेतनाको विकाश नभएसम्म बाल यौन दुव्र्यवहारमा कमी ल्याउन नसकिने पोखरामा आयोजित एक अन्र्तक्रिया कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
थ्रि एन्जल्स सामुदायिक रेडियोको आयोजनामा बाल यौन दुव्र्यवहार न्यूनीकरणका उपाय र कानुनी उपचार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जिसी कार्कीले नैतिक आचरणको अवलम्बन गराउनु अहिलेको मुख्य आवस्यकता रहेको बताउनुभयो । हिँसाका अनेक रुपहरुको चर्चा गर्दै उहाँले बाल बालिकाको ईच्छा विरुद्ध हुने सबै व्यवहार बाल हिंसा भएको प्रष्ट पार्नुभयो । उहाँले मानवमाथि हुने दुव्र्यवहार रोक्नका लागि व्यक्ति स्वयं सचेत हुनुपर्ने तथा प्रतिवाद गर्ने अभ्यासको विकाश हुनुपर्नेमा जोड दिनुभयो । हिंसा विरुद्ध स्वयं पीडितको परिवारका सदस्यबाट विरोध हुनुपर्ने खाँचौ औँल्याउनुयभयो । दुव्र्यवहार गर्नेहरुलाई विभिन्न राजनीतिक दलहरुले संरक्षण दिने गरेको आरोप लगाउँदै गलत मानशिकता कहिँ कतैबाट पनि क्षम्य हुन नसक्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला बाल अधिकृत भरतराज बरालले बाल यौन दुव्र्यवहार रोक्नका लागि सबै निकाय एक भएर लाग्नुपर्ने आवस्यकता औँल्याउनुभयो । कास्कीमा करिब एक सय एघार जना सडक बालबालिका रहेको तथ्यांक प्रस्तुत गर्दै बरालले सडक बालबालिकालाई ट्रपिंग सेण्टरमा राख्ने योजना प्रस्तुत गर्नुभयो । उहाँले सडक बालबालिकाको गलत आवस्यकता पूरा गर्ने आधार नै कमजोर बनाईनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक केशव वहादुर बस्नेतले आप्mना  दिदीबहिनी सरह अन्य चेलीबेटीलाई पनि उत्तिकै सम्मान गर्ने संस्कारको विकाश गर्नुपर्ने आवस्यकता औँल्याउनुभयो । बालबालिका तथा महिलालाई हेर्ने नकारात्मक सोँचको अन्त्य नभएसम्म यौन दुव्र्यवहारका घटनामा कमी आउन नसक्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा अधिवक्ता एवं थ्रि एन्जल्स नेपालका कानुनी सल्लाहकार हरिराज पोखरेलले बाल यौन दुव्र्यवहार र सो को न्यूनिकरणका कानूनी उपचारको व्यवस्था विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि थ्रि एन्जल्स नेपालका बालबालिका प्रमुख भीम पौडेलले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा थ्रि एन्जल्स नेपालका संस्थापक अध्यक्ष एवं कार्यकारी दिर्नेशक डा राजेन्द्र गौतमले बालबालिकामाथि हुने यौन हिंसाको अन्त्यका लागि विभिन्न सरोकारवाला निकायसंग हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
 बालबालिककाका कुरा सुनौँ बाल यौन दुव्र्यवहार अन्त्य गरौँ भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा मुस्कान क्लबका अध्यक्ष जैनव खातुन, वडा नं १५ का स्वास्थ्य स्वयंसेविका कल्पना थापा लगायतले बोल्नुभएको थियो । रेडियोका कार्यक्रम संयोजक बबिता आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा थ्रि एन्जल्स रेडियोका स्टेशन म्यानेजर गणेश श्रेष्ठ, थ्रि एन्जल्स नेपालका वित्त निर्देशक मदन थापा, थ्रि एन्जल्स ईन्टरनेशनल मीसन स्कूलका प्रिन्सिपल रमेश पाण्डे लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रकास अधिकारीले गरेका थिए ।

No comments:

Post a Comment

Please, comment about this article.