Friday, April 17, 2015

लेखनाथमा आमाहरु सम्मानित-News-Kaski


घनश्याम पाण्डेय ,रेडियो गण्डकी पोखरा
लेखनाथ नगरापलिका वडा नं २ ,३ र ६ ले आर्थिक अबस्था कमजोर एवं जेष्ठ आमाहरु लाई दोसल्लाह र नगद सहित सम्मान गरेको छ ।

आमा औशीको पुर्वसन्धयामा वडाले तिन वटा वडा बाट जेष्ठ महिलाहरु मध्य बाट ६ जना लाई सम्मान गरेको हो ।  सम्मानित हुनेमा वडा २ बाट पवित्र कुमारी कुमाल ,तुलसी भण्डारी ,वडान ३की शिब कुमारी घर्ती क्षेत्री ,सन्तुमाया विक यसस्तै  वडान ६ बाट उजेली विक र सोममाया विक सम्मानित हुनु भएको छ । सम्मानित आमाहरु लाई लेखनाथ नगरपालिकाका निमत्त प्रमुख रविचन्द्र घिमिरे ,सामुदायिक विकास शाखा प्रमुख मिना भट्टराई भण्डारीले र वडा सचिव लिलामणि भण्डारीले संयुक्तरुपमा दोसल्लाह ,नगद सहित सम्मान गर्नु भएको थियो ।

नारि दिवसको दिनमा गर्ने भनिएको सम्मान लाई आमा औशीको पुर्वसन्धयामा सम्मान गरीएको लेखानाथ अर्घो सेवा केन्द्रका सचिव लिलामणि भण्डारीले बताउनु भयो । भण्डारीले बजेट कम भएकोले धेरै आमाहरु  लाई सम्मान गर्न नसकीएको बताउदै  ६ जना जेष्ठ आमाहरु लाई दोसल्लाह र पाँच पाँच सय नगदले सम्मान गरेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि घिमिरेले आमा औशीको बेला आमाहरु लाई सम्मान गर्न पाएको भन्दै सवै आमाहरुको  खुशीनै आफुहरुको खुशि हुने बताउनुभयो ।

सामुदायिक शाखा  प्रमुख भण्डारीले आमाहरुले धेरै संघर्ष गर्नु परेको भन्दै महिलाहरुमा आङखस्ने समस्या पनि हुने भन्दै आर्थिक अभाब भएर उपचार गराउन नसकेको महिलाहरु भए नगरपालिकामा सम्पर्क राख्न आग्रह पनि गर्नु भयो । सम्मानित सन्तुमाया विकले आफु जिवनमा पहिलो पटक यस्तो काममा आउन पाएको भन्दै सवै लाई आर्शिबाद समेत दिनु भएको थियो ।

निका भण्डारीले संचालन गर्नुभएको सम्मान कार्यक्रम सेवा केन्द्र अर्घोका सचिव लिलामणि भण्डारीको अध्यक्षतामा भएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.