Tuesday, April 14, 2015

भारतमा बेचिएकी चेलीको थ्रीएन्जल्सद्वारा उद्धार -Pokhara-News-Nepal


जीवन सुवेदी- पोखरा ३० चैत्र ।
थ्री एन्जल्स नेपालको उद्धार टोलीले गएको २०६८ असार २ गते देखि हराएकी एक वालिकाको भारतको हल्द्धानी स्थित एक यौन अखडाबाट उद्धार गरेको छ ।
थ्रि एन्जल्स नेपालका धनगडी शाखाका प्रमुख विरवहादुर वि.क को नेतृत्वमा भारत गएको टोलीले हरीद्धार र कासीपुरका प्रहीको सहयोगमा ती बालिकाको उद्धार गरिएको थ्री एन्जल्स नेपालको धनगढी शाखाले जनाएको छ । वुवा नभएकी ११ वर्षकी वालिकालाई २०६८ सालमा उनकै फुपु र पुसाजुले आँफूहरुले पालन पोषण र शिक्षा दिक्षा दिन्छौ भनी भारतको हल्द्धारमा लगी भारतीय नागरीकलाई वेचेको बताईएको छ । आफन्तबाटै बेचिएकी ती बालिकालाई भारतीयले कासीपुर पुर्याएका थिए । आफ्नी छोरीको आजसम्म पनि केहि खवर नपाएकी बालिकाकी आमाले प्रहरीमा उजुरी गरेपछि अभियुक्तलाई पक्राउ गरि सोधपुछ गर्ने क्रममा बालिका भारतको कोठीमा भएको खुलेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीको आधारमा थ्रीएन्जल्स नेपालको उद्धारटोलीले अभियुक्तलाई समेत भारतमा लगी बालिकाको यहि २०७१ चैत्र २९ गते राति उद्धार गरेको थियो । हाल बालिकालाई महिला तथा बालबालिका कार्यालय कञ्चनपुरको जिम्मा लगाईएको छ भने अभियुक्त कञ्चनपुर प्रहरीको हिरासतमा रहेका छन् ।  पोखराको नयाँ गाउँ १५ मा प्रधान कार्यालय रहेको थ्री एन्जल्स नेपालले मानव बेचविखन विरुद्धमा कार्य गर्दै आएको छ । नेपाल भारत सीमामाबाट हुने मानव बेचविखनमा कडा निगरानी तथा बेचविखनबाट जोगाउनका लागि पुर्व तयारीका कार्यक्रम समेत संस्थाले सञ्चालन गर्दै आएको छ । सिमा सुरक्षाका लागि संस्थाले धनगढी, नेपालगञ्ज, भैरहवा, चितवन लगायतका स्थानमा शाखा स्थापना गरी बेचविखन विरुद्धका कार्यक्रम सञ्चालन गरिरहेको संस्थाका निर्देशक डा राजेन्द्र गौतमले जानकारी दिनुभयो ।  

No comments:

Post a Comment

Please, comment about this article.