Saturday, April 18, 2015

पोखरेलीयूवा सञ्चारकर्मीहरुद्धारा नेपालीफिल्मी डटकम सञ्चालनमा Pokhara News


पोखरा २ वैसाख ।
नववर्षको अवसर पारेर पोखराकै पहिलो नेपालिफिल्मी डटकम को औपचारिक उद्घाटन गरिएको छ ।
पोखराकाविभिन्न मिडियाहरु मा रहेर कामगर्ने युवा सञ्चारकर्मीहरुले नेपालीफिल्मी ड्टकम नामक वेवसाईट सन्चालनमाल्याएकाहुन् । वेवसाईटले नेपालीचलचित्र र मनोरञ्जन का सामाग्रीहरु समेट्ने बताईएको छ ।
मोफसलमा नेपालीचलचित्रकागतिविधिहरु कम संख्यामाहुने गर्दछन् । पोखरामा धेरैजसो गुरुङ , मगर, तामाङ भाषाका चलचित्र हरु निर्माण हुँदै आएका छन् ।  पोखराबाट निर्माण हुने यस्ता चलचित्रहरु प्रचारप्रशारको अभावमा फष्टाउन नसकेको भन्दै वेवसाईटको माध्यमबाट चलचित्रको प्रर्वद्धनका लागि सहयोग पुग्ने वेवसाईट सञ्चालकहरुको विश्वास छ ।वेवसाईटले चलचित्रका हरेक गतिविधिहरुलाइ पनि प्राथमिकता दिईने वेवसाईटका प्रमुख सम्पादक तथा प्रकाशक शुशन घिमिरे जानकारी दिए ।
वेवसाईट सञ्चालकहरुमा रेडियो अन्नपूर्णमा आवद्ध शुरेश सुनार, थ्रि एन्जल्स रेडियो तथाजक्शन डटकमका फोटोग्राफर राकेश गुरुंग, थ्रि एन्जल्स रेडियोकै प्रिन्स थापा, रेडियो बाराहीका महेन्द्र पौडेल, गोल्डेन आई टेलिभीजनकाकुन्दन गुरुंग लगायत रहेका छन् । साथमापोखरा लगायतआन्य देशविदेशमा रहेकासञ्चारकर्मीहरुले समेतसघाउने भएका छन् ।

No comments:

Post a Comment

Please, comment about this article.