Saturday, May 2, 2015

गोरखाको बुङ्कोटमा राहत सहित स्वास्थ्यर्की सेवा-Earthquake Gorkha Nepal






पोखरा, वैशाख १८ गते ।
पोखरेली युवाहरु स्वास्थ्य शिविरका साथै राहत सामग्री वितरण गरी गोरखाका विभिन्न स्थानबाट पोखरा फर्किएका छन् ।
गोरखाको बुङ्कोट अन्तरगत चोरकाटे, मानेपानीलगायतका गाउँमा पुगेर ८ लाख रुपैयाँ बराबरको राहत वितरण गरेका छन् भने २ सयभन्दा बढीलाई प्रत्यक्ष स्वास्थ्य सेवा समेत प्रदान गरेका छन् । भूकम्प आएपछि मानसिक रुपमा तनावमा रहेका गोरखावासीलाई आवश्यक परामर्शसमेत सो टोलीले दिएको टोलीका नेता किरण केसीले जानकारी दिनुभयो । गोरखा सदरमुकाम नजिक भए पनि दलित बस्ती रहेको मानेपानीमा उचित राहत नपुगेको भन्दै प्रत्यक्ष रुपमा आफै राहत सामग्री वितरण गरेको थियो ।
टोलीमा युवा युद्यमी प्रतिश पालिखे, डा. सुदर्शन सुवेदी, सुनिल पहारी, सिनीयर अहेव नविन थापा लगायतका १० जना स्वास्थ्यकर्मी र १० जना व्यावसायीको सहभागिता रहेको थियो । 
दुई ट्रक सामग्रीमा ३ सय थान त्रिपाल, दुई सय थान ब्लान्केट, ८५ थान म्याटे«ससहित खाद्यान्न सामग्रीहरु वितरण गरिएको छ । चिउरा, चकलेट, चाउचाउ, विस्कुट लगायतका राहतका लागि गोशेली हाउसबाट समेत विशेष सहयोग भएको बताइएको छ । समुहले एक दिन सोहि ठाउँमा बसेर स्वास्थ्य परीक्षण गरी निशुल्क औषधी वितरण गर्दा आत्म सन्तुष्टि समेत पाएको सहभागीहरुले बताएका छन् । स्थानीय सुन्तली दर्जीले आफूलाई भूकम्पले केही नगरे पनि दीर्घरोग भएको अवस्थामा घरदैलोमा आएर स्वास्थ्य सेवा लिन पाउँदा निकै खुसी भएको बताउनुभयो ।

No comments:

Post a Comment

Please, comment about this article.