Saturday, July 18, 2015

मानव मिलन नारी जागरण नेपालको रक्तदान कार्यक्रम सम्पन्न-Pokhara-News-Nepal


साउन २, गते
पोखरा
मनव मिलन नारी जागरण नेपालले शनिवार आफ्नो वार्षिक कार्ययोजना अनुरुप रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका महासचिव रविन्द्रसन प्रजुले संस्थाले सामाजिकमा विभिन्न कार्यक्रम गरेकोमा प्रसंसा गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुस्मा पौडेलले संस्थाले गरेका गतिविधिहरु अनुकरणीय रहेको बताउनुभयो । त्यस्तै बोडकास्टिङ्ग एशोसियसन अफ नेपाल बानका केन्द्रिय सचिव तथा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले संस्था, समाजमा उदाहरणीय संस्थाको रुपमा विकसित हुँदै गएको बताउनुभयो । नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले संस्थाले सवैलाई समेटेर काम गरेको बताउनुभयो । संस्थाका अध्यक्ष सावित्री शर्माको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसंचार केन्द्रका प्राविधिक अर्जुन ज्ञवाली, आर्दशसमाज राष्ट्रिय दैनिकका पत्रकार गुप्तप्रसाद शर्मा, टोल विकास संस्था समन्वय समिति पोखरा ७ का अध्यक्ष राममोहन आर्चाय, महिला क्लव पोखराका अध्यक्ष विष्णु पराजुली, रेडक्रस सोसाइटी उपशाखा पोखरा ७ का अध्यक्ष ठाकुर प्रसाद बराल, महिला विकासका लागि आमा समुहका अध्यक्ष मेनुका बराल लगायतले बोल्नुभएको थियो ।  संस्थाका सहसचिव कमला गिरीले संचालन गरेको कार्यक्रममा स्वागत मनतव्य उपाध्यक्ष सविता बराल र कार्यक्रम बारेको जानकारी कार्यक्रम संयोजक मेनुका पोख्ररेलले गर्नुभएको थियो । कार्यक्रममा ७४ युनिट रगत संकलन भएको थियो । संस्थाले शिक्षा, स्वास्थ्य र मानव सेवाको क्षेत्रमा काम गर्दै आएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.