Monday, May 18, 2015

तालमा डुवी मृत्यु-News-Pokhara-Nepal

 
पोखरा जेष्ठ ३ गते 
    घरबाट घाँस दाउरा गर्न भनी गएका दुई बालिकाको बेगनासताल घुम्ने क्रममा डुंगा डुवी मृत्यु भएको छ । हिजो मिति २०७२/०२/०२ गते जि।कास्की ले.न.पा।-११ पचभैयाबाट नजिकैको सामुदायिक वनमा घाँस दाउरा गर्न गएका पाँच जना बालबालिकाहरु डुंगा लिई बेगनास ताल घुम्न गएको अवस्था डुंगा अचानक तालमा डुव्दा दुई बालिकाको डुवी मृत्यु भएको  र एक बालक र दुई बालिका पौडी खेली बाहिर निस्कन सफल भएका छन् । डुवी मृत्यु भएका बालिकाहरुको ईलाका प्रहरी कार्यालय हंशपुर र  स.प्र.गण पोखराबाट खटिई गएको प्रहरी टोलीले  स्थानीय मानिसहरुको सहयोगमा मृतावस्थामा शव तालबाट बाहिर निकालेको थियो ।
मृत बालिकाहरू:
१. जि.कास्की ले.न.पा.-११ पचभैया बस्ने बर्ष १३ की ममता गुरुङ,
२. ऐ ऐ बस्ने बर्ष १३ की सिता सुनार ।
  
  

No comments:

Post a Comment

Please, comment about this article.