Showing posts with label Nepal Problems. Show all posts
Showing posts with label Nepal Problems. Show all posts

Thursday, September 3, 2015

जुवा (कौडा) खेल्ने पक्राउ-Pokhara-News-Juwa

पोखरा भदौ-१६ गते ।
    पोखरा -८ नयाँसडक स्थितमा यूवराज खतिवडा समेतले संचालन गरेको होटल डालीमा एण्ड तास सेण्टरमा जुवा ९ कौडा ० खेली रहेका ६ जना मानिसलाई जुवा ९ कौडा ० खेल्न प्रयोग गरेको कौडा थान-१६ ( एक सेट ) र नगद १,८६,३७५।– सहित कास्की प्रहरीले आज मिति २०७२/५/१६ पक्राउ गरेको छ । ठुलो धनमाल बाजी राखी कौडा खेली रहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको प्रहरीले निजहरुलाई पक्राउ गरी आजै सम्मानित कास्की जिल्ला अदालतबाट जुवा मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
पक्राउ परेका मानिसहरु:
१०    जिल्ला धादिङ खाल्टे-४ घर भई हाल पोखरा-८ बस्ने बर्ष २८ को यूवराज खतिवडा
२०    जिल्ला कास्की पोखरा-१८ बस्ने बर्ष ४३ को नेत्र बहादुर तिमिल्सिना
३०    जिल्ला धादिङ ज्यामरुङकोट-८ बस्ने बर्ष ४५ को रण बहादुर भन्ने रामशरण लम्साल
४०    जिल्ला धादिङ  निलकण्ठ न.पा.वडा नं. ३ बस्ने बर्ष ५० को शिव प्रसाद  रिजाल
५०    जिल्ला धादिङ खाल्टे-४ घर भई हाल पोखरा-८ बस्ने  बर्ष ४८ को भोजराज खतिवडा
६०    जिल्ला स्याङजा सेतीदोभान गा.वि.स. घर भई हाल कास्की पोखरा-८ बस्ने बर्ष ३२ को गंगा प्रसाद पोखरेल

                                                                 जिल्ला प्रहरी कार्यालय कास्की

Tuesday, September 1, 2015

मामा घर लैदीन्छु भन्दै १४ वर्षिया बालिकालाई जवरजस्ती करणी गर्ने पक्राउ-Pokhara News

पोखरा, १४ भदौ
कास्की प्रहरीले एक नाबालीकालाई मामाघर लगि दिन्छु भनी जवरजस्ती करणी गर्ने एक युवकलाई पक्राउ गरेको छ । धादिङ जिल्लाको सलाङ्ग गाविस वडा नं ८ घर भई हाल पोखरा उपमहानगर पालिका वडा नम्बर ८ बस्ने बर्ष २४ वर्षिय नारायण शाहलाई पक्राउ गरेका प्रहरीले जानकारी दिएको छ ।
साउन २९ गते मामाघर जान हिडेकी १४ वर्षिया बालिकालाई पृथ्वीचोक स्थित एक होटलमा जवरजस्ती करणी गरेको अनुसन्धनले देखाएको कास्की प्रहरीका प्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए । शाहलाई जवरजस्तीकरणी मुद्वामा म्याद थप गरी अनुसन्धान भैरहेको अधिकारीले जानकारी दिए ।

Saturday, July 18, 2015

३५ भुकम्प पिडित परिवारलाई राहत वितरण:Pokhara News-Nepal


पोखरा, ०२ साउन
डाँडा गाँउले सोसाईटी हङ्कङ्को सहयोगमा कास्कीको हंसपुर गाविसका ३५ भुकम्प पिडित परिवारलाई राहत वितरण गरिएको छ । गाविसका पुर्व उपाध्यक्ष एंव नेपाली कांग्रेसका नेता चन्द्र बहादुर गुरुङ्ले प्रति परिवार ३ हजारका दरले पिडितहरुलाई राहत वितरण गर्नु भएको गाविसका सामाजिक कार्यकर्ता विमलबाबु न्यौपानेले रेडियो सपलतालाई जानकारी दिनुभयो । डाँडा गाँउले सोसाईटी हंशपुरका अध्यक्ष चिनु गुरुङ्, उपाध्यक्ष प्रविन गुरुङ र सचिव गम बहादुर गुरुङ् लगायतको सक्रियाता र संयोजनमा उक्त कार्यक्रम गरिएको न्यौपाने बताउनुभयो । तर केही सामाजिक संघ संस्थाहरुले राहत स्वरुप सहयोग गरेपनि राज्यका तर्फबाट कुनै सहयोग नपाएको पिडितहरुले गुनासो गरेका छन् ।

Monday, May 18, 2015

तालमा डुवी मृत्यु-News-Pokhara-Nepal

 
पोखरा जेष्ठ ३ गते 
    घरबाट घाँस दाउरा गर्न भनी गएका दुई बालिकाको बेगनासताल घुम्ने क्रममा डुंगा डुवी मृत्यु भएको छ । हिजो मिति २०७२/०२/०२ गते जि।कास्की ले.न.पा।-११ पचभैयाबाट नजिकैको सामुदायिक वनमा घाँस दाउरा गर्न गएका पाँच जना बालबालिकाहरु डुंगा लिई बेगनास ताल घुम्न गएको अवस्था डुंगा अचानक तालमा डुव्दा दुई बालिकाको डुवी मृत्यु भएको  र एक बालक र दुई बालिका पौडी खेली बाहिर निस्कन सफल भएका छन् । डुवी मृत्यु भएका बालिकाहरुको ईलाका प्रहरी कार्यालय हंशपुर र  स.प्र.गण पोखराबाट खटिई गएको प्रहरी टोलीले  स्थानीय मानिसहरुको सहयोगमा मृतावस्थामा शव तालबाट बाहिर निकालेको थियो ।
मृत बालिकाहरू:
१. जि.कास्की ले.न.पा.-११ पचभैया बस्ने बर्ष १३ की ममता गुरुङ,
२. ऐ ऐ बस्ने बर्ष १३ की सिता सुनार ।
  
  

Monday, May 11, 2015

Earthquake Gorkha Barpak Nepal










News by:Hemant Grg
बैसाख १२ गाते सनिबारका दिन गोरखको बारपाकलाइ केंद्र बिंदु बनाएर गएको महाभूकंपामाँ ज्यान गुमाउने संपूर्ण नागरिक र घाइते हुनु भएका दसौ हजारौ नागरिकमाँ हामी पोखरा लिंकन इंटरनेशनल कॉलेज (BBA ) बिद्यार्थी हार्दिक श्रदा सुमनका साथ शीघ्र स्वास्थ लाभ को कामना गर्न चाहन्छौ |
यस प्राकृतिक महा बिपत्तिमा परेर आफ्नो घरबार बिहिन भएका गोरखा आरुघाटका जनतालाई केहि स्वास्थ सम्बन्धी जानकारी दिनको लगी हामी यस PLIC BBA 4th Semester का बिद्यार्थीहरु प्रत्यक्ष अवलोकन गर्न गएका थियौ | यसै क्रममा हामीले गोरखा सदरमुकाम बाट ५ घंटा दुरिमा रहेर पनी अति सामान्य स्वस्थ्य समन्धी कुराहरु जानकारी नपाएका जनतालाई प्रत्यक्ष भेटेर उनिहरुको गुनासो सुनने मौका पायौ | यसै सिलसिलामाँ १३०० घर धुरी रहेका यस आरुघाट क्षेत्रमाँ १२५-१५० सम्माका घरधुरिहरु अति निम्न बर्गीय पायौ | हामीले ती घरधुरीका पीड़ितलाई प्रत्यक्ष रुपमा भेटेर उनीहरुलाई सामान्य भन्दा सामान्य स्वास्थय समन्धी जानकारी गर्यौ | उनीहरूका अनुसार त्यस आरुघाट क्षेत्रमाँ पहुंच वालाहरुले मात्र राहत पयेका गुनासो सुन्यौ | यसै क्रममा हामीले त्येस क्षेत्रका जनतालाई स्वास्थय सम्बन्धी सामाग्रीहरु जस्तै मंजन, ब्रश, साबुन,मास्क,ग्लव्स,डेटोल,महिलहरुको लगी प्याड आदि त्यस ठाउँमा निम्न बर्गीय जनतालाई बितरण गरयौ | यसै सिलसिलामा १५ धुरीका जनतालाई ४ वटा अस्थाई सौचालय पनी निर्माण गर्यौ |

Wednesday, May 6, 2015

बाल यौन दुरव्यवहार न्युनिकरण गर्न जोड--News-Pokhara -Nepal


पोखरा, बैशाख २२ गते ।
 बालबालिका माथि हुने योन दुरव्यवहारको घटनाले तत्कालीन अवस्थामा मात्र नभएर द्धीर्घकालिन रुपमा नकरात्मक प्रभाव पर्ने भएकाले यस्ता घटनाहरु न्युनिकरण गर्न जनचेतना मुलक कार्यक्रम आवश्यक रहेको पोखरामा आज आयोजित कार्यक्रममा जोड दिइएको छ ।
अन्तरदृष्टि नेपाल पोखराको आयोजना तथा टोल विकास संस्था वडा समन्य समिति–११ को  व्यवस्थापनामा संञ्चालित बाल यौन दुरव्यवहार न्युनिकरण सम्बन्धी एक दिने सचेतना कार्यक्रममा बोल्ने वक्ताहरुले सो विषयमा जोड दिएका थिए ।
कार्यक्रममा समुदाय र विद्यालयमा बाल यौन दुरव्यवहार सम्बन्धी जनचेतना मुलक कार्यक्रम संञ्चालन गरी यौन दुरव्यवहारका घटनाबाट रोकथान गर्ने समुदायका सचेत नागरिकलाई सशक्तिकरण गर्दै अगाडि बढाउने र यौन दुरव्यवहार रहित समाजको निर्माण गर्ने कुरामा थप जोड दिइएको थियो ।
कार्यक्रममा बोल्दै टोल विकास संस्थाका अध्यक्ष एवम् प्रध्यापक बाबुराम केसीले समाज हुने नकरात्मक प्रवित्तिलाई न्युनिकरण गरेर लैजाने समाजकै दाहित्व रहेको बताउनु भयो ।
कार्यक्रममा भिम देवी शर्मा, मिठु गुरुङ, रेखा बाँस्तोला, गौंमाया भुजेल, रामचन्द्र लामिछाने लगायतले बाल यौन दुरव्यवहारका बारेमा बोल्नु भएको थियो ।

फरार महिला प्रतिवादी पक्राउ-Pokhara-News-Nepal

पोखरा बैशाख २२  गते ।
     मानव वेचविखन तथा ओसार पसार मुद्वामा फरार रहेकी जिल्ला कास्की पोखरा उ.म.पा.वडा नं. २७ घर भई हाल पोखरा (९ नागढुंगा स्थित निरभाना रेष्टुरेण्टकी संचालिका बर्ष ४२ की कमला शेरचनलाई कास्की प्रहरीले आज मिति २०७२।०१।२२ गते पक्राउ गरेको छ । निजले आफ्नो होटलमा कार्यरत ४ जना युवतीहरुलाई ललाई फकाई रेष्टुरेण्टको साधरण काम तथा घर सफाईको काम गर्ने शर्तमा काम गर्न राखेका युवतीहरुलाई जवरजस्ती यौन धन्दामा लगाएको,  यौन ग्राहकसंग जान नमानेमा डरत्रास धम्की  दिई यौन कार्य गर्न बाध्य बनाएको भनी पिडित ४ जना युवतीहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा मानव वेच विखन तथा ओसारपसार मुद्वामा  छुट्टा छुट्टै जाहेरी दरखास्त दिएका छन् । प्रहरीले पिडित युवतीहरुसंग घटनाका बारेमा सम्मानित कास्की जिल्ला अदालतबाट बयान प्रमाणित गरी सकेको छ ।
    निज कमला शेरचनलाई आजै जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसार पसार मुद्वामा म्यादथप गरी अनुसन्धान भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्क
District Police Office Kaski, Pokhara

Tuesday, May 5, 2015

स्याङजा जिल्लाका भूकम्प पिडितलाई ५५ हजार सहयोग-Earthquake Syangja Nepal


स्याङजाली सम्पर्क सुमाज पोखराले स्याङजा जिल्लाका भूकम्प पिडितलाई ५५ हजार सहयोग
पोखरा, बैशाख २२ गते । स्याङजाली सम्पर्क सुमाज पोखराले स्याङजा जिल्लाका भूकम्प पिडितका लागि ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरेको छ । समाजका अध्यक्ष देवी अर्यालले सो रकम स्याङजाका प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेलाई हस्तान्तरण गर्नु भएको थियो ।
जिल्ला दैभिक प्रकोर उद्धार समितिका संयोजक समेत रहनु भएकी प्रमुख जिल्ला अधिकारीलाइृ सो रकम हस्तान्तरण गरेको सो समाजका महेन्द्र प्रकाशले जानकारी दिनुभयो ।
कार्यक्रममा समाजका पूर्व अध्यक्षहरु तथा सल्लाहाकारहरु राम प्रसाद श्रेष्ठ, दिल बहादुर क्षेत्री, पिताम्बर नेपाली, लक्ष्मी बराल, लालुमाया रेग्मी लगायतले सो रकम वास्तविक पिडित समक्ष पुग्नेमा विश्वास राख्नु भएको थियो । 

Saturday, May 2, 2015

राहात सामग्री लिएर जादा देखिएका काहालीलाग्दो तस्बिर -Earthquake Gorkha Baluwa Nepal

गोरखाको बुङ्कोटमा राहत सहित स्वास्थ्यर्की सेवा-Earthquake Gorkha Nepal






पोखरा, वैशाख १८ गते ।
पोखरेली युवाहरु स्वास्थ्य शिविरका साथै राहत सामग्री वितरण गरी गोरखाका विभिन्न स्थानबाट पोखरा फर्किएका छन् ।
गोरखाको बुङ्कोट अन्तरगत चोरकाटे, मानेपानीलगायतका गाउँमा पुगेर ८ लाख रुपैयाँ बराबरको राहत वितरण गरेका छन् भने २ सयभन्दा बढीलाई प्रत्यक्ष स्वास्थ्य सेवा समेत प्रदान गरेका छन् । भूकम्प आएपछि मानसिक रुपमा तनावमा रहेका गोरखावासीलाई आवश्यक परामर्शसमेत सो टोलीले दिएको टोलीका नेता किरण केसीले जानकारी दिनुभयो । गोरखा सदरमुकाम नजिक भए पनि दलित बस्ती रहेको मानेपानीमा उचित राहत नपुगेको भन्दै प्रत्यक्ष रुपमा आफै राहत सामग्री वितरण गरेको थियो ।
टोलीमा युवा युद्यमी प्रतिश पालिखे, डा. सुदर्शन सुवेदी, सुनिल पहारी, सिनीयर अहेव नविन थापा लगायतका १० जना स्वास्थ्यकर्मी र १० जना व्यावसायीको सहभागिता रहेको थियो । 
दुई ट्रक सामग्रीमा ३ सय थान त्रिपाल, दुई सय थान ब्लान्केट, ८५ थान म्याटे«ससहित खाद्यान्न सामग्रीहरु वितरण गरिएको छ । चिउरा, चकलेट, चाउचाउ, विस्कुट लगायतका राहतका लागि गोशेली हाउसबाट समेत विशेष सहयोग भएको बताइएको छ । समुहले एक दिन सोहि ठाउँमा बसेर स्वास्थ्य परीक्षण गरी निशुल्क औषधी वितरण गर्दा आत्म सन्तुष्टि समेत पाएको सहभागीहरुले बताएका छन् । स्थानीय सुन्तली दर्जीले आफूलाई भूकम्पले केही नगरे पनि दीर्घरोग भएको अवस्थामा घरदैलोमा आएर स्वास्थ्य सेवा लिन पाउँदा निकै खुसी भएको बताउनुभयो ।

Tuesday, April 14, 2015

भारतमा बेचिएकी चेलीको थ्रीएन्जल्सद्वारा उद्धार -Pokhara-News-Nepal


जीवन सुवेदी- पोखरा ३० चैत्र ।
थ्री एन्जल्स नेपालको उद्धार टोलीले गएको २०६८ असार २ गते देखि हराएकी एक वालिकाको भारतको हल्द्धानी स्थित एक यौन अखडाबाट उद्धार गरेको छ ।
थ्रि एन्जल्स नेपालका धनगडी शाखाका प्रमुख विरवहादुर वि.क को नेतृत्वमा भारत गएको टोलीले हरीद्धार र कासीपुरका प्रहीको सहयोगमा ती बालिकाको उद्धार गरिएको थ्री एन्जल्स नेपालको धनगढी शाखाले जनाएको छ । वुवा नभएकी ११ वर्षकी वालिकालाई २०६८ सालमा उनकै फुपु र पुसाजुले आँफूहरुले पालन पोषण र शिक्षा दिक्षा दिन्छौ भनी भारतको हल्द्धारमा लगी भारतीय नागरीकलाई वेचेको बताईएको छ । आफन्तबाटै बेचिएकी ती बालिकालाई भारतीयले कासीपुर पुर्याएका थिए । आफ्नी छोरीको आजसम्म पनि केहि खवर नपाएकी बालिकाकी आमाले प्रहरीमा उजुरी गरेपछि अभियुक्तलाई पक्राउ गरि सोधपुछ गर्ने क्रममा बालिका भारतको कोठीमा भएको खुलेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीको आधारमा थ्रीएन्जल्स नेपालको उद्धारटोलीले अभियुक्तलाई समेत भारतमा लगी बालिकाको यहि २०७१ चैत्र २९ गते राति उद्धार गरेको थियो । हाल बालिकालाई महिला तथा बालबालिका कार्यालय कञ्चनपुरको जिम्मा लगाईएको छ भने अभियुक्त कञ्चनपुर प्रहरीको हिरासतमा रहेका छन् ।  पोखराको नयाँ गाउँ १५ मा प्रधान कार्यालय रहेको थ्री एन्जल्स नेपालले मानव बेचविखन विरुद्धमा कार्य गर्दै आएको छ । नेपाल भारत सीमामाबाट हुने मानव बेचविखनमा कडा निगरानी तथा बेचविखनबाट जोगाउनका लागि पुर्व तयारीका कार्यक्रम समेत संस्थाले सञ्चालन गर्दै आएको छ । सिमा सुरक्षाका लागि संस्थाले धनगढी, नेपालगञ्ज, भैरहवा, चितवन लगायतका स्थानमा शाखा स्थापना गरी बेचविखन विरुद्धका कार्यक्रम सञ्चालन गरिरहेको संस्थाका निर्देशक डा राजेन्द्र गौतमले जानकारी दिनुभयो ।  

Friday, April 3, 2015

किर्ते गरी जग्गा नामसारी गर्न खोज्ने पक्राउ-Pokhara news


पोखरा, चैत्र १९ गते ।
    पोखरा उप.म.न.पा. वडा नं. ४ बस्ने कृति कुमार बाटाजुको नाममा दर्ता रहेको साविक छिनेडांडा गा.वि.स. वडा नं. ६ हाल पोखरा उप.म.न.पा. वडा नं. १७ मा रहेको किता नं. ३२९४, ३२९६, ३३०५, ३३०७ मा रहेको जम्मा ६-२-२-२ क्षेत्रफल भएको जग्गा निज कृति कुमार बाटाजुको मृत्यु भईसकेकोले नामसारी गरि पाउ भनी किर्ते ब्यक्ति तथा कागजातहरु तयार गरी नामसारी गर्न लागेको भनी मालपोत कार्यालय कास्कीले दिएको हुलिया सहितको सुचना अनुसार यस कार्यालयबाट तत्काल परिचालित प्रहरी टोलीले ठगी एवं किर्तेमा संलग्न मानिसहरुलाई  किर्ते गरी तयार पारिएका कागजातहरु - नगरपालिकाको सिफारिस, जग्गाधनी प्रमाणपत्र, कृति कुमार बाटाजुको नागरिकता प्रमाण पत्र, हर्ष कुमारी बाटाजुको नागरिकता प्रमाण पत्र, नाता प्रमाणित प्रमाण पत्र, मृत्यु दर्ता प्रमाण पत्र र पोखरा उप.म.न.पा. को सिफारिश सहितका कागजहरु  सहित मिति २०७१।१२।१९ गते पोखरा-६ बैदामबाट पक्राउ गरी आजैका मितिबाट लागू हुने गरी सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ । साथै यस कार्यमा संलग्न अन्य मानिसहरुको खोजतलास कार्य जारी रहेको छ ।
पक्राउ परेका मानिसहरुस्:
१.जि. रामेछाप चुचुरे गा.वि.स. वडा नं.८ बस्ने बर्ष ७० को हर्षकुमारी बाटाजु भन्ने गंगामाया कार्की ।
२. ऐ.ऐ. बस्ने बर्ष २६ को टेक बहादुर कार्की ।











Thursday, March 19, 2015

गुण्डागर्दी गर्ने पक्राउ - Pokhara News-Crime


    लेखनाथ नगरपालिका वडा नं. ३ बस्ने २९ वर्षिय नरेन्द्र थापाले स्थानिय मानिसहरुलाई त्रसित पार्ने, आतंकित पार्ने जस्ता कार्य गरेको भन्ने सूचनाको आधारमा खोजतलास गर्ने क्रममा जिल्ला कास्की लेखनाथ न.पा. वडा नं. ३ बुढीबजारबाट पक्राउ गरिएको हो । निजलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक अपराध मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको छ । साथै निज नरेन्द्र थापाले विगतका दिनहरुमा विभिन्न व्यवसाय गर्ने व्यक्ति एंव, घर जग्गा व्यवसायीहरुलाई धम्काउने, फिरौती माग्ने, हप्ता उठाउने नदिएमा कुटपिट गर्ने जस्ता गैह् कानूनी गतिविधि गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की
District Police Office Kaski, Pokhara

हतियार सहित मानिस पक्राउ-Crime News Pokhara-Nepal

पोखरा चैत्र ३ गते ।
    बाग्लुङ्ग जिल्ला दमेक १ घर भई हाल लेखनाथ नगरपालिका वडा नं. १ सैनिकबस्ती बस्ने लक्ष्मण छन्त्याल भन्ने धन बहादुर छन्त्यालले अवैध हातहतियार खरखजाना लिई हिडदछन भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दै जाँदा निज छन्त्याल काठमाण्डौमा रहेको भन्ने सूचनाको आधारमा पक्राउ गरी निजलाइ प्रारम्भिक सोधपुछ गर्दा निजसँग भएको अवैध  हातहतियार आफनै घरमा लुकाई छिपाई राखेको छु भन्ने खुल्न आएकोले निज धन बहादुर छन्त्याल उर्फ लक्ष्मण छन्त्यालको घर कोठामा खानतलासी गर्दा घरको भ¥याङ्ग मुनि सामानहरु राख्ने ठाउँमा लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल नाल १ र सो मा लाग्ने गोली राउण्ड २ सहित कास्की प्रहरीले मिति २०७१/१२/३ गते बिहान ०७ः०० बजेको समयमा फेला पारी बरामद गरी आजै जिल्ला प्रशासन कार्यालय कास्कीबाट हातहतियार तथा खरखजाना मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
    साथै निज धन बहादुर छन्त्यालले विगतका दिनहरुमा विभिन्न व्यवसाय गर्ने व्यक्ति एंव, घर जग्गा व्यवसायीहरुलाई धम्काउने, फिरौती माग्ने, हप्ता उठाउने नदिएमा कुटपिट गर्ने जस्ता गैह् कानूनी गतिविधि गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की
District Police Office Kaski, Pokhara

Wednesday, January 21, 2015

विद्यालयको ल्यापटप चोरी गर्ने पक्राउ -Pokhara-News


पोखरा माघ ६ गते ।
    पोखरा उपमहानगरपालिका वडा नं। २५ ९ साविक पुम्दीभुम्दी गा।वि।स।वडा नं। ७० मा रहेको श्री ओखलेडांडा भुम्दीकोट मा।वि।को कम्प्यूटर कक्षमा रहेका १३ थान ल्यापटप चोरी गर्ने ४ जना मानिसहरुलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । यही पौष २५ गते देखि माघ ३ गते सम्म विद्यालयमा जाडो विदा भएको र सोही विदाको मौका पारी कम्प्यूटर कक्षको पछाडिको झ्यालको रड काटी Lenova कम्पनीको १२ थान  र Acer कम्पनीको १ थान ल्यापटप समेत १३ वटा ल्यापटप चोरी भएको भनी विद्यालय प्रशासनले जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको निवेदन अनुसार अनुसन्धानको क्रममा निम्न मानिसहरुले उल्लेखित ल्यापटप चोरी गरेको खुल्न आए अनुसार निजहरुलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट चोरी मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
       
पक्राउ परेका मानिसहरु:
क.चोरी गर्ने मानिसहरु:
१. जि.कास्की पो.उ.म.पा. वडा नं.२५ साविक पुम्दीभुम्दी गा.वि.स.७ बस्ने बर्ष १७ को शंकर नेपाली,
२. ऐ ऐ बस्ने बर्ष २४ को दिपक नेपाली,

ख. चोरीका ल्यापटप खरिद गर्ने मानिसहरु:
१. जि.गोरखा मुर्लीचोक-१ घर भई हाल पोखरा-६ जरेवर स्थित गोरखाली मोवाईल तथा ईलेक्ट्रिक पसलका संचालक  बर्ष ३४ को लोक  बहादुर पुर्जा
२० जि.स्याङजा बाङसिङ-१ घर भई हाल पोखरा-९ पृथ्वीचोक स्थित न्यू लामिछाने मोवाईल सर्भिसका संचालक बर्ष ३० को कमल   लामिछाने ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

Friday, January 9, 2015

आफुलाई बेलायती सेना हूँ भन्दै ठगी गर्ने पक्राउ- News-Pokhara

पोखरा पौष २४ गते
         आफुलाई बेलायती सेनाको जागिरे बताउदै सोझा सादा युवतीहरुलाई बिवाह गर्ने प्रलोभनमा पार्ने साजन घले ९गुरुङ ० भन्ने प्रेम बहादुर सुनारलाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्याङजा जिल्लाको कोल्मा (४ घर भएका निजले पोखरेली साजन गुरुङनामको फेसबुक आई डी बनाई फेसबुकको प्रोफाईलको फोटो समेत वेलायती सेनाको ड्रेस लगाएको हाली आफु बेलायती सेनामा कार्यरत रहेको पूर्व घर कास्की जिल्लाको घान्द्रुक भई हाल पोखरा उ.म.पा. वडा नं.१० घलेचोकमा स्थायीरुपमा बस्दै आएको भनी युवतीहरुलाई आफुले विवाह गर्न चाहेको र विवाह पस्चात  बेलायत लैजाने भनी प्रलोभनमा पारी युवतीका अस्मितामा खेलवाड गर्ने र हाम्रो संस्कार अनुसार स्वयंवरमा माईती पक्षका गरगहना लगाउन मिल्दैन गर गहना सबै घर पक्षबाट लगाउने हो भनि महिलाहरुले लगाएका सुनका गर गहना समेत खोल्न लगाई लुटी बेसहारा बनाउने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । निज साजन घले ( गुरुङ ) भन्ने प्रेम बहादुर सुनारले कास्की जिल्लाका अलावा स्याङजा, पर्वत,बुटवल र चितवनका युवतीहरुलाई समेत उल्लेखित करतुत गरी प्रलोभनमा पारेको समेत बुझीन आएको छ । निज उपर मानव बेचबिखन तथा ओसार पसार मुद्वामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

Monday, December 15, 2014

कल्पवृक्ष सहकारीको रकम लुटपाट गर्ने प्रहरी फन्दामा -Pokhara-News-Crime



पोखरा मंसिर २८ गते
पोखरा उपमहानगरपालिका वडा नं. ८ नयांबजार स्थित कल्पवृक्ष वचत तथा ऋण सहकारी संस्थाको रकम लुटपाट घटनामा संलग्न मानिसहरु कास्की प्रहरीको फन्दामा परेका छन् । मिति २०७०/०५/२८ गते बिहान १०:१५ बजेको समयमा पोखरा उ.म.पा.वडा नं. ४ चिप्लेढुंगा स्थित एपेक्स विकास बैंकबाट रकम झिकी ग.१ प ८१३० नं.को मोटरसाईकलमा चढी कार्यालय तर्फ जादै गरेका सहकारीका कर्मचारी शालिग्राम पौडेललाई बाटोमै रोकी हामी ट्राफिक प्रहरी हौं,गोलघरबाट आएका हौं, तपाईको मोटरसाईकलको बारेमा बुझ्नु छ भनी निज शालिग्राम पौडेललाई मोटरसाईकलबाट झारी निजले बैंकबाट लिई आएको नौ लाख रुपैया सहितको झोला जबर्जस्ती लुटी सोही मोटरसाईकलमा चढी गोलघरमा आउनु तपाईको झोला र मोटरसाईकल त्यही हुन्छ भनी फरार भएकोमा उक्त नं. को मोटरसाईकल जि.कास्की पोखरा उ.म.पा.वडा नं. ९ तुलसीघाट नजिकै वेवारिसे अवस्थामा सोही दिन फेला परेको र लुटेराहरुको खोजतलास गरिरहेकै अवस्थामा मेगा वचत तथा ऋण सहकारी संस्था घटनामा संलग्न नारायण राई र सुशिल कुमार दुलाललाई अनुसन्धानका क्रममा सोधपुछ गर्दा निजहरु सहितका बिकल्प भन्ने बिजय के.सी र बसन्त गिरी मिली योजनावद्व तवरले उक्त रकम लुटपाट गरेको खुल्न आएको छ ।
घटनामा संलग्न मध्ये हाल शुसिल कुमार दुलाल र नारायण राई प्रहरी हिरासतमा रहेका छन् भने अन्य मानिसहरुको खोजतलास कार्य जारी रहेको छ ।


जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

Saturday, December 13, 2014

मृग शिकार गर्ने मानिसहरु हतियार सहित पक्राउ-Pokhara-News

पोखरा मंसिर २६ गते
             मिति २०७१/०८/२५ गते दिनको २०:०० बजेको समयमा  जिल्ला कास्की  निर्मलपोखरी गा.वि.स.वडा नं ६ फुस्रेखोला नजिकको जंगलमा अबैध रुपमा मृगको चोरी शिकारी हुने गरेको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चोरी शिकार गर्नेहरुको खोज तलास गर्ने क्रममा जिल्ला कास्की भरतपोखरी गा।वि।स।वडा नं ६ स्थित फुस्रेखोलाबाट पोखरा तर्फ आउदै गरेको अबस्थामा जि।कास्की पोखरा-१७ बस्ने हेमन्त लामिछानेले चलाएको ग.८.प २९८७ नं. को मो.सा.चेकजांच गर्दा मो.सा.को पछाडि बस्ने मनोज सापकोटाले लिएको सेतो बोरा भित्र लुकाई ल्याउदै गरेको अबस्थामा रातो रङको भाले जातको मृत मृग फेला पारी सोघपुछ गर्दा उक्त मृग नजिकैको जंगलबाट शिकार गरी ल्याएको र शिकार गर्नमा प्रयोग भएको टुटु हतियार सो नजिकै झाडीमा लुकाई राखेको भनि बताए अनुसार उक्त टुटु हतियार मारेको मृग  र चोरी शिकारीमा संलग्न निम्न मानिसहरुलाई पक्राउ गरी आज मिति २०७१/।०८/२६ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट हातहतियार खरखजना मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको छ भने मारिएको मृग आवस्यक कारवाहीको लागि जिल्ला वन कार्यालय कास्कीमा पठाईएको छ  ।
       निजहरुलाई जिल्ला वन कार्यालय मार्फत वन्यजन्तुको अवैध चोरी शिकारीमा थप अनुसन्धान हुनेछ ।

पक्राउ परेका मानिसहरु:
  •    जि.कास्की पोखरा-१७ बस्ने बर्ष २३को हेमन्त लामिछाने,
  •    ऐ थुमाकोडाडां-७ बस्ने अर्जुन सापकोटा,
  •    ऐ ऐ बस्ने बर्ष १८ को मनोज सापकोटा
  •     ऐ ऐ बस्ने बर्ष १६ को सागर सापकोटा
मिति २०७१।०८।२६ गते ।                            
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

Monday, December 8, 2014

खुडा हान्ने ब्यक्ती पक्राउ-Pokhara-News-Nepal

पोखरा मंसिर २१ गते           
  मिति २०७१/०८/१६ गते दिनको १६:०० बजेको समयमा  जिल्ला कास्की पोखरा उ.म.न.पा.बडा नं. २ बाग्लुङ बसपार्क स्थितमा पोखरा उ.म.न.पा.वडा नं ४ गणेश टोल बस्ने हाकु भन्ने आकाश श्रेष्ठले जि.कास्की पो.उ.म.न.पा.बडा नं ४ नालाकोमुख बस्ने बर्ष ३६को सन्तोष गौतमलाई धारिलो हतियार खुडा प्रहार गरी गम्भिर घाईते बनाएकोमा घाईते सन्तोष गौतमलाई उपचारका लागी साहारा अस्पताल , मनिपाल अस्पताल हुदै हाल शिक्षण अस्पताल काठमाण्डौमा उपचार भईरहेको र घटना पच्छात् फ्रहार रहेका निज हाकु भन्ने आकाश श्रेष्ठलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले मिति २०७१/०८/२० गते कास्की जिल्ला पो.उ.म.न.पा.बडा नं ४ स्थितमा पक्राउ गरी आज मिति २०७१/०८/२१ गते कास्की जिल्ला अदालत ज्यान मार्ने उधोग मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

मिति २०७१।०८।२१ गते ।                             
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara


Thursday, December 4, 2014

हतियार सहित मानिस प्रक्राउ-Pokhara-News

पोखरा मंसिर १८ गते
          जिल्ला सर्लाही शासापुर गा.बि.स.५ घर भई जिल्ला कास्की पोखरा उप महानगरपालिका बडा नं ९ न्यूरोड बस्ने बर्ष २७ को केशर सिंह हेमजन तथा जिल्ला कास्की दाङसिङ गा.वि.स.वडा नं. २ घर भई जिल्ला कास्की पोखरा उप-महानगर पालिका वडा नं. ९ बास्तोलाथर बस्ने बर्ष २९ को कमल गुरुङले अवैध हातहतियार रिभल्वर समेतको खरिद बिक्रि ओसार-प्रसार गर्छन् भन्ने अंचल प्रहरी कार्यालय गण्डकीको बिशेष सुचनाको आधारमा  खटिएको प्रहरी टोलीले मिति २०७१/०८/१५ गते निज  केशर सिंह हेमजन तथा कमल गुरुङलाई जिल्ला कास्की पोखरा उपमहानगर पालिका बडा नं.५ पस्याङचोकमा शंकास्पद हिडिरहेको अबस्थामा नियनत्रणमा लिई तलासी लिंदा कमल गुरुङले बोकेको कालो रङको झोला भित्र Made in England   लेखैको रिभल्भर थान-१ (एक),  रिभल्भर गोली थान २ (दुई), कलर्स मोबाईल थान-१ (एक) र  केशर सिंह हेमजनको साथबाट Samsung Mobile  थान २ (दुई)  पक्राउ गरेको हो ।