Wednesday, January 21, 2015

विद्यालयको ल्यापटप चोरी गर्ने पक्राउ -Pokhara-News


पोखरा माघ ६ गते ।
    पोखरा उपमहानगरपालिका वडा नं। २५ ९ साविक पुम्दीभुम्दी गा।वि।स।वडा नं। ७० मा रहेको श्री ओखलेडांडा भुम्दीकोट मा।वि।को कम्प्यूटर कक्षमा रहेका १३ थान ल्यापटप चोरी गर्ने ४ जना मानिसहरुलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । यही पौष २५ गते देखि माघ ३ गते सम्म विद्यालयमा जाडो विदा भएको र सोही विदाको मौका पारी कम्प्यूटर कक्षको पछाडिको झ्यालको रड काटी Lenova कम्पनीको १२ थान  र Acer कम्पनीको १ थान ल्यापटप समेत १३ वटा ल्यापटप चोरी भएको भनी विद्यालय प्रशासनले जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको निवेदन अनुसार अनुसन्धानको क्रममा निम्न मानिसहरुले उल्लेखित ल्यापटप चोरी गरेको खुल्न आए अनुसार निजहरुलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट चोरी मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
       
पक्राउ परेका मानिसहरु:
क.चोरी गर्ने मानिसहरु:
१. जि.कास्की पो.उ.म.पा. वडा नं.२५ साविक पुम्दीभुम्दी गा.वि.स.७ बस्ने बर्ष १७ को शंकर नेपाली,
२. ऐ ऐ बस्ने बर्ष २४ को दिपक नेपाली,

ख. चोरीका ल्यापटप खरिद गर्ने मानिसहरु:
१. जि.गोरखा मुर्लीचोक-१ घर भई हाल पोखरा-६ जरेवर स्थित गोरखाली मोवाईल तथा ईलेक्ट्रिक पसलका संचालक  बर्ष ३४ को लोक  बहादुर पुर्जा
२० जि.स्याङजा बाङसिङ-१ घर भई हाल पोखरा-९ पृथ्वीचोक स्थित न्यू लामिछाने मोवाईल सर्भिसका संचालक बर्ष ३० को कमल   लामिछाने ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

No comments:

Post a Comment

Please, comment about this article.