Thursday, February 12, 2015

भगवान बरालद्वारा प्रहरी अधिकृतहरु अभिनन्दित-Pokhara News


पोखरा माघ २६ गते ।
    २०७१ साल बैशाख १५ गते दिउसो मेगा वचत तथा ऋण सहकारी संस्थाबाट रकम झिकी बाहिर निस्कन लागेका यति डेभलपमेण्ट बैंकका कर्मचारी भगवान बराललाई तत्काल अपरिचित हाल पक्राउमा परी कानुनी सजाय भोगीरहेका अपराधीले गोली प्रहार गरी घाईते बनाई बैंकबाट निकालेको रकम समेत लुटी फरार भएका  अपराधीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याएकोमा अपराधी पक्राउ गर्न सफल  प्रहरी अधिकृतहरुलाई घाईते तथा सो घटनाका पिडित भगवान बरालले आज मिति २०७१।१०।२६ गते आफ्नै घर पोखरा उ।म।पा।वडा नं।२५ पुम्दी भुम्दीमा आमन्त्रण गरी स्वागत एवं खादा ओढाई,फुलको गुच्छा र अविर लगाई अभिनन्दन गरेका छन् । अभिनन्दन हुने प्रहरी अधिकृतहरुमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक बसन्त कुमार लामा, प्रहरी निरीक्षक देवीप्रसाद पौडेल र प्रहरी नायव निरीक्षक सुदर्शन लम्साल रहेका छन् । अभिनन्दन पस्चात बोल्दै पिडित बरालले लामै  समय भए पनि आफुलाई गोली हान्ने अपराधीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याएकोमा कास्की प्रहरीलाई धन्यवाद दिदै आगामी दिनमा समेत यस्ता अपराधीहरुलाई कानुनको नजरबाट उम्कन नदिई पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरीलाई उत्प्रेरणा मिलोस भनी कामना गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

No comments:

Post a Comment

Please, comment about this article.