Monday, December 15, 2014

कल्पवृक्ष सहकारीको रकम लुटपाट गर्ने प्रहरी फन्दामा -Pokhara-News-Crime



पोखरा मंसिर २८ गते
पोखरा उपमहानगरपालिका वडा नं. ८ नयांबजार स्थित कल्पवृक्ष वचत तथा ऋण सहकारी संस्थाको रकम लुटपाट घटनामा संलग्न मानिसहरु कास्की प्रहरीको फन्दामा परेका छन् । मिति २०७०/०५/२८ गते बिहान १०:१५ बजेको समयमा पोखरा उ.म.पा.वडा नं. ४ चिप्लेढुंगा स्थित एपेक्स विकास बैंकबाट रकम झिकी ग.१ प ८१३० नं.को मोटरसाईकलमा चढी कार्यालय तर्फ जादै गरेका सहकारीका कर्मचारी शालिग्राम पौडेललाई बाटोमै रोकी हामी ट्राफिक प्रहरी हौं,गोलघरबाट आएका हौं, तपाईको मोटरसाईकलको बारेमा बुझ्नु छ भनी निज शालिग्राम पौडेललाई मोटरसाईकलबाट झारी निजले बैंकबाट लिई आएको नौ लाख रुपैया सहितको झोला जबर्जस्ती लुटी सोही मोटरसाईकलमा चढी गोलघरमा आउनु तपाईको झोला र मोटरसाईकल त्यही हुन्छ भनी फरार भएकोमा उक्त नं. को मोटरसाईकल जि.कास्की पोखरा उ.म.पा.वडा नं. ९ तुलसीघाट नजिकै वेवारिसे अवस्थामा सोही दिन फेला परेको र लुटेराहरुको खोजतलास गरिरहेकै अवस्थामा मेगा वचत तथा ऋण सहकारी संस्था घटनामा संलग्न नारायण राई र सुशिल कुमार दुलाललाई अनुसन्धानका क्रममा सोधपुछ गर्दा निजहरु सहितका बिकल्प भन्ने बिजय के.सी र बसन्त गिरी मिली योजनावद्व तवरले उक्त रकम लुटपाट गरेको खुल्न आएको छ ।
घटनामा संलग्न मध्ये हाल शुसिल कुमार दुलाल र नारायण राई प्रहरी हिरासतमा रहेका छन् भने अन्य मानिसहरुको खोजतलास कार्य जारी रहेको छ ।


जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

No comments:

Post a Comment

Please, comment about this article.