Showing posts with label Nepal Problems. Show all posts
Showing posts with label Nepal Problems. Show all posts

Tuesday, December 2, 2014

मेघा बचत तथा ऋण सहकारीमा गोली प्रहार गरी लुटपाट गर्ने गिरोह पक्राउ-Pokhara-Crime-News


१.   घटना विवरण:
               मिति २०७१।०१।१५ गते दिनको अ.१६:०५ बजेको समयमा कास्की जिल्ला पोखरा उ.म.न.पा. वडा नं. ९ न्युरोडमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय रहेको भवनको हाताभित्रको भुईं तलामा यती डेभलपमैण्ट बैंक का कर्मचारी भगवान बराल र सुरक्षा गार्ड गोविन्द थापा उक्त मेघा सहकारीबाट संकलन हुन आएको नगद रकम रु. ३१,४२,०००।- लिई खातामा जम्मा गर्ने प्रयोजनको लागी मेगा सहकारीको सिंडीबाट झर्दै गर्दा उक्त भवनको तल्लो तलाको सिंडीको साईडमा लुकीछीपि बसिरहेका नकाबधारी ३ जना व्यक्तिहरुको समूहले पैसाको झोला बोकेका सुरक्षा गार्ड गोविन्द थापालाई नियन्त्रणमा लिई हात मुक्काले हानी उक्त रकम सहितको झोला जबरजस्ती लुटेका र यती डेभलपमैण्ट बैंकका  कर्मचारी भगवान बरालले प्रतिकार गर्न खोज्दा निजको टाउकोमा गोली प्रहार गरी मरणासन्न अवस्थामा छाडी नगद रु.३१,४२,०००।– जबरजस्ती डाकां गरी लगेको घटना सम्बन्धमा ।
२.  घटना अनुसन्धान:
तत्काल घटनास्थलमा परिचालित प्रहरी टोलीले घाईते भगवान बराललाई घटनास्थलबाट उद्दार गरी अस्पताल पठाएको तथा घटनास्थलको प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थल मुचुल्का समेतको अनुसन्धान कार्य पुरा गरी घटनास्थलमा फेला परेका
9 MM    लेखिएको गोलीको खोका थान-२ तथा MM  लेखीएको लाईभ गोली राउण्ड-१ समेत बरामद गरी परिक्षणको लागी पठाई थप अनुसन्धान कार्य जारी राखी शंकित व्यक्तिहरुको ब्यापक रुपमा अनुसन्धान एवम् खोजतलास गरिरहेकै अबस्थामा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट  प्र।नि। देवी प्रसाद पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न रहेका निम्न अभियुक्तहरु मध्येका मुख्य योजनाकार तथा घटनामा संग्लन अभियुक्त शुसिल कुमार दुलाललाई मिति २०७१/०८/१४ गते जिल्ला कास्की पो.उ.न.पा.बडा नम्बर ६ स्थित लेकसाईडबाट  निम्न सामान सहित पक्राउ गर्न सफल भएको

Sunday, November 30, 2014

अपहरणका फरार प्रतिवादीहरु पक्राउ-Pokhara-News

पोखरा मंसिर १४ गते
      मिति २०७०/१०/२६ गते जिल्ला कास्की पोखरा उ.म.पा.वडा नं.-९ शान्तिवन वाटिका नजिकबाट हेम्जा गा.वि.स.वडा नं. ९ बस्ने धन बहादुर पुनलाई अपहरण गर्न खोज्ने अपहरण तथा शरिर वन्धक उद्योग मुद्वाका निम्न फरार प्रतिवादीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । अभियुक्तहरुले पिडितलाई ठेक्का पट्टा तथा निर्माण कार्यबाट प्राप्त मुनाफाको रकमबाट निजहरुलाई पैसा छुट्याई दिनु पर्ने भनी पटक-पटक  धम्की दिई उल्लेखित मितिमा पिडितको कार्यालय अगाडिबाट अपहरण गर्न खोजेकोमा स्थानीय बासिन्दाहरुको अवरोधका कारण सफल हुन सकेका थिएनन् ।
     पिडितको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले अपहरण तथा शरिर वन्धक उद्योग अपराधमा मुद्वा दर्ता गरी मिसिल अदालतमा पेश गरेको थियो ।
पक्राउ फरार प्रतिवादीहरु :
१. जिल्ला स्याङजा ठूलाडिही गा.वि.स.-५ घर भई हाल पोखरा-१५ बस्ने बर्ष ४० को सोम बहादुर गुरुङ,
२. ऐ.तिनदोबाटे गा.वि.स.-२ घर भई हाल पोखरा-१० बस्ने बर्ष ३१ को लाफा भन्ने नेत्र बहादुर सारु ।
मिति:२०७१/०८/१४  गते 
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara                                                                

Thursday, November 13, 2014

Arrested with Drugs Pokhara - Nepal-लागू औषध सहित मानिस पक्राउ


 पोखरा, कार्तिक २६ गते
जिल्ला कास्की लेखनाथ न.पा.वडा नं. १३ गगनगौडा बस्ने महेन्द्र बानिया,पोखरा उ.म.पा.१६ लामाचौर बस्ने आषिस गैह्रे लगायतका मानिसहरुले पोखरा तथा लेखनाथ नगर क्षेत्रमा लागू औषध वेचविखन गर्दछन भन्ने प्राप्त सुचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो शाखा पोखराबाट खटिई गएको प्रहरी टोलीले लागू औषध नर्फिन- १५०,डाईजापाम-१४६,फेनेरागन-१५० र नाईट्रोभ्याट ५० चक्की सहित निम्न मानिसहरुलाई पक्राउ गरी आवस्यक अनुसन्धान भईरहेको छ ।
अनुसन्धानको क्रममा निजहरुले जि.नवलपरासी सुनवल-४ बस्ने खेमराज तिमिल्सिनाबाट लागू औषध खरिद गरी पोखरा तथा लेखनाथ ईलाकामा बिक्री वितरण गर्ने गरेको खुल्न आए अनुसार निजलाई समेत सोही स्थानबाट लागू औषध सहित पक्राउ गरी आवस्यक अनुसन्धान भईरहेकोछ ।
पक्राउ परेका मानिसहरु:-
१) जि.कास्की ले.न.पा.१३ बस्ने बर्ष ३१ को महेन्द्र बानिया,
२) जि.कास्की पोखरा-१७ छोरेपाटन बस्ने बर्ष ३० को रविन शाही,
३) जि.कास्की लामाचौर गा.वि.स.-३ बस्ने बर्ष २६ को संजय हितान,
४) जि.कास्की पोखरा-१६ लामाचौर बस्ने बर्ष १७ को आशिष गैह्रे,
५) जि.नवलपरासी सुनवल -४ बस्ने बर्ष २७ को खेमराज तिमिल्सिना

जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

Friday, November 7, 2014

हतियार सहित मानिस पक्राउ -Pokhara-Nepal

पोखरा, कार्तिक २०  गते ।
मिति २०७१/०७/१९ गते राती अंन्दाजी २०:०० बजेको समयमा पोखरा नागढुगांमा वडा प्रहरी कार्यालय वैदाम कास्कीवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला स्याङजा फेदीखोला-९ कुभिण्डे बस्ने वर्ष ३४ को सुनिल गुरुङले चलाई ल्याईएको वा.१० च. ४३४५ नम्बरको कारको सिट मुनि लुकाई राखेको अबस्थामा ला.औ.नाईट्रोसन -७१ नर्फिन नर्फिन थान-३, डाईजापामथान(२  र फेनेरागन थान(३ बरामद गरि प्रारम्भिक अनुसन्धानको क्रममा निजसंग अवैध हा।ह। रहेको भन्ने खुल्न आए अनुसार आज मिति(२०७१।०७।२० गते, ०७:०० बजे व.प्र.का. बैदाम र प्रहरी चौकी फेदीखोला स्याङ्जोबाट खटिएका प्रहरी टोलिले निजले जिम्मा लिई बसेको जि.स्याङ्जा फेदीखोला गा.वि.स.-९ स्थित निजको ससुरा ईन बहादुर गुरुङको घरमा तालिम प्राप्त कुकुर सहित चेकजाँच गर्ने क्रममा Petro and Brata Made in china 7.65 MM क्यालिवर भएको ९ राउण्ड क्षमताको अटोमेटिक पेस्तोल थान-१ र ऐ.को गोली राउण्ड(२ सहित बरामद गरी निजलाई यस का. मा ल्याई थप अनुसन्धान भईरहेकोछ ।


Thursday, November 6, 2014

आगोलागी बाट क्षती-Pokhara-Nepal-Fire

    पोखरा, कार्तिक २० गते ।
 मिति २०७१/०७/१९ गते अं १४:४० बजेको समयमा जि.कास्की पो.उ.न.पा.(२ विन्दवासिनी मन्दिर परिसरभित्र मन्दिरको दक्षिण तर्फ रहेको पुरानो माल अड्डाको तीन तले खाली भवनमा ९ ईट्टाले बनेको र टायलले छाएको ० अचानक आगोलागी हंदा भवनको उपल्लो २ - दूई  तला पुर्ण रुपमा र भुई तला आंशिक रुपमा जली क्षेती हुनुका साथै अस्थायी प्रहरी पोष्ट  विन्दवासिनीमा कार्यरत प्रहरी कर्मचारीहरुले राखेका ५ थान हेलमेट, ५ थान लाठी , ४ थान बडी प्रोटेक्टर समेत जलि अं २०,००,००० बिस लाख बराबरको क्षती भएको छ। उक्त आगलागी नियन्त्रणको लागि जि.प्र.का.कास्की,वडा प्रहरी कार्यालय बगर,सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन र नेपाली सेनाको नयाँगोरखगण फुलबारीबाट सुरक्षाकर्मी परिचालन गरी ऐ १६:१५ बजे आगो नियन्त्रणमा लिईएको छ ।
जिल्लाप्रहरी कार्यालय, कास्की ।
 District Police Office Kaski, Pokhara

मिति २०७१/०७/१९गते ।

Wednesday, November 5, 2014

पोखराको डिहिकोपाटनबाट १५ जुवाडे प्रक्राउ, ४ लाख ५० हजार बरामद-Nepal-Pokhara

पोखरा, १८ कार्तिक /पोखरा ६
 डिहिकोपाटनमा जुवा खेलिरहेका १५ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा प्रहरील आइतबार राती ११ बजे नगद ४ लाख ५० हजार सहित प्रक्राउ गरेको हो । पोखरा ६ डिहिकोपाटन स्थित कृष्ण घर्तिले जिम्मा लिई बसेको घरको पहिलो तल्लाबाट प्रहरीले प्रक्राउ गरेको हो ।
प्रहरीले ६ गड्डी तास, व्यक्तिहरुको साथबाट ३ लाख ५२ हजार र र सनाखत हुन नसकेको रकम ९८ हजार गरि ४ लाख ५० हजार सहित प्रक्राउ गरेको हो । प्रक्राउ परेका सबैलाई जुवा मुद्धामा अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए । प्रक्राउ पर्नेमा पोखरा ६ का कुमार देवकोटा, डम्मर कुवर, पुरन पुन, रमेश बहादुर थापा, केशव पहारी, केदार थापा, खेमलाल पहारी, लामिछाने, पोखरा १४ चाउथेका ओम सुवेदी, पोखरा ६ खहरे का राम बहादुर थापा, जरेवर का राजु के।सी।, कृष्ण क्षेत्री, संन्जिव ढकाल, मोहन भण्डारी र कुमार गुरुङ रहेका छन् ।

Thursday, October 30, 2014

प्याराग्लाईडिङबाट खसी विदेशी घाईते - PARAGLIDING ACCIDENT-POKHARA-NEPAL


पोखरा, कार्तिक ११ गते
  पोखराको सुन्दर प्राकृतिक दृष्यावलोकनको लागि प्याराग्लाईडिङ गर्ने क्रममा अमेरिकी नागरिक बर्ष २९ की
LAURA OGTEN सराङकोटबाट प्याराग्लाईडिङ गर्दै सेतीबगरमा अवतरण गर्ने क्रममा अचानक लड्न गई घाईते भएकी छन्। गण्डकी मेडिकल कलेजमा उपचाररत रहेकी घाईते LAURA OGTEN ३:२० बजेको समयमा अवतरणको क्रममा लड्न गएकी र निजको दाहिने खुट्टा भाँचिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

District Police Office Kaski
जिल्ला प्रहरी कार्यालयकास्की



 

Saturday, September 13, 2014

सडक अतिक्रमण गरी बनाईएका गेट तथा कम्पाउण्ड भत्काईएको


 पोखरा-भदौ २७ गते
         मिति २०७१/०५/२७ गते दिनको १३:०० बजेको समयमा जिल्ला कास्की पोखरा उप महानगर पालिका वडा नं १० उत्तम मार्गमा पोखरा उप महानगरपालिका र उत्तम टोल बिकास संस्थाको संयुक्त पहलमा उत्तम मार्गको अंन्दाजी ४५० मिटर सडक बिस्तार गर्ने क्रममा सोही टोलका केही असंन्तुष्ट उपभोक्ताहरु मध्ये ऐ। उत्तमटोल बस्ने बर्ष ५६ को ओमकार गुरुङले सडक फराकिलो पार्न प्रयोग भएको बा २ क ३०१ नं. को स्काईभेटरको अगाडीको सिसा तोडफोड गरेकोले निजलाई व.प्र.का.रामबजार कास्कीबाट प्र.नि. केशव बहादुर बस्नेतको कमाण्डमा सुरक्षार्थ खटिईएको प्रहरी टोलीले नियन्त्रणमा लिई क्षति पुर्ति भराई छाडिएको र सो उत्तम मार्ग सडकको दांया बांया रहेका १७ वटा पक्की घरका गेट तथा कम्पाउण्ड भत्काईएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की

Thursday, September 11, 2014

लागू औषध नियन्त्रण अभियान शुभारम्भ- Control over Drugs starts in Pokhara,Nepal

 पोखरा भदौ-२५ गते
कास्की जिल्लालाई लागू औषधमुक्त क्षेत्र बनाउने प्रयास स्वरुप जिल्ला प्रहरी कार्यालय तथा लागू औषध नियन्त्रणको क्षेत्रमा कृयासिल बिभिन्न संघसंस्था,पत्रकार महासंघ कास्की तथा लागू औषध नियन्त्रण तथा समाज सुधार आमा समूहर कास्की जिल्लामा कृयासिल सामुदायिक सेवा केन्द्रहरुको संयूक्त आयोजना संचालन हुन गईरहेको लागू औषध नियन्त्रण सम्वन्धि १५ दिने विशेष अभियानको आज मिति २०७१/०५/२५ गते १०:०० बजेको समयमा पोखरा(४ वि।पि।चोकमा पश्चिम क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाज्यूले प्लेकार्डमा NO DRUGS  को स्लोगन लेखि शुभारम्भयाली तथा उक्त अभियानको विधिबत समुद्घाटन गर्नु भयो ।
 उक्त समुद्घाटन यालीमा श्रीमान क्षेत्रीय प्रशासकज्यू, प्र.जि.अ. ज्यू, सशस्त्र प्रहरीबल मुक्तिनाथ बाहिनीका बाहिनी पति, अं.प्र.का.गण्डकीका प्रमुख, राष्ट्रिय अनुसन्धान बिभागका क्षेत्रीय प्रमुख,पोखरा स्थित संघ संस्था,सरकारी तथा निजी विद्यालयका शिक्षक तथा विद्यार्थी,पत्रकार, लागू औषध नियन्त्रणको क्षेत्रमा कृयाशिल संघसंस्था,व्यवसायीहरु,आमा समुह,सामुदायिक सेवा केन्द्रका पदाधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका पोखरा स्थित कार्यालयका अधिकृत तथा जवानहरु समेत गरी अं. ३२०० जनाको संख्यामा पोखरा-४ वि.पि.चोकबाट याली सुरु भई पोखरा सभागृह हलमा पुगी ऐ ११:३० बजेऔपचारिक कार्यक्रममा परिणत भएको उक्त कार्यक्रमलाई संवोधन गर्दै क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले लागू औषध नियन्त्रण कार्य सरकारी निकायको एकल प्रयासले मात्र सम्भव नहुने भएकोले सवैको सहयोग र सहकार्यमा मात्र नियन्त्रण संभव हुने मन्तव्त व्यक्त गर्नु भएको थियो भनेजिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्र.उ.बसन्त कुमार लामाले सहभागीहरुलाई स्वागत मन्तव्य तथा धन्यवाद ज्ञापन एवं अभियानको उपादेयता र उद्देश्य माथि  प्रकाश पार्नु भएको  थियो ।
यस अभियान अन्तर्गत दुर्व्यशनीहरुलाई परामर्श,घरदैलो कार्यक्रम,पर्चा पम्प्लेट वितरण,तालीम प्राप्त कुकुर सहित चेकजाँच,स्कुल सम्पर्क कार्यक्रम,टोल टोलमा चेतनामुलक याली, अन्तर्कृया कार्यक्रमहरु संचालन गरिने छ ।
मिति-२०७१/०५/२५ गते                        वसन्त कुमार लामा
                                           प्रहरी उपरीक्षक                          
                                     जिल्ला प्रहरी कार्यालय कास्की

Friday, September 5, 2014

जवर्जस्ती करणी गर्न खोज्ने पक्राउ

पोखरा भदौ १८ गते
          परिवर्तित नाम पोखरा १६ लाई जवर्जस्ती करणी गर्न खोज्ने जिल्ला कास्की भदौरे तामागी-९ बस्ने बर्ष २८ को बलीराम नेपालीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । श्रीमान बैदेशिक रोजगारको लागि बाहरि रहेको र आफु सुस्त मनस्थितिकी भएको कारण माईतीघरमा बस्दै आईरहेकी पिडितलाई भदौ १४ गते राती ०२:०० बजेको समयमा  सुतीरहेको स्थानमा गई मुख थुनी बोल्न कराउन नदिई जवरजस्ती गर्न लाग्दा पिडितले निज नेपालीको हातमा टोकी उम्कन सफल भएकी थिईन् । यस सम्बन्धमा अन्य अनुसन्धान कार्य जारी रहेको छ ।
 मिति : २०७१/५/१८ गते ।                                                                
 जिल्ला प्रहरी कार्यालय कास्की
                                                                                                                 

आफ्नै श्रीमानको हत्या गर्ने पक्राउ-Pokhara,Nepal

पोखरा भाद्र १८ गते ।
           आफ्नै श्रीमान दिपक नेपालीलाई हत्या गरेको अभियोगमा जिल्ला कास्की पोखरा(६ बस्ने बर्ष ३२ की माया नेपालीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । निज माया नेपालीले सवारी चालक काम गर्ने आफ्ना श्रीमान ३५ बर्षिय दिपक नेपालीलाई मिति २०७१/५/१७ गते बिहान १०:०० बजेको समयमा आफ्नै घरमा धारिलो हतियार खुडाले टाउकोमा  प्रहार गरी कर्तव्य गरी मारेको  भन्ने किटानी जाहेरीको आधारमा निजलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट कर्यव्य ज्यान मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की

Sunday, August 31, 2014

मोटरसाईकल चोरी गर्ने प्रकाउ-Pokhara-Nepal

पोखरा भाद्र ११ गते
जिल्ला कास्की लेखनाथ नगरपालिका १ भण्डारढिक  बस्ने लिलाभक्त भण्डारीको ग.४ प.५७५६ बजाज डिस्कभर मोटरसाईल चोरी गर्ने ३ जना मानिसलाई प्रहरी चौकी शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। यही भदौ-८ गते राती निज भण्डारीको घर पछाडि पार्किङ गरी राखेको अबस्थामा चोरी भएको मोटरसाईकल भदौ १० गते राती १२:०० बजे लेखनाथ नगरपालिका-३ स्थित अर्घौबाट बुढीबजार जाने भित्री सडक खण्डमा पक्राउ परेका तीन जना मानिसहरु चढी गईरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मानिसहरु
१.जिल्ला कास्की ले.न.पा.-७ तालचोक बस्ने बर्ष १७ को अजय पुन,
२. ऐ बस्ने बर्ष १७ को सन्दिप परियार,
३. ऐ हमालचोक बस्ने बर्ष १७ को प्रदिप हमाल ।

                                                                                                          जिल्ला प्रहरी कार्यालय कास्की
                                                                                                             मिति : २०७१/५/११ गते                                                                                                                   

लागु-औषध बिक्रि वितरण गर्ने मानिस पक्राउ -Pokhara,Nepal

पोखरा भाद्र ११ गते
जिल्ला रुपन्देही गोनाहा गा.बि.स-६ परसहवा स्थायी घर भई  हाल जिल्ला तनहु दुलेगौडा बस्ने उदय कुमार गुप्ताले भारतबाट लागुऔषध खरीद गरी ल्याई पोखरा तथा लेखनाथ नगर क्षेत्रमा बिक्री बितरण गर्दछन् भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले लेखनाथ १३ मझुवा बाट निज उदय कुमार गुप्तालाई पक्राउ गरी लागु(औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भई रहेकोछ । निज गुप्ताको साथवाट लागु औषध नरफिन-४४ थान, डाईजपाम(४४ थान, फेनरागन (४४ थान, नाईट्रोभ्याट चक्की-५, ग.९ प ४८४६ नम्बरको मोटरसाईकल र नगद २५,०००।– समेत बरामद भएको  छ ।
जिल्ला प्रहरी कार्यालय कास्की

Monday, August 25, 2014

दैवी प्रकोप -


पोखरा भाद्र ९ गते
    मिति २०७१/५/८ गते राती देखी परेको अविरल बर्षाको कारण जिल्ला कास्की पुम्दीभुम्दी-१ तालपारी भन्ने स्थानमा रहेको बत्ती बहादुर गुरुङको घरमा जिल्ला रामेछाप सैंवु-६ बस्ने गोकुल मगरले संचालन गर्दै आईरहेको टिपिकल होटल एण्ड रेष्टुरेण्ट रहेको घरमा माथिबाट आएको पैह्रोले घर पुरिन जाँदा उक्त रेष्टुरेण्टमा काम गर्ने निम्न मानिसहरु हराई वेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीका प्र.उ. बसन्त कुमार लामाको कमाण्डमा नेपाल प्रहरीको स.प्र.गण मु.का।पोखरा र वडा प्रहरी कार्यालय बैदाम समेतबाट गरी १०२ जना, सशस्त्र प्रहरी बलबाट स.प्र.उ.को कमाण्डमा २७ जना र नेपाली सेनाबाट समेत उद्दार टोली  खटिई गई उद्दार कार्य जारी रहेको छ ।
हराई रहेका मानिसहरु :
१. जिल्ला ओखलढुंगा गामलाङटार वतन भएका बर्ष २८ को प्रकास थापा मगर ९१:२४ बजे शव फेला परेको
२.  धादिङ कल्लेरी घर भएका बर्ष २२ का राम मगर,
३. रामेछाप सैवु-६ घर भएका रेष्टुरेण्ट संचालक गोकुल मगरको भाई बर्ष २२ का भुवन मगर,
४.सिन्धुली आङसाङ-९ घर भएका बर्ष १८ का मोहन मगर।
  यसै गरी आजै राती ०२:२० बजेको समयमा जिल्ला कास्की पुम्दीभुम्दी-१ घुम्ती भन्ने स्थानमा पहिरो जाँदा सिद्दार्थ राजमार्गको पोखरा-स्याङजा सडक अवरुद्द हुनुको साथै सोही स्थानमा स्यांजा पुतलीबजार-१२ बस्ने सुवी गुरुङले भाडामा लिई बसेको घर भत्किन जाँदा निम्न मानिसहरु घाईते भई उपचारको लागि नमस्ते अस्पताल विरौटा लगिएको छ भने पहिरो हटाई अबरुद्द सडक सुचारु भएको छ ।
निम्न
१. जि.स्याङजा पु.व.न.पा-१२ घर भएकी बर्ष ३० की सुवी गुरुङ
२. निजको छोरा बर्ष १४ को प्रनिश गुरुङ,
३. निजो जेठाजुको छोरा बर्ष १८ को सुर्य गुरुङ ।

मिति :२०७१/५/९  गते             
  जिल्ला प्रहरी कार्यालय कास्की  
 प्र.ना.उ. केदार रजौरे

Saturday, August 23, 2014

चोरीको सुन खरिद गर्ने पक्राउ - Pokhara,Nepal

पोखरा भाद्र ६ गते।
     कास्की जिल्लाका बिभिन्न स्थानमा भएका चोरी तथा लुटपाटका घटनामा चोरीएका तथा लुटिएका सुनका गरगहना खरिद गर्ने निम्न मानिसहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मानिसहरुले चोरी गर्ने मानिसहरुसंग सुनका गरगहना खरिद गरी ती सामानहरुलाई गलाई नयाँ गरगहना बनाई वेचबिखन गर्दै आईरहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ , निजहरुलाई आजै कास्की जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

पक्राउ परेका सुन किन्ने मानिसहरु :
१.जि.कास्की कास्कीकोट - २ घर भई हाल पोखरा(२ मोहरिया टोल बस्ने बर्ष ६० को गणेश सुनार,
२. जि.चितवन कल्याणपुर -४ घर भई हाल पोखरा(२ भैरवटोल बस्ने बर्ष ३१ को अशोक सुनार,

चोरी गर्ने मानिसहरु
१. जि.कास्की पोखरा-२ बस्ने बर्ष १७ को सुनिल श्रेष्ठ,

२. जि.कास्की सार्दीखोला ५ घर भई हाल पोखरा ३ बस्ने बर्ष २९ को सन्तोष तामाङ

Thursday, July 3, 2014

घरले च्यापिएर पोखरामा दुईको मृत्यु, ३ घाइत-Pokhara-building-collapse-accident

   पोखरा १७ असार १:३० बजेको समयमा जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. ६ गौरीघाट दरवार मार्ग स्थित बाबुराम लामिछानेको १ तले पक्की घर भत्काउने क्रममा अचानक पुरै घर भत्किन जांदा निम्न २ जना ब्यक्तिहरु पुरिन गएको भन्ने सूचना प्राप्त हुनासाथ प्र.ना.उ. केदार रजौरे सहितको उद्दार टोली उक्त स्थानमा खटिई गई तत्काल उद्दार कार्य संचालन गर्दा
२ जना ब्यक्ति मृत अवस्थामा फेला परेको । मृतक लास प.क्षे. अस्पताल पोखरामा राखिएको छ । अन्य अनुसन्धान कार्य भईरहेको छ ।
मृत्यु हुने ब्यक्तिहरु :
१.   जि. पर्सा महादेवबस्ती ५ स्थायी घर भई हाल पोखरा ६ लेकसाईड बसी  ज्यामी काम गर्ने बर्ष ३५ को हरिनन्द भट्टराई
२.   ऐ.ऐ. घर भई ऐ.ऐ. बस्ने बर्ष ३० को मनोहर दास ।

 

Monday, June 23, 2014

करेण्ट लागि मृत्यु-Pokhara-Nepal

   पोखरा,असार ७ गते ११:३० बजेको समयामा जिल्ला कास्की धम्पुस ६ देउराली स्थित दुर्गा पौडेलको घरमा मिटर बक्समा आगो लागेको देखि हेर्न जांदा ऐ.ऐ. ९ लेककुवा बस्ने बर्ष २७ को आत्मराम भण्डारीलाई अचानक करेण्ट लागेकोमा तत्काल उपचारको लागि पोखरा तर्फ ल्याउने क्रममा बाटोमा मृत्यु   भएको ।



Saturday, June 21, 2014

लागू औैषध सहित मानिस पक्राउ -Man Arrested with Drugs-Pokhara-Nepal

   असार ६, पोखरा । 
जिल्ला नवलपरासी स्वाठी गा.वि.स. वडा न. ९ घर भई पोखरा उप.म.न.पा. वडा नं.१५ रामबजार बस्ने बर्ष ३० कि गंगा कुमारी घर्तीले भारत महाराजगंज जिल्ला पिपरहिया ग्राम बस्ने मोहम्मद खलिल खानबाट अवैध लागू औषध खरिद गरी ल्याई जिल्ला खोटाङ वाकाचोल ९ बस्ने बिर बहादुर तामाङ समेतको सहयोग लिई पोखरा नगर क्षेत्र तथा वरपरका स्थानहरुमा बिक्रीबितरण गर्दछन भन्ने प्राप्त सूचनाको आधारमा खोजतलास एंव अनुसन्धान गर्ने क्रममा लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको बिशेष प्रहरी टोलीले मिति २०७१/३/५ गते पोखरा ८ शिवालयचोकबाट निम्न ३ जना ब्यक्तिहरुलाई लागू औषध नर्फिन ईन्जेक्सन १०० थान, डाईजापाम ईन्जेक्सन १०० थान, फेनरागन ईन्जेक्सन १०० थान सहित पक्राउ गरीएको छ । निजहरु उपर लागू औषध मुद्दामा अनुसन्धान कारवाही भईरहेको छ ।
पक्राउमा परेका ब्यक्तिहरु :
१.    भारत महाराजगंग पिपरहिया बस्ने बर्ष ४२ को मोहम्द खलिल खान
२.    खोटाङ जि. वाकाचोल घर भई पोखरा सिमलचौर बस्ने बर्ष २९ को बिर बहादुर तामाङ
३.    जि. नवलपरासी स्वाठी ९ घर भई पोखरा १५ बस्ने बर्ष ३० कि गंगा कुमारी घर्ती ।
  • जिल्ला प्रहरी कार्यालय कास्की

Friday, June 20, 2014

सामुदायिक प्रहरीको लागू औषध तथा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम-Drug and Traffic Rules Awareness Program Related-Pokhara-Nepal

असार ५, पोखरा ।
 प्रहरीको सचेतनामुलक क्रियाकलाप अन्तरगत सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथको आयोजनामा लेखनाथ ३ अर्घौ स्थित लक्ष्मी उमाबिका कक्षा १० का १ सय २० जना विद्यार्थीहरुलाई लागू औषध तथा ट्राफिक नियम सम्बन्धी सचेतना मुलक एक दिवसिय प्रशिक्षण कार्यक्रम विहीवार सम्पन्न भयो ।
प्रहरी नायव निरीक्षकद्धय रेशमलाल पौडेल र कार्कीद्धारा सहजीकरण गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि ईलाका प्रहरी कार्यालय हंशपुर हाल डाडाकोनाक प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक गंगाबहादुर थापाले सहभागीहरुलाई आजका यूवाहरु भालिका देशका कर्णधार भएकोले लागू औषधको कूलतमा कहिल्यै नफस्न र ट्राफिक नियमको बारेमा अहिलेनै राम्ररी बुझ्न र भविष्यमा हुने ठूलो दूर्घटनाबाट बच्न सुझाव दिनुभयो ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथका अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उमाविका प्राचार्य श्रीभद्र बराल र कार्यक्रम संचालक कार्य समिति सदस्य धनबहादुर बि.क. समेतले लागू औषधको कुप्रभावको बारेमा बोलेका थिए ।
उक्त अवसरमा कानूनले दण्ड सजायमा कठोर रुप लिएको लागू औषधको असर बारेमा बताउदै सहजकर्ता रेशम पौडेलले भविष्यका कर्णधार विद्यार्थिहरु भोली विभिन्न वृत्ति विकासको लागि विदेश जान तथा विभिन्न संघ संस्था खोल्न या सरकारी नोकरीमा आवश्यक पर्ने प्रहरी रिपोर्टमा समेत लागू औषधको प्रयोग तथा कारोबारका कारण त्यस्ता कार्यबाट वञ्चित हुने हुँदा आजैबाट सचेत हुन सुझाव दिएका थिए ।

Monday, June 16, 2014

सवारी दुर्घटना-ACCIDENT-POKHARA-NEPAL


१.पोखरा १० उत्तमचोक नजिक अमरसिंह तर्फबाट आईरहेको ग.१.ख. ४९२९ नं. को माईक्रोबसलाई ओभरटेक गर्ने क्रममा ग.६.प. ८०८९ नं. को मोटरसाईकल उक्त बसमा ठक्कर खाई पुन: बिपरित दिशाबाट आईरहेको बा.२.ख। १९९८ नं.को माईक्रोबसमा ठक्कर खांदा मोटरसाईकल चालक घाईते भई उपचारको लागि प।क्षे। अस्पतालमा उपचार भएकोमा त्यहांबाट थप उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा लगि उपचार भएकोमा मिति २०७१/३/२ गते डिस्चार्ज भएको र मो.सा. दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको । 
२. पोखरा (१ सिम्पानीमा ग.६.प. ५९६३ नं. को मोटरसाईकलले ऐ. बस्ने बर्ष ६७ को गोमान सिंह आले मगरलाई ठक्कर दिंदा निजको बायां खुट्टामा चोट लागि फिष्टेल अस्पतालमा उपचार हुंदै मोटरसाईकल चालक भरतपोखरी ६ बस्ने रन्जित पौडेलको समेत बाया खुट्टामा चोट लागेको छ ।

मिति : २०७१/३/०२ गते
जिल्ला प्रहरी कार्यालय कास्की
प्र.ना.उ.राजेशनाथ बास्तोला