Thursday, September 11, 2014

लागू औषध नियन्त्रण अभियान शुभारम्भ- Control over Drugs starts in Pokhara,Nepal

 पोखरा भदौ-२५ गते
कास्की जिल्लालाई लागू औषधमुक्त क्षेत्र बनाउने प्रयास स्वरुप जिल्ला प्रहरी कार्यालय तथा लागू औषध नियन्त्रणको क्षेत्रमा कृयासिल बिभिन्न संघसंस्था,पत्रकार महासंघ कास्की तथा लागू औषध नियन्त्रण तथा समाज सुधार आमा समूहर कास्की जिल्लामा कृयासिल सामुदायिक सेवा केन्द्रहरुको संयूक्त आयोजना संचालन हुन गईरहेको लागू औषध नियन्त्रण सम्वन्धि १५ दिने विशेष अभियानको आज मिति २०७१/०५/२५ गते १०:०० बजेको समयमा पोखरा(४ वि।पि।चोकमा पश्चिम क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाज्यूले प्लेकार्डमा NO DRUGS  को स्लोगन लेखि शुभारम्भयाली तथा उक्त अभियानको विधिबत समुद्घाटन गर्नु भयो ।
 उक्त समुद्घाटन यालीमा श्रीमान क्षेत्रीय प्रशासकज्यू, प्र.जि.अ. ज्यू, सशस्त्र प्रहरीबल मुक्तिनाथ बाहिनीका बाहिनी पति, अं.प्र.का.गण्डकीका प्रमुख, राष्ट्रिय अनुसन्धान बिभागका क्षेत्रीय प्रमुख,पोखरा स्थित संघ संस्था,सरकारी तथा निजी विद्यालयका शिक्षक तथा विद्यार्थी,पत्रकार, लागू औषध नियन्त्रणको क्षेत्रमा कृयाशिल संघसंस्था,व्यवसायीहरु,आमा समुह,सामुदायिक सेवा केन्द्रका पदाधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका पोखरा स्थित कार्यालयका अधिकृत तथा जवानहरु समेत गरी अं. ३२०० जनाको संख्यामा पोखरा-४ वि.पि.चोकबाट याली सुरु भई पोखरा सभागृह हलमा पुगी ऐ ११:३० बजेऔपचारिक कार्यक्रममा परिणत भएको उक्त कार्यक्रमलाई संवोधन गर्दै क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले लागू औषध नियन्त्रण कार्य सरकारी निकायको एकल प्रयासले मात्र सम्भव नहुने भएकोले सवैको सहयोग र सहकार्यमा मात्र नियन्त्रण संभव हुने मन्तव्त व्यक्त गर्नु भएको थियो भनेजिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्र.उ.बसन्त कुमार लामाले सहभागीहरुलाई स्वागत मन्तव्य तथा धन्यवाद ज्ञापन एवं अभियानको उपादेयता र उद्देश्य माथि  प्रकाश पार्नु भएको  थियो ।
यस अभियान अन्तर्गत दुर्व्यशनीहरुलाई परामर्श,घरदैलो कार्यक्रम,पर्चा पम्प्लेट वितरण,तालीम प्राप्त कुकुर सहित चेकजाँच,स्कुल सम्पर्क कार्यक्रम,टोल टोलमा चेतनामुलक याली, अन्तर्कृया कार्यक्रमहरु संचालन गरिने छ ।
मिति-२०७१/०५/२५ गते                        वसन्त कुमार लामा
                                           प्रहरी उपरीक्षक                          
                                     जिल्ला प्रहरी कार्यालय कास्की

No comments:

Post a Comment

Please, comment about this article.