Showing posts with label Nepal Problems. Show all posts
Showing posts with label Nepal Problems. Show all posts

Monday, July 27, 2020

स्याङ्जामा पहिरोबाट क्षती-Gandaki News

पोखरा १२,श्रावण
विहान अन्दाजी ०७:३० बजेको समयमा जिल्ला स्याङ्जा आँधीखोला गाउँपालिका-२ सिरिनडाँडा बाँयखोरिया स्थित ऐ. बस्ने वर्ष ६३ को ढाकाराम पौडेलको ढुङ्गा माटोले बनेको टिनले छाएको २ तले कच्ची गोठमा अविरल वर्षाको कारण अन्दाजी १०० मिटर माथिबाट पहिरो आई उक्त गोठलाई बगाएकोमा गोठमा रहेको ३ वटा गाई मरेको, गोठ पूर्ण रुपमा क्षती भएको, उक्त गोठ नजिकै रहेको परालको टौवा पनि बगाएको, मानविय क्षती नभएको, उक्त स्थानमा प्रहरी अधिकृत सहितको टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

तनहुँमा पुलबाट खसी वेपत्ता

पोखरा १२,श्रावण 
तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका-५ स्थित तनहुँ र चितवन जोड्ने सिमलटारको झोलुङगे पुलबाट ऐ.ऐ. बस्ने वर्ष अंन्दाजी ५८ को बल बहादुर आले  खस्न गई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटि गई खोजतलास कार्य सुरु भएको छ  ।

तनहूँमा शव फेला

पोखरा १२,श्रावण 
जिल्ला तनहूँ भिमाद गाउँपालिका-६ स्थित सेति नदीको किनारामा पहीचान नखुलेको वर्ष अंन्दाजी ३५\४० को पुरुष व्यक्तिको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटि गएको, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

मुस्ताङमा घर भत्किदाँ १ जनाको मृत्यु १ घाइते


पोखरा १२,श्रावण 
आइतबार राती देखि परेको अविरल वर्षाको कारण मुस्ताङ जिल्ला  छासाङ गाउँपालिका-२ न्याउरीकोट बस्ने रण प्रसाद गौचनका १८ बर्नासिय नाति  निसान तुलाचनको घर भत्किन गई  घट्ना स्थलमानै मृत्यु भएको छ भने  रण प्रसाद गौचनको टाउको, हात र कानमा चोट लागि घाईते भई उपचारको लागि प्राथमिक स्थास्थ्य चौकि लेते मुस्ताङमा पुर्‍याई उपचार भैरहेको छ  

Tuesday, March 31, 2020

तनहुँमा करेण्ट लागेर १ जनाको मृत्यु

१८ गते चैत्र
अन्दाजी १३:३० बजेको समयमा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका-११ नासिकोट बस्ने दुर्गा बहादुर नेपालीको घरमा ऐ.बस्ने वर्ष-३५ को गोबिन्द आलेले मिटर जोड्ने क्रममा अचानक करेन्ट लागि घाईते भई उपचारको लागी गण्डकी अस्पताल पोखरा ल्याएकोमा ऐ.१५:२० बजे डाक्टरले मृत घोषणा गरेका छन् ।  घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

Tuesday, March 12, 2019

पर्वतमा सवारी दुर्घटना-Road Accident-Parbat-Nepal

पोखरा,फागुन-७ गते
 कुश्मा नगरपालिका-८ दोबिल्ला स्थित पोखरा - बाग्लुङ सडक खण्डमा डिमुवाबाट कुश्मा तर्फ आउँदै गरेको ध १ प ६८४ नं.को मोटरसाईकल अचानक सडकबाट अन्दाजी २०/२५ मिटर तल खसी मोटरसाईकल चालक मोदी गाउँपालिका-६ बस्ने २७ वर्ष को रबिन्द्र के.सी घाईते भएको अवस्थामा आज मिति २०७५/११/२८ गते स्थानियले देखी उपचारको लागि पर्वत हस्पिटल प्रा.लि कुश्मा पठाएकोमा थप उपचारको लागि पोखरा पठाईएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

Sunday, January 20, 2019

कास्कीका बिभिन्न घरमा चोरी गर्ने १ गिरोह पक्राउ

 पोखरा, 6 माघ
जिल्ला कास्की पोखरा महानगरपालिका का बिभिन्न स्थानहरुमा चोरीका घटना छुटुपुट रुपमा बृद्धि हुदै गए पश्चात चोरी घटना नियन्त्रण तथा घटना अनुसन्धान टोली गठन गरी बिभिन्न स्थानमा चेकिंङ, भिग्रस चेकिङ , स्बिप अपरेशन, शंकित ब्यक्तिहरुको निग्रानी तथा सुचना संकलनलाई बिशेष प्राथामिकता दिई बिभिन्न अनुसन्धानबाट चोरीका घटनामा संग्लन ब्यक्तिर गिरोगहरुलाई पक्राउ गर्ने सफल भइरहेको छ ।

यसै क्रममा मिति २०७५/१०/०४ गते अंन्दाजी १५:०० पोखरा मा.न.पा.-  बडा ९ पृथ्विचोक स्थित शंकास्पद अबस्थामा हिडिरहेको अबस्थामा बडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन राप्ती न.पा.११ घर भई हाल पोखरा मा.न.पा.- बडा नं १० घलेचोक बस्ने  बर्ष १९ को सुनिल श्रेष्ठलाइ पक्राउ गरी सोधपुछ गर्दा निजले पोखराका बिभिन्न स्थानहरुमा रहेका ६ बटा घरकोठामा जिल्ला वाग्लुङ जैमिने न.पा.९ घर भई हाल पोखरा मा.न.पा.- २५ हेम्जा बस्ने बर्ष २७ को खुम प्रसाद थापा र जिल्ला कास्की पोखरा मा.न.पा.- ९ पृथ्बिचोक बस्ने बर्ष २३ को गगन खवास समेत ३ जनाको समुह भई चोरी गरेको । चोरीमा संग्लन भनिएका २ ब्यक्तिको खोजतलास गर्ने कम्रमा पोखरा मा.न.पा.- ५ प्रस्याङमा खुम प्रसाद थापालाई र पोखरा ९ पृथ्विचोकबाट  गगन खवासलाई  पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात चोरीमा संग्लन तिन जनाको घर कोठा समेत खानतलासी गर्दा निम्न बमोजिमको चोरीका सामान बरामद गरिएको छ  ।

बरामद गरिएको सामान :

  • नगद ने.रु.२०,६१० भा.रु.३० कतारियन दिनार रु.१५०
  • विभिन्न कम्पनिको मोबाईल  थान ४ थान 
  • घडी थान २ ,
  • Samsung Camera थान १
  • Samsung SD Card थान १,
  • सुनौलो रङको १७ टुक्रा ६९ लाल  
  • सुनौलो कानमा लगाउने टप थान २,
  • सुनौलो रंगको मुन्द्रा २ थान ७ लाल, 
  • कम्व्याट(खैरो) रंगको झोला थान १, 
  • सेतो डोरी भएको कालो झोला थान १, 
  • १७ ईन्च लामो खुकुरी ९दाब समेत० थान १, 
  • १४.५ ईन्च लामो खुकुरी थान १, १३ ईन्च लामो चक्कु थान १, 
  • ९ ईन्च लामो फलामको छिनो थान १, १०.५ ईन्च लामो फलामको ह्यामर थान १
  • सेतो रंगको पाउजु थान ६, 
  • बच्चाले हातमा लगाउने सेतो रंगको बाला थान १३,
  • ठुलो सेतो रंगको बाला थान २, 
  • सेतो रंगको औठी थान १, 
  • सेतो रंगको सिक्री थान १, 
  • सेतो रंगको ब्रासलेट थान १, 

साथै  आज मिति २०७५।१०।०६ गते   निज चोरी गर्ने तिन जना ब्यक्तिलाई सम्मानित जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य जारी रहेको ।

Saturday, January 19, 2019

श्रेयाको परिवारलाई जनमुखीको सहयोग

बलात्कारपछि हत्या गरिएकी पुम्दीभुम्दीकी श्रेया सुनारको परिवारलार्ई शनिबार आर्थिक सहयोग गर्दै पोखरा सभागृृहमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी 
पोखरा, ५ माघ ।
बलात्कार पछि हत्या गरिएकी पुम्दीभुम्दीकी श्रेया सुनारको परिवारलार्ई पोखरा सभागृहमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग हस्तान्तरण गरेको छ ।
सहकारीले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा शनिबार १५ हजार रुपैयाँ सहयोग गरेको हो । सहकारीको सिंगो कार्यसमिति श्रीयाको घर पुगेर उनकी आमा बेलकुमारी सुनारलाई आर्थिक सहयोग ग¥यो । सहकारीका अध्यक्ष महेन्द्र विश्वकर्माले सामाजिक सेवामा योगदान पु¥याउने उद्देश्यले श्रेयाको परिवारलार्ई सहयोग गरेको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा उनले भने, ‘हाम्रो सहयोगले थोरै भएपनि राहत पुगोस् भनेर सहयोग गरेका हौं ।’ सहकारीका उपाध्यक्ष एवं युवा व्यवसायी दशरथ सुनारले समाजमा गरिब एवं उत्पीडित समुदायमाथि आपराधिक गतिविध हुनु हेपाहा प्रवृत्ति भएको बताए । ‘जो कमजोर छ उसैलाई निशाना बनाइन्छ,’ उनले भने, ‘उत्पीडित समुदाय माथि उठ्न शिक्षामा जोड दिनुपर्छ ।
सहकारीकै सदस्य उमेश अछामीले आफ्नो छोरा रञ्जित अछामीको जन्मदिनको अवसरमा श्रेयाको परिवारलार्ई ११ हजार रुपैयाँ सहयोग गरे । गोरखाको पालुङटारमा रहेको मंगल संसारी स्मृति प्रतिष्ठानका संरक्षक अछामीले जन्मदिन मनाउने खर्च जोगाएर श्रेयाको परिवारलाई सहयोग गरेको बताए ।
श्रेयाकी आमा बेलकुमारीले दैनिक औषधी खानुपर्दा आर्थिक स्थिति नाजुक हुँदै गएको बताइन् । उनले आर्थिक अवस्था कमजोर भएकैले ठूली छोरीले विद्यालय छाड्नुपरेको दुःखेसो पोखिन् । श्रेयाका ठूलोबुबा मीनबहादुर सुनारले घरसम्मै पुगेर सहयोग प्रदान गरेकोमा सहकारीलाई धन्यवाद व्यक्त गरे ।
जनमुखी बचत तथा ऋण सहकारी संस्थाले हरेक वार्षिकोत्सव सामाजिक कार्य गरेर मनाउने गरेको छ । सहकारीका सचिव कुमार सुनारले यसअघिका वार्षिकोत्सवमा विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति प्रदान, सरसफाइ लगायत कार्य गरेको जानकारी दिए ।


Thursday, January 17, 2019

नवलपरासीमा सवारी दुर्घटनामा दुईजना घाईते


नवलपरासी,माघ-३  विनयी त्रिवेणी गाँउपालिका-२ ज्यामिरे स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४४ प २३१४ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आँउदै गरेको लु२ख १७५८ नम्बरको टिप्पर एक आपसमा ठक्कर खाँदा दुईजना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक लमजुङको वेशिशहर गाँउपालिका-८ बस्ने वर्ष २७को सुनिल दराई र पछाडी सवार वर्ष ४२को सोम प्रसाद पाण्डे रहेका छन् । घाईतेहरुलाई उपचारको लागि भरतपुर पुरानो मेडीकल कलेज चितवनतर्फ पठाईएको छ । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ । 

पर्वत सवारी दुर्घटनामा ७ जनाको मृत्यु ३० घाईते

पर्वत, ३ माघ गते बिहान अन्दाजी ०८:१५ बजेको समयमा पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा स्थित मालढुङ्गा बेनी सडक खण्डमा बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्बरको बस अचानक सडकबाट ३००/४०० मिटर तल खस्न गई दुर्घटना हुदाँ उक्त बसमा सवार सात (७) जनाको मृत्यु भएको छ । अन्य ३२ जना घाईते भएका छन् । 
मृत्यु हुनेमा म्याग्दी पाखापानी-२ बस्ने वर्ष २१को राजेश पुन, पर्वत जलजला गाँउपालिका-७बस्ने वर्ष ३१की विषमाया पुन, पर्वतको जलजला गाउँपालिका-८ बस्ने वर्ष ४०की सेती परियार, निजको श्रीमान वर्ष ५०को टिके परियार, बाग्लुङ नगरपालिका-४ कुँडुले बस्ने वर्ष ४८की शान्ति के.सी.र अर्का दुई जना हालसम्म नाम थर वतन नखुलेका पुरुष व्यक्ति रहेका छन् । तीनजनाको घटना स्थलमै र अन्य चार जनाको उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घाईतेहरुको उद्धार गरिएको थियो । घाईते मध्य नौं ( ९) जना काठमाडौं, २२ जना पोखरा र एक जनाको बाग्लुङमा उपचार भइरहेको छ ।

Tuesday, July 17, 2018

पोखराका भौतिक संरचना अपाङ्गमैत्री हुनुपर्नेमा जोड-Pokhara News

पोखरा, ३२ असार

पोखराका भौतिक संरचना अपाङ्गमैत्री हुनुपर्नेमा सोमबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । टुरिजम ईन्टरप्रेटर वुमन एशोसिएसन अफ नेपाल  टेवानले आयोजना गरेको अशक्त महिला सशक्तिकरणका लागि मेहेन्दी विशेष कार्यक्रममा बोल्ने वक्ताहरुले पर्यटकीय नगरी पोखरामा अशक्त पर्यटकहरुको पनि आगमन हुने भएकोले पोखराका भौतिक संरचनाहरु अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिएका हुन् । 

नेपाल टुरिजम वोर्ड क्षेत्रिय कार्यालयको प्रवद्र्धन, ईन्डिपेन्डेन्ट लिभिङ सोसाईटी नेपाल र महिला अपाङ्गता सशक्तिकरण कास्कीको सहआयोजनामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालका केन्द्रिय सदस्य तथा गुरुङ ब्युटी पार्लर एकेडेमी प्रा.लि.का प्रबन्ध निर्देशक चिनु गुरुङले अशक्त महिलाहरुको सशक्तिकरणको लागि आफु जहिले पनि सकारात्मक भएको बताउँदै उनीहरुलाई आर्थिक रुपमा बलियो बनाउन उद्यमशिलताको तालिम दिन आफु तयार रहेको बताए । टेवानले आयोजना गरेको मेहन्दी कार्यक्रमले पनि अशक्त महिलाहरुलाई उद्यमशिल बनाउन मद्दत पुग्नेमा गुरुङले विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मा, नेपाल टुरिजम वोर्ड क्षेत्रिय कार्यालयका अधिकृत प्रदिप गैरे, ईन्डिपेन्डेन्ट लिभिङ सोसाईटी नेपालका अध्यक्ष हेम गुरुङ, महिला अपाङ्गता सशक्तिकरण कास्कीका अध्यक्ष अञ्जना केसी लगायतले अपाङ्गता भएका महिलाहरु पनि सपाङ्गता जसरी उद्यमी गरेर आर्थिक रुपमा सक्षम बन्ने सक्नेमा जोड दिएका थिए । 

मेहेन्दी लगाउन उलेख्य मात्रामा महिलाहरुको सहभागीता रहेको कार्यक्रममा शारीरिक रुपमा अशक्त महिलाहरुले सहभागीलाई मेहेन्दी लगाईदिएका थिए । कार्यक्तम टुरिजम ईन्टरप्रेटर वुमन एशोसिएसन अफ नेपाल टेवानका अध्यक्ष लक्की कार्कीको अध्यक्षतामा भएको थियो ।

Sunday, July 8, 2018

म्याग्दीमा बिद्यालयमा तोडफोड-News of Pokhara

मिति २०७५/०३/२३ गते रातको समयमा जिल्ला म्याग्दी बेनी नगरपालीका वडा नं.-१अर्जम स्थित रहेको रामचन्द्र मा.वि.को बिद्यालयमा अफिसको पछाडी पट्टिको झ्याल फोडी अफिस भित्र रहेको कंम्प्युटरको ब्याकअप  र टेबल तोडफोड गरेको छ  भन्ने खबर मिति २०७५/०३/२४ गते दिउँसो १३:३० बजे बिद्यालयका प्रधानध्यापकले प्रहरी लाइ खबर प्राप्त हुन साथ तत्कालै प्रहरी टोली खटिई गई बुझ्दा स्कुलको पछाडीको झ्याल तोडी भित्र रहेका  कंम्प्युटरको ब्याकअप  र टेबल बाहिर निकाली तोडफोड सथै आगजनि गरेको छ । उक्त घटनाका विषयमा स्थानिय  रोसन थापा लाई शंका लागी सोधपुछ कार्य भईरहेको छ । तोडफोडबाटअन्दाजी रु.६८,५००।- बराबरको क्षेती भएको छ ।

Thursday, July 5, 2018

कास्कीमा ठुलो मात्रामा सामान सहित चोरी गर्ने २ ब्यक्ति पक्राउ -Pokhara News

पोखरा, २१ असार 
पोखराको लेकसाइड क्षेत्रमा विभिन्न होटलबाट चोरी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । भन्डै एक महिनाअघिदेखी चोरी गर्दै आएका दुईजनालाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
कास्की प्रहरीले चोरीमा संलग्न दुई युवालाई चोरी गरिएको सामानसहित बुधबार सार्वजनिक गरेको छ । प्रहरीले विभिन्न ठाउँमा चोरी भएको घटनाको सिसिटिभी फुटेज तथा मोबाइल एवं ल्यापटप बनाउने पसलमा प्रहरीले समन्वय गरी चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बागलुङ ढोरपाटन नगरपालिका वडा नम्बर ९ स्थाई घर भई हाल जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका वडा नम्बर ७ मासबार बस्ने ४१ बर्षिय डोर बहादुर बुढा ( जिवन) लाई पक्राउ गरेको हो । बुढाको डेरा खानतलासी गर्ने क्रममा वडा प्रहरी कार्यालय बैदाम कास्कीको बिशेष टोलिले सामाग्रीहरु फेला पारेको हो ।
बुढालाई प्रारम्भिक सोधपुछ तथा अनुसन्धान गर्दै जादा निजको सम्पर्कमा जिल्ला धादिङ साविक सेरतुङ गाबिस वडा नं २ घर भई हाल जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं ३१ डेरा गरी बस्ने बर्ष ४२ का प्रेम तामाङलाई पक्राउ गरेको छ । दुबै मिलि लेकसाइडका विभिन्न स्थानबाट सामाग्रीहरु चोरी गरेको फेला पारेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको चोरी गरेको सामाग्रीहरु यस प्रकार छ ।
डोर बहादुर बुढा र प्रेम तामाङको साथबाट बरामद भएका सामानहरुको विवरण
  • Apple A1474 iPad
  • Logitech wireless keyboard
  • Samsung NP-QX 411-WO1UB
  • Mobile cover-६ थान.
  • सिल्भर रङको Power bank
  • सेतो रङको  power bank
  • IPad
  • TW STEEL लेखेको घडी
  • GEO NAUTE लेखेको निलो रङको घडी
  • Samsung galaxy tab s2
  • HP laptop र कभर
  • Oppo A375 मोवाईल
  • OppoF1S मोवाईल
  • Oppo F3 मोवाईल
  • Samsung galaxy c7 pro मोवाईल
  • Samsung galaxy s5 मोवाईल
  • Samsung galaxy GT_56790 मोवाईल
  • Samsung SMB313E/D मोवाईल
  • HTC PNO7140 मोवाईल
  • कालो रङको टोपि
  • Sony camera
  • Axle router
  • Deuteraer stripes कालो रङको छालाको झोला
  • विभिन्न रङका झोला हरु-६ थान.
  • कालो रंङको छालाको झोल
  • सुनको जस्तो देखिने कानमा लगाउने मुन्द्रा २ थान
  • सुनको जस्तो देखिने घाटिमा लगाउने “J” लेखेको लकेट भएको सिक्री
  • सुनको जस्तो देखिने धातुको बेरुवा औठि
  • सुनको जस्तो देखिने २ वटा हरियो पत्थर भएको औठि
  • नगद रु.१,१८,५००।–
  • निलो विड भएको पेचकस
  • हेक्सा ब्लेड
  • हातको पन्जा
  • सेल्फि स्टिक
  • डोर बहादुर बुढाले कृषि बिकास बैङ्क लि.मा रकम जम्मा गरेको भौचर दुई थान ।

Friday, June 1, 2018

कास्कीमा मृत अवस्थामा फेला -Pokhara News

पोखरा जेष्ठ १८
 अंन्दाजी ११:३० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं.२३ पामे घर भई हाल रामघाट स्थित डेरा गरी बस्ने वर्ष २४ की सुनिता क्षेत्री डेरा कोठाको बरण्डामा मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोलि खटिई गई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

Thursday, May 31, 2018

Man electrocuted in Nawalparasi

नवलपरासीमा करेण्ट लागी घाईते(बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका ११ धारापानि चोक स्थित रहेको बिजुलिको पोलमा बिजुलि मर्मत गर्न क्रममा अचानक करेण्ट लाग्दा देवचुलि नगरपालिका ६ बस्ने वर्ष ४८को बम बहादुर के।सि। उक्त पोलबाट खस्न गई घाईते भएकाले उपचारको लागी  पुरानो मेडिकल कलेज भरतपुर चितवन तर्फ पठाईएको छ । घटनाका विषयमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीखटिगई  थप अनुसन्धान गरिरहेको छ ।

पर्वतमा आगलागी- Fire Home

मिति २०७५/०२।१६ गते राती अं. २१:०० बजेको समयमा जिल्ला पर्वत जलजला गाउँपालीका वडा नम्बर ७ लालुङ बस्ने तुल वहादुर बि.क.को ढुङगा माटोले बनेको खरले छाएको १तले कच्ची घरमा राती खाना बनाएर छोडेको आगो बाल-बच्चाले खेलाउने क्रममा अचानक घरमा सल्कीन गई आगोलागी हुँदा घर पुर्ण रुपमा जली नष्ट भएको छ । उक्त आगो रातीको १२  बजेको समयमा नियन्त्रणमा आएको छ । उक्त घटनाका विषयमा खबर प्राप्त हुनासाथ प्रहरी ली खटिगई बुझ्दा उक्त आगोलागीबाट घर तथा घरमा रहेको अन्नपात, लत्ताकपडा समेत जली अन्दाजी ७,००,०००(सात लाख)बराबरको क्षेती भएको छ ।

नवलपरासीमा सवारी दुर्घटना- Road accident in Nawalparasi Nepal

मिति २०७५।०२।१७ गते अ.११:३० बजेको समयमा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुलि नगरपालिका १ केउरेनि स्थित पूर्व पश्चिम राजमार्गमा, नवरलपरासी डण्डावाट काठमाण्डौतर्फ जाँदै गरेको लु १७ प ७०६० नम्बरको मोटरसाईकल र नारायणघाटवाट नवलपरासी दलदले तर्फ आउदै गरेको बा १७ च ९७७ नम्बरको कार एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक नवलपरासी पूर्व कावासोति नगरपालिका १४ बस्ने वर्ष अन्दाजी २५को रमेश श्रेष्ठ र पछाडी सवार वर्ष ३६को किसान श्रेष्ठ घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन तर्फ पठाईएको छ । कार, कार चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

Tuesday, May 29, 2018

तनहुँमा सवारी दुर्घटना ३ जना घाईते-Road Accident Nepal

पोखरा १५ गते
 अन्दाजी १०:५५ बजेको समयमा तनहुँको शुक्लागण्डकी नगरपालिका ९ भण्डारीकुना स्थित भित्री कच्ची सडक खण्डमा दुलेगौंडाबाट मान्द्रेतर्फ जाँदै गरेको ग १३ प ६२२५ नं.को मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको ना ५४ प ६८३३ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुवै चालक सहित १ जना पछाडी सवार गरी ३ जना घाईते भएका छन । घाईते मध्य ना ५४प ६८३३ नं.को मोटरसाईकलका चालक तनहुँको शुक्ला गण्डकी नगरपालिका १२ प्यूरी दोभान बस्ने वर्ष २१को राजेश गुरुङलाई उपचारका लागी गण्डकी मेडिकल कलेज पोखरा रिफर गरीएको छ । 

Thursday, May 24, 2018

सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई कारवाही गरिएको -No Smoking in Public Places

पोखरा,  जेष्ठ १० गते । 
सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई कारवाही गर्ने भन्ने नेपाल सरकारको निति अनुरुप यस जिल्ला प्रहरी कार्यालय कास्कीले पनि आजका मिति देखि अभियानकै रुपमा लागु गरी चेकजांच गरिएको । सो क्रममा बैदाम एरियामा २ जना र रामबजार एरियामा १२ जना गरी जम्मा १४ जनालाई सार्वजनिक स्थलमा चुरोट सेवन गरेको फेला पारी तत्कालै निजहरुलाई कारवाही प्रकृया अगाडी बढाईएको र निजहरुबाट १४०० राजश्व संकलन भएको । 
जिल्ला प्रहरी कार्यालय कास्की 

Tuesday, May 22, 2018

सामाजिक कार्यमा फेसबुक ग्रुप,ब्लड क्यान्सर पीडितलाई पोखरामा सहयोग अभियान सुरु-News-Pokhara


७ जेठ,पोखरा
अनुप पौडेल,

पछिल्लो केही समयबाट सामाजिक कार्यमा क्रियाशिल फेसबुक ग्रुप वि आर फ्रेण्डस (We Are Friends)ले ब्लड क्यान्सरबाट पीडित भएका बालकका लागि आर्थिक सङकलन अभियान सुरु गरेको छ ।पर्वतको कुस्मा नगरपालिका(१४ आर्थरका १४ बर्शिय अर्जुन गौतमका लागि सोमबारबाट पोखरामा आर्थिक सङकलन अभियान सुरु गरिएको वि आर फ्रेण्डसका एडमिन अमुल्य अधिकारीले बताए ।
अर्जुन बचाउ अभियानको पहिलो दिन सोमबार पृथ्वीनारायण क्याम्पस हुँदै ट्याक्सी चोक वरिपरि गरेर ९,४५० रुपैया सङकलन भएको अधिकारिले बताए ।ब्लड क्यान्सरबाट पीडित १४ बर्शिय अर्जुन गौतम भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेका छ्न ।आउँदो एकहप्तासम्म उक्त अभियान पोखराका विभिन्न ठाउँमा संचालन गरिने छ ।सुकराज गौतम र खेमकुमारी गौतमका छोरा १४ बर्शिय अर्जुन गौतम बिश्वज्योति मा।वि को कक्षा ९ मा अध्यनरत छन ।