Thursday, March 19, 2015

हतियार सहित मानिस पक्राउ-Crime News Pokhara-Nepal

पोखरा चैत्र ३ गते ।
    बाग्लुङ्ग जिल्ला दमेक १ घर भई हाल लेखनाथ नगरपालिका वडा नं. १ सैनिकबस्ती बस्ने लक्ष्मण छन्त्याल भन्ने धन बहादुर छन्त्यालले अवैध हातहतियार खरखजाना लिई हिडदछन भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दै जाँदा निज छन्त्याल काठमाण्डौमा रहेको भन्ने सूचनाको आधारमा पक्राउ गरी निजलाइ प्रारम्भिक सोधपुछ गर्दा निजसँग भएको अवैध  हातहतियार आफनै घरमा लुकाई छिपाई राखेको छु भन्ने खुल्न आएकोले निज धन बहादुर छन्त्याल उर्फ लक्ष्मण छन्त्यालको घर कोठामा खानतलासी गर्दा घरको भ¥याङ्ग मुनि सामानहरु राख्ने ठाउँमा लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल नाल १ र सो मा लाग्ने गोली राउण्ड २ सहित कास्की प्रहरीले मिति २०७१/१२/३ गते बिहान ०७ः०० बजेको समयमा फेला पारी बरामद गरी आजै जिल्ला प्रशासन कार्यालय कास्कीबाट हातहतियार तथा खरखजाना मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
    साथै निज धन बहादुर छन्त्यालले विगतका दिनहरुमा विभिन्न व्यवसाय गर्ने व्यक्ति एंव, घर जग्गा व्यवसायीहरुलाई धम्काउने, फिरौती माग्ने, हप्ता उठाउने नदिएमा कुटपिट गर्ने जस्ता गैह् कानूनी गतिविधि गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की
District Police Office Kaski, Pokhara

No comments:

Post a Comment

Please, comment about this article.