Monday, December 8, 2014

खुडा हान्ने ब्यक्ती पक्राउ-Pokhara-News-Nepal

पोखरा मंसिर २१ गते           
  मिति २०७१/०८/१६ गते दिनको १६:०० बजेको समयमा  जिल्ला कास्की पोखरा उ.म.न.पा.बडा नं. २ बाग्लुङ बसपार्क स्थितमा पोखरा उ.म.न.पा.वडा नं ४ गणेश टोल बस्ने हाकु भन्ने आकाश श्रेष्ठले जि.कास्की पो.उ.म.न.पा.बडा नं ४ नालाकोमुख बस्ने बर्ष ३६को सन्तोष गौतमलाई धारिलो हतियार खुडा प्रहार गरी गम्भिर घाईते बनाएकोमा घाईते सन्तोष गौतमलाई उपचारका लागी साहारा अस्पताल , मनिपाल अस्पताल हुदै हाल शिक्षण अस्पताल काठमाण्डौमा उपचार भईरहेको र घटना पच्छात् फ्रहार रहेका निज हाकु भन्ने आकाश श्रेष्ठलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले मिति २०७१/०८/२० गते कास्की जिल्ला पो.उ.म.न.पा.बडा नं ४ स्थितमा पक्राउ गरी आज मिति २०७१/०८/२१ गते कास्की जिल्ला अदालत ज्यान मार्ने उधोग मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

मिति २०७१।०८।२१ गते ।                             
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara


No comments:

Post a Comment

Please, comment about this article.