Thursday, March 26, 2015

लेखनाथको बेगनासतालमा चौथो पटक ट्राथोलन हुँदै

१२ चैत्र, लेखनाथ 
लेखनाथको पर्यटकीय क्षेत्र बेगनासतालमा शनिवार चौथो पटक ट्राथोलन हुँदैछ ।
पौडी, साइक्लिङ र दौड गरी तीन इभेन्टका विधामा प्रतिस्पर्धा हुनेछ । ट्राथोलन अन्र्तगत हिमालयन रश २०१५, साउथ एशियन ट्राथोलन च्याम्पियनसिप २०१५ र नेशनल ट्राथोलन च्याम्पियनसिप २०१५ मा पन्ध्रसय मिटर पौडी, ४० किलोमिटर साइक्लिङ र १० किलोमिटर दौडमा स्पर्धा हुनेछ ।
ट्राथोलनमा १५ देशका गरी १ सय २० जनाले सहभागिता जनाउने इभेन्ट पार्टनर फन्टास्टीक  नेपाल होलिडे प्रा.लि का कोर्डिनेटर भूपेन श्रेष्ठले जानकारी दिए ।
इभेन्टलाई हिमालयन रश र ट्राथोलन एशोसियशन अफ नेपालले व्यवस्थापन गरेका छन् ।
ट्राथोलनले लेखनाथलाई खेल पर्यटनका माध्यमबाट अन्तराष्ट्रियस्तरमा चिनाउन मद्दत मिल्ने श्रेष्ठल जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा यस्ता गतिविधिले सहयोग पुग्ने होटल एशोसियशन अफ लेखनाथका अध्यक्ष दुर्गाप्रसाद अधिकारीले जानकारी दिए । ट्राथोलनका इभेन्टमा पौडी बेगनासतालमा संचालन गरिनेछ भने लेखनाथका पहाडी तथा समथर क्षेत्रमा साइक्लिङ तथा दौड पुरा गरिने जनाइएको छ ।

जवरजस्तीकरणी अपराध नियन्त्रण कार्यशाला संचालन-Pokhara-News



पोखरा, चैत्र १० गते
         प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्शाल काठमाण्डौको आदेशानुसार ूजवरजस्ती करणी अपराध नियन्त्रण अभियान जिल्ला स्तरीय कार्यशाला संचालन निर्देशिका २०७१ू अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा आज मिति २०७१/१२/१० गते दिनको १२स्०० बजेदेखि पोखरा उद्योग वाणिज्य संघको सभा हलमा सहायक प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदीज्युको अध्यक्षतामा, अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्र.व.उ.बलराम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सरोकारवाला सरकारी निकाय, गैह्र सरकारी निकाय, स्थानीय आमा समुह, विभिन्न संघ संस्थामा आबद्द प्रतिनिधि, गा।वि।स।सचिव एवं पत्रकारहरु समेतको उपस्थितिमा ूजवरजस्ती करणी अपराध नियन्त्रण अभियानू कार्यशाला संचालन गरिएको छ । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्र।उ। हरि बहादुर पालले जवरजस्ती करणी अपराध सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको, अन्य उपस्थित प्रतिनिधिहरुले ज।ज।क।अपराध नियन्त्रणमा सामाजिक सचेतना संचालन गर्नु पर्ने, कानुनमा सुधार गरी पिडितमुखी कानुनी व्यवस्था गरी कैद सजायमा बृद्वि गर्नु पर्ने, विद्यालय तहमा यौन शिक्षाको व्यवस्था गर्नु पर्ने, किशोरी( अभिभावक शिक्षामा जोड दिनु पर्ने लगायतका सुझाव दिनुभएको थियो । प्राप्त सुझावहरुलाई समेटी कास्की प्रहरीद्वारा यस जिल्लामा लागू गर्न सकिने कार्य योजना बनाई जवरजस्ती करणी अपराध नियन्त्रणको लागि नागरिक प्रहरी साझेदारीमा बिभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ ।
                   
यस अभियानमा सहयोग गरी दिन जिल्ला प्रहरी कार्यालय कास्की सवैमा हार्दिक अनुरोध गर्दछ ।

Thursday, March 19, 2015

गुण्डागर्दी गर्ने पक्राउ - Pokhara News-Crime


    लेखनाथ नगरपालिका वडा नं. ३ बस्ने २९ वर्षिय नरेन्द्र थापाले स्थानिय मानिसहरुलाई त्रसित पार्ने, आतंकित पार्ने जस्ता कार्य गरेको भन्ने सूचनाको आधारमा खोजतलास गर्ने क्रममा जिल्ला कास्की लेखनाथ न.पा. वडा नं. ३ बुढीबजारबाट पक्राउ गरिएको हो । निजलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक अपराध मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको छ । साथै निज नरेन्द्र थापाले विगतका दिनहरुमा विभिन्न व्यवसाय गर्ने व्यक्ति एंव, घर जग्गा व्यवसायीहरुलाई धम्काउने, फिरौती माग्ने, हप्ता उठाउने नदिएमा कुटपिट गर्ने जस्ता गैह् कानूनी गतिविधि गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की
District Police Office Kaski, Pokhara

हतियार सहित मानिस पक्राउ-Crime News Pokhara-Nepal

पोखरा चैत्र ३ गते ।
    बाग्लुङ्ग जिल्ला दमेक १ घर भई हाल लेखनाथ नगरपालिका वडा नं. १ सैनिकबस्ती बस्ने लक्ष्मण छन्त्याल भन्ने धन बहादुर छन्त्यालले अवैध हातहतियार खरखजाना लिई हिडदछन भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दै जाँदा निज छन्त्याल काठमाण्डौमा रहेको भन्ने सूचनाको आधारमा पक्राउ गरी निजलाइ प्रारम्भिक सोधपुछ गर्दा निजसँग भएको अवैध  हातहतियार आफनै घरमा लुकाई छिपाई राखेको छु भन्ने खुल्न आएकोले निज धन बहादुर छन्त्याल उर्फ लक्ष्मण छन्त्यालको घर कोठामा खानतलासी गर्दा घरको भ¥याङ्ग मुनि सामानहरु राख्ने ठाउँमा लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल नाल १ र सो मा लाग्ने गोली राउण्ड २ सहित कास्की प्रहरीले मिति २०७१/१२/३ गते बिहान ०७ः०० बजेको समयमा फेला पारी बरामद गरी आजै जिल्ला प्रशासन कार्यालय कास्कीबाट हातहतियार तथा खरखजाना मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
    साथै निज धन बहादुर छन्त्यालले विगतका दिनहरुमा विभिन्न व्यवसाय गर्ने व्यक्ति एंव, घर जग्गा व्यवसायीहरुलाई धम्काउने, फिरौती माग्ने, हप्ता उठाउने नदिएमा कुटपिट गर्ने जस्ता गैह् कानूनी गतिविधि गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की
District Police Office Kaski, Pokhara

Monday, March 16, 2015

New. Nepali songs Rashami Kapal-Songs-Pokhara-Nepal

रेशमी कपाल


                                                                              Lyrics by: Rajesh Lamsal                   
By:Rajesh lamsal
New. Nepali songs Rashami Kapal

रेशमी कपाल फरफराउँदै जब
तिमी मेरो सामु आयौ....

प्रेमको मिठो आभाष बनी तिमी
मेरो जीवनमा छायौ......

गाँजलु ती तिम्रा आखाँ.....
गुलाबी तिम्रा ओठ......
स्वर्गकी हौ की परी....
तिमी हिमालकी छोरी....

रेशमी कपाल फरफराउँदै जब....
तिमी मेरो सामु आयौ.....

सारा संसार बिर्सिदिन्छु म....
समिप जब तिमी आउँदा....
मदहोस् हुन्छु म .....
साथ तिम्रो पाउँदा....

रेशमी कपाल फरफराउँदै जब
तिमी मेरो सामु आयौ.....

प्रेमको मिठो आभाष बनी तिमी
मेरो जीवनमा छायौ....




Thursday, February 12, 2015

भगवान बरालद्वारा प्रहरी अधिकृतहरु अभिनन्दित-Pokhara News


पोखरा माघ २६ गते ।
    २०७१ साल बैशाख १५ गते दिउसो मेगा वचत तथा ऋण सहकारी संस्थाबाट रकम झिकी बाहिर निस्कन लागेका यति डेभलपमेण्ट बैंकका कर्मचारी भगवान बराललाई तत्काल अपरिचित हाल पक्राउमा परी कानुनी सजाय भोगीरहेका अपराधीले गोली प्रहार गरी घाईते बनाई बैंकबाट निकालेको रकम समेत लुटी फरार भएका  अपराधीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याएकोमा अपराधी पक्राउ गर्न सफल  प्रहरी अधिकृतहरुलाई घाईते तथा सो घटनाका पिडित भगवान बरालले आज मिति २०७१।१०।२६ गते आफ्नै घर पोखरा उ।म।पा।वडा नं।२५ पुम्दी भुम्दीमा आमन्त्रण गरी स्वागत एवं खादा ओढाई,फुलको गुच्छा र अविर लगाई अभिनन्दन गरेका छन् । अभिनन्दन हुने प्रहरी अधिकृतहरुमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक बसन्त कुमार लामा, प्रहरी निरीक्षक देवीप्रसाद पौडेल र प्रहरी नायव निरीक्षक सुदर्शन लम्साल रहेका छन् । अभिनन्दन पस्चात बोल्दै पिडित बरालले लामै  समय भए पनि आफुलाई गोली हान्ने अपराधीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याएकोमा कास्की प्रहरीलाई धन्यवाद दिदै आगामी दिनमा समेत यस्ता अपराधीहरुलाई कानुनको नजरबाट उम्कन नदिई पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरीलाई उत्प्रेरणा मिलोस भनी कामना गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

Wednesday, January 21, 2015

विद्यालयको ल्यापटप चोरी गर्ने पक्राउ -Pokhara-News


पोखरा माघ ६ गते ।
    पोखरा उपमहानगरपालिका वडा नं। २५ ९ साविक पुम्दीभुम्दी गा।वि।स।वडा नं। ७० मा रहेको श्री ओखलेडांडा भुम्दीकोट मा।वि।को कम्प्यूटर कक्षमा रहेका १३ थान ल्यापटप चोरी गर्ने ४ जना मानिसहरुलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । यही पौष २५ गते देखि माघ ३ गते सम्म विद्यालयमा जाडो विदा भएको र सोही विदाको मौका पारी कम्प्यूटर कक्षको पछाडिको झ्यालको रड काटी Lenova कम्पनीको १२ थान  र Acer कम्पनीको १ थान ल्यापटप समेत १३ वटा ल्यापटप चोरी भएको भनी विद्यालय प्रशासनले जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको निवेदन अनुसार अनुसन्धानको क्रममा निम्न मानिसहरुले उल्लेखित ल्यापटप चोरी गरेको खुल्न आए अनुसार निजहरुलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट चोरी मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।
       
पक्राउ परेका मानिसहरु:
क.चोरी गर्ने मानिसहरु:
१. जि.कास्की पो.उ.म.पा. वडा नं.२५ साविक पुम्दीभुम्दी गा.वि.स.७ बस्ने बर्ष १७ को शंकर नेपाली,
२. ऐ ऐ बस्ने बर्ष २४ को दिपक नेपाली,

ख. चोरीका ल्यापटप खरिद गर्ने मानिसहरु:
१. जि.गोरखा मुर्लीचोक-१ घर भई हाल पोखरा-६ जरेवर स्थित गोरखाली मोवाईल तथा ईलेक्ट्रिक पसलका संचालक  बर्ष ३४ को लोक  बहादुर पुर्जा
२० जि.स्याङजा बाङसिङ-१ घर भई हाल पोखरा-९ पृथ्वीचोक स्थित न्यू लामिछाने मोवाईल सर्भिसका संचालक बर्ष ३० को कमल   लामिछाने ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

Tuesday, January 20, 2015

माघ ८ मा संविधान जारी हुनै नसक्ने काँग्रेस केन्द्रिय केसीको भनाइ-Pokhara-News-Nepal

पोखरा, माघ २ गते 
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री अर्जुननर सिंह केसीले माघ ८ मा कुनै पनि हालतमा संविधान जारी हुनै नसक्ने बताउनु भयो ।
प्रजातान्त्रिक विचार समाज कास्कीको आयोजनामा लोकतान्त्रिक संविधानको घोष्णा ः अवसर र चुनौती विषयीक कार्यक्रममा आज बोल्दै माघ ८ मा संविधान जारी गर्न नसके पनि प्रक्रियालाई अगाडि बढाउन सके त्यही नै ठूलो उपलब्धी हुने बताउनु भयो ।
उहाँले प्रक्रियामा जान पनि घटिमा तीन महिना लाग्ने भएकाले नेताहरु स्पष्ट रुपमा बोलेर जनतालाइृ जानकारी दिनुपर्ने बताउनु भयो । ८ गते नै आउनको लागि कुनै दैवि शक्तिले पनि काम गर्न सक्दैन उहाँको भनाई थियो ।
राजनैनितिमा मैले जे देखेको छु, त्यो नै सत्य कुरा हुनुपर्छ, जनतालाइृ झुकाएर हुँदैन, हामी सहमतिमा जान नसके पनि प्रक्रियामा जानुपर्छ भन्ने कुरा नेता केसीले स्पष्ट पार्नु भयो ।
उहाँले पेलेर जाँदा संविधान लोकतान्त्रिक नहुने हुदाँ प्रक्रियामा गएर संविधान जारी गर्नु पर्ने बताउनु भयो । तर सहमतिमा नआए संविधान प्रक्रियामा जानका लागि पछि हट्नु पनि हुँदैन, संविधान सहमतिले होइन कि प्रक्रियाले बनेका छन् ।
सत्तामै रहेका दलहरुले माघ ८ मै संविधान जारी गर्ने रटान गरी रहेको बेला काँग्रेस केन्द्रिय सदस्य समेत रहेका के.सी. ले भने विपक्षीलाई पेलेर फास्ट टं«याक मार्फत संविधान पेश गर्दा देशमा द्धन्द्ध हुने हुदाँ त्यो नगर्न आग्रह गर्नु भयो । उहाँले कुनै एक कुसन्तान जन्मिएमा पनि आमाले त्यसको अभिभावकक्त ग्रहण गरे जस्तै काँगे्रसले जिम्मेवार आमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले संविधान बाहिर रहेका वैद्य र चन्द लगायतका दलहरुसँग एमाओवादी र मदेशवादीको गठबन्धन बलियो बन्न खोजेको बेला पेलेर संविधान जारी गर्दा देशमा द्धन्द्ध समेत हुन सक्ने भन्दै उहाँले गठबन्धन तोड्नका लागि पनि पेलेर अगाडि बढ्न नहुने बताउनु भयो ।
अनलाइन भोटिङ सिस्टमबाट टप टेन सभासद्मध्ये एक नम्बरमा पर्न सफल हुनु भएका नेता केसीले पार्टी कार्यकत्र्तालाई गणेश प्रविधि छोड्नलाई आग्रह गर्दै नेतालाई होइन नितिलाई प्रधान बनाएर पार्टीलाई अगाडि बढाउन कार्यकत्र्तालाई ाग्रह गर्नु भयो ।
त्यसै गरी सभासद् शारदा पौडेलले जनताको म्यानडेट अनुसारको संविधान जारी गर्न फेरी जन दवाव आवश्यक रहेको बताउनु भयो । प्रजातान्त्रिक समाजका केन्द्रिय अध्यक्ष डा. केदारनर सिंह केसीले राजनैतिक दलहरुले आफू खुसी संविधान जारी गर्न नसक्ने बताउदै संघीयता र राज्यको शासन पद्दतिमा सोचेर मात्र निर्णय गर्न आग्रह गर्नुभयो । उहाँले विचार समाजले प्रजातान्त्रिक संस्कार र पद्दति अवलमवन गर्नको लागि सचेत गर्नु पर्ने आग्रह गर्नुभयो । 
प्रजातान्त्रिक विचार समाज बासुदेव भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कास्की काँग्रेस सचिव कृष्ण केसी, समाजका उपाध्यक्ष एव्म नेपाल मेलिकल एशोसिएसन गण्डकी शाखाका निवर्तमान अध्यक्ष डा. गिरीधारी शर्मा, प्रेश युनियनका केन्द्रिय सदस्य रमेश पौडेल, विचार समाजका सदस्य एव्म नेपालभारत मैत्री संघका कास्की अध्यक्ष ऋषि सापकोटा, सचिव विन्दु पौडेल लगायतले तत्काल संविधान जारी गर्न पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा डि.एल.ए. कास्कीका पूर्व अध्यक्ष रोहितराज बाँस्तोलाले कार्यपत्र पेश गर्नुभएको थियो भने वर्तमान अध्यक्ष कृष्ण तिम्लिसिनाले तिपणी गर्नु भएको थियो । कार्यक्रममा नेता केसीले जना प्रजाचान्त्रिक विचार समाजको झण्डै ३० आजिवन सदस्यलाइृ प्रमाणपत्र प्रदान गर्नु भयो ।






पर्यटक प्रहरीलाई भाषा प्रशिक्षण-Pokhara-News-Nepal-Tourism


पोखरा माघ ५ गते
    पर्यटक प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई पर्यटक मैत्री बनाउदै लैजाने उद्देश्य अनुरुप बिभिन्न बिदेशी भाषाको प्रशिक्षण दिदै जाने योजना अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीको संयोजनमा,माउण्ट कैलाश रिसोर्ट,द यात्रा होटल,बुमराङ रेष्टुरेण्ट र रेवान पोखराको सहयोगमा पर्यटक प्रहरी उपशाखा पोखरामा कार्यरत ८ जना प्रहरी कर्मचारीहरुलाई बिभिन्न भाषा सिक्नको लागि पोखरा सिद्वार्थचोकमा रहेको के।एफ। एजुकेशन सेण्टरमा २०७१।१०।४ गते देखि साढे दुई महिना अवधीको भाषा प्रशिक्षण संचालन गरिएको छ । यसले भबिष्यमा  पोखरा भ्रमणमा आएका बिदेशी पर्यटकहरुमा पर्न सक्ने समस्याहरुको बारेमा बुझ्न र तिनीहरुमा परेका समस्या समाधानको लागि सहयोगी हुने बिश्वास लिईएको छ । यसरी संचालन गरिएका भाषाहरुमा अंग्रेजी,जापानिज र फ्रेन्च रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

Thursday, January 15, 2015

पाँच दिने सेवा प्रवेश तालिम सम्पन्न-Pokhara-News


पोखरा, १ माघ 
जिल्ला शिक्षा कार्यालय कास्कीद्धारा आयोजित मावि तहमा नव प्रवेसि शिक्षकका लागी पाँच दिने सेवा प्रवेश तालिम विहिबार समापन भएको छ । तालिमको समापन गर्दै जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले तालिममा सिकेका ज्ञानलाई कक्षा कोठामा प्रस्तुत गर्न सहभागी शिक्षकहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो । नयाँ प्रविधिहरुको विकास संगै हरेक शिक्षक अपडेट हुन जरुरी रहेको बताउदै उहाँले पेशागत शिक्षक बन्नु पर्नेमा जोड दिनुभयो ।
उक्त तालिमका संयोजक एंव जिल्ला शिक्षा कार्यालय कास्कीका विद्यालय निरीक्षक विश्वराज आचार्यले आफुहरुले शिक्षण गरेको नभई सहजीकरण मात्रै गरेको बताउनुभयो । शिक्षकहरुमा रहेको ज्ञानलाई पुर्नताजकी गरेको उल्लेख गर्दै उहाँले कक्षाकोठामा यसको सफल प्रयोग गर्न सुझाव दिनुभयो ।
तालिमका प्रशिक्षक एंव छोरेपाटन श्रोत केन्द्रका श्रोत व्यक्ति बोघराज भट्टराईले गुणस्तरीय शिक्षा प्रदान गर्नमा तालिमका सहभागीहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीको मनोविज्ञानलाई बुझेर विद्यार्थी केन्द्रित शिक्षण सिकाई क्रियाकलाप गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
समापन कार्यक्रममा बोल्दै सहभागी वर्मा रुपा उमावि राजाको चौताराकी शिक्षिका संगिता कडेलले जिल्ला शिक्षा कार्यालय कास्कीले प्रदान गरेको उक्त तालिक निकै फलदायी रहेको उल्लेख गर्दै शिक्षा कार्यालयको मेहनतलाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै, जनज्वती उमाविका शिक्षक गणेश प्रसाद पोखरेलले तालिम अपेक्षा गरे अनुसार हुन नसकेपनि तुलनात्मक रुपमा राम्रै भएको बताउनुभयो । संस्कृत माविकी शिक्षिका कलादेवी बरालले तालीममा सिकेका कुराहरुलाई आफ्नो कार्यक्षेत्रमा पुर्णरुपमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कास्कीका २३ जना शिक्षक÷ शिक्षिकाहरुको सहभागीता रहेको उक्त तालिम पौष २५ गतेदेखी सुरु भएपनि बिचमा दुईदिन बन्द भएका कारण विहिबार सम्म लम्बिएको थियो ।

Friday, January 9, 2015

आफुलाई बेलायती सेना हूँ भन्दै ठगी गर्ने पक्राउ- News-Pokhara

पोखरा पौष २४ गते
         आफुलाई बेलायती सेनाको जागिरे बताउदै सोझा सादा युवतीहरुलाई बिवाह गर्ने प्रलोभनमा पार्ने साजन घले ९गुरुङ ० भन्ने प्रेम बहादुर सुनारलाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्याङजा जिल्लाको कोल्मा (४ घर भएका निजले पोखरेली साजन गुरुङनामको फेसबुक आई डी बनाई फेसबुकको प्रोफाईलको फोटो समेत वेलायती सेनाको ड्रेस लगाएको हाली आफु बेलायती सेनामा कार्यरत रहेको पूर्व घर कास्की जिल्लाको घान्द्रुक भई हाल पोखरा उ.म.पा. वडा नं.१० घलेचोकमा स्थायीरुपमा बस्दै आएको भनी युवतीहरुलाई आफुले विवाह गर्न चाहेको र विवाह पस्चात  बेलायत लैजाने भनी प्रलोभनमा पारी युवतीका अस्मितामा खेलवाड गर्ने र हाम्रो संस्कार अनुसार स्वयंवरमा माईती पक्षका गरगहना लगाउन मिल्दैन गर गहना सबै घर पक्षबाट लगाउने हो भनि महिलाहरुले लगाएका सुनका गर गहना समेत खोल्न लगाई लुटी बेसहारा बनाउने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । निज साजन घले ( गुरुङ ) भन्ने प्रेम बहादुर सुनारले कास्की जिल्लाका अलावा स्याङजा, पर्वत,बुटवल र चितवनका युवतीहरुलाई समेत उल्लेखित करतुत गरी प्रलोभनमा पारेको समेत बुझीन आएको छ । निज उपर मानव बेचबिखन तथा ओसार पसार मुद्वामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

Sunday, December 28, 2014

उपभोक्ता मञ्चका अध्यक्ष कोइरालालाइृ पृति शोक

पोखरा, पुष १३ गते 
 उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइरालालाई पृति शोक परेको छ । उहाँका ८४ वर्षिय पिता फडिन्द्रनाथ कोइरालाको हिजो राति निधन भएको हो ।  नेपालको न्याय क्षेत्रमा लामो सयम सेवा पुयाउनु भएको कोइरालाले न्यायधिस भएर २१ वर्ष जति काम गर्नु भएको थियो । पोखरा–९, महेन्द्रपुल निवासी स्वर्गिय कोइराला सादा जीवन उच्च विचार भन्ने मान्यताका साथ काम गर्दै आउनु भएको थियो । स्वर्गिय कोइराला उच्च रत्तचाप र मधुमेह विरामी भएपनि हिजो राति ११ बजे बाथरुममा अकास्मात लडदाँ टाउकोमा चोट लागि अस्पताल पुराउदाँ पुराउँदै उहाँको निधन भएको पारिवारिक श्रोतले जानकारी दिनु भएको छ । स्मरणयोग्य स्वर्गिय कोइराला पुष ११ गते नै ८४ वर्ष पार गर्नु भएको थियो । ८४ वर्ष एक दिनका दिनमा उहाँको निधन भयो । उहाँको आजै सेती नदीमा अन्तिम संस्कार गरियो । स्वर्गिय कोइरालाका एक श्रीमति, एक छोरा र पाँच वटा छोरी हुनुहुन्छ ।

Monday, December 22, 2014

स्वर्गिय गौचन प्रति अर्थमन्त्री डा. महतद्धारा समवेदना व्यक्त-Pokhara-News-Nepal

पोखरा, पुष ६ गते
अर्थ मन्त्री डा. रामशरण महतले काँग्रेस नेता बसन्त गौचनको निधन प्रति गहिरो शोक व्यक्त गर्नु भएको छ । काँग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका डा. महतले स्वर्गिय गौचनको आज क्रिया शुद्धिको सातौं दिनको अवसरमा पोखराको थकाली समाज गृहमा आयोजित शोक सभामा दुख व्यक्त गर्नु भएको हो ।

उहाँले स्वर्गिय गौचनको निधनले काँग्रेसले एक कुशल संगठक र निष्ठावान कार्यकत्र्ता गुमाउनु परेको बताउनु भयो । साथै उहाँले स्वर्गिय गौचनका भाई सभासद् रोमी गौचन, श्रीमती विमला गौचन र अन्य परिवारजनमा समवेदना प्रकट गर्नु भयो ।

सो शोक सभा कार्यक्रममा सभासद् एवम् काँग्रेस केन्द्रिय सदस्य गगन थापा र रत्ना शेरचन, सभासद् शारदा पौडेल, सभासद् रेशम वानिया, सभासद् महेन्द्र शेरचन, नेपाल प्रेश युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल लगायतले समवेदना प्रकट गर्नु भएको थियो भने क्रिया शुद्धि कार्यक्रममा स्वर्गिय गौचनका आफन्तहरु, ईष्टमित्र, पत्रकार, पर्यटन व्यवसायी लगायतको सहभागीता रहेको थियो ।

काँग्रसका नेता स्वर्गिय गौचन यस क्षेत्रका अगुवा कार्यकत्र्ताका रुपमा स्थापित हुनुहुन्थयो भने नेपालको हवाई र पर्यटन क्षेत्रमा विज्ञका रुपमा रहनु भएको थियो ।

६१ वर्षिय गौचनका एक श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ । मुस्ताङको लेथेमा जन्मिएका स्वर्गिय गौचन पोखराको डेमसाईडमा बस्दै आउनु भएको थियो ।

Monday, December 15, 2014

कल्पवृक्ष सहकारीको रकम लुटपाट गर्ने प्रहरी फन्दामा -Pokhara-News-Crime



पोखरा मंसिर २८ गते
पोखरा उपमहानगरपालिका वडा नं. ८ नयांबजार स्थित कल्पवृक्ष वचत तथा ऋण सहकारी संस्थाको रकम लुटपाट घटनामा संलग्न मानिसहरु कास्की प्रहरीको फन्दामा परेका छन् । मिति २०७०/०५/२८ गते बिहान १०:१५ बजेको समयमा पोखरा उ.म.पा.वडा नं. ४ चिप्लेढुंगा स्थित एपेक्स विकास बैंकबाट रकम झिकी ग.१ प ८१३० नं.को मोटरसाईकलमा चढी कार्यालय तर्फ जादै गरेका सहकारीका कर्मचारी शालिग्राम पौडेललाई बाटोमै रोकी हामी ट्राफिक प्रहरी हौं,गोलघरबाट आएका हौं, तपाईको मोटरसाईकलको बारेमा बुझ्नु छ भनी निज शालिग्राम पौडेललाई मोटरसाईकलबाट झारी निजले बैंकबाट लिई आएको नौ लाख रुपैया सहितको झोला जबर्जस्ती लुटी सोही मोटरसाईकलमा चढी गोलघरमा आउनु तपाईको झोला र मोटरसाईकल त्यही हुन्छ भनी फरार भएकोमा उक्त नं. को मोटरसाईकल जि.कास्की पोखरा उ.म.पा.वडा नं. ९ तुलसीघाट नजिकै वेवारिसे अवस्थामा सोही दिन फेला परेको र लुटेराहरुको खोजतलास गरिरहेकै अवस्थामा मेगा वचत तथा ऋण सहकारी संस्था घटनामा संलग्न नारायण राई र सुशिल कुमार दुलाललाई अनुसन्धानका क्रममा सोधपुछ गर्दा निजहरु सहितका बिकल्प भन्ने बिजय के.सी र बसन्त गिरी मिली योजनावद्व तवरले उक्त रकम लुटपाट गरेको खुल्न आएको छ ।
घटनामा संलग्न मध्ये हाल शुसिल कुमार दुलाल र नारायण राई प्रहरी हिरासतमा रहेका छन् भने अन्य मानिसहरुको खोजतलास कार्य जारी रहेको छ ।


जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

Saturday, December 13, 2014

मृग शिकार गर्ने मानिसहरु हतियार सहित पक्राउ-Pokhara-News

पोखरा मंसिर २६ गते
             मिति २०७१/०८/२५ गते दिनको २०:०० बजेको समयमा  जिल्ला कास्की  निर्मलपोखरी गा.वि.स.वडा नं ६ फुस्रेखोला नजिकको जंगलमा अबैध रुपमा मृगको चोरी शिकारी हुने गरेको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चोरी शिकार गर्नेहरुको खोज तलास गर्ने क्रममा जिल्ला कास्की भरतपोखरी गा।वि।स।वडा नं ६ स्थित फुस्रेखोलाबाट पोखरा तर्फ आउदै गरेको अबस्थामा जि।कास्की पोखरा-१७ बस्ने हेमन्त लामिछानेले चलाएको ग.८.प २९८७ नं. को मो.सा.चेकजांच गर्दा मो.सा.को पछाडि बस्ने मनोज सापकोटाले लिएको सेतो बोरा भित्र लुकाई ल्याउदै गरेको अबस्थामा रातो रङको भाले जातको मृत मृग फेला पारी सोघपुछ गर्दा उक्त मृग नजिकैको जंगलबाट शिकार गरी ल्याएको र शिकार गर्नमा प्रयोग भएको टुटु हतियार सो नजिकै झाडीमा लुकाई राखेको भनि बताए अनुसार उक्त टुटु हतियार मारेको मृग  र चोरी शिकारीमा संलग्न निम्न मानिसहरुलाई पक्राउ गरी आज मिति २०७१/।०८/२६ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट हातहतियार खरखजना मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको छ भने मारिएको मृग आवस्यक कारवाहीको लागि जिल्ला वन कार्यालय कास्कीमा पठाईएको छ  ।
       निजहरुलाई जिल्ला वन कार्यालय मार्फत वन्यजन्तुको अवैध चोरी शिकारीमा थप अनुसन्धान हुनेछ ।

पक्राउ परेका मानिसहरु:
  •    जि.कास्की पोखरा-१७ बस्ने बर्ष २३को हेमन्त लामिछाने,
  •    ऐ थुमाकोडाडां-७ बस्ने अर्जुन सापकोटा,
  •    ऐ ऐ बस्ने बर्ष १८ को मनोज सापकोटा
  •     ऐ ऐ बस्ने बर्ष १६ को सागर सापकोटा
मिति २०७१।०८।२६ गते ।                            
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

Monday, December 8, 2014

खुडा हान्ने ब्यक्ती पक्राउ-Pokhara-News-Nepal

पोखरा मंसिर २१ गते           
  मिति २०७१/०८/१६ गते दिनको १६:०० बजेको समयमा  जिल्ला कास्की पोखरा उ.म.न.पा.बडा नं. २ बाग्लुङ बसपार्क स्थितमा पोखरा उ.म.न.पा.वडा नं ४ गणेश टोल बस्ने हाकु भन्ने आकाश श्रेष्ठले जि.कास्की पो.उ.म.न.पा.बडा नं ४ नालाकोमुख बस्ने बर्ष ३६को सन्तोष गौतमलाई धारिलो हतियार खुडा प्रहार गरी गम्भिर घाईते बनाएकोमा घाईते सन्तोष गौतमलाई उपचारका लागी साहारा अस्पताल , मनिपाल अस्पताल हुदै हाल शिक्षण अस्पताल काठमाण्डौमा उपचार भईरहेको र घटना पच्छात् फ्रहार रहेका निज हाकु भन्ने आकाश श्रेष्ठलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले मिति २०७१/०८/२० गते कास्की जिल्ला पो.उ.म.न.पा.बडा नं ४ स्थितमा पक्राउ गरी आज मिति २०७१/०८/२१ गते कास्की जिल्ला अदालत ज्यान मार्ने उधोग मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

मिति २०७१।०८।२१ गते ।                             
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara


Thursday, December 4, 2014

हतियार सहित मानिस प्रक्राउ-Pokhara-News

पोखरा मंसिर १८ गते
          जिल्ला सर्लाही शासापुर गा.बि.स.५ घर भई जिल्ला कास्की पोखरा उप महानगरपालिका बडा नं ९ न्यूरोड बस्ने बर्ष २७ को केशर सिंह हेमजन तथा जिल्ला कास्की दाङसिङ गा.वि.स.वडा नं. २ घर भई जिल्ला कास्की पोखरा उप-महानगर पालिका वडा नं. ९ बास्तोलाथर बस्ने बर्ष २९ को कमल गुरुङले अवैध हातहतियार रिभल्वर समेतको खरिद बिक्रि ओसार-प्रसार गर्छन् भन्ने अंचल प्रहरी कार्यालय गण्डकीको बिशेष सुचनाको आधारमा  खटिएको प्रहरी टोलीले मिति २०७१/०८/१५ गते निज  केशर सिंह हेमजन तथा कमल गुरुङलाई जिल्ला कास्की पोखरा उपमहानगर पालिका बडा नं.५ पस्याङचोकमा शंकास्पद हिडिरहेको अबस्थामा नियनत्रणमा लिई तलासी लिंदा कमल गुरुङले बोकेको कालो रङको झोला भित्र Made in England   लेखैको रिभल्भर थान-१ (एक),  रिभल्भर गोली थान २ (दुई), कलर्स मोबाईल थान-१ (एक) र  केशर सिंह हेमजनको साथबाट Samsung Mobile  थान २ (दुई)  पक्राउ गरेको हो ।

Tuesday, December 2, 2014

मेघा बचत तथा ऋण सहकारीमा गोली प्रहार गरी लुटपाट गर्ने गिरोह पक्राउ-Pokhara-Crime-News


१.   घटना विवरण:
               मिति २०७१।०१।१५ गते दिनको अ.१६:०५ बजेको समयमा कास्की जिल्ला पोखरा उ.म.न.पा. वडा नं. ९ न्युरोडमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय रहेको भवनको हाताभित्रको भुईं तलामा यती डेभलपमैण्ट बैंक का कर्मचारी भगवान बराल र सुरक्षा गार्ड गोविन्द थापा उक्त मेघा सहकारीबाट संकलन हुन आएको नगद रकम रु. ३१,४२,०००।- लिई खातामा जम्मा गर्ने प्रयोजनको लागी मेगा सहकारीको सिंडीबाट झर्दै गर्दा उक्त भवनको तल्लो तलाको सिंडीको साईडमा लुकीछीपि बसिरहेका नकाबधारी ३ जना व्यक्तिहरुको समूहले पैसाको झोला बोकेका सुरक्षा गार्ड गोविन्द थापालाई नियन्त्रणमा लिई हात मुक्काले हानी उक्त रकम सहितको झोला जबरजस्ती लुटेका र यती डेभलपमैण्ट बैंकका  कर्मचारी भगवान बरालले प्रतिकार गर्न खोज्दा निजको टाउकोमा गोली प्रहार गरी मरणासन्न अवस्थामा छाडी नगद रु.३१,४२,०००।– जबरजस्ती डाकां गरी लगेको घटना सम्बन्धमा ।
२.  घटना अनुसन्धान:
तत्काल घटनास्थलमा परिचालित प्रहरी टोलीले घाईते भगवान बराललाई घटनास्थलबाट उद्दार गरी अस्पताल पठाएको तथा घटनास्थलको प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थल मुचुल्का समेतको अनुसन्धान कार्य पुरा गरी घटनास्थलमा फेला परेका
9 MM    लेखिएको गोलीको खोका थान-२ तथा MM  लेखीएको लाईभ गोली राउण्ड-१ समेत बरामद गरी परिक्षणको लागी पठाई थप अनुसन्धान कार्य जारी राखी शंकित व्यक्तिहरुको ब्यापक रुपमा अनुसन्धान एवम् खोजतलास गरिरहेकै अबस्थामा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट  प्र।नि। देवी प्रसाद पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न रहेका निम्न अभियुक्तहरु मध्येका मुख्य योजनाकार तथा घटनामा संग्लन अभियुक्त शुसिल कुमार दुलाललाई मिति २०७१/०८/१४ गते जिल्ला कास्की पो.उ.न.पा.बडा नम्बर ६ स्थित लेकसाईडबाट  निम्न सामान सहित पक्राउ गर्न सफल भएको

Sunday, November 30, 2014

अपहरणका फरार प्रतिवादीहरु पक्राउ-Pokhara-News

पोखरा मंसिर १४ गते
      मिति २०७०/१०/२६ गते जिल्ला कास्की पोखरा उ.म.पा.वडा नं.-९ शान्तिवन वाटिका नजिकबाट हेम्जा गा.वि.स.वडा नं. ९ बस्ने धन बहादुर पुनलाई अपहरण गर्न खोज्ने अपहरण तथा शरिर वन्धक उद्योग मुद्वाका निम्न फरार प्रतिवादीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । अभियुक्तहरुले पिडितलाई ठेक्का पट्टा तथा निर्माण कार्यबाट प्राप्त मुनाफाको रकमबाट निजहरुलाई पैसा छुट्याई दिनु पर्ने भनी पटक-पटक  धम्की दिई उल्लेखित मितिमा पिडितको कार्यालय अगाडिबाट अपहरण गर्न खोजेकोमा स्थानीय बासिन्दाहरुको अवरोधका कारण सफल हुन सकेका थिएनन् ।
     पिडितको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले अपहरण तथा शरिर वन्धक उद्योग अपराधमा मुद्वा दर्ता गरी मिसिल अदालतमा पेश गरेको थियो ।
पक्राउ फरार प्रतिवादीहरु :
१. जिल्ला स्याङजा ठूलाडिही गा.वि.स.-५ घर भई हाल पोखरा-१५ बस्ने बर्ष ४० को सोम बहादुर गुरुङ,
२. ऐ.तिनदोबाटे गा.वि.स.-२ घर भई हाल पोखरा-१० बस्ने बर्ष ३१ को लाफा भन्ने नेत्र बहादुर सारु ।
मिति:२०७१/०८/१४  गते 
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara                                                                

Friday, November 21, 2014

विदेशी नागरीकको मृत्यू-Pokhara-Nepal

पोखरा मंसिर ३ 
आज मिति २०७१/०८/०३ गते बिहान अं. ०८स्३० बजेको समयमा जि।कास्की लुम्ले गा।वि।स।वडा नं। ६ मा रहेको अष्ट्रेलियन क्याम्पमा बिगत १५्१६ दिन अगाडि देखि चरा अवलोकनको लागि आएका नेदरल्याण्डका नागरिक P.P.No. NS95RCFD6 को बर्ष ७६ को HENDERIKUS SMIT कुर्चिमा बसिरहेको अवस्थामा अचानक लड्न गई मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ व।प्र।का।बगरबाट प्र।नि। अम्मर बाहदुर थापाको कमाण्डमाप्रहरी टोली खटिई गई घट्नास्थलको प्रारम्भिक कार्य सम्पन्न गरी अन्य अनुसन्धान भईरहेको छ ।