Thursday, January 15, 2015

पाँच दिने सेवा प्रवेश तालिम सम्पन्न-Pokhara-News


पोखरा, १ माघ 
जिल्ला शिक्षा कार्यालय कास्कीद्धारा आयोजित मावि तहमा नव प्रवेसि शिक्षकका लागी पाँच दिने सेवा प्रवेश तालिम विहिबार समापन भएको छ । तालिमको समापन गर्दै जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले तालिममा सिकेका ज्ञानलाई कक्षा कोठामा प्रस्तुत गर्न सहभागी शिक्षकहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो । नयाँ प्रविधिहरुको विकास संगै हरेक शिक्षक अपडेट हुन जरुरी रहेको बताउदै उहाँले पेशागत शिक्षक बन्नु पर्नेमा जोड दिनुभयो ।
उक्त तालिमका संयोजक एंव जिल्ला शिक्षा कार्यालय कास्कीका विद्यालय निरीक्षक विश्वराज आचार्यले आफुहरुले शिक्षण गरेको नभई सहजीकरण मात्रै गरेको बताउनुभयो । शिक्षकहरुमा रहेको ज्ञानलाई पुर्नताजकी गरेको उल्लेख गर्दै उहाँले कक्षाकोठामा यसको सफल प्रयोग गर्न सुझाव दिनुभयो ।
तालिमका प्रशिक्षक एंव छोरेपाटन श्रोत केन्द्रका श्रोत व्यक्ति बोघराज भट्टराईले गुणस्तरीय शिक्षा प्रदान गर्नमा तालिमका सहभागीहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीको मनोविज्ञानलाई बुझेर विद्यार्थी केन्द्रित शिक्षण सिकाई क्रियाकलाप गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
समापन कार्यक्रममा बोल्दै सहभागी वर्मा रुपा उमावि राजाको चौताराकी शिक्षिका संगिता कडेलले जिल्ला शिक्षा कार्यालय कास्कीले प्रदान गरेको उक्त तालिक निकै फलदायी रहेको उल्लेख गर्दै शिक्षा कार्यालयको मेहनतलाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै, जनज्वती उमाविका शिक्षक गणेश प्रसाद पोखरेलले तालिम अपेक्षा गरे अनुसार हुन नसकेपनि तुलनात्मक रुपमा राम्रै भएको बताउनुभयो । संस्कृत माविकी शिक्षिका कलादेवी बरालले तालीममा सिकेका कुराहरुलाई आफ्नो कार्यक्षेत्रमा पुर्णरुपमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कास्कीका २३ जना शिक्षक÷ शिक्षिकाहरुको सहभागीता रहेको उक्त तालिम पौष २५ गतेदेखी सुरु भएपनि बिचमा दुईदिन बन्द भएका कारण विहिबार सम्म लम्बिएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.