Sunday, December 28, 2014

उपभोक्ता मञ्चका अध्यक्ष कोइरालालाइृ पृति शोक

पोखरा, पुष १३ गते 
 उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइरालालाई पृति शोक परेको छ । उहाँका ८४ वर्षिय पिता फडिन्द्रनाथ कोइरालाको हिजो राति निधन भएको हो ।  नेपालको न्याय क्षेत्रमा लामो सयम सेवा पुयाउनु भएको कोइरालाले न्यायधिस भएर २१ वर्ष जति काम गर्नु भएको थियो । पोखरा–९, महेन्द्रपुल निवासी स्वर्गिय कोइराला सादा जीवन उच्च विचार भन्ने मान्यताका साथ काम गर्दै आउनु भएको थियो । स्वर्गिय कोइराला उच्च रत्तचाप र मधुमेह विरामी भएपनि हिजो राति ११ बजे बाथरुममा अकास्मात लडदाँ टाउकोमा चोट लागि अस्पताल पुराउदाँ पुराउँदै उहाँको निधन भएको पारिवारिक श्रोतले जानकारी दिनु भएको छ । स्मरणयोग्य स्वर्गिय कोइराला पुष ११ गते नै ८४ वर्ष पार गर्नु भएको थियो । ८४ वर्ष एक दिनका दिनमा उहाँको निधन भयो । उहाँको आजै सेती नदीमा अन्तिम संस्कार गरियो । स्वर्गिय कोइरालाका एक श्रीमति, एक छोरा र पाँच वटा छोरी हुनुहुन्छ ।

No comments:

Post a Comment

Please, comment about this article.