Showing posts with label education. Show all posts
Showing posts with label education. Show all posts

Thursday, January 15, 2015

पाँच दिने सेवा प्रवेश तालिम सम्पन्न-Pokhara-News


पोखरा, १ माघ 
जिल्ला शिक्षा कार्यालय कास्कीद्धारा आयोजित मावि तहमा नव प्रवेसि शिक्षकका लागी पाँच दिने सेवा प्रवेश तालिम विहिबार समापन भएको छ । तालिमको समापन गर्दै जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले तालिममा सिकेका ज्ञानलाई कक्षा कोठामा प्रस्तुत गर्न सहभागी शिक्षकहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो । नयाँ प्रविधिहरुको विकास संगै हरेक शिक्षक अपडेट हुन जरुरी रहेको बताउदै उहाँले पेशागत शिक्षक बन्नु पर्नेमा जोड दिनुभयो ।
उक्त तालिमका संयोजक एंव जिल्ला शिक्षा कार्यालय कास्कीका विद्यालय निरीक्षक विश्वराज आचार्यले आफुहरुले शिक्षण गरेको नभई सहजीकरण मात्रै गरेको बताउनुभयो । शिक्षकहरुमा रहेको ज्ञानलाई पुर्नताजकी गरेको उल्लेख गर्दै उहाँले कक्षाकोठामा यसको सफल प्रयोग गर्न सुझाव दिनुभयो ।
तालिमका प्रशिक्षक एंव छोरेपाटन श्रोत केन्द्रका श्रोत व्यक्ति बोघराज भट्टराईले गुणस्तरीय शिक्षा प्रदान गर्नमा तालिमका सहभागीहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीको मनोविज्ञानलाई बुझेर विद्यार्थी केन्द्रित शिक्षण सिकाई क्रियाकलाप गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
समापन कार्यक्रममा बोल्दै सहभागी वर्मा रुपा उमावि राजाको चौताराकी शिक्षिका संगिता कडेलले जिल्ला शिक्षा कार्यालय कास्कीले प्रदान गरेको उक्त तालिक निकै फलदायी रहेको उल्लेख गर्दै शिक्षा कार्यालयको मेहनतलाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै, जनज्वती उमाविका शिक्षक गणेश प्रसाद पोखरेलले तालिम अपेक्षा गरे अनुसार हुन नसकेपनि तुलनात्मक रुपमा राम्रै भएको बताउनुभयो । संस्कृत माविकी शिक्षिका कलादेवी बरालले तालीममा सिकेका कुराहरुलाई आफ्नो कार्यक्षेत्रमा पुर्णरुपमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कास्कीका २३ जना शिक्षक÷ शिक्षिकाहरुको सहभागीता रहेको उक्त तालिम पौष २५ गतेदेखी सुरु भएपनि बिचमा दुईदिन बन्द भएका कारण विहिबार सम्म लम्बिएको थियो ।

Thursday, September 11, 2014

लागू औषध नियन्त्रण अभियान शुभारम्भ- Control over Drugs starts in Pokhara,Nepal

 पोखरा भदौ-२५ गते
कास्की जिल्लालाई लागू औषधमुक्त क्षेत्र बनाउने प्रयास स्वरुप जिल्ला प्रहरी कार्यालय तथा लागू औषध नियन्त्रणको क्षेत्रमा कृयासिल बिभिन्न संघसंस्था,पत्रकार महासंघ कास्की तथा लागू औषध नियन्त्रण तथा समाज सुधार आमा समूहर कास्की जिल्लामा कृयासिल सामुदायिक सेवा केन्द्रहरुको संयूक्त आयोजना संचालन हुन गईरहेको लागू औषध नियन्त्रण सम्वन्धि १५ दिने विशेष अभियानको आज मिति २०७१/०५/२५ गते १०:०० बजेको समयमा पोखरा(४ वि।पि।चोकमा पश्चिम क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाज्यूले प्लेकार्डमा NO DRUGS  को स्लोगन लेखि शुभारम्भयाली तथा उक्त अभियानको विधिबत समुद्घाटन गर्नु भयो ।
 उक्त समुद्घाटन यालीमा श्रीमान क्षेत्रीय प्रशासकज्यू, प्र.जि.अ. ज्यू, सशस्त्र प्रहरीबल मुक्तिनाथ बाहिनीका बाहिनी पति, अं.प्र.का.गण्डकीका प्रमुख, राष्ट्रिय अनुसन्धान बिभागका क्षेत्रीय प्रमुख,पोखरा स्थित संघ संस्था,सरकारी तथा निजी विद्यालयका शिक्षक तथा विद्यार्थी,पत्रकार, लागू औषध नियन्त्रणको क्षेत्रमा कृयाशिल संघसंस्था,व्यवसायीहरु,आमा समुह,सामुदायिक सेवा केन्द्रका पदाधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका पोखरा स्थित कार्यालयका अधिकृत तथा जवानहरु समेत गरी अं. ३२०० जनाको संख्यामा पोखरा-४ वि.पि.चोकबाट याली सुरु भई पोखरा सभागृह हलमा पुगी ऐ ११:३० बजेऔपचारिक कार्यक्रममा परिणत भएको उक्त कार्यक्रमलाई संवोधन गर्दै क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले लागू औषध नियन्त्रण कार्य सरकारी निकायको एकल प्रयासले मात्र सम्भव नहुने भएकोले सवैको सहयोग र सहकार्यमा मात्र नियन्त्रण संभव हुने मन्तव्त व्यक्त गर्नु भएको थियो भनेजिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्र.उ.बसन्त कुमार लामाले सहभागीहरुलाई स्वागत मन्तव्य तथा धन्यवाद ज्ञापन एवं अभियानको उपादेयता र उद्देश्य माथि  प्रकाश पार्नु भएको  थियो ।
यस अभियान अन्तर्गत दुर्व्यशनीहरुलाई परामर्श,घरदैलो कार्यक्रम,पर्चा पम्प्लेट वितरण,तालीम प्राप्त कुकुर सहित चेकजाँच,स्कुल सम्पर्क कार्यक्रम,टोल टोलमा चेतनामुलक याली, अन्तर्कृया कार्यक्रमहरु संचालन गरिने छ ।
मिति-२०७१/०५/२५ गते                        वसन्त कुमार लामा
                                           प्रहरी उपरीक्षक                          
                                     जिल्ला प्रहरी कार्यालय कास्की

Saturday, June 21, 2014

बाल सुधार गृहमा योग शिविर-Pokhara-Kaski-Nepal


पोखरा, असार ६ गते ।
 स्वास्थ्य रहौं र सकरात्मक सोचलाई अगाडि बढाउ भन्ने सोचका साथ सराङकोटमा रहेको बाल सुधार गृहमा सात दिने योग शिविर सम्पन्न भएको छ ।

पताञ्जली योग समिति, महिला बालबालिका कार्यालयको अयोजना र युसेफको सहयोगमा संञ्चालन भएको सो शिविरको समापन अवसरमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर रावतले मानव भित्र रहेका हरेक विकृतिलाई न्युन गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले बाल सुधार गृहलाई अझै भौतिक पुर्वाधार नपुगेको बताउदै सुधार गृहमा बसेर पढ्न चाहने बालकका लागि थप सुविधा दिन आफु प्रतिवद्ध भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अंम्बिका आचार्य, कास्कीका प्रहरी उपरीक्षक बसन्त लामा, महिला तथा बालबालिकाका प्रमुख पुर्ण कुमारी श्रेष्ठ, रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेल, पताञ्जली योग समितिका क्यापटेन ईन्द्र बहादुर गुरुङ, सचिव केदार अधिकारी, युसेफ नेपालका अध्यक्ष रामकृष्ण निरोला र सहभागी निरञ्जन वि.सि. ले योग शिक्षा र यसको महत्वको बारेमा बोल्नु भएको थियो ।

सो योग शिविरमा बाल सुधार गृहका ५१ जनाको सहभागीता रहेको थियो ।

Friday, June 20, 2014

सामुदायिक प्रहरीको लागू औषध तथा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम-Drug and Traffic Rules Awareness Program Related-Pokhara-Nepal

असार ५, पोखरा ।
 प्रहरीको सचेतनामुलक क्रियाकलाप अन्तरगत सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथको आयोजनामा लेखनाथ ३ अर्घौ स्थित लक्ष्मी उमाबिका कक्षा १० का १ सय २० जना विद्यार्थीहरुलाई लागू औषध तथा ट्राफिक नियम सम्बन्धी सचेतना मुलक एक दिवसिय प्रशिक्षण कार्यक्रम विहीवार सम्पन्न भयो ।
प्रहरी नायव निरीक्षकद्धय रेशमलाल पौडेल र कार्कीद्धारा सहजीकरण गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि ईलाका प्रहरी कार्यालय हंशपुर हाल डाडाकोनाक प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक गंगाबहादुर थापाले सहभागीहरुलाई आजका यूवाहरु भालिका देशका कर्णधार भएकोले लागू औषधको कूलतमा कहिल्यै नफस्न र ट्राफिक नियमको बारेमा अहिलेनै राम्ररी बुझ्न र भविष्यमा हुने ठूलो दूर्घटनाबाट बच्न सुझाव दिनुभयो ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथका अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उमाविका प्राचार्य श्रीभद्र बराल र कार्यक्रम संचालक कार्य समिति सदस्य धनबहादुर बि.क. समेतले लागू औषधको कुप्रभावको बारेमा बोलेका थिए ।
उक्त अवसरमा कानूनले दण्ड सजायमा कठोर रुप लिएको लागू औषधको असर बारेमा बताउदै सहजकर्ता रेशम पौडेलले भविष्यका कर्णधार विद्यार्थिहरु भोली विभिन्न वृत्ति विकासको लागि विदेश जान तथा विभिन्न संघ संस्था खोल्न या सरकारी नोकरीमा आवश्यक पर्ने प्रहरी रिपोर्टमा समेत लागू औषधको प्रयोग तथा कारोबारका कारण त्यस्ता कार्यबाट वञ्चित हुने हुँदा आजैबाट सचेत हुन सुझाव दिएका थिए ।

Sunday, June 15, 2014

ईनरह्वीलमा बोल्ने कला तालिम- Speaking training in Innerwheel in Pokhara-Nepal


पोखरा ३१, जेठ ।
ईनरह्वील क्लब अफ पोखरा मिड टाउनको आयोजनामा एक दिवसीय बोल्ने कला तालिम शनीबार पोखरामा सम्पन्न भएको छ । क्लबका सदस्यहरुमा बोल्ने कला तथा आत्मविश्वासको बृद्धि गराउने उद्धेस्यका साथ सञ्चालन गरिएको सो तालिममा क्लबका १२ जना महिलाहरुको सहभागिता रहेको थियो । 
शनिबार दिनभर चलेको सो तालिमको सहजीकरण गर्दै मुख्य प्रशिक्षक एवं थ्रि एञ्जल्स सामुदायिक रेडियोका समाचारप्रमुख जीवन सुवेदीले बोल्ने कला सबैका लागि उत्तिकै आवस्यक रहेको बताउनुभयो । उहाँले तालिममा सिकेको ज्ञान र सीप प्रयोग गरी व्यवहार परिवर्तन गरेमा मात्र तालिम सफल हुने विचार व्यक्त गर्नुभयो ।  समापनका अवसरमा बोल्नुहुँदै रोटरी क्लब अफ पोखरा मिड टाउनका उपाध्यक्ष एवं ज्योतिकुञ्ज सेकेण्डरी बोर्डिङ स्कूलका प्रिन्सिपल पुरन कुँवरले प्रत्येक कार्यक्रमलाई आकर्षक बनाउने भन्ने कुरा उद्घोषकमा भर पर्ने भएकाले सफल उद्घोषक सबै संघ संस्थाका लागि आवस्यक हुने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै ईनरह्वील क्लब अफ पोखरा मिड टाउनका उपाध्यक्ष शर्मीला श्रेष्ठ कुँवरले मञ्चमा गएर कार्यक्रम सञ्चालन गर्ने प्रकृया नजान्दा धेरै समस्या हुने गरेको बताउँदै तालिमबाट प्रकृयाका बारेमा राम्रो ज्ञान पाएको बताउनुभयो । क्लबका अध्यक्ष सारदा शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव अनु मल्लले गर्नुभएको थियो । 

Saturday, June 14, 2014

नेम्स् पोखरामा विदाई, विद्यार्थी रोजाइको विषयका लागि जोड-SLC-Nepal-Pokhara

 
पोखरा, जेठ ३० गते । फलामे ढोकाको रुपमा रहेको एस.एल.सी. दिएका विद्यार्थीहरुलाई व्रिर्ज कोर्ष शिक्षा प्रदान गर्दै आएको नेम्स पोखराले आज एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई विदाई तथा शुभकामना प्रदान गरेको छ ।

सो संस्थाका अध्यक्ष एव्म सगरमाथा उच्च मा.वि.का प्राचार्य धन बहादुर थापाले विद्यार्थीहरुले जुनसुकै विषय अध्ययन गरे पनि त्यसमा दक्षता र निपुर्णता हुनुपर्नेमा जोड दिनुभयो ।

शिक्षाले नै मानव जीवनका हरेक पक्षलाई सहज रुपमा लैजाने भइकाले शिक्षा विनाको समाज, राज्य कल्पना गर्न पनि नसक्ने बताउदै अध्यक्ष थापाले विद्यार्थीहरुलाई अध्ययनमा नै केन्द्रित गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष थापाले छोटो समयमा नै नेम्स् पोखराले प्रधान गरेको गुणात्मक शिक्षाबाट विद्यार्थीहरुलाई यस पछिको विषयहरु अध्ययन गर्न सेतुको काम गरेको बताउनु भयो ।

त्यसै रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले एस.एल.सी. नतिजालाई मात्रैै लिएर विद्यार्थीहरुको क्षमता जाँच्न नसकिने भएकाले विद्यार्थीहरुले आफ्नो क्षमता हरेक क्षेत्रमा प्रस्तुत गरी व्यवसायीक शिक्षा तर्फ लाग्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “ कुनै पनि विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्दा आफ्नो रोजाईलाई नै प्राथमिकतामा राख्नु पर्दछ तकि अभिभावकको जोडबलमा होइन ।”

सो समारोहमा विद्यार्थी इक्षा घले र भक्त क्षेत्रीले नेम्स् पोखराका शिक्षक, व्यवस्थापन पक्ष र अन्य वातावरणले छोटो समयमा दिएको शिक्षा विद्यार्थीहरुका लागि निकै उपयोगी रहेको भन्दै नेम्स् पोखरा प्रशंसा गरेका थिए ।


Tuesday, April 29, 2014

निर्मल पोखरी गाबिसमा नागरिक प्रहरी अन्तरक्रिय-Nirmal Pokhari V.D.C Kaski

वैशाख १२, पोखरा ।
 कास्की प्रहरीले “प्रत्येक नागरिक बिना वर्दीका प्रहरी हुन र प्रत्येक प्रहरी वर्दी सहितका नागरिक हुन” भन्ने नाराका साथ गाँउ गाँउमा नागरिक सुरक्षा विषयमा स्थानिय नागरिक र प्रहरी बीचमा अन्तरक्रिया कार्यक्रमको अभियान थालेको छ । 
सोही अभियान अन्तरगत शुक्रबार सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयोजन र निर्मल पोखरी गाविसको आयोजनामा निर्मलपोखरी गाविसको जनचेतन उमाबिको प्राङ्गणमा गाविसको पाँच सय भन्दा बढी स्थानिय नागरिकको भेलाका बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
निर्मलपोखरी गाविसका सचिव गंगादत्त पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिदै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजेशनाथ बास्तोलाले प्रहरी र नागरिक बीच सहकार्य गरी गरिएका कार्यहरु फलदायि हुनुका साथै दुरगामी पनि हुने हुनाले समाजलाई समुन्नत बनाउनको लागि हामी प्रहरी र नागरिक एक अर्कामा होस्टेमा हैसे गर्नुपर्ने कुरा बताउनुभयो । नागरिकहरु सुसूचित भएर नै हाल नेपाल प्रहरीको कार्य उत्कृष्ट भएको उल्लेख गर्दै कानून कार्यान्वयनमा कोही कसैसँग सम्झौता नगरिने हुँदा समाजका अग्रज व्यक्तिहरुले प्रहरीले समातेको व्यक्तिलाई छुटाउन हैन कि समाजमा अपराधिक क्रियाकलाप हुन नदिने भूमिका खेल्न अनुरोध गर्नुभयो । 
कार्यक्रममा जनचेतन उमाविका प्राचार्य निर्मल बहादुर अधिकारी, सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लालबहादुर श्रेष्ठ, नागरिक समाजका अध्यक्ष उदयबहादुर रायमाझी, नेपाली काग्रेसका प्रतिनिधी रघु पराजुली, एमालेका प्रतिनिधी कृष्णबहादुर थापा, नेकपा एमाओवादीका प्रतिनिधी प्रकाश पौडेल, केशर निर्दोशी, संगिता भण्डारी, केशव आचार्य, गुरुप्रसाद पौडेल, पूर्ण प्रसाद अधिकारी, रमादेवी आचार्य, नारायणदत्त अधिकारी, दिपेन्द्र पौडेल लगायतका व्यक्तिहरुले सुरक्षा सम्बन्धमा प्रहरी तथा स्थानिय नागरिकको भूमिका विषयमा बोलेका थिए ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका महासचिव बिमलबहादुर कार्कीले संचालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको बारेमा सोही कार्यालयका ईन्र्चाज प्रहरी नायव निरीक्षक रेशमलाल पौडेलले प्रकास पारेका थिए । उठेका जिज्ञासाको जवाफ दिने क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक चन्द्रा गुरुङले महिला हिंसा, घरेलु हिंसा अझै समाजबाट हटी नसकेको बताउदै महिला सहभागिता र महिला सचेतनाको आवश्यकताको बारेमा बताउनुभयो ।


Monday, March 24, 2014

World Water Day- 2014, Talk Program on "Water & Energy"-पानी र उर्जा विषयक छलफल कार्यक्रम सम्पन्न



           “विश्व पानी दिवश –२०१४” को सन्दर्भमा ग्लोबल पीस फाउन्डेसन नेपालको आयोजना, एकीकृत शहरी विकास केन्द्र र नेपाल साइन्स ओलम्पियाडको सहकार्यमा पानी र उर्जा विषयक छलफल कार्यक्रम जी.पी.एफ हल कमलादीमा २०७० चैत्र ९ गते  आइतबार सम्पन्न भयो । उक्त कार्यक्रममा पानी, उर्जा विज्ञ, अनुसन्धानकर्ता, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी गरेर ६० जनाले भाग लिनु भएको थियो ।
      कार्यक्रममा ग्लोवल पीस फाउन्डेसन नेपालका अध्यक्ष ई. रामरोहन पन्तले स्वागत मन्तव्य व्यक्त गर्दै आफ्नो संस्थाले “दिगो विकास मार्फत शान्ति” को  अबधारणालाई अगाडी वढाउँदै पानी र उर्जाको क्षेत्रमा सस्थाले अगाडी वढाएको कार्यहरुको चर्चा गर्नुहुदै यस क्षेत्रको विकासका लागि राज्य पक्षको मात्र मुख नताकेर सबैले पहल गर्नुपर्ने बताउनु भयो ।
      कार्यक्रममा विश्व बैंकका उर्जा शान्ति सहयोग कार्यक्रमका अनुगमन र मुल्याङ्कन विज्ञ ई. कविन्द्र पुडासैनीले “पानी नेतृत्व” सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै नेपालमा पानीको सहि रुपले प्रयोग, वितरण र भविष्यको आवश्यकता पूर्ति र पहिचान, समस्या समाधानलाई सहिरुपले सम्बोधन गर्न “पानी नेतृत्व” सिप राष्ट्रिय, क्षेत्रिय र सामुदायीक क्षेत्रमा प्रतिनिधित्व हुने गरी त्यस सम्बन्धी पानी नेतृत्व कर्ता क्षमता विस्तार गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
      कार्यक्रममा पुर्व उर्जा सचिव ई. हरिराम कोइरालाले नेपालमा उर्जा क्षेत्रको स्थिती, चुनौती, समस्या र समाधान, विषयमा प्रकाश पार्दै देशको विद्यमान उर्जा संकटलाई समाधान गर्न सरकारले नै उर्जा किनमेल सम्झौता (एएब्) गर्नुपर्ने र साना–ठुला विद्युत आयोजना देश तथा विदेशबाट लगानीको लागि लगानीमैत्री वातावरण सरकारले बनाउन पहल गर्नुपर्ने बताउनु भयो । उहाँले विद्युत प्रसारण लाइनको निर्माण र राजनैतिक नेतृत्व गणमा उर्जा क्षेत्रको समस्या समाधान गर्न त्यस किसीमको प्रतिबद्घता र नितिगत कुरामा सुधार ल्याउनु पर्ने कुरा व्यक्त गर्नु भयो ।
       कार्यक्रममा अर्का वक्ता पानी ईन्जिनियरिङ्ग र तालिम केन्द्रका वैज्ञानिक व्यवस्थापक श्री सुरेन्द्र पराजुलीले उपभोक्ताको गुणस्तरीय पानीको प्रयोगका अधिकारलाई सम्बोधन गर्न उच्च स्तरिय प्रयोगशालाको महत्व र राज्य पक्षबाट अनुगमन र मुल्याङ्कन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
     अधिकार सम्पन्न एकिकृत वागमती सभ्यता क्षेत्र विकास समितिका पुर्व अध्यक्ष श्री महेश बहादुर वस्नेतले वागमती सरसफाइ र नदिनाला संरक्षणमा विगतका आफ्ना अनुभव व्यक्त गर्नु भएको थियो ।
संचार संयोजक    
ग्लोबल पीस फाउन्डेसन, नेपाल

Tuesday, March 11, 2014

निम्स् अब नेम पोखराका साथमा

पोखरा समाचारदाता 
पोखरा, फागुन २,पोखराको महेन्द्रपुल स्थित पूर्णिमा हल पछाडि निभा गल्लीमा संञ्चालन भैरहेको निम्स पोखरा अब नयाँ व्यवस्थापनका साथ नेम पोखराका नामबाट संञ्चालन हुने भएको छ ।
सो कम्पनीमा पोखराका प्रतिष्ठित शिक्षा सेवी धन बहादुर थापा अध्यक्ष पदमा रहेर कार्यभार समाल्नु भएको छ । थापा सगरमाथा उच्च मा.वि. का संस्थापकका रुपमा रहि हालसम्म प्राचार्य पदमा कार्यरत हुनुहुन्छ ।

अध्यक्ष थापाले यस अगाडि तालबाराही उच्च मा.वि., गण्डकी बोर्डिङ्ग स्कुल हुँदै गण्डकी कलेज अफ ईजिनियरिङसम्म सेवा गर्नु भएको छ । उहाँले भन्नुभयो, “ राजधानीमा दिने स्तरको गुणस्तरीय शिक्षा पोखरामा नै दिनका लागि सो कम्पनी संञ्चालनमा ल्याएको होे ।

नाइटेङगल एकेडेमी फर मल्टिपल एजुकेशन (नेम) मा आइएलटियस, जिम्याट, टोफेल जस्ता कक्षाका साथै विज्ञान विषयका विद्यार्थीका लागि एम.वि.वि.एस. वि.ई., वि.एसी. नर्सिङ, वि. फार्मेसी, ए.जी., फरेस्टीदेखि लिएर बिर्ज कोर्ष पनि संञ्चालन गरिने छ । त्यसैगरी व्यवस्थापनतर्फ वि.वि.ए., वि.एच.एम., वि.आई.एम. लगायतका तयारी कक्षा संञ्चलन गरिने थापाले बताउनु भयो ।

सो कम्पनीमा प्रर्वधक निर्देशकको रुपमा नियुक्ति हुनु भएका शर्माले पोखरामानै रहेर काठमाण्डौंको सुविधा दिनलाई आफ्नो कम्पनी प्रतिवद्ध भएको बताउनु भयो । शर्माले विद्यार्थीहरुको चाहेको अध्ययनको साथै अष्ट्रेलिया, अमेरिका, न्युजरल्याण्ड, बेलायत, क्यान्डा, जापानजस्ता देशका विश्वविद्यालयहरुमा शैक्षिक परार्मश गराई विद्यार्थीहरुलाई सहज गराउने बताउनु भयो ।


Sunday, December 15, 2013

बलात्कार बिरुद्वको राष्ट्रिय अभियान

लैगिक हिंसा बिरुद्वको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अन्तिम दिन आज मिति २०७०।०८।२८ गते महिला मानब अधिकार रक्षक संजाल कास्कीको आयोजना र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा यस कार्यालयको सभाहलमा बिषेश कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा महिला मानब अधिकार रक्षक संजाल कास्कीका अध्यक्ष सरला पाण्डेले कार्यपत्र प्रस्तुत गर्नु हुंदै नेपालमा लैगिक हिंसा र बलात्कार जन्य घट्नाहरुबाट समाजलाई मुक्त गर्न सरकारी तथा गैह्रसरकारी संघ सस्थाहरु जिम्मेवारीका साथ लाग्नु पर्ने मन्तब्य राख्नु भएको सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नु हुंदै जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख प्र।ना।उ। राजेशनाथ बास्तोलाले महिला तथा बालबालिका बिरुद्व हुने हिसा रोक्नको लागी नागरिक र प्रहरी बिच सहकार्यमा जोड दिनु हुंदै समाजमा हुंने यस्ता खालका अपराधलाई नियन्त्रण गर्न सवैले सहयोग गर्नु पर्ने मन्तब्य राख्नु भएको थियो । उक्त कार्यक्रममा बिभिन्न सरकारी, गैह्रसरकारी संघ सस्थाका प्रतिनिधी, ने।क।पा। एमालेका प्रतिनिधी र जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी ईकाईमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।

मिति २०७०।०८।२८ गते ।                     
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की

Sunday, December 1, 2013

Cancer Awareness Free Cancer Detection & Screening Camp-निुःशुल्क क्यान्सर परिक्षण तथा अभिमुखीकरण कार्यक्रम


 मंशिर,१६, ग्लोवल पिस फाउन्डेसन नेपाल र नेपाल क्यान्सर सहयोग समुहको संयुक्त आयोजनामा १ दिवसिय निुःशुल्क क्यान्सर परिक्षण तथा अभिमुखीकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । काठमाण्डौको सुदुर गाउँको रुपमा परिचित छैमले स्थित श्री पञ्चकन्या माध्यमिक विद्यालय भण्डारखर्क ४ मा आयोजना गरिएको शिविरमा एक सय जना महिलाहरुले आफनो स्तन र पाठेघरको परिक्षण गरेका थिए । परीक्षणको प्रतिवेदन ल्यावमा परिक्षण पश्चात केही दिनपछि मात्र प्राप्त हुनेछ । २३ जना विशेषज्ञ चिकित्सकको समुहले परिक्षण गरेको शिविरमा क्यान्सर रोगको बारेमा बुझन तिन सय भन्दा बढि व्यक्तिहरु उपस्थित थिए । पुरुषहरुले समेत क्यान्सरको बारेमा चासोपूर्वक जानकारी लिएका थिए ।  शारीरिक श्रम बढि गर्नुपर्ने र पौष्टिक आहारको कमी हुने महिलामा अन्यको तुलनामा यो रोग बढि लाग्ने गरेको नेपाल क्यान्सर सहयोग समुहका महासचिव डा. शंशाक शर्माले बताउनु भयो । क्यान्सरको पहिचान सुरुवाती अवस्थामा हुन सके यसको पूर्ण उपचार सम्भव भएकोले मानिसहरुमा जनचेतनाको कार्यक्रम गरेको नेपाल क्यान्सर सहयोग समुहका अध्यक्ष डा. सुदिप श्रेष्ठले बताउनु भयो । स्वास्थ्य नै सवैभन्दा ठूलो धन भएकोले सवै व्यक्तिहरुले वर्ष दिनमा आफनो नियमित स्वास्थ्य परिक्षण गनुपर्ने श्रेष्ठको भनाई थियो । ३ वर्षयता छैमलेको स्वास्थ्य, शिक्षा, पुस्तकालयको क्षेत्रमा ग्लोवल पिस फाउन्डेसनले विभिन्न कामहरु गर्दै आइरहेको छ । धुवाँको कारण महिला तथा बालबालिकाको स्वास्थ्यमा गम्भिर प्रकृतिका स्वास प्रश्वास रोगीहरुको संख्या बढेकोले छैमलेलाई धुवाँरहित गाविस बनाउने उदेश्य सहित सुधारिएको चुलो निमार्णको कार्यलाई तिव्रता दिइएको छ ।
काठमाण्डौ जिल्लाको सुदुर गाउँको रुपमा परिचित छैमले रत्नपार्कबाट ३५ किलोमिटर टाढा पर्दछ । मकवानपुर र ललितपुर जिल्लाको सिमानामा रहेको यस गाविसमा ५० प्रतिशत भन्दा बढि तामाङ समुदायको बाहुल्यता रहेको छ । ४० प्रतिशत भन्दा बढि निरक्षर रहेको यस समुदायका वासिन्दाको प्रमुख आयको पेशा तरकारी खेती र खाद्यान्न वाली नै हो । कुल ४ हजार ७ सय ८७ जनसंख्या रहेको छैमले चिसो हावापानी भएको क्षेत्रभित्र पर्दछ ।

Thursday, April 25, 2013

मतृभूमि उच्च मा.वि. स्याङजा सत्हु हटिया चारखुट्टेको ६० औं वार्षिकउसव सम्पन्न

 निजि क्षेत्रबाट संञ्चालित शैक्षिक संस्थाहरुले मापरि ढङ्गबाट तोकेको शैक्षिक शुल्कलाई कटैति नगरेमा सम्पूर्ण अभिभावकहरु आन्दोलनमा जाने कुरा स्याङजामा आयोजित एक शैक्षिक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् ।
पुतलीबजार नगरपालिका सतौहटिया स्थीत मातृभूमि उच्च माध्यमिक विद्यालयको ६० औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्तहरुले शैक्षिक शुल्क लगायत पाठयपुस्तकमा हुने गरेको कालोबजारी रोक्न समेत माग गरेका छन् । सो कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रीय सदस्य ध्रुव अधिकारीले सर्वोच्च अदालतको आदेशलाई समेत उल्ङ्गगन गरी आफू खुसी विद्यालयमा शुल्क बढाउने शैक्षिक संस्थामाथि कडा कारवाही गर्नु पर्ने बताउनु भयो । शुल्क व्यवस्थापन बारे शिक्षा नियामावली किनेर त्यसको पेट नम्बर ५८ को परिक्षेद २५ ले व्यवस्था गरे अनुसार गर्न गराउन अभिभावकहरु अघि सर्नु पर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी संगिता रेग्मीले निजि क्षेत्रको अनियमिततालाई सरकारी क्षेत्रबाट अनुगमन गर्ने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक खडानन्द अर्यालले विद्यालयको प्रगति प्रतिवेदन प्रेश गर्नु भयो ।
शुभकामना मन्तवय प्रकट गर्ने अन्य वक्ताहरुमा जिविसका पूर्व सभापतिहरु धन बहादुर थापा, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य देवी अर्याल लगायतका हुनुहुन्थ्यो ।

Thursday, October 4, 2012

बिषय– लागुऔषध सचेतना सम्बन्धि स्कुल सम्पर्क कार्यक्रम

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा १ बगरको आयोजना, बाल मन्दिर उच्च मा.वि पोखरा ३ नदिपुरको व्यवस्थापन, सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीकोे प्राविधिक सहयोगमा पोखरा ३ नदिपुरमा एक दिवसिय लागु औषध सचेतना सम्बन्धि स्कुल सम्पर्क कार्यक्रम सम्पन्न गरियो ।
सामुदायिक सेवा केन्द्र बगरका सदस्य श्री शुशिल चन्द्र पौडेलको संयोजकत्व, सेवा केन्द्रका अध्यक्ष श्री पुरुषोत्तम श्रेष्ठको अध्यक्षता, सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष श्री लालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता, संस्थाका संस्थापक अध्यक्ष एवम् सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका नि.व. अध्यक्ष श्री सीता गुरुङ्ग तथा बाल मन्दिर उच्च मा.वि का प्राचार्य श्री शुसिल बस्नेतको बिशेष आतिथ्यता, सामुदायिक सेवा जिल्ला समन्वय  समिति कास्कीका प्रहरी ईन्चार्ज प्र.ना.नि. श्री रेशम पौडेलको प्रमुख प्रशिक्षणमा भएको कार्यक्रममा बालमन्दिर उच्च मा.वि. पोखरा ३ नदिपुरमा कक्षा, ८, ९ र १० मा अध्यनरत बिद्यार्थि भाईबहिनीहरु तथा बिद्यालयका शिक्षक÷शिक्षिका लगाएत गरि करिव २५० जनाको उपस्थिती रहेको कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तव्य बिद्यालयका शिक्षक तिलक बहादुर कार्कीले तथा  कार्यक्रमका वारेमा सामुदायिक सेवा केन्द्र पोखरा १ बगरका प्र.ह. श्री शालिग्राम पौडेलले प्रकास पार्नु भएको थियो भने प्रमुख प्रशिक्षक प्र.ना.नि. श्री रेशमलाल पौडेलले  लागु औषध परिचय, प्रकार, असर, लक्षण र समाजमा पार्ने असरका वारेमा सहभागिहरुलाई प्रशिक्षण दिनु भएको थियो भने बिद्यार्थि तथा शिक्षकहरुको थप जिज्ञाँसा प्रशिक्षक एवम् अध्यक्ष श्री पुरुषोत्तम श्रेष्ठ र संस्थापक अध्यक्ष श्री सीता गुरुङ्गले प्रकास पार्नु भएको थियो भने कार्यक्रम सेवा केन्द्रका सचिव श्री गिरी प्रसाद गुरुङ्गले संचालन गर्नुभएको थियो ।

Thursday, September 13, 2012

Drugs Awareness at Pokhara Academy Pokhara-16-लागुऔषध सचेतना सम्बन्धी स्कुल सम्पर्क कार्यक्रम


सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा १ बगरको आयोजना, पोखरा एकेडेमीको व्यवस्थापन, वडा प्रहरी कार्यालय बगरको प्राविधिक सहयोगमा पोखरा १६ बाटुलेचौरमा एक दिवसिय लागु औषध सचेतना सम्बन्धि स्कुल सम्पर्क कार्यक्रम सम्पन्न गरियो ।
सामुदायिक सेवा केन्द्र बगरका सदस्य श्री उदय बहादुर बस्नेतको संयोजकत्व, सेवा केन्द्रका अध्यक्ष श्री पुरुषोत्तम श्रेष्ठको अध्यक्षता, पोखरा एकेडेमीका प्रिन्सीपल श्री महेन्द्र गुरुङ्गको प्रमुख आतिथ्यता, वडा प्रहरी कार्यालय बगरका कार्यालय प्रमुख प्र.नि. श्री भुवनेश्वर तिवारीको प्रमुख प्रशिक्षणमा भएको कार्यक्रममा पोखरा एकेडेमीको कक्षा ६, ७, ८, ९ र १० कक्षामा अध्यनरत बिधार्थी भाईबहिनीहरु तथा बिद्यालयका शिक्षक/शिक्षिका लगाएत गरि करिव १९५ जनाको उपस्थिती रहेको कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तव्य बिद्यालयका शिक्षक एव्म एकेडेमिक डिन हरिकृष्ण वाग्लेले तथा कार्यक्रम संयोजक उदय बहादुर बस्नेतले कार्यक्रमका वारेमा प्रकास पार्नु भएको थियो भने प्रमुख प्रशिक्षक प्र.नि. श्री भुवनेश्वर तिवारीले लागु औषध परिचय, प्रकार, असर, लक्षण र समाजमा पार्ने असरका वारेमा सहभागिहरुलाई प्रशिक्षण दिनु भएको कार्यक्रम सेवा केन्द्रका सचिव श्री गिरी प्रसाद गुरुङ्गले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Sunday, September 2, 2012

HSEB Grade 12 Results 2069/2012 Published (Management, Humanities, Education Stream ONLY) - updated

Finally, the Higher Secondary Education Board (HSEB) has announced the result of +2  Management, Humanities, Education  stream, and as usual other streams including Management has been delayed. The published results of HSEB grade XII Management, Humanities, Education stream can be viewed online from NTC website at http://hseb.ntc.net.np/ or IVR at 1601.

How to check result of HSEB 2069 (+2Management, Humanities, Education )

1.From Online.

Click here to check result online with mark sheet.

2.From PSTN/CDMA Landline and Mobile

Dial 1601 and follow the instructions clearly.

HSEB Grade 12 Results 2069 Published (Management, Humanities, Education Stream ONLY)

Monday, July 30, 2012

Distribution of Food and Education Materials in Pokhara-शैक्षिक तथा खाद्य सामग्री वितरण

Distribution of Food and Education Materials in Pokhara

Distribution of Food and Education Materials in Pokhara
      रोटरी क्लव अफ पोखरा अन्नपूर्ण, रोट¥याक्ट क्लव अफ अन्नपूर्ण र इनरह्वील क्लव अफ अन्नपूर्णको संयुक्त आयोजनामा लामाचौरस्थित एक आश्रममा शैक्षिक तथा खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न भयो ।
      रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष रोटरीयन डिल्लीप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ओम शिवशक्ति कल्याणी केन्द्रमा बस्दै आएका अभिभावक गुमाएका बालबालिकाहरुलाई आवश्यक शैक्षिक तथा खाद्य सामग्री कार्यक्रमका प्रमुख अतिथि तथा रोटरी डिष्ट्रिक ३२९२ का असिष्टेन्ट गभरनर रोटरीयन ऋषिराम सापकोटाले वितरण गर्नुभएको थियो ।
      रोट¥याक्ट क्लव अफ अन्नपूर्णका अध्यक्ष रोट¥याक्टर विवेक घिमिरे, इनरह्वील क्लव अफ अन्नपूर्णका अध्यक्ष इनरह्वील जोसना प्रजु, रोटरी क्लव अफ पोखरा अन्नपूर्णका आगामी वर्षका अध्यक्ष रोटरीयन रोश गुरुङ्ग, ओम शिवशक्ति कल्याणी केन्द्रका अध्यक्ष पुष्पा के.सी. भण्डारी लगायतले मन्तव्य राख्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि रोटरीयन ऋषिराम सापकोटाले यस्ता कार्यक्रमले साँच्चै नै लक्षित वर्गलाई प्रत्यक्ष रुपमा लाभ मिल्ने बताउनुभएको थियो ।
      रोटरी क्लव अफ पोखरा अन्नपूर्णका कोषाध्यक्ष भुपेन्द्रमान श्रेष्ठको संयोजकत्वमा सम्पन्न सो कार्यक्रम रोटरी क्लव अफ पोखरा अन्नपूर्णका सचिव रोटरीयन कल्याण कर्माचार्यले संचालन गर्नुभएको थियो ।

Sunday, July 22, 2012

HSEB Grade 12 Results 2069/2012 Published (+2 Science Stream ONLY) - updated

Finally, the Higher Secondary Education Board (HSEB) has announced the result of +2 Science stream, and as usual other streams including Management has been delayed. The published results of HSEB grade XII science stream can be viewed online from NTC website at http://hseb.ntc.net.np/ or IVR at 1601.


How to check result of HSEB 2069 (+2 Science Stream)

1.From Online.

Click here to check result online with mark sheet.

2.From PSTN/CDMA Landline and Mobile

Dial 1601 and follow the instructions clearly.

HSEB Grade 12 Results 2069 Published (+2 Science Stream ONLY)

Friday, July 13, 2012

Shining Boarding School Pokhara,Nepal साइनिङ स्टारमा विद्यार्थीहरुलाई सम्मान

       लेकसाइड बैदाम स्थित साइनिङ स्टार आवासीय मा.वि.ले एक विशेष भोजसहितको कार्यक्रमका साथ प्रवेशिका परीक्षा २०६८ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । उक्त विद्यालयबाट विगत ६ वर्षदेखि प्रवेशका परीक्षामा सहभागी भएर परीक्षार्थीहरु शतप्रतिशत उत्तीर्ण हुँदै आएका छन् ।
       विद्यालयका प्राचार्य नारायण प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि एन प्याब्सन कास्कीका अध्यक्ष रामप्रसाद शर्माले विद्यार्थी सफल हुनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण रहने कुराको चर्चा गर्नुभयो । उहाँले विद्यार्थीहरु अनुशासनको दायरामा रहेर अध्ययन गर्ने हो भने उनीहरुको भविष्य उज्वल हुने कुरामा जोड दिनुभयो ।
       कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई प्रमुख अतिथि लगायत विशिष्ट अतिथि एन प्याब्सन कास्कीका सहकोषाध्यक्ष शिवदत्त तिवारी, अभिभावक संयोजक प्रसाद गुरुङ्ग, गुणराज आचार्य, समाजसेवी गणेशबहादुर ढकाल, विद्यालय व्यवस्थापन समिति सदस्य लालबहादुर कुँवर, फत्तबहादुर थापा लगायतले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
       विद्यालयका प्रशासक रामराज पहारीले खादा ओढाएर र प्राचार्यले टिका प्रदान गरेर विद्यार्थीहरुलाई हौसला तथा शुभकामना दिनुभएको उक्त कार्यक्रममा विद्यालयका सहप्राचार्य अर्जुन प्रसाद पाण्डेले स्वागत मन्तव्य तथा शिक्षक नारायण मरासिनीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Friday, July 6, 2012

अमरसिंह उच्च माविमा नवआगन्तुक विद्यार्थीको स्वागत कार्यक्रम सम्पन्न

      अमरसिंह उच्च मा.वि. १०+२ बिहानी सत्रमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
      विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्वप्रकाश लामिछानेको प्रमुख आतिथ्यतामा भएको उक्त स्वागत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज पौडेल, बिहानी शाखा इन्चार्ज बद्री प्रसाद पँगेनी, व्यवस्थापन संकाय इन्चार्ज गौतम पौडेल, शिक्षा तथा मानविकी संकाय इन्चार्ज बुद्धिमान गिरी लगायतले विद्यालयमा प्रवेश गरेपछि पालना गर्नुपर्ने नियम र असल विद्यार्थीमा हुनुपर्ने अनुशासनको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो ।
      अमरसिंह उच्च मावि १०+२ का प्रचार्य डा.एलियाम्मा जोनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत कक्षा १२ का विद्यार्थी रवि के.सी. तथा कार्यक्रमको संचालन विद्यालयका सह–प्राध्यापक केशव प्रसाद पराजुलीले गर्नुभएको थियो ।
      उक्त अवसरमा विद्यालयको बारेमा समेटेर तयार गरिएको बृत्तचित्र समेत प्रदर्शन गरिएको थियो भने प्राविधिकमा प्रेम राना र चिरन गिरीले सहयोग गर्नुभएको थियो ।

Tuesday, June 19, 2012

Kefs Parents Day Pokhara-1(करुणानिधिको वार्षिकोत्सव सम्पन्न)

Kefs Parents Day Pokhara-1(करुणानिधिको वार्षिकोत्सव सम्पन्न)
       पोखराको बगरस्थित केफ उच्च माध्यमिक विद्यालयमा उच्च मा.वि.तहको अभिभावक दिवस तथा कक्षा १२ को विदाई कार्यक्रम एक समारोह बीच मंगलबार सम्पन्न भयो ।
राष्ट्रिय पहिचान बोकेको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी चोलाकान्त भुषालबाट भएको थियो । कक्षा ११ र १२ का विद्यार्थीहरुले कार्यक्रममा विभिन्न नृत्यहरु प्रस्तुत गरिएका थिए । कार्यक्रमका मुख्य आकर्षणका रुपमा अ केस स्टडी अन इन्ड्रस्टियल डिभलवमेन्ट एन्ड इम्प्याक्ट अन सोसाइटी शीर्षकमा प्रोजेक्ट प्रस्तुतीकरण गरिएको थियो । यसमा प्रिस्का गुरुङ, हरिकृष्ण सुनार, लक्ष्मी पौडेल, अन्जु सुवेदी, प्रविना त्रिपाठी र आश्विन अधिकारी रहेका थिए ।
कार्यक्रममा १०+२ का विविध गतिविधिहरु सहितको प्रतिवेदन प्राचार्य डिल्लीराम अधिकारीले प्रस्तुत गरे पछि कार्यक्रमलाई मनोरन्जनात्मक बनाउने उद्देश्यले सह–प्राचार्य भानुभक्त पोख्रेलको लेखन तथा डुकप्रसाद पौडेलको निर्देशनमा ‘कर्मको फल’ एकाङ्की मञ्चन गरिएको थियो । एकाङ्कीका पात्रहरुमा उज्ज्वल अधिकारी प्रकाश नेपाली, थमन गुरुङ, आशिष सुवेदी, कानुन लामिछाने, पत्रिका सुवेदी, सङ्कर कुँवर र सुनिल पोख्रेल रहेका थिए ।
यसै अवसरमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रममा अभिभावक प्रतिनिधि नवराज भण्डारी, शिक्षक अभिभावक संघ प्रतिनिधि वसन्त गौतम, सल्लाहकार समितिका तर्फबाट पूर्णबहादुर श्रेष्ठ, सम्मानित अतिथिज्यूहरुबाट नेपाल राष्ट्रिय शिक्षक युनियन कास्कीका अध्यक्ष जगन्नाथ अधिकारी र प्रमुख अतिथिले आफ्नो मन्तव्य राखेका थिए । प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारीले विद्यालयका विविध क्रियाकलापको प्रसंसा गर्दै विद्यालय, अभिभावक व्यवस्थापन समितिको समन्वयमा अगाडि बढ्नु पर्ने धारणा व्यक्त गरेका थिए ।
सहायक प्राचार्य भानुभक्त पोख्रेल छात्रा प्रिस्का गुरुङ, वृन्दा गुरुङ, छात्र अदिप गुरुङ र शङ्कर कुँवरको सञ्चालनमा कार्यक्रममा पूर्णबहादुर राना र शशीधर बराल प्रविधिमा रहेको जानकारी सह–क्रियाकलाप संयोजक रेशमप्रसाद ढकालले दिए ।