Sunday, December 1, 2013

Cancer Awareness Free Cancer Detection & Screening Camp-निुःशुल्क क्यान्सर परिक्षण तथा अभिमुखीकरण कार्यक्रम


 मंशिर,१६, ग्लोवल पिस फाउन्डेसन नेपाल र नेपाल क्यान्सर सहयोग समुहको संयुक्त आयोजनामा १ दिवसिय निुःशुल्क क्यान्सर परिक्षण तथा अभिमुखीकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । काठमाण्डौको सुदुर गाउँको रुपमा परिचित छैमले स्थित श्री पञ्चकन्या माध्यमिक विद्यालय भण्डारखर्क ४ मा आयोजना गरिएको शिविरमा एक सय जना महिलाहरुले आफनो स्तन र पाठेघरको परिक्षण गरेका थिए । परीक्षणको प्रतिवेदन ल्यावमा परिक्षण पश्चात केही दिनपछि मात्र प्राप्त हुनेछ । २३ जना विशेषज्ञ चिकित्सकको समुहले परिक्षण गरेको शिविरमा क्यान्सर रोगको बारेमा बुझन तिन सय भन्दा बढि व्यक्तिहरु उपस्थित थिए । पुरुषहरुले समेत क्यान्सरको बारेमा चासोपूर्वक जानकारी लिएका थिए ।  शारीरिक श्रम बढि गर्नुपर्ने र पौष्टिक आहारको कमी हुने महिलामा अन्यको तुलनामा यो रोग बढि लाग्ने गरेको नेपाल क्यान्सर सहयोग समुहका महासचिव डा. शंशाक शर्माले बताउनु भयो । क्यान्सरको पहिचान सुरुवाती अवस्थामा हुन सके यसको पूर्ण उपचार सम्भव भएकोले मानिसहरुमा जनचेतनाको कार्यक्रम गरेको नेपाल क्यान्सर सहयोग समुहका अध्यक्ष डा. सुदिप श्रेष्ठले बताउनु भयो । स्वास्थ्य नै सवैभन्दा ठूलो धन भएकोले सवै व्यक्तिहरुले वर्ष दिनमा आफनो नियमित स्वास्थ्य परिक्षण गनुपर्ने श्रेष्ठको भनाई थियो । ३ वर्षयता छैमलेको स्वास्थ्य, शिक्षा, पुस्तकालयको क्षेत्रमा ग्लोवल पिस फाउन्डेसनले विभिन्न कामहरु गर्दै आइरहेको छ । धुवाँको कारण महिला तथा बालबालिकाको स्वास्थ्यमा गम्भिर प्रकृतिका स्वास प्रश्वास रोगीहरुको संख्या बढेकोले छैमलेलाई धुवाँरहित गाविस बनाउने उदेश्य सहित सुधारिएको चुलो निमार्णको कार्यलाई तिव्रता दिइएको छ ।
काठमाण्डौ जिल्लाको सुदुर गाउँको रुपमा परिचित छैमले रत्नपार्कबाट ३५ किलोमिटर टाढा पर्दछ । मकवानपुर र ललितपुर जिल्लाको सिमानामा रहेको यस गाविसमा ५० प्रतिशत भन्दा बढि तामाङ समुदायको बाहुल्यता रहेको छ । ४० प्रतिशत भन्दा बढि निरक्षर रहेको यस समुदायका वासिन्दाको प्रमुख आयको पेशा तरकारी खेती र खाद्यान्न वाली नै हो । कुल ४ हजार ७ सय ८७ जनसंख्या रहेको छैमले चिसो हावापानी भएको क्षेत्रभित्र पर्दछ ।

No comments:

Post a Comment

Please, comment about this article.