Monday, December 2, 2013

घार्मीमा पनि सद्बीज छरियो,

पोखरा, १७ मंसिर
 कास्कीको लामाचौर गाविस स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र घार्मीमा यस वर्ष पनि बालाचर्तुदशी पर्वका अवसरमा सद्वीज छर्ने कार्य सम्पन्न भएको छ ।
 स्थानीय ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा त्यस क्षेत्रका भक्तजन तथा छिमेकी गाविस अर्मला, पुरञ्चौर, भलाम, सार्दीखोला, हेम्जा र पोखराका विभिन्न क्षेत्रबाट पुगेका भक्तालुहरुले आफ्ना पितृको सम्झना गरी मन्दिर परिसरमा सद्वीज छरेका थिए ।
भजन किर्तन र बाजागाजा सहित आयोजना गरिएको कार्यक्रममा समाजसेवी टासी लामाले मन्दिर व्यवस्थापनका लागी १० हजार रुपयाँ र ओम साइराम लामाचौरका प्रमुख इश्वर वैद्यले जीन्सी सहित २ हजार ५ सय सहयोग हस्तान्तरण गर्नुभएको समाजसेवी नन्दराज दाहालले जानकारी दिनुभयो ।साँझ सम्म पनि मन्दिरमा पूजा गर्ने र सदविज छर्न मन्दिर परिसरमा भत्तालुहरुको घुईँचो लागेको थियो ।साईराम र स्थानिय भजन मण्डलीले दिनभर जसो भजन किर्तन गरेका थिए ।त्यस क्षेत्रमा पुगेका भतmजनहरुले घार्मीलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानिय वासिन्दालाई सुझाव दिएका छन ।
पोखरा उपमाहनगर पालिका संगै जोडिएको घार्मिमा पछिल्ला दिनमा दृश्य अवलोकनका लागी स्वदेशि तथा विदेशी पर्यटकहरु पुग्ने गर्दछन ।बाला चर्तुदशि पर्व र सिव रात्रीमा त्यस क्षेत्रमा धार्मिक मेलानै लाग्ने गरेको छ ।

No comments:

Post a Comment

Please, comment about this article.