Wednesday, December 4, 2013

मानव वेचविखन,अवैध यौन,सरप्राईज चेकिङ्गबाट कारवाही पोखरामा-District Police Office Kaski,Pokhara

  • मानव वेचविखन गर्ने पक्राउ
मकवानपुर तर्फ घर भएका २ जना युवतीलाई ललाई फकाई आफनो होटलमा काम दिन्छु, धेरै तलव दिन्छु भनि प्रलोभनमा पारी जवरजस्ती यौनजन्य कार्य गर्न लगाउन खोज्ने चितवन जगतपुर ४ घर भई पोखरा ८ सिमलचौर स्थित बुद्ध खाजा घरका संचालन सुवोध साँखीलाई मिति २०७०।८।१८ गते पक्राउ गरी मानव वेचविखन तथा ओसारपसारमा मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको छ ।
  • अवैध यौन क्रियाकलापमा संलग्न पक्राउ
पोखरामा रहेका होटलहरुमा अवैध यौन क्रियाकलाप हुन सक्ने भन्ने सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखरामा रहेका विभिन्न होटल, रेष्टुरेण्ट तथा लजहरुमा चेकजाँच गर्ने क्रममा आपतीजनक अवस्थामा रहेका  ५ युवती र ४ केटा गरी जम्मा ९ जनालाई पक्राउ गरी के.सा.अ. मुद्धामा अनुसन्धान कारवाही भईरहेको छ । यस्ता सामाजिक विकृति विसंगतिहरुको नियन्त्रणको लागि प्रहरीले विशेष टोली बनाई परिचालन गरेको छ ।
  • सरप्राईज चेकिङ्गबाट गरिएको कारवाही बिवरण
पोखरा तथा लेखनाथ नगरपालिका र राजमार्गहरुमा विशेष अभियानका साथ संचालन गरिएको सरप्राईज चेकिङ्गको क्रममा मिति २०७०।८।१२ देखि २०७०।८।१९ गते सम्म निम्नानुसारको कारवाही गरिएको छ ।
कारवाही बिवरण : सवारी नियम उल्लंघन गर्नेको संख्या
–    ट्रक                        १२२
–    बस                        १८४
–    जिपकार                २६४
–    ट्याक्टर                 ५२
–    मोटरसाईकल        ६६९
–    जम्मा: १२९१ सवारी साधनलाई सवारी नियम बमोजिम कारवाही गरि रु. १,८०,३००।– राजस्व संकलन गरिएको छ ।
–    मा.प.से. सेवन गरी सवारी साधन चलाउने विरुद्ध मा.प.से. चेकिङ्गलाई तिव्र पारी  विशेष अभियान संचालन गरिएको छ । पोखरा तथा लेखनाथ नगर क्षेत्रका विभिन्न स्थानहरुको पहिचान गरी ति स्थानहरुमा मा.प.से. चेकिङ्गलाई  तिव्रता दिईएको छ । यस अभियान अन्र्तगत गत एक हप्तामा मा.प.से. गरि सवारी साधन चलाउने २६ जनालाई कारवाही गरि रु. २६,०००।– राजस्व संकलन गरिएको छ ।
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की
मिति  २०७०।८।१९ गते ।                      

No comments:

Post a Comment

Please, comment about this article.