Showing posts with label education. Show all posts
Showing posts with label education. Show all posts

Tuesday, November 19, 2019

सप्तरंग–२ अमरसिंहमा भोलि-Saptarang Season 2 in Pokhara Nepal

मंसिर ३, पोखरा
ग्रिस्मा ब्रोडकास्टिङको आयोजनामा बुधबार पोखरा अमरसिंह चोकमा सप्तरंग सांगीतिक कार्यक्रम हुने भएको छ । पर्यटन प्रवर्धन र समुन्नति नारा सहित कार्यक्रममा महानायक राजेश हमाल, नेपाल आइडलका विजेता रवि ओड, मेलिना राई, हास्य कलाकार जितु नेपाल, हिमाल सागर, सुगम पोखरेल र प्रकाश सपुतको प्रस्तुति रहने छ ।
कार्यक्रमको स्थानीय आयोजक बार्दली मिडियाका मन क्षेत्रीका अनुसार सप्तरंग सांगीतिक कार्यक्रम देशका अन्य ६ प्रदेशमा भएपछि पोखरा हुन लागेको हो । ‘सुरुमा प्रदेश १ गतेबाट सुरु भएको यो कार्यक्रम प्रदेश नम्बर ५ सुर्खेत पछि गण्डकी प्रदेशमा समापन हुन लागेको हो,’ उनले भने, ‘गत वर्ष पनि पहिलो संस्करणको कार्यक्रम गरेका थियौं । त्यति बेला पनि कार्यक्रममा दर्शकको राम्रो सहभागी थियो ।’
कार्यक्रम बुधबार पोखरा अमरसिंह चौरमा साँझ ४ बजेपछि सुरु हुनेछ । प्रवेश निशुल्क गरिएको कार्यक्रममा नेपाल पुलिस क्लब, बिटुडी डान्स स्कुलको समेत प्रस्तुति रहने क्षेत्रीले जानकारी दिए । अघिल्लो संस्करणमा रामकृष्ण ढकाल, पशुपति शर्मा, प्रमोद खरेल, इन्दिरी जोशी, सन्दीप क्षेत्री, दीपक विष्ट र अञ्जली अधिकारीको प्रस्तुति रहेको थियो ।

Monday, January 21, 2019

मौजाका विद्यार्थीलाई सेनिटरी प्याड तथा शैक्षिक सामग्री वितरण Pokhara News

पोखरा, ७ माघ ।
रोटरी क्लब अफ पोखरा न्युरोडले पोखरा–२० मौजाका विद्यार्थीलाई सेनिटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेको छ । रोटरी मोडल भिलेज अभियान अन्तर्गत क्लबले सोमबार मौजाको हिमालय माविका छात्रालाई पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण गरको हो ।
बाबा फाउन्डेसनसँगको सहकार्यमा क्लबले सेनिटरी प्याड, कापी, कलम लगायत सामग्री विद्यालयलाई हस्तान्तरण गरेको छ । प्रिमियर इन्स्योरेन्सको सहयोगमा क्लबले हाइजिन किट समेत सहयोग ग¥यो । रोटरी क्लबकै पहलमा उत्कृष्ट सय गन्तब्यभित्र परेको मौजालाई चार वर्षभित्र मोडल भिलेज बनाउने क्लबको योजना छ । क्लबले आधारभूत शिक्षा तथा साक्षरता, शुद्ध पिउने पानी तथा सरसफाइ, रोग निवारण, शान्ति तथा द्वन्द्व व्यवस्थापन, मातृ शिशु स्वास्थ्य र आर्थिक तथा सामुदायिक विकासको अवधारणा अघि सारेको छ । गत जेठदेखि क्लबले उक्त अवधारणामा विविध कार्यक्रम गर्दै आएको छ ।
क्लबका तर्फबाट मोडल भिलेज कार्यक्रमका संयोजक सुवास सिग्देलले नमूना गाउँ बन्न आवश्यक विद्यार्थीको स्वास्थ्य तथा सरसफाइलाई मध्यनजर गर्दै क्लबले उक्त सामग्री प्रदान गरेको बताए । ‘महिनावारी हुँदा कतिपय विद्यार्थी लाजले विद्यालय नै नआउने अवस्था छ,’ सहयोग हस्तान्तरण कार्यक्रममा उनले भने, ‘यो लाजको विषय होइन भन्नका लागि विद्यालयबाटै सेनिटरी प्याड उपलब्ध होस् भनेर सहयोग गरेका हौं ।’ उनले पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याडले वातावरण समेत दुषित नबनाउने उल्लेख गरे ।
क्लबका अध्यक्ष पुष्पकमल पौडेलले चार वर्षभित्र मोडल भिलेज घोषणा गर्न विद्यार्थीको उल्लेख्य भूमिका हुने बताए । ‘गाउँमा युवा र विद्यार्थीको सक्रिएता भएमात्रै हाम्रो अभियानले सफलता पाउँछ,’ उनले भने, ‘विद्यार्थीको आवश्यकताअनुसार स्टेसनरी र पोशाक पनि उपलब्ध गराउँछौं ।’ उनले मोडल भिलेजका लागि आवश्यक अन्य पूर्वाधार चार वर्षभित्र पुरा गर्ने जनाए । 
विद्यालयका प्रधानाध्यापक मणिराज परियारले छात्रालाई अत्यावश्यक रहेको सेनिटरी प्याड सहयोग गरेकोमा क्लबलाई धन्यवाद व्यक्त गरे । शैक्षिक सामग्रीको सहयोगले विद्यार्थीको सिर्जनशिलता बृद्धि हुने उनले अपेक्षा गरे । उक्त अवसरमा विद्यार्थीले मौजा होमस्टे सम्बन्धि गीत गाएर सुनाएका थिए । विद्यालयकी छात्रा एवं मोहरिया बाल क्लबकी अध्यक्ष प्रकृति परियारले सेनिटरी प्याड विद्यालयमा सहजै उपलब्ध हुँदा विद्यार्थीको उपस्थिति बढ्ने बताइन् । क्लबले बाबा फाउन्डेसनसँगको सहकार्यमा विभिन्न शिक्षा तथा वातावरणको क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।

Monday, July 9, 2018

रोटरी पोखरा फिस्टेलको १६ औं पदस्थापन -Rotary Club of Pokhara Fishtail


पोखरा, २३ असार । 
रोटरी क्लब अफ पोखरा फिस्टेलको १६ औं र रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको १२ औं पदस्थापना समारोह सम्पन्न भएको छ ।  
प्रमुख अतिथि डिस्ट्रिक गभर्नर इलेक्ट किरणलाल श्रेष्ठले नवनियुक्त बोर्ड डाइरेक्टरलाई शपथ ग्रहण गराउँदै रोटरी क्लबले हालसम्म गरेका कामबारे प्रकाश पारे । उनले रोटरी पोखरा फिस्टेलले मानवीय सहायतामा आफ्नो कदम अग्रसर गराएको प्रति प्रशंसा गरे । समारोहमा रोटरी पोखरा फिस्टेलका अध्यक्ष लक्ष्मी थापा गिरीले आफ्नो कार्यकाल वर्ष २०१७/०१८ मा गरिएका क्रियाकलापबारे जानकारी गराइन् । यस्तै, नवनियुक्त प्रेसिडेन्ट बाबुराम पाठकले वर्ष २०१८/०१९ मा आफूले गर्ने कार्ययोजना बारे जानकारी दिए । 
क्लबको नवनियुक्त बोर्ड डाइरेक्टरमा प्रेसिडेन्ट इमिडिएट बाबुराम पाठक, निवर्तमान प्रेसिडेन्ट लक्ष्मी थापा गिरी, पे्रसिडेन्ट इलेक्ट अर्जुन थापा, भाइस प्रेसिडेन्ट रमेशप्रसाद कोइराला, सचिव दीपक पोखरेल, कोषाध्यक्ष लक्ष्मी कुवर, सर्जेन्ट एट आर्म पूर्व अध्यक्ष भुवनसिंह गुरुङ, क्लब टे«नर पूर्व अध्यक्ष विनोद कोइराला, क्लब मेन्टर पूर्व अध्यक्ष सुरेशप्रसाद श्रेष्ठ, एड्मिन डाइरेक्टर पूर्व अध्यक्ष नरबहादुर गुरुङ, मेम्बरसीप डाइरेक्टर पूर्व अध्यक्ष रमाकान्त बराल, सर्भिस प्रोजेक्ट डाइरेक्टर पूर्व अध्यक्ष नारायण शर्मा, युथ सर्भिस डाइरेक्टर पूर्व अध्यक्ष जयेन्द्र गौचन र वेवमास्टरमा आदित्य चन्द छन् । चियरमेम्बरमा एड्मिनतर्फ अशोक चालिसे, पब्लिक रिलेसनमा बिमला भण्डारी, मेम्बरसीप चियरमा जगनसुब्बा गुरुङ, सर्भिस प्रोजेक्टमा प्रेमबहादुर थापा, टिआरएफमा वासु त्रिपाठी र युथ सर्भिसमा रञ्जु गुरुङ चयन भए । 
सो अवसरमा रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको वर्ष २०१७।१८ की अध्यक्ष अमृता पौडेलले वर्ष २०१८।१९ की अध्यक्ष विद्या कोइरालालाई पद हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा रोटरियन रोश गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । यस्तै, रोटरी पोखरा फिस्टेलको प्रकाशन ‘फिस्टेल’ स्मारिका र रोट्रयाक्ट पोखरा फिस्टेलको प्रकाशन ‘प्रतिबिम्ब’ विमोचन गरिएको थियो ।
पोखराका सम्पूर्ण क्लबका इनकमिङ र आउटगोइङ प्रसिडेन्ट लगायत डिष्ट्रिक अफिसियल मेम्बरको सहभागिता रहेको कार्यक्रममा वर्षभरि उत्कृष्ट कार्य गर्नेलाई अवार्ड प्रदान गरिएको पब्लिक रिलेसन डाईरेक्टर बिमला भण्डारीले जानकारी दिइन् । 
कार्यक्रममा स्वागत रोटरी पोखरा फिस्टेलका पूर्व अध्यक्ष विनोद कोइरालाले गरेका थिए भने सञ्चालन सचिव लक्ष्मी कुँवरले गरेकी थिइन् । 
पृथ्वीरुपा माविको भवन निर्माणमा सहयोग पु¥याएको रोटरी पोखरा फिस्टेल खानेपानी, शिक्षा, छात्रवृत्ति लगायत सामाजिक कार्यमा सक्रिय रहँदैआएको छ ।

Sunday, July 8, 2018

म्याग्दीमा बिद्यालयमा तोडफोड-News of Pokhara

मिति २०७५/०३/२३ गते रातको समयमा जिल्ला म्याग्दी बेनी नगरपालीका वडा नं.-१अर्जम स्थित रहेको रामचन्द्र मा.वि.को बिद्यालयमा अफिसको पछाडी पट्टिको झ्याल फोडी अफिस भित्र रहेको कंम्प्युटरको ब्याकअप  र टेबल तोडफोड गरेको छ  भन्ने खबर मिति २०७५/०३/२४ गते दिउँसो १३:३० बजे बिद्यालयका प्रधानध्यापकले प्रहरी लाइ खबर प्राप्त हुन साथ तत्कालै प्रहरी टोली खटिई गई बुझ्दा स्कुलको पछाडीको झ्याल तोडी भित्र रहेका  कंम्प्युटरको ब्याकअप  र टेबल बाहिर निकाली तोडफोड सथै आगजनि गरेको छ । उक्त घटनाका विषयमा स्थानिय  रोसन थापा लाई शंका लागी सोधपुछ कार्य भईरहेको छ । तोडफोडबाटअन्दाजी रु.६८,५००।- बराबरको क्षेती भएको छ ।

Thursday, July 5, 2018

युनाइटेड क्लवद्धारा कालिका पब्लिक कलेजका दुई विद्यार्थीलाई छात्रबृत्ति वितरण-United Club Chhatrabriti Bitaran Pokhara


पोखरा २० असार ।
 सामाजिक क्रियाकलापमा अग्रणी स्थानमा रहेको युनाइटेड क्लवले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत कालिका पब्लिक कलेज रामबजारमा छात्रबृति वितरण गरेको छ । स्थापनाकालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया गन्तब्य चिडियाखाना निर्माणमा जोड दिदै सेती नदी संरक्षणमा अगाडी वढेको क्लवले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत कालिका पब्लिक कलेजमा अध्ययनरत दुइ जना छात्र छात्रालाई छात्रबृत्ति वितरण गरेको हो ।
क्लवले कालिका पब्लिक कलेज मानविकी संकाय स्नातक तह पहिलो वर्षमा अध्ययनरत सुरेन्द्र शाही र ब्यवस्थापन संकाय स्नातक तह पहिलो वर्षमा अध्ययनरत अन्जु गिरीलाई छात्रबृत्ति स्वरुप जनही १५ हजार प्रदान गरिएको हो । छात्रबृत्ति वितरण कार्यक्रममा वोल्दै कलेजका ब्यवस्थापन समिती अध्यक्ष जनकराज बोहोराले युनाइटेड क्लवले नाम अनुसारको उद्देश्य लिएर काम गरेको र सोही अनुसार कालिका माविमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर आफ्नो विद्यार्थीमाथी ठूलो गुन लगाएको वताए । क्ल
वले पांच वर्ष अगाडी कालिका माविमा अध्ययनरत विद्यार्थीका लागी छुट्टै छात्रबृत्ति कोष स्थापना गरेको भएतापनि यो वर्ष कलेज लेवलमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेकोमा अध्यक्ष बोहोराले खुसी ब्यक्त गरे ।
सो अवसरमा वोल्दै क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले कालिका पब्लिक कलेजमा अध्ययनरत विद्यार्थीहरुका लागी क्लवले सुरुवातको दिनदेखी काम गर्दै आइरहदा हाल आएर छात्रबृत्ति कोष बाहेक पनि विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गर्न पाउदा आफुहरु निकै हर्षित भएको वताए । ८ वर्षको अन्तरालमा युनाइटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखराको लेखनाथ पचभैया क्षेत्रमा चिडियाखाना निर्माणको काम थालनी गर्न पाउदा निकै खुसी लागेको वताए । पोखरा महोत्सवको आयोजना गरी मनोरन्जन मात्र नभइ महोत्सवमा टिकटमार्फत उठाइएको रकम सामाजिक काम मार्फत जनताको सेवामा खर्चन पाउनु नै क्लवको लागी महत्वपूर्ण काम भएको बख्रेलको भनाइ रहेको छ । 
क्लवका प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमितीका संयोजक लालाकजी गुरुङले युनाइटेड क्लवले स्थापना कालदेखीनै अति विपन्न विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न विद्यालयहरुमा छात्रवृत्ति अक्षय कोषहरु स्थापना गर्दै आइरहेको र हाल सम्म कास्की र छिमेकी जिल्लाहरुमा गरी विभिन्न ८ वटा सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना गरेको वताए । यो वर्ष मात्र कालिका पब्लिक कलेज संगै अन्य विद्यालयहरुमा अध्ययन गर्ने ६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको गुरुङले वताए । क्लवका महासचिव राजु श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा क्लवका आजिवन सदस्य तथा शिक्षा उपसमिती सदस्य शिद्धि कुमार श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने कार्यक्रममा क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापा, कोषाध्यक्ष गणेश तिमिल्सिना लगायतको सहभागीता रहेको थियो ।  

Monday, July 2, 2018

इक्यान कास्की र ब्रिटिश काउन्सिलको आयोजनामा आइएलटिएस टिचर्स ट्रेनिङ-IELTS Teacher Training Program-Pokhara Nepal



पोखरा, १८ असार 
 नेपाल शैक्षिक परामर्श संघ इक्यान कास्की तथा ब्रिटिश काउन्सिलको संयुक्त आयोजनामा आइएलटिएस टिचर्स ट्रेनिङ सम्पन्न भएको छ । पोखरामा ३ दिनसम्म सञ्चालित तालिममा इक्यान कास्कीका सदस्य संस्थामा आइएलटिएस अध्यापन गराइरहेका १६ जना प्रशिक्षकलाई ब्रिटिश काउन्सिलका तर्फबाट प्रेम थापाले तालिम प्रदान गरेका हुन् ।
समापन कार्यक्रममा सहभागी मध्यका एक टंक प्रसाद बरालले तालिमले आफूहरुको निम्ती एउटा कोशेढुंगा साबित भएको बताए । तालिमको समापन समारोहमा उपस्थित भएका ब्रिटिश काउन्सिलका कन्ट्री म्यानेजर जिम ओ निलले सहभागीलाई प्रमाण पत्र हस्तान्तरण गर्दै ब्रिटिश काउन्सिलले इक्यान कास्कीसँग संधै हातेमालो गर्दै अगाडि बढ्ने बताए ।
इक्यान कास्की अध्यक्ष मीलन तिवारीले आफ्ना सदस्यहरुको क्षमता र दक्षता अभिवृद्धि गर्ने हेतुले यस्ता खाले तालिमहरु आयोजना गर्दै आइरहेको र आगामी दिनमा पनि थप तालिमहरुको आयोजना गर्दै लैजाने प्रतिबद्धता जाहेर गरे । तालिम इक्यान कास्कीका कोषाध्यक्ष एवं तालिम बिभाग संयोजक रुद्र अर्यालको संयोजकत्वमा भएको थियो । सचिव भुवन क्षेत्रीले तालिमको सञ्चालन तथा सहजीकरण गरेका थिए ।

Friday, June 1, 2018

सूचनाको हक सन्बन्धी प्रशिक्षण सम्पन्न -National news Pokhara


४ नं प्रदेश प्रहरी कार्यालय पोखरामा आज जेष्ठ १८ गते सूचनाको हक सम्बन्धि एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आम नागरीकको सुसूचित हुन पाउने हकलाई संरक्षण र प्रचलन गराउने उद्श्यले प्रहरी कर्मचारीहरुलाई पनि उक्त प्रशिक्षण प्रदान गरिएको हो ।
प्रशिक्षणमा सूचनाको हक सम्बन्धी ऐन २०६४ प्रस्तावना, सूचनाको हक कार्यान्वयनमा सार्वजानिक निकायको भुमिका र दायित्व साथै सूचना प्रवाह गर्ननपर्ने विषयहरु र संरक्षण गर्नुपर्ने सूचना लगायतका विषयमा प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको छ ।
४ नं. प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्याल, प्रहरी नायव उपरीक्षहरु, प्रहरी निरीक्षकहरु लगयात अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको उक्त प्रशिक्षण कार्यक्रममा ४ न। प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक श्याम कुमार महतोले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

Tuesday, May 22, 2018

विरेठाँटी मा.वीका विद्यार्थीलाई छात्रवृत्ति वितारण-Education News



पोखरा ७ जेठ ।

कास्कीको अन्नपुर्ण गाँउपालीका वडानम्बर  ८ स्थित विरेठाँटी माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितारण गरिएको छ । 

सोमबार एक कार्यक्रममा बिच विद्यालयका १ सय ३५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितारण गरिएको हो । जिल्ला शिक्षा कार्यालय कास्कीको सहयोगमा वितारण गरिएको माध्यमिक जेहेन्दार तर्फ ९ जना, दलित तर्फ ३५ जना छात्र र आधारभुत तह तर्फका ६० जना दलित छात्र र ४२ जना छात्राहरुलाई वितारण गरिएको हो । 

विद्यार्थीहरुले जेहेन्दार तर्फ नगद १७ सय, दलित छात्रले ५ सय र आधारभुत तर्फका दलित विद्यार्थी तथा छात्राले नगद ४ सय रुपैयाँका दरले नगद प्राप्त गरेका छन् । कार्यक्रममा चिन बहादुर पियारी गुरुङ प्रतिष्ठान र विरेठाँटी क्यानोनिङ्ग प्रालीले सयुक्त रुपमा करिव ५० हजार बराबरको स्टेशनरी सामान वितारण समेत गरेको छ । वितारण कार्यक्रममा बोल्दै चिन बहादुर पियारी गुरुङ प्रतिष्ठानका अध्यक्ष पुर्ण बहादुर गुरुङले विद्यालयका विद्यार्थीहरुका लागि प्रतिष्ठानले गर्दै आएको सहयोगमा वृद्धि गर्दै लैजाने प्रतिवद्धता जनाउनुभयो । 

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका सल्लाहकार एवम लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले विद्यार्थीको भविष्य देश संग जोडिने भन्दै शिक्षा प्रदान गर्न कुनै कन्जुस्याइ गर्न नहुने जिकिर गर्नुभयो । उहाँले विद्यालयको स्तरउन्नतिका लागि आफुँले सक्दो सहयोग गर्ने समेत बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होसियार सिँह गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा अन्नपुर्ण गाँउपालीका ८ का वडाध्यक्ष विजय गुरुङले विद्यालयमा क्याम्पस संचालन गर्ने अभियानमा आफुँ रहेको भन्दै सबेको सहयोग आवश्यक रहेको औल्याउनुभयो । विद्यालयका प्रध्यानाध्यापक प्रेम बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सहप्रध्यानाध्यापक एकराज पौडेलले संचालन गर्नुभएको थियो । 

Friday, May 18, 2018

वडास्तरीय सरसफाई तालिम एक कार्यक्रमका साथ सम्पन्न completed-training-program 2075


पोखरा, ३ जेठ 
आफ्नो घर आँगन आफै सफा गरौं फोहोरलाई मोहरमा परिणत गरौं भन्ने मूल नाराका साथ पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० ले टोल विकास संस्था र आमा समूहका पदाधिकारीहरुलाई १ दिने वडास्तरीय सरसफाई तालिम एक कार्यक्रमका साथ सम्पन्न गरेको छ । 
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० का वडाध्यक्ष राजकुमार गुरुङको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको उक्त तालिमको पानसमा दीप प्रज्वलन गरी तालिमको उद्घाटन गर्नुहूँदै स्मार्ट सिटी वडा बनाउन सबै टोलका घरबाट निस्कने फोहोरलाई व्यवस्थापन गरी स्वच्छ, सुन्दर, हराभरा वडा निर्माण गर्न सहयोग गर्नुपर्ने विचार राख्नुहुँदै आवश्यक परे टोल टोलमा तालिम दिने व्यवस्था मिलाउने बताउनुभयो ।
कार्यक्रममा हेरालो प्रतिष्ठान कास्कीको विशेष सहयोगमा आयोजित तालिममा वेष्ट मेनेजमेन्ट रिसाइकलिङ प्रालि पोखराको सहयोगमा सम्पन्न गरिएको उक्त तालिममा ६० वर्ष पहिले जापानको स्थिति र हालको लगायत पोखरामा हुने फोहोरको विषयमा प्रशिक्षक हेरालो प्रतिष्ठान कास्कीका निवर्तमान अध्यक्ष रोश गुरुङले बताउनुहुँदै फोहोरलाई मोहरमा परिणत गर्न घरघरमा फोहोर छुट्याउने व्यवस्था मिलाई ल्याण्डफिल साइडकोआयु बढाउन हामी सबै लाग्नुपर्ने बताउनुभयो । तालिममा टोल विकास संस्था र महिला समूहका गरी ८० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा हेरालो प्रतिष्ठान कास्कीका अध्यक्ष झम गुरुङ, पोखरा उद्योग बाणिज्य संघका निवर्तमान उपाध्यक्ष इश्वर कर्माचार्य, वडा नं. १० का वडा सदस्य प्रतिमा विक पोखरेल, वडा सचिव महेन्द्र बहादुर खवास लगायतले आफ्नो विचार राख्नुहुँदै राम्रा कार्यको सबैले सराहना गर्नुपर्ने र वडाबासीले त्यस्ता काममा सहयोग गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा हेरालो प्रतिष्ठानका कार्यकारी उपाध्यक्ष चित्र गुरुङ, वडा सामाजिक परिचालक टिकादेवी कँडेल कोइरालाको उपस्थिति रहेको उक्त तालिममा वडा सदस्य निशा मल्ल ठकुरीले स्वागत गर्नुभएको थियो ।
१ दिने तालिममा सभापति एवं वडा सदस्य सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. १० मा सरसफाई अभियान संचालन गरी टोल टोललाई जागरण गराउने विचार राख्नुभएको थियो । तालिमको संचालन दिपक बहादुर थापाले संचालन गर्नुभएको थियो । 

Friday, May 11, 2018

न्याशनल साहित्य सदन तथा बाल क्लब पुर्नगठन

पोखरा २८ बैसाख । 

पोखरा ६ बैदामस्थित न्याशनल ईन्भेन्टिभ माविमा शुक्रबार न्याशनल साहित्य सदन तथा बाल क्लब पुर्नगठन गरिएको छ । 
कक्षा १० मा अध्ययनरत छात्रा रमा रङ्ग्रेजको अध्यक्षतामा १५ सदस्यीय बाल क्लब गठन गरिएको हो । क्लबका उपाध्यक्षमा कक्षा ९ का छात्र प्रदिप भट्टराई, सचिवमा कक्षा ९ कै छात्र राज रङ्ग्रेज र कोषाध्यक्षमा कक्षा ९ कै छात्र करुणा बुढाथोकी रहेका छन् । 
त्यस्तै सदस्यहरुमा  अमिशा राई, स्मारिका अधिकारी, चाँदनी गुरुङ, क्षितिज थापा, नविन शाही, विजया पौडेल, सृष्टि खनाल, प्रिन्सा ओझा, कृति पौडेल, अमन सापकोटा र अनुरोध थापा रहेका छन् । 
विद्यालयका संस्थापक प्रिन्सिपल उमा लामिछानेको संरक्षकत्वमा गठित उक्त क्लबका विक्रम पौडेल रहनुभएको छ । 
उक्त अवसरमा शुभकामना व्यक्त गर्दै प्रिन्सिपल लामिछानेले विद्यालयमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थी केन्द्रित विभिन्न गतिविधिहरुमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका उप प्राचार्य विक्रम पौडेल तथा नवगठीत क्लका अध्यक्ष रमा रङ्ग्रेजले पनि आफ्नो मन्तव्य ब्यक्त गर्नुभएको थियो । 


Sunday, February 25, 2018

रत्नज्योतिको २० औं एसआरजे एक्सेलेन्सी अवार्ड सम्पन्न

पोखरा, ११ फागुन ।

       पोखरा लेखनाथ म.न.पा.वडा नं. ८ मा अवस्थित श्री रत्नज्योति माध्यमिक विद्यालयले पोखरा सभागृह हलमा विद्यार्थीको प्रतिभा सहित पहिचान  कार्यक्रममा एसआरजे एक्सेलेन्सी अवार्ड तथा २० औं अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

       विद्यालय व्यवस्थापन समिति अध्यक्ष टुवराज बास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कस्कीका सहायक जिशिअ दामोदर सुवेदीले गुणस्तरीय शिक्षाको साथै बालबालिकाको अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउने कार्यमा रत्नज्योति विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

       कार्यक्रममा जुनियर र सिनियर तह अन्तर्गत ५ वटा विधाहरु नेपाली र अंग्रेजी वक्तृत्वकला, नृत्य, गायन र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएका थिए । आफ्ना बाबुनानीहरुको प्रतिभा एवम् नृत्यहरु अवलोकन गरी अभिावकहरुले मनोरन्जन लिनुभएको थियो ।

       उक्त कार्यक्रममा नेशनल प्याब्सन कास्कीका अध्यक्ष राम बहादुर मोचीले विद्यालयले समय सुहाउँदो शिक्षा उपलब्ध गराउन कुनै कसर बाँकी नराखेको बताउनुभयो । कार्यक्रमलार्य रोचकताका साथ अगाडि बढाउँदै नेशनल प्याब्सन केन्द्रीय महासचिव सुवास न्यौपानेले विद्यार्थीको उज्वल भविष्य निर्माणका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

       विद्यालयका भाइस प्रिन्सिपल महासागर पौडेल संयोजक रहनु भएको उक्त कार्यक्रममा जुनियर तर्फको एसआरजे एक्सेलेन्सी अवार्ड २०७४ कक्षा ३ की छात्रा श्रेया गिरीले प्राप्त गरेकी थिइन् । नृत्य विधामा कुसुम आलेमगर, सन्जु गुरुङ्ग, नितु गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

       यसैगरी गायन विधामा शुभेच्छा चिलुवाल, अनुशा अधिकारी, आर्यन पाण्डे क्रमशः प्रथम, द्वितीय तृतीय, हाजिरीजवाफ तर्फ आयुष सापकोटा, मिजास देवकोटा, सार्थक तिवारी क्रमशः प्रथम, द्वितीय तृतीय भएका थिए । यसैगरी नेपाली वक्तृत्वमा सुप्रिम चिलुवाल, दावा लामा, कन्गना गुरुङ्ग क्रमशः प्रथम, द्वितीय तृतीय, अंग्रेजी वक्तृत्व अन्तर्गत स्वरुप तिवारी, सोनिया अधिकारी र सिम्रन आचार्य क्रमशः प्रथम, द्वितीय तृतीय हुन सफल भएका थिए ।

       सिनियर तह (कक्षा ६/९) सम्ममा एसआरजे एक्सेलेन्सी अवार्ड कक्षा ८ की छात्रा सलिना बस्नेतले हात पारिन् । विधा अन्तर्गत नृत्य विधामा सदिक्षा रामदाम, नविन अधिकारी, समृति चापागाई क्रमशः प्रथम, द्वितीय तृतीय, गायन विधामा कल्पना तामाङ, शैलेस नेपाली, कृष्टिना गुरुङ्ग क्रमशः प्रथम, द्वितीय तृतीय, हाजिरी जवाफमा कृतिका पौडेल, समिप तिवारी, प्रज्वल सुवेदी क्रमशः प्रथम, द्वितीय तृतीय भए । त्यसैगरी नेपाली वक्तृत्वमा सोनिया अधिकारी, सुप्रिया गुरुङ्ग, प्रज्वल बराल क्रमशः प्रथम, द्वितीय तृतीय, र अंग्रेजी वक्तृत्वकलामा अमृता अधिकारी, भक्ति पराजुली, अनिसा तिमिल्सिना क्रमशः प्रथम, द्वितीय तृतीय भएका थिए ।

       कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यालयका अभिभावक उदय पराजुलीले विद्यार्थीलाई शैक्षिक गुणस्तरका साथै बालबालिकाको ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने कार्यमा विद्यालय अग्रसर रहेको बताउनुभयो । यसैगरी विद्यालयका संस्थापक निर्देशक हेमन्त अधिकारीले राष्ट्रलाई असल र कर्मठ नागरिक तयार पार्न विद्यालय कहिल्यै पछि नपर्ने बताउनुभयो ।

       कक्षा नर्सरीदेखि कक्षा १२ सम्म संचालित उक्त विद्यालयले कार्यक्रममा ११ र १२ विज्ञान तथा व्यवस्थापन संकायका छात्रछात्राहरुलाई समेत समावेश गरेको थियो । ११ र १२ कक्षा अन्तर्गत नृत्य विधामा सुजन थापा, विवेक तामाङ्ग, सपना घोताने क्रमशः प्रथम, द्वितीय तृतीय, नेपाली वक्तृत्वमा सुजन थापा, भुवन अधिकारी, प्रेम गिरी क्रमशः प्रथम, द्वितीय तृतीय, र गायनमा सुस्मिता गुरुङ्ग  भएका थिए ।

       कार्यक्रममा प्रथम, द्वितीय तृतीय हुनेलाई शिल्ड तथा प्रमाणपत्र वितरण गयरिएको थियो भने २०७३ सालको कक्षा नर्सरीदेखि कषा १२ सम्मको एकेडेमीक पुरस्कार पनि प्रदान गरिएको थियो । कार्यक्रम
मा सभापति टुवराज बास्तोलाले विद्यलायले विसौं वर्ष अनवरत सेवा गर्दै आइरहेको व्यक्त गर्दै सबैलाई धन्यवाद एवम् आभार प्रकट गर्नुभएको थियो ।

हिमालय मावि मौजाको वार्षिकोत्सव

पोखरा, १२ फागुन ।
       हिमालय माध्यमिक विद्यालय पोखरा लेखनाथ २० मौजाको ४६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

       विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले अबको आवश्यकता भनेको प्राविधिक शिक्षा रहेको औंल्याउँदै व्यवसायिक शिक्षामा पनि जोड दिनुपर्ने औंल्याए । उनले विद्यालयको शैक्षिक उन्नतिमा विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावकको सामूहिक भूमिका महत्वपूर्ण हुने बताए ।

   कार्यक्रममा पोखरा लेखनाथ म.न.पा.वडा नं. २० का वडाअध्यक्ष सिम बहादुर गुरुङ्ग, विद्यालय व्यवस्थापन समिति सल्लाहकार समिति सदस्य तिलबहादुर गुरुङ्ग, पाहर ट्रष्ट नेपालका निर्देशक मे.चन्द्र बहादुर गुरुङ्ग, हिमालय मावि भूपू विद्यार्थी एशोसिएशनका सचिव चित्र बहादुर गुरुङ्ग, महेन्द्र मावि भलामका प्र.अ कालिप्रसाद पौडेल, अभिभावक भिम बहादुुर गुरुङ्ग लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

       कार्यक्रममा यस वर्षको उत्कृष्ट शिक्षक सम्मानबाट शिक्षिका राधा आचार्य सिग्देल र शिक्षक बेदनाथ पौडेललाई सम्मान गरिएको थियो भने सोँधा श्रोत केन्द्रका श्रोतव्यक्ति तथा विद्यालयका शिक्षक डोलराज रेग्मी र विद्यालयका प्रअ मणिराज परियारलाई पनि सम्मान गरिएको थियो ।

       विद्यालयका प्रअ मणिराज परियारले आयव्यय  सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत शिक्षिका देवी कुमारी थापा र विद्यार्थी सन्दीप सापकोटा तथा कार्यक्रमको संचालन शिक्षक रोशन श्रेष्ठले गरेका थिए ।

       कार्यक्रममा विद्यार्थीहरुद्वारा विविध सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।


Monday, August 8, 2016

प्रहरी मेरो साथीकार्यक्रम अन्तरगत लागू औषध नियन्त्रणमा युवा बिधार्थीको भूमिका-Police My Friend Program



श्रावण २३ गते ।
    आज मिति २०७३।०४/२३ गते ११:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामाजिल्ला कास्की पोखरा(४ गैह्रापाटन स्थित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा प्रहरी मेरो साथी Police My Friend  कार्यक्रम अन्तर्गत लागू औषध नियन्त्रणमा युवा विद्यार्थीको भूमिकाू विषयक अन्तर उच्च मा।वि।स्तरिय वक्तृत्वकला प्रतियोगिता पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्र।ना।म।नि। कमल सिंह बमज्यूको प्रमुख आतिथ्यतामा संचालन भएको, सो प्रतियोगितामा पोखरामा रहेका विभिन्न १२ वटा उच्च मा.वि.का १३ जना ( ६ जना छात्र र ७ जना छात्रा ) विद्यार्थीहरुले भाग लिएकोमा सगरमाथा निकेतन उच्च मा.वि.पोखराकी छात्रा मुस्कान झा प्रथम, मदरल्याण्ड उच्च मा.वि.की छात्रा प्रकृति सुवेदी द्वितिय र जनप्रिय उच्च मा.वि. की छात्रा रविना घिमिरे र सगरमाथा निकेतन उच्च मा।.वि.की छात्रा कृतिका कँडेल संयुक्तरुपमा तृतिय भएको, उक्त प्रतियोगितामा कास्की जिल्लामा लागू औषधको क्षेत्रमा कृयाशिल आमा समुह, संघ संस्था, स्कुल तथा कलेजका विद्यार्थीहरु, पत्रकार, उद्योगी व्यबसायी लगायत अं १५० जना व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रम ऐ १५:०० बजे समाप्त भएको र उल्लेखित प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने प्रतियोगीहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्रका साथै सहभागी अन्य प्रतियोगीलाई प्रमाण पत्र समेत प्रदान गरिएको ।

Sunday, June 26, 2016

युवा परिषद सबै जिल्लामा गठन हुने-Pokhara-News


पोखरा, ११ असार ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सह सचिव तेजराज पाण्डेले नेपाली युवाहरुको समस्याहरु समाधान गर्न युवा परिषद यहि भदौ भित्र सवै जिल्लामा सवै जिल्लामा गठन गर्ने गरी मन्त्रालयले काम अगाडी बढाएको जानकारी दिएका छन ।
मन्त्रालयले तयार पारेको राष्ट्रिय युवा निति २०७२ र सो को कार्यन्वयनका गर्न बनेको युथ भिजन २०२५ सहितको दश वर्षे रण्नितिक योजनाको बारेमा पश्चिमाञ्चल क्षेत्रमा आयोजित दुइ दिने छलफल कार्यक्रमको समापन गर्दै सह सचिव पाण्डेले सहभागीहरु समक्ष  उक्त कुराको जानकारी दिएका हुन । परिषद गठन हुने वित्तिकै जिल्लामा रहेका सबै युवा सूचना केन्द्रहरुको समेत प्रभावकारीता वढने उनले वताए ।    
बजेट अभावका कारण मन्त्रालयले युवा कार्यक्रमहरुमा गति लिन नसकेको वताउँदै सहसचिव पाण्डेले युवा संग गाँसीएका धेरै कार्यक्रमहरु परिषदको गठन पछि सहज हुने उनको भनाई थियो । मन्त्रालयले १० वर्षे रणनितिक योजना र कार्यक्रमहरुको कार्यान्वयनका लागि समेत सरोकारवाला संस्था र अन्य मन्त्रालयहरु संग समेत मिलेर काम गर्ने सहसचिव पाण्डेले वताए ।
दुइ दिने कार्यक्रममा मन्त्रालयले तयार पारेको राष्ट्रिय युवा निति २०७२ र सो को कार्यन्वयनका गर्न बनेको युथ भिजन २०२५ सहितको दश वर्षे रण्नितिक योजनाको बारेमा मन्त्रालयका उपसचिव ज्ञानराज सुवेदीले ६ वटा विभिन्न सिर्षकमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
सो अवसरमा युवा तथा खेलकुद मन्त्रालय द्वारा पोखरामा आयोजित पश्चिमाञ्चल विकास क्षेत्रिय अन्तरक्रिया तथा छलफल कार्यक्रमका सहभागिहरुले राष्ट्रिय युवा निति २०७२ को प्रभावकारी कार्यान्वयनका लागि समेत जोड दिएका थिए । दुई दिन सम्म चलेको उक्त कार्यक्रममा पश्चिमाञ्चलका कास्की, लमजुङ्ग, तनहुँ, स्याङ्गजा, पर्वत र म्याग्दी जिल्लाका विभिन्न रजनितिक दलका भातृसंगठनका अध्यक्ष तथा अन्य सरोकारवाला संस्थाकाहरुका करिव ५० जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।



Tuesday, April 12, 2016

बालमन्दिर उमाविमा आइटी एजुकेशन सेन्टर-Bal Mandir IT Education Centre-Pokhara.Nepal



पोखरा, २९ चैत
पोखराको नदीपुरमा रहेको बालमन्दिर उच्च माविमा आइटी एजुकेशन सेन्टर सञ्चालनमा ल्याइएको छ । क्यान हेल्प अष्ट्रेलिया, सूर्योदय युवा क्लब, पुन युनाइटेड क्लब र विद्यालयको संयुक्त पहलमा आइटी एजुकेशन सेन्टर स्थापना गरिएको हो ।
एजुकेशन सेन्टरमा इन्टरनेट सहित २० वटा कम्प्युटर रहेका छन् । सेन्टर स्थापना गर्न क्यान हेल्प अष्ट्रेलियाबाट १० लाख र वाकी रकम सूर्योदय युवा क्लब, पुन युनाइटेड क्लब र विद्यालयले व्यवस्थाप गरेका हुन् । आइटी एजुकेशन सेन्टरको सोमबार एक कार्यक्रमकाबीच नेपालका लागि अष्ट्रेलियन राजदुत ग्लेन ह्वाइटले उद्घाटन गरेका हुन् ।
कार्यक्रमा बोल्दै राजदुत ग्लेन ह्वाइटले विद्याललाई सूचना प्रविधिसँग निकटाता बनाउन यस सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने बताए । वर्तमान युग सूचनाको युग भएको बताउदै उनले आइटी एजुकेशन सेन्टरलाई सहि सदुपयोग गर्न समेत आग्रह गरे ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालय पोखराका क्षेत्रिय निर्देशक विष्णुप्रसाद अधिकारीले विद्यार्थीलाई गल्ती गर्न नसक्ने वनाउन सकेमा मात्र शिक्षाको गुणस्तरता कायम हुने बताए । विद्यार्थीहरुले कति प्रतिशत ल्याए भन्दा पनि सामाजमा कसरी घुलमिल हुन्छ त्यो चासोको विषय हो उनले भने– सामाजिक व्यवहारमा सधै गल्ती गर्छ भने त्यो शिक्षालाई पूर्ण मानिदैन ।
बालमन्दिर उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष श्रीराम पौडेलले सूचना प्रविधि सग नजिक बनाउन यो सेन्टर कोषेढुङ्गा सावित हुने बताए । विद्यालयमा आइट एजुकेश सेन्टर स्थापना हुनु हाम्रो लागि सुखद कुरा भएको उनले बताए । ‘यो अभियानमा सहयोग गर्ने सवैप्रति आभार प्रकट गर्दछु,’ उनले भने ।
कार्यक्रममा क्यान हेल्प अष्ट्रेलियाका प्रमुख ग्य्राहेम करी, क्षेत्रिय प्रशाशन कार्यालय पोखराका उपप्रशाशक लोकराज रेग्मी, जिल्ला शिक्षा कार्यालय कस्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, लम्जुङका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल, रोटरी क्लव अफ अन्नपूर्णका अध्यक्ष कल्याणकुमार कर्मचार्य, सूर्योदय क्लब तथा पुन युनाइटेड क्लवका ईश्वर पुन, विद्यार्थी विकास बसौलाले बोलेका थिए ।
क्यान हेल्प नेपालकी कोषाध्यक्ष समता प्रधानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक प्रकाश वाग्लेले स्वागत तथा अतिरिक्त क्रियाकलाप संयोजक तीलकबहादुर कार्की र शिक्षिका शर्मीला रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Sunday, April 10, 2016

ज्योतिकुञ्जमा विज्ञान प्रदर्शनी -Jyotikunj English School Pokhara Nepal





    पोखरा, २७ चैत ।
 पोखराको रामबजारमा रहेको ज्योतिकुञ्ज इङलिस उच्च माविले शनिबार वृहत विज्ञान प्रदर्शनी तथा शैक्षिक सत्र २०७१/७२ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकाल प्रमुख अतिथी रहेका थिए । हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त, प्याब्सन कास्की अध्यक्ष चिनु रानाभाटको विशेष उपस्थिति रहेको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुरन कुँवरले शैक्षिक गतिविधी र भावी योजनाहरुबारे जानकारी दिएका थिए
 कार्यक्रमका प्रमुख अतिथी कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै यस्ता गतिविधीहरुले विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनमा सहयोग पुग्ने बताए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम र नृत्य समेत प्रस्तुत गरेका थिए । शैक्षिक सत्र २०७१/०७२ मा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुलाई सो अवसरमा पुरस्कृत पनि गरिएको थियो ।

Monday, March 7, 2016

थ्रि एन्जल्स मीसन स्कूलको पाँचौ वार्षिकोत्सव

पोखरा २३ फागुन
पोखराको ईन्द्रचोकमा रहेको थ्रि एन्जल्स ईन्टरनेशनल मीसन स्कूल स्थापनाको पाँचौ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
    विद्यालय परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी केदार आचार्यले शिक्षण सिकाईमा गुणस्तरीयता कायम गर्नुपर्ने बताउनुभयो ।  पहिलो पाठशाला घर भएको बताउँदै घरमा दिईएको शिक्षाको आधारमा नै बालबालिकाको शिक्षाको स्तर विकाश हुने उहाँको भनाई थियो । शिक्षकहरु असल भए विद्यार्थीहरु असल हुने भन्दै आचार्यले विद्यार्थीमा लुकेर रहेको प्रतिभालाई शिक्षकले पहिचान गराईदिन सक्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै कास्कीका बाल अधिकार अधिकृत बद्री वाग्लेले बालमैत्री वातावरणमा शिक्षा दिनु आजको आवस्यकता भएको भन्दै उनीहरुको समग्र शैक्षिक उन्नतीलाई ख्याल गरिनुपर्र्ने बताउनुभयो । सबै विद्यार्थी आँफैमा उत्कृष्ठ हुने बताउँदै वाग्लेले शिक्षाको व्यवहारिक प्रयोग अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो ।
विद्यालयका संस्थापक निर्देशक डा राजेन्द्र गौतमले विद्यालयले विद्यार्थीहको चौतर्फी हितका लागि शिक्षा प्रदान गर्ने विश्वाश दिलाउनुभयो । सर्वाङ्गीण विकाश गर्ने शिक्षाको आवस्यकतामा विद्यालय सदैव लागिपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश पाण्डेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा अझ शशक्त ढंगले अघि बढ्ने योजना रहेको बताउनुभयो । 
यसैबीच विद्यालयले विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ । जस अन्र्तगत जुनियर लेवलतर्फ कक्षा ३ का सागर बादी र पुनु तामाङ्ग, तथा सिनियर लेबलतर्फ कक्षा ७ का विनुमाया प्रजा र कक्षा ६ का जिवित कुश्मा थारु रहेका छन् । यस्तै विशाल बादी र अप्सरा राईले उत्कृष्ठ खेलकूद पुरस्कार प्राप्त गरेका छन् । अनुशाशन विधातर्फ कक्षा ७ का खुश्वु शाह र कक्षा ८ का विनोद कुमाल पुरस्कृत भए । यसैगरी ब्लू हाउसलाई उत्कृष्ठ सदनको पुरस्कारबाट पुरस्कृत गरिएको छ । उत्कृष्ठ विद्यार्थीहरुलाई कास्कीका बाल अधिकार अधिकृत बद्री वाग्ले, थ्रि एन्जल्स नेपालका कार्यकारी निर्देशक डा. राजेन्द्र गौतम, वित्त निर्देशक डा.मदन थापा लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा किन्डर गार्टनका विद्यार्थीहरुले प्रस्तुत गरेका राईम्स, कक्षा १, २, र ३ का विद्यार्थीहरुले प्रस्तुत गरेको नृत्य, बालगीत, एवं विभिन्न कक्षाका विद्यार्थीहरुले प्रस्तुत गरेको नेपाली तथा अंग्रेजी नाटकप्रति अभिभावकहरु मन्त्रमुग्ध भएका थिए ।
विद्यालयका संस्थापक निर्देशक डा राजेन्द्रकुमार गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सिद्ध माविका प्रधानाध्यापक शंकर ज्ञवाली, अभिभावक प्रतिनिधि रमाकान्त गौतम, समाजसेवी बलराम पौडेल, भक्त केसी लगायतले विद्यालयको प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक बेजप्रसाद जोशी, सोसिलय पब्लीक स्कूलका प्रिन्सिपल खिम गुरुङ्ग, वडा समन्वय समिति पोखरा १५ का अध्यक्ष प्रकाश पौडेल, विद्यालय व्यवस्थापन सहल्लाहकार समिति सदस्य लक्ष्मण बानिया, राम बानिया, तोरण बानिया, तल्लो नयाँगाउँ टोल विकाश संस्थाका उपाध्यक्ष विष्णु आचार्य लगायतको उपस्थिति रहेको थियो ।
विद्यार्थीका तर्फबाट उमिता दहाल र विद्यालयको तर्फबाट सहायक प्रिन्सिपल अनर्व विश्वासले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन कक्षा ७ का छात्रा खुश्वु शाह र कक्षा ९ का छात्र अशिम पाण्डेले गरेका थिए । 


Tuesday, March 1, 2016

भाष्करमा विद्यार्थी सम्मान-Pokhara-News


पोखरा, १७ फागुन ।
पोखरा ११ फुलबारीमा अवस्थित भाष्कर मेमोरियल स्कूलले विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
    हालै सम्पन्न लेखनाथ महोत्सवमा नृत्य विद्यामा तृतीय हुन सफल एलिना पुनलाई एक कार्यक्रमको आयोजना गरी विद्यालयले सम्मान गरेको हो । उनलाई विद्यालयका शिक्षकहरु गणेश बहादुर राना, होमराज अधिकारी लगायतकाले सम्मान गरेका थिए ।
यसै बीच विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत कथा लेखन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा प्रा.वि. तहमा अदिती पौडेल, विनम्र बास्तोला, विराज ढुंगाना र कृपा सुवेदीले क्रमशः सान्त्वना, तृतीय, द्वितीय र प्रथम स्थान हासिल गरे ।
    त्यसैगरी नि.मा.वि. तहमा यूरिका गुरुङ, निर्देश सुवेदी, किरण आचार्य र गरीमा गौतमले क्रमशः प्रथम, दितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरे भने मा.वि. तहमा अपर्णा बास्तोला, सोनीका ढुंगाना र श्रुती अधिकारीले प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख शिक्षक गोविन्द थापाले बताए ।

न्याश्नल ईन्भेन्टिभमा विद्यार्थीको विदाई

पोखरा १७ फागुन ।
पोखराको बैदामस्थित न्याश्नल ईन्भेन्टिभ आवासीय उच्च माविबाट प्रवेशिका परिक्षा दिने कक्षा १० का विद्यार्थीहरुलाई सोमबार विदाई गरिएको छ ।
कक्षा ९ का विद्यार्थीहरुले आयोजना गरेको विदाई कार्यक्रममा शुभकामना दिनुहुँदै विद्यालयका प्राचार्य उमा लामिछानेले एस एल सी परिक्षा २०७२ मा सहभागि हुने सम्पूर्ण विद्यार्थीहरुलाई मेहनतका साथ पढ्न आग्रह गर्नुभयो । उहाँले परीक्षामा उत्कृष्ठ अंकका साथ उत्तिर्ण हुनका लागि लगनशील भएर अघि बढ्नुपर्ने आवस्यकता औँल्याउनुभयो । कक्षा ९ का छात्रा बिपना पहारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विद्यालयका सह प्राचार्य विक्रम पौडेल,  कक्षा १० का छात्र योगेन्द्र राना, कक्षा ९ का छात्र प्रशिद्ध दाहाल लगायतले पनि बोल्नुभएको थियो । सो अवसरमा कक्षा ९ र १० का विद्यार्थीहरुबीच मायाँको चिनो आदानप्रदान गरिएको थियो भने नृत्य तथा गीत समेत प्रस्तुत गरिएको थियो । कक्षा ९ का छात्रा लस्ता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन समेत कक्षा ९ का विद्यार्थीहरुले नै गरेको विद्यालयले जनाएको छ । उक्त विद्यालयबाट यस वर्ष ४८ जना विद्यार्थीहरु प्रवेशिका परीक्षामा सहभागि हुँदैछन् ।

Friday, April 3, 2015

क्यानिडियन प्रशिक्षकद्धारा सामुदायिक विद्यालयका ३० जना शिक्षकलाई प्रशिक्षण-Pokhara news


पोखरा, चैत्र १९ गते । 
पोखरा मन्टेश्वरी किन्डर होमको आयोजना तथा क्यनडा फाउन्डेशन फर नेपालको सहयोगमा तीन दिने शिक्षण सिकाइ तालिम सुरु भएको छ । सो तालिममा कास्की जिल्लाका सामुदायिक विद्यालयमा अध्यापन गर्ने ३० जना महिला शिक्षकहरुको सहभागिता रहेको छ ।
सहभागी शिक्षकहरुलाई क्यानिडियन प्रशिक्षक टीनका केसीले प्रशिक्षण दिइरहनु भएको छ । सो प्रशिक्षणमा बच्चाको बाल मनोस्थिति, बाल मनवैज्ञानिकता र बच्चाको उमेर र चाहना लगायतका विषयमा कसरी पढाउने भन्ने बारेमा सिकाइ केन्द्र्रीत रहेको पोखरा मन्टेश्वरी किन्डर होमका प्रिन्सिपल एवम् क्यानिडियन फाउण्डेशनका सदस्य मिलन केसीले जानकारी दिनुभयो ।
विगत चार वर्षदेखि निशुल्क रुपमा प्रदान गर्दै आएको सो प्रशिक्षणले सामुदायिक विद्यालयमा पाउने शिक्षकशिक्षिकालाई थप सहयोग पुगेको महशुस गरिएको छ । प्रशिक्षणमा स्थानीय तहमा हुने शैक्षिक सामाग्रीको उचित व्यवस्थापन र प्रयोगदेखि लिएर शैक्षिक सामाग्रीको संकलनका बारेमा व्यवहारिक ज्ञान दिइएको छ ।
कार्यक्रममा प्रशिक्षक केसीले शिक्षकले सिकेको ज्ञानलाई विद्यार्थीहरुको कक्षाकोठामा पु¥याई सिकाई उपलब्धी हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।