Sunday, February 25, 2018

रत्नज्योतिको २० औं एसआरजे एक्सेलेन्सी अवार्ड सम्पन्न

पोखरा, ११ फागुन ।

       पोखरा लेखनाथ म.न.पा.वडा नं. ८ मा अवस्थित श्री रत्नज्योति माध्यमिक विद्यालयले पोखरा सभागृह हलमा विद्यार्थीको प्रतिभा सहित पहिचान  कार्यक्रममा एसआरजे एक्सेलेन्सी अवार्ड तथा २० औं अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

       विद्यालय व्यवस्थापन समिति अध्यक्ष टुवराज बास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कस्कीका सहायक जिशिअ दामोदर सुवेदीले गुणस्तरीय शिक्षाको साथै बालबालिकाको अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउने कार्यमा रत्नज्योति विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

       कार्यक्रममा जुनियर र सिनियर तह अन्तर्गत ५ वटा विधाहरु नेपाली र अंग्रेजी वक्तृत्वकला, नृत्य, गायन र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएका थिए । आफ्ना बाबुनानीहरुको प्रतिभा एवम् नृत्यहरु अवलोकन गरी अभिावकहरुले मनोरन्जन लिनुभएको थियो ।

       उक्त कार्यक्रममा नेशनल प्याब्सन कास्कीका अध्यक्ष राम बहादुर मोचीले विद्यालयले समय सुहाउँदो शिक्षा उपलब्ध गराउन कुनै कसर बाँकी नराखेको बताउनुभयो । कार्यक्रमलार्य रोचकताका साथ अगाडि बढाउँदै नेशनल प्याब्सन केन्द्रीय महासचिव सुवास न्यौपानेले विद्यार्थीको उज्वल भविष्य निर्माणका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

       विद्यालयका भाइस प्रिन्सिपल महासागर पौडेल संयोजक रहनु भएको उक्त कार्यक्रममा जुनियर तर्फको एसआरजे एक्सेलेन्सी अवार्ड २०७४ कक्षा ३ की छात्रा श्रेया गिरीले प्राप्त गरेकी थिइन् । नृत्य विधामा कुसुम आलेमगर, सन्जु गुरुङ्ग, नितु गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

       यसैगरी गायन विधामा शुभेच्छा चिलुवाल, अनुशा अधिकारी, आर्यन पाण्डे क्रमशः प्रथम, द्वितीय तृतीय, हाजिरीजवाफ तर्फ आयुष सापकोटा, मिजास देवकोटा, सार्थक तिवारी क्रमशः प्रथम, द्वितीय तृतीय भएका थिए । यसैगरी नेपाली वक्तृत्वमा सुप्रिम चिलुवाल, दावा लामा, कन्गना गुरुङ्ग क्रमशः प्रथम, द्वितीय तृतीय, अंग्रेजी वक्तृत्व अन्तर्गत स्वरुप तिवारी, सोनिया अधिकारी र सिम्रन आचार्य क्रमशः प्रथम, द्वितीय तृतीय हुन सफल भएका थिए ।

       सिनियर तह (कक्षा ६/९) सम्ममा एसआरजे एक्सेलेन्सी अवार्ड कक्षा ८ की छात्रा सलिना बस्नेतले हात पारिन् । विधा अन्तर्गत नृत्य विधामा सदिक्षा रामदाम, नविन अधिकारी, समृति चापागाई क्रमशः प्रथम, द्वितीय तृतीय, गायन विधामा कल्पना तामाङ, शैलेस नेपाली, कृष्टिना गुरुङ्ग क्रमशः प्रथम, द्वितीय तृतीय, हाजिरी जवाफमा कृतिका पौडेल, समिप तिवारी, प्रज्वल सुवेदी क्रमशः प्रथम, द्वितीय तृतीय भए । त्यसैगरी नेपाली वक्तृत्वमा सोनिया अधिकारी, सुप्रिया गुरुङ्ग, प्रज्वल बराल क्रमशः प्रथम, द्वितीय तृतीय, र अंग्रेजी वक्तृत्वकलामा अमृता अधिकारी, भक्ति पराजुली, अनिसा तिमिल्सिना क्रमशः प्रथम, द्वितीय तृतीय भएका थिए ।

       कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यालयका अभिभावक उदय पराजुलीले विद्यार्थीलाई शैक्षिक गुणस्तरका साथै बालबालिकाको ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने कार्यमा विद्यालय अग्रसर रहेको बताउनुभयो । यसैगरी विद्यालयका संस्थापक निर्देशक हेमन्त अधिकारीले राष्ट्रलाई असल र कर्मठ नागरिक तयार पार्न विद्यालय कहिल्यै पछि नपर्ने बताउनुभयो ।

       कक्षा नर्सरीदेखि कक्षा १२ सम्म संचालित उक्त विद्यालयले कार्यक्रममा ११ र १२ विज्ञान तथा व्यवस्थापन संकायका छात्रछात्राहरुलाई समेत समावेश गरेको थियो । ११ र १२ कक्षा अन्तर्गत नृत्य विधामा सुजन थापा, विवेक तामाङ्ग, सपना घोताने क्रमशः प्रथम, द्वितीय तृतीय, नेपाली वक्तृत्वमा सुजन थापा, भुवन अधिकारी, प्रेम गिरी क्रमशः प्रथम, द्वितीय तृतीय, र गायनमा सुस्मिता गुरुङ्ग  भएका थिए ।

       कार्यक्रममा प्रथम, द्वितीय तृतीय हुनेलाई शिल्ड तथा प्रमाणपत्र वितरण गयरिएको थियो भने २०७३ सालको कक्षा नर्सरीदेखि कषा १२ सम्मको एकेडेमीक पुरस्कार पनि प्रदान गरिएको थियो । कार्यक्रम
मा सभापति टुवराज बास्तोलाले विद्यलायले विसौं वर्ष अनवरत सेवा गर्दै आइरहेको व्यक्त गर्दै सबैलाई धन्यवाद एवम् आभार प्रकट गर्नुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.