Thursday, May 3, 2018

भिमकाली कपमा दोस्रो चरणका खेलहरु, डिफेण्डिङ च्याम्पियन दिप युनाईटेडको सानदार जित


पोखरा २० बैशाख ।
पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा बिहिबार सम्पन्न पहिलो चरणको खेल अन्र्तगत बिष्णु पादुका क्लब, बि.वाई.सि बसपार्क, पसगाउँ फुटबल क्लब, मर्निङ गाईज र फेवा युवा क्लब बिजयी भएको छ भने दोस्रो चरण अन्तर्गतको खेलमा दिप युनाईटेड, एल जि एसोशियसन र तारा फुटबल क्लब टिम “ए” बिजयी भएको छ ।
पुरानो टुडिखेलमा सम्पन्न पहिलो खेलमा तारा फुटबल क्लब टिम “बि” लाई २–१ को गोल अन्तरले हराउदै बिष्णु पादुका क्लब अघिल्लो चरणमा प्रबेश गर्यो । 
दोस्रो खेलमा कालिका युनाईटेडलाई ४–२ को गोल अन्तरले पराजित गर्दै बि.वाई.सि बसपार्कले दोस्रो चरणको लागी स्थान बनायो । 
प्रतियोगिताको तेस्रो खेलमा लामपाटन फुटबल क्लबलाई  ६–० गोलको  फराकिलो अन्तरले पराजित गर्दै फेवा युथ क्लब बिजयी भयो । फेवा युवा क्लबको जितमा प्रशित परियारले ह्याट्रिक गर्न सफर रहे ।
त्यसैगरी चौथो खेलमा काजीपोखरी युवा क्लबलाई २–१ को गोल अन्तरले  पसगाउँ फुटबल क्लबले पाखा लागायो ।
प्रतियोगिताको पाचौ खेलमा मर्निङ गाईज र ब्याट केभ बिच भएको खेल १–१ को बराबरीमा सकिएपछि ट्राईबेकरमा ४–३ को गोल अन्तरले हराउदै मर्निङ गाईजले दास्रो चरणको लागी स्थान बनायो ।
प्रतियोगिताको दोस्रो चरणको पहिलो र आजको छैटौ. खेलमा दिप युनाईटडले डाडाँ फुटबल क्लबलाई १३–१ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । दिप युनाईटडको जितमा स्तेफेनले सर्बाधिक ७, होलयाण्डले ४ र पेम्बा नर्बु लामा तथा बिबेक गुरुङले समान १/

१ गोल गरे ।
प्रतियोगिताको सातौ खेलमा एल जि एसोशियसनले गगन ट्याटुलाई ३–० गोल अन्तरले पराजित गर्दै तेस्रो चरणमा स्थान बनायो ।
त्यसैगरी अन्तिम खेलमा स्यानी पाटन फुटबल क्लबलाई तारा फुटबल क्लब टिम “ए” ले ४–१ गोल अन्तरले हराउदै तेस्रो चरणको लागी छनौट भएको खेल संयोजक मनोज श्रेष्ठले बताए । 
श्रेष्ठका अनुसार दोस्रो चरण अन्तर्गत शुक्रबार ८ खेलहरु सञ्चालन हुनेछन ।
आगामी २५ गते फाईनल हुने प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार                                                                                     प्रदान गरिने आयोजकले जनाएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.