पोखरा, २० वैशाख
प्रदेश ४ मा आगामी आर्थिक बर्षमा कार्यान्वयन हुनेगरी प्रदेश सरकारले चालू बजेटबाट सडक स्तरोन्नती शीर्षकमा ९ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको छ । जुन कुल पूँजीगत बजेटको करिब १७ प्रतिशत हो । प्रदेशसभा सांसदको सिफारिसमा प्रदेश राजधानीलाई हरेक निर्वाचन क्षेत्रसँग जोड्ने गरी सडक निर्माण र स्तरोन्नती गर्न बजेट ब्यवस्था गरिएको हो ।
दामासायी हिसावले हरेक निर्वाचन क्षेत्रलाई २६ लाख पर्नेगरी बजेट भागबण्डा गरिएको छ । ‘सांसद ज्यूहरुलाई सम्बोधन गर्न यो कार्यक्रम ल्याईएको हो । उहाँहरुकै सिफारिसका आधारमा योजना छनौट र कार्यान्वयन हुन्छ, अर्थ मन्त्रालयका सचिव विष्णुराज ढकालले भने–सरकार नयाँ भएकाले काम गर्ने संयन्त्र छैन । सांसद ज्यूहरुले आफ्नो क्षेत्रको कुनै सडक सिफारिस गरी टेण्डर निकाल्न सक्नुभयो भने अहिलेदेखि नै स्तरोन्नतीको काम हुन्छ ।’
सरकारले बजेट विनियोजन गरेपनि आर्थिक बर्ष सकिनै लागेकोले बजेट खर्च हुने सम्भावना निकै न्यून छ । यसले करिब १० करोड रुपैयाँ सोझै फ्रिज हुने देखिन्छ । यसबाहेकका पनि अधिकांश बजेट अमुर्त भएकोले कार्यान्वयन जटिल छ । सरकारको पहिलो बजेट योजना र कार्यक्रम भन्दा अध्ययन र गुरुयोजना निर्माणमा बढी छ ।
No comments:
Post a Comment
Please, comment about this article.