Thursday, July 5, 2018

युनाइटेड क्लवद्धारा कालिका पब्लिक कलेजका दुई विद्यार्थीलाई छात्रबृत्ति वितरण-United Club Chhatrabriti Bitaran Pokhara


पोखरा २० असार ।
 सामाजिक क्रियाकलापमा अग्रणी स्थानमा रहेको युनाइटेड क्लवले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत कालिका पब्लिक कलेज रामबजारमा छात्रबृति वितरण गरेको छ । स्थापनाकालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया गन्तब्य चिडियाखाना निर्माणमा जोड दिदै सेती नदी संरक्षणमा अगाडी वढेको क्लवले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत कालिका पब्लिक कलेजमा अध्ययनरत दुइ जना छात्र छात्रालाई छात्रबृत्ति वितरण गरेको हो ।
क्लवले कालिका पब्लिक कलेज मानविकी संकाय स्नातक तह पहिलो वर्षमा अध्ययनरत सुरेन्द्र शाही र ब्यवस्थापन संकाय स्नातक तह पहिलो वर्षमा अध्ययनरत अन्जु गिरीलाई छात्रबृत्ति स्वरुप जनही १५ हजार प्रदान गरिएको हो । छात्रबृत्ति वितरण कार्यक्रममा वोल्दै कलेजका ब्यवस्थापन समिती अध्यक्ष जनकराज बोहोराले युनाइटेड क्लवले नाम अनुसारको उद्देश्य लिएर काम गरेको र सोही अनुसार कालिका माविमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर आफ्नो विद्यार्थीमाथी ठूलो गुन लगाएको वताए । क्ल
वले पांच वर्ष अगाडी कालिका माविमा अध्ययनरत विद्यार्थीका लागी छुट्टै छात्रबृत्ति कोष स्थापना गरेको भएतापनि यो वर्ष कलेज लेवलमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेकोमा अध्यक्ष बोहोराले खुसी ब्यक्त गरे ।
सो अवसरमा वोल्दै क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले कालिका पब्लिक कलेजमा अध्ययनरत विद्यार्थीहरुका लागी क्लवले सुरुवातको दिनदेखी काम गर्दै आइरहदा हाल आएर छात्रबृत्ति कोष बाहेक पनि विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गर्न पाउदा आफुहरु निकै हर्षित भएको वताए । ८ वर्षको अन्तरालमा युनाइटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखराको लेखनाथ पचभैया क्षेत्रमा चिडियाखाना निर्माणको काम थालनी गर्न पाउदा निकै खुसी लागेको वताए । पोखरा महोत्सवको आयोजना गरी मनोरन्जन मात्र नभइ महोत्सवमा टिकटमार्फत उठाइएको रकम सामाजिक काम मार्फत जनताको सेवामा खर्चन पाउनु नै क्लवको लागी महत्वपूर्ण काम भएको बख्रेलको भनाइ रहेको छ । 
क्लवका प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमितीका संयोजक लालाकजी गुरुङले युनाइटेड क्लवले स्थापना कालदेखीनै अति विपन्न विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न विद्यालयहरुमा छात्रवृत्ति अक्षय कोषहरु स्थापना गर्दै आइरहेको र हाल सम्म कास्की र छिमेकी जिल्लाहरुमा गरी विभिन्न ८ वटा सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना गरेको वताए । यो वर्ष मात्र कालिका पब्लिक कलेज संगै अन्य विद्यालयहरुमा अध्ययन गर्ने ६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको गुरुङले वताए । क्लवका महासचिव राजु श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा क्लवका आजिवन सदस्य तथा शिक्षा उपसमिती सदस्य शिद्धि कुमार श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने कार्यक्रममा क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापा, कोषाध्यक्ष गणेश तिमिल्सिना लगायतको सहभागीता रहेको थियो ।  

No comments:

Post a Comment

Please, comment about this article.