Tuesday, November 19, 2019

सप्तरंग–२ अमरसिंहमा भोलि-Saptarang Season 2 in Pokhara Nepal

मंसिर ३, पोखरा
ग्रिस्मा ब्रोडकास्टिङको आयोजनामा बुधबार पोखरा अमरसिंह चोकमा सप्तरंग सांगीतिक कार्यक्रम हुने भएको छ । पर्यटन प्रवर्धन र समुन्नति नारा सहित कार्यक्रममा महानायक राजेश हमाल, नेपाल आइडलका विजेता रवि ओड, मेलिना राई, हास्य कलाकार जितु नेपाल, हिमाल सागर, सुगम पोखरेल र प्रकाश सपुतको प्रस्तुति रहने छ ।
कार्यक्रमको स्थानीय आयोजक बार्दली मिडियाका मन क्षेत्रीका अनुसार सप्तरंग सांगीतिक कार्यक्रम देशका अन्य ६ प्रदेशमा भएपछि पोखरा हुन लागेको हो । ‘सुरुमा प्रदेश १ गतेबाट सुरु भएको यो कार्यक्रम प्रदेश नम्बर ५ सुर्खेत पछि गण्डकी प्रदेशमा समापन हुन लागेको हो,’ उनले भने, ‘गत वर्ष पनि पहिलो संस्करणको कार्यक्रम गरेका थियौं । त्यति बेला पनि कार्यक्रममा दर्शकको राम्रो सहभागी थियो ।’
कार्यक्रम बुधबार पोखरा अमरसिंह चौरमा साँझ ४ बजेपछि सुरु हुनेछ । प्रवेश निशुल्क गरिएको कार्यक्रममा नेपाल पुलिस क्लब, बिटुडी डान्स स्कुलको समेत प्रस्तुति रहने क्षेत्रीले जानकारी दिए । अघिल्लो संस्करणमा रामकृष्ण ढकाल, पशुपति शर्मा, प्रमोद खरेल, इन्दिरी जोशी, सन्दीप क्षेत्री, दीपक विष्ट र अञ्जली अधिकारीको प्रस्तुति रहेको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.