Saturday, June 14, 2014

नेम्स् पोखरामा विदाई, विद्यार्थी रोजाइको विषयका लागि जोड-SLC-Nepal-Pokhara

 
पोखरा, जेठ ३० गते । फलामे ढोकाको रुपमा रहेको एस.एल.सी. दिएका विद्यार्थीहरुलाई व्रिर्ज कोर्ष शिक्षा प्रदान गर्दै आएको नेम्स पोखराले आज एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई विदाई तथा शुभकामना प्रदान गरेको छ ।

सो संस्थाका अध्यक्ष एव्म सगरमाथा उच्च मा.वि.का प्राचार्य धन बहादुर थापाले विद्यार्थीहरुले जुनसुकै विषय अध्ययन गरे पनि त्यसमा दक्षता र निपुर्णता हुनुपर्नेमा जोड दिनुभयो ।

शिक्षाले नै मानव जीवनका हरेक पक्षलाई सहज रुपमा लैजाने भइकाले शिक्षा विनाको समाज, राज्य कल्पना गर्न पनि नसक्ने बताउदै अध्यक्ष थापाले विद्यार्थीहरुलाई अध्ययनमा नै केन्द्रित गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष थापाले छोटो समयमा नै नेम्स् पोखराले प्रधान गरेको गुणात्मक शिक्षाबाट विद्यार्थीहरुलाई यस पछिको विषयहरु अध्ययन गर्न सेतुको काम गरेको बताउनु भयो ।

त्यसै रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले एस.एल.सी. नतिजालाई मात्रैै लिएर विद्यार्थीहरुको क्षमता जाँच्न नसकिने भएकाले विद्यार्थीहरुले आफ्नो क्षमता हरेक क्षेत्रमा प्रस्तुत गरी व्यवसायीक शिक्षा तर्फ लाग्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “ कुनै पनि विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्दा आफ्नो रोजाईलाई नै प्राथमिकतामा राख्नु पर्दछ तकि अभिभावकको जोडबलमा होइन ।”

सो समारोहमा विद्यार्थी इक्षा घले र भक्त क्षेत्रीले नेम्स् पोखराका शिक्षक, व्यवस्थापन पक्ष र अन्य वातावरणले छोटो समयमा दिएको शिक्षा विद्यार्थीहरुका लागि निकै उपयोगी रहेको भन्दै नेम्स् पोखरा प्रशंसा गरेका थिए ।


No comments:

Post a Comment

Please, comment about this article.