Tuesday, April 29, 2014

निर्मल पोखरी गाबिसमा नागरिक प्रहरी अन्तरक्रिय-Nirmal Pokhari V.D.C Kaski

वैशाख १२, पोखरा ।
 कास्की प्रहरीले “प्रत्येक नागरिक बिना वर्दीका प्रहरी हुन र प्रत्येक प्रहरी वर्दी सहितका नागरिक हुन” भन्ने नाराका साथ गाँउ गाँउमा नागरिक सुरक्षा विषयमा स्थानिय नागरिक र प्रहरी बीचमा अन्तरक्रिया कार्यक्रमको अभियान थालेको छ । 
सोही अभियान अन्तरगत शुक्रबार सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयोजन र निर्मल पोखरी गाविसको आयोजनामा निर्मलपोखरी गाविसको जनचेतन उमाबिको प्राङ्गणमा गाविसको पाँच सय भन्दा बढी स्थानिय नागरिकको भेलाका बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
निर्मलपोखरी गाविसका सचिव गंगादत्त पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिदै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजेशनाथ बास्तोलाले प्रहरी र नागरिक बीच सहकार्य गरी गरिएका कार्यहरु फलदायि हुनुका साथै दुरगामी पनि हुने हुनाले समाजलाई समुन्नत बनाउनको लागि हामी प्रहरी र नागरिक एक अर्कामा होस्टेमा हैसे गर्नुपर्ने कुरा बताउनुभयो । नागरिकहरु सुसूचित भएर नै हाल नेपाल प्रहरीको कार्य उत्कृष्ट भएको उल्लेख गर्दै कानून कार्यान्वयनमा कोही कसैसँग सम्झौता नगरिने हुँदा समाजका अग्रज व्यक्तिहरुले प्रहरीले समातेको व्यक्तिलाई छुटाउन हैन कि समाजमा अपराधिक क्रियाकलाप हुन नदिने भूमिका खेल्न अनुरोध गर्नुभयो । 
कार्यक्रममा जनचेतन उमाविका प्राचार्य निर्मल बहादुर अधिकारी, सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लालबहादुर श्रेष्ठ, नागरिक समाजका अध्यक्ष उदयबहादुर रायमाझी, नेपाली काग्रेसका प्रतिनिधी रघु पराजुली, एमालेका प्रतिनिधी कृष्णबहादुर थापा, नेकपा एमाओवादीका प्रतिनिधी प्रकाश पौडेल, केशर निर्दोशी, संगिता भण्डारी, केशव आचार्य, गुरुप्रसाद पौडेल, पूर्ण प्रसाद अधिकारी, रमादेवी आचार्य, नारायणदत्त अधिकारी, दिपेन्द्र पौडेल लगायतका व्यक्तिहरुले सुरक्षा सम्बन्धमा प्रहरी तथा स्थानिय नागरिकको भूमिका विषयमा बोलेका थिए ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका महासचिव बिमलबहादुर कार्कीले संचालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको बारेमा सोही कार्यालयका ईन्र्चाज प्रहरी नायव निरीक्षक रेशमलाल पौडेलले प्रकास पारेका थिए । उठेका जिज्ञासाको जवाफ दिने क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक चन्द्रा गुरुङले महिला हिंसा, घरेलु हिंसा अझै समाजबाट हटी नसकेको बताउदै महिला सहभागिता र महिला सचेतनाको आवश्यकताको बारेमा बताउनुभयो ।


No comments:

Post a Comment

Please, comment about this article.