Tuesday, April 29, 2014

सामुदायिक प्रहरीको लागू औषध तथा एच.आई.भी.विरुद्धको प्रशिक्षण-Kaski-Police

प्रहरीको सचेतनामुलक क्रियाकलाप अन्तरगत सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथको आयोजनामा लेखनाथ ४ स्थित स्याङ्गजाली समाजको भवनमा लागू औषध तथा एच.आई.भी. एडस विरुद्ध सचेतना सम्बन्धी एक दिवसिय प्रशिक्षण कार्यक्रम सोमवार सम्पन्न भयो ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथका अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजेशनाथ बास्तोलाले  विकृति विसंगति न्यूनीकरणको लागि घरघरबाट प्रत्येक व्यक्ती जागरुक हुनुपर्ने बताउदै सो को लागि सामुदायिक प्रहरीको अभियानमा सबैले लाग्नुपर्ने बताउनुभयो । हाल नेपालमा सामाजिक रोगको रुपमा रहेको लागू औषध र एच.आई.भि. एक अर्कामा अन्योन्याश्रित सम्बन्ध राख्ने हुनाले हामी समयमानै आफ्ना वालवालिकाको संगत तथा रहनसहनको बारेमा जानकार हुनु जरुरी छ भन्नुभयो । कानूनले दण्ड सजायमा कठोर रुप लिएको लागू औषधको असर बारेमा बताउदै प्रमुख अतिथि बास्तोलाले भविष्यका कर्णधार विद्यार्थिहरु भविष्यमा विभिन्न वृत्ति विकासको लागि विदेश जान तथा विभिन्न संघ संस्था खोल्न या सरकारी नोकरीमा आवश्यक पर्ने प्रहरी रिपोर्टमा समेत लागू औषधको कुरा उल्लेख हुने र त्यस्ता कार्यबाट वञ्चित हुने हुँदा आजैबाट यूवा तथा अभिभावक समेत सचेत हुन सुझाव दिनुभयो ।
सचिव रामजी न्यौपानेले संचालन गरेको कार्यक्रममा स्याङजाली समाजका अध्यक्ष क्या.डिक बहादुर गुरुङ, उपाध्यक्ष प्रेम कुमारी गुरुङ, प्रहरी निरीक्षक गंगाबहादुर थापा, संस्थाका सल्लाहकार सुवेदार अमित गुरुङ, सातताल चेचनशिल युवा क्लवका सदस्य विकास ढुङ्गाना समेतले लागू औषधको कुप्रभावको बारेमा बोलेका थिए । लेखनाथ ४ स्थित तालबेसीमा रहेका यूवा, विद्यार्थी, अभिभावक, यूवा क्लवका सदस्य आमा समूहका प्रतिनिधी तथा सदस्यहरु समेत गरी १ सय ५६ जना व्यक्तिहरुलाई नौलो घुम्तीका रामशरण सेडाई र ओम गुरुङले सहजीकरण गरेका थिए ।
 
मिति : २०७१/१/१५ गते ।
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालयकास्की

No comments:

Post a Comment

Please, comment about this article.