Monday, March 24, 2014

World Water Day- 2014, Talk Program on "Water & Energy"-पानी र उर्जा विषयक छलफल कार्यक्रम सम्पन्न



           “विश्व पानी दिवश –२०१४” को सन्दर्भमा ग्लोबल पीस फाउन्डेसन नेपालको आयोजना, एकीकृत शहरी विकास केन्द्र र नेपाल साइन्स ओलम्पियाडको सहकार्यमा पानी र उर्जा विषयक छलफल कार्यक्रम जी.पी.एफ हल कमलादीमा २०७० चैत्र ९ गते  आइतबार सम्पन्न भयो । उक्त कार्यक्रममा पानी, उर्जा विज्ञ, अनुसन्धानकर्ता, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी गरेर ६० जनाले भाग लिनु भएको थियो ।
      कार्यक्रममा ग्लोवल पीस फाउन्डेसन नेपालका अध्यक्ष ई. रामरोहन पन्तले स्वागत मन्तव्य व्यक्त गर्दै आफ्नो संस्थाले “दिगो विकास मार्फत शान्ति” को  अबधारणालाई अगाडी वढाउँदै पानी र उर्जाको क्षेत्रमा सस्थाले अगाडी वढाएको कार्यहरुको चर्चा गर्नुहुदै यस क्षेत्रको विकासका लागि राज्य पक्षको मात्र मुख नताकेर सबैले पहल गर्नुपर्ने बताउनु भयो ।
      कार्यक्रममा विश्व बैंकका उर्जा शान्ति सहयोग कार्यक्रमका अनुगमन र मुल्याङ्कन विज्ञ ई. कविन्द्र पुडासैनीले “पानी नेतृत्व” सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै नेपालमा पानीको सहि रुपले प्रयोग, वितरण र भविष्यको आवश्यकता पूर्ति र पहिचान, समस्या समाधानलाई सहिरुपले सम्बोधन गर्न “पानी नेतृत्व” सिप राष्ट्रिय, क्षेत्रिय र सामुदायीक क्षेत्रमा प्रतिनिधित्व हुने गरी त्यस सम्बन्धी पानी नेतृत्व कर्ता क्षमता विस्तार गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
      कार्यक्रममा पुर्व उर्जा सचिव ई. हरिराम कोइरालाले नेपालमा उर्जा क्षेत्रको स्थिती, चुनौती, समस्या र समाधान, विषयमा प्रकाश पार्दै देशको विद्यमान उर्जा संकटलाई समाधान गर्न सरकारले नै उर्जा किनमेल सम्झौता (एएब्) गर्नुपर्ने र साना–ठुला विद्युत आयोजना देश तथा विदेशबाट लगानीको लागि लगानीमैत्री वातावरण सरकारले बनाउन पहल गर्नुपर्ने बताउनु भयो । उहाँले विद्युत प्रसारण लाइनको निर्माण र राजनैतिक नेतृत्व गणमा उर्जा क्षेत्रको समस्या समाधान गर्न त्यस किसीमको प्रतिबद्घता र नितिगत कुरामा सुधार ल्याउनु पर्ने कुरा व्यक्त गर्नु भयो ।
       कार्यक्रममा अर्का वक्ता पानी ईन्जिनियरिङ्ग र तालिम केन्द्रका वैज्ञानिक व्यवस्थापक श्री सुरेन्द्र पराजुलीले उपभोक्ताको गुणस्तरीय पानीको प्रयोगका अधिकारलाई सम्बोधन गर्न उच्च स्तरिय प्रयोगशालाको महत्व र राज्य पक्षबाट अनुगमन र मुल्याङ्कन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
     अधिकार सम्पन्न एकिकृत वागमती सभ्यता क्षेत्र विकास समितिका पुर्व अध्यक्ष श्री महेश बहादुर वस्नेतले वागमती सरसफाइ र नदिनाला संरक्षणमा विगतका आफ्ना अनुभव व्यक्त गर्नु भएको थियो ।
संचार संयोजक    
ग्लोबल पीस फाउन्डेसन, नेपाल

No comments:

Post a Comment

Please, comment about this article.