Thursday, March 27, 2014

नक्कली प्रहरी पक्राउ -Pokhara

पोखरा, १३ चैत /आफूलाई प्रहरी बताउदै धम्की दिई रकम असुल गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा १० रामघाट स्थित लमजुङ्ग होटलका सञ्चालक कृष्ण गिरिलाई आफू महानगरिय प्रहरी परिसर हनुमान ढोका काठमाण्डौँको CID भएको र गिरि विरुद्ध केस परेको भन्दै धम्की दिइ रकम असुल गर्ने २१ वर्षिय सुवासचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।धम्की दिई रकम माग गरेको भन्ने सुचना प्राप्त हुना साथ खटिएको प्रहरी टोलीले ग ८ प १००२ नम्बरको मोटरसाइकल चढी फरार रहेका पौडेललाई पिछा गर्दै जाँदा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पछाडिबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।
कास्की धिताल ३ घर भई हाल पोखरा ५ पस्र्याङ बस्ने पौडल विरुद्ध म्याद थप गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.