Sunday, March 23, 2014

सेति खोचबाट दुईजनाको उद्धार Pokhara

१) मिति २०७०।१२।८ गते ०९:४५ बजेको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ९ चोरसाँघुको पुुल मुनि खोंचमा अं. २०० मिटर तल नामथर वतन नखुलेको वर्ष अं. ३०/३५ कि महिला खसेको छ भन्ने खवर प्राप्त हुनासाथ यस कार्यालयबाट प्रहरी नायव उपरीक्षक सन्तोष खड्का सहितको टोली र नेपाल प्रहरीको पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गणबाट ९ सदस्यीय उद्धार टोली  तत्काल घट्नास्थलमा पुगि २ घण्टाको उद्धारकर्मीहरुको अविरल प्रयास पश्चात निज महिलालाई सेती नदीको सतहबाट सकुशल उद्धार गरी बाहिर निकाली उपचारको लागि प.क्षे. अस्पतालमा पु¥याईएको छ । निज महिलाले तत्कालै उपचार पाएको कारण स्वास्थ्यमा समेत सुधार भईरहेको छ । हाल उपचारमा निज महिलाको श्रीमान उपचारमा संलग्न छन । उनका अनुसार खोंचमा खस्ने उक्त महिलाको नाम आशा क्षेत्री, वर्ष ३०, स्थायी घर दोलखा भई हाल पोखरामा बस्दै आएको । निज महिलाले हामफाल्ने कारणका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

२)    मिति २०७०/१२/८ गते ०८:५० बजेको समयमा जि. कास्की पोखरा १० रामघाट सुकुम्वासी टोल बस्ने वर्ष ४५ को कुमार नेपाली अत्यधिक मादक पदार्थ सेवन गरी नजिकैको भिरबाट सेती नदिको किनारामा खसेको भन्ने खवर प्राप्त हुनासाथ यस कार्यालयबाट खटिएको प्रहरी टोली र निजको आफन्तले उद्धार गरी उद्धार गरी उपचारको लागि गण्डकी अस्पतालमा पु¥याएको ।

मिति २०७०/१२/८ गते ।  

District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की

No comments:

Post a Comment

Please, comment about this article.