Saturday, March 22, 2014

झगडा मिलाउन जाने प्रहरीलाई कुटपिट गर्ने पक्राउ-Pokhara



   
मिति २०७०/१२/५ गते राती कास्की जिल्ला सिल्दजुरे गा.वि.स. वडा नं. ६ छाचोक स्थित पावरहास नजिकै रहेको बिष्णु बहादुर रानाको खाजा घरमा झैझगडा तथा खुकुरी प्रहार भएको छ भन्ने खवर प्रहरी पोष्ट सिल्दजुरे चासुमा प्राप्त हुनासाथ तत्काल प्र.ना.नि. ओम प्रसाद पौडेल सहितको प्रहरी टोली उक्त घट्नास्थलमा पुग्दा उक्त स्थानमा सोही स्थानमा बस्ने गंगा ब. राना, कृष्ण गुरुङ्ग र दल बहादुर गुरुङ्गलाई २५/३० जनाको समूहमा आएका  व्यक्तिहरुले खुकुरी, रड प्रहार गरी घाईते बनाएको र प्रहरीले उक्त व्यक्तिहरुलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीलाई खुकुरी, रड प्रहार गर्दा प्र.ना.नि. ओम प्रसाद पौडेलको बायाँ आँखामा गहिरो चोट लागी घाईते भएका । उक्त घट्नामा संलग्न निम्न २ जना व्यक्तिलाई पक्राउ गरी आवश्यक कारवाही अनुस्न्धान भईरहेको छ संलग्न अन्य व्यक्तिहरुको खोजतलास कार्य भईरहेको छ ।

पक्राउमा परेका व्यक्तिहरु:
१)    जिल्ला कास्की सिल्दजुरे ४ बस्ने वर्ष ३३ को पस बहादुर बास्तोला
२)    जि. कास्की आर्वाविजय २ बस्ने वर्ष ३० को दर्शन लामा भन्ने लेख बहादुर तामाङ्ग

District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की

No comments:

Post a Comment

Please, comment about this article.