Saturday, March 22, 2014

कुटपिट गरी घाईते बनाई धनमाल लुटपाट गर्ने पक्राउ

  ९:०० बजको समयमा जिल्ला कास्की ले.न.पा. ८ शिसुवा बस्ने असोक गुरुङ्गलाई एक्कासी आई फलामको रड, तरवार सहितले कुटपिट गरी घाइते तुल्याई निज सँग भएको आईफोन, सुनको औठी समेतका सामानहरु लुटि फरार रहेको अवस्थामा निम्न ७ जना व्यक्तिहरुलाई मिति २०७०/१२/५ गते पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
पक्राउमा परेका व्यक्तिहरु:
१.    जि. कास्की ले.न.पा. ७ बस्ने वर्ष ३७ को सहि बहादुर भन्ने सय बहादुर दुरा ।
२.    जि. कास्की ले.न.पा. ७ बस्ने वर्ष ३० को मेख बहादुर तामाङ्ग
३.    जि. कास्की ले.न.पा. ७ बस्ने वर्ष २८ को नविन मल्ल ठकुरी
४.    जि. कास्की ले.न.पा. २ बस्ने वर्ष ३३ को बुद्ध कुमार गुरुङ्ग
५.    जि. कास्की ले.न.पा. ३ बस्ने वर्ष ३७ को मान्की भन्ने कृष्ण बहादुर भण्डारी
६.    जि. कास्की ले.न.पा. ७ बस्ने वर्ष २५ को सुशिल लामा भन्ने सुशिल तामाङ्ग (गुरुङ्ग
७.    जि. कास्की ले.न.पा. १२ बस्ने वर्ष २६ को किरण गुरुङ्ग

   District Police Office Kaski
  जिल्ला प्रहरी कार्यालय कास्की

No comments:

Post a Comment

Please, comment about this article.