Tuesday, April 10, 2012

कर्णालीवासीद्धारा प्रधानमन्त्री कार्यालय अगाडि धर्ना

विशेषअधिकारसहितको स्वायत्त कर्णाली प्रदेश त्यहाँका जनताका जनजिविकासम्बन्धी माग पुरा गर्न माग गर्दै कर्णालीवासीले मंगलबार ( आज) प्रधानमन्त्री कार्यालय अगाडि एक घण्टा धर्ना दिएका छन् कार्यालयको मुख्य गेटमा आयोजित धर्नामा कर्णालीवाट प्रतिनिधित्व गर्ने सभासद, नागरिक समाज, पत्रकार, बुद्धिजिवी एवं कर्णालीप्रति चिन्ता चासो राख्ने सयौं कर्णालीवासीहरु सहभागि थिए
जुम्लाका सभासद नरेश भण्डारीको संयोजकत्वमा गठित संघर्ष समितिले गत चैत गते प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सुत्रीय माग राखेर १० दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो गत चैत १३ गते आप्mना मागबारे पुनः स्मरण गर्दै समितिले माग पुरा नभए कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको थियो
धर्ना कायक्रमलाई सम्बोधन गर्दै सभासद नरेश भण्डारीले कर्णालीका गम्भीर मुद्धाप्रति राज्य अझै गम्भीर नभए जिवनमरणको संघर्षमा उत्रन सम्पूर्ण कर्णालीवासी तयार हुने बताए हाम्रो संयमतालाई कमजोरी ठानिए राज्यले ठूलो मूल्य चुकाउनुपर्ने , चेतावनी दिँदै भण्डारीले भने
कर्णाली विशेष स्वायत्त प्रदेश सुनिश्चित गर्नुपर्ने, कर्णालीलाई विभेद हैन, न्याय दिनुपर्ने, कर्णालीमाथि भइरहेको आन्तरिक उपनिवेश बन्द गर्नुपर्ने, जेठ १४ मै संघीयतासहितको नयाँ संविधान तुरुन्त जारी गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गर्नुपर्ने, शक्तिशाली कर्णाली विकास आयोगको गठन गर्नुपर्ने, कर्णाली विश्वविद्यालयको स्थापना गर्नुपर्ने, कर्णालीलाई ,, ०६९÷७० मा कुल बजेटको २०% बजेट विनियोजन गर्नुपर्ने, हवाई सेवा सुलभ व्यवस्थित गर्नुपर्ने, समितिले पेश गरेका आठ सुत्रीय माग तत्काल पूरा गर्नुपर्ने कर्णालीका पाँचै जिल्लामा सडक सञ्जाल विस्तार गर
यिनै मागहरु सम्बोधन गर्न समितिले बुधबार संविधानसभा भवन अगाडि घण्टा धर्ना दिँदैछ यसका साथै बुधबार नै कर्णालीका पाँचवटै जिल्लाका सबै सरकारी कार्यालयमा कर्मचारीहरुले पेन डाउन गर्ने कार्यक्रम रहेको संघर्ष समितिका सचिवालय सदस्य जन्मदेव जैसीले बताए जैसीका अनुसार पहिलो चरणका कार्यक्रम अन्तर्गत विहिबार मूख्य दलका केन्द्रीय कार्यालयमा घण्टा धर्ना दिने, बैशाख गते प्रमुख दलका शिर्ष नेताहरुसहितको बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिनेछ

Sunday, April 8, 2012

क्यूपेक नेपाल पोखरा–५ को अध्यक्षमा विष्णु राइ

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) पोखरा वडा नं. ५ को तेस्रो वडा अधिवेशन पोखरा–५, को मनकामना मन्दिरको सभाहलमा नेपाल टे«ड युनियन महासंघ जिफण्ट राष्ट्रिय कमिटी सदस्य तथा जिफण्ट गण्डकी धौलागिरी अञ्चल अध्यक्ष युवराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त अवसरमा जिफण्ट अञ्चल सदस्य गुन्जलाल श्रेष्ठ, जिफण्ट कास्की जिल्ला अध्यक्ष लिलाबहादुर कार्की, जिफण्ट जिल्ला सदस्य डिल्लु थापा, क्यूपेक नेपाल जिल्ला उपाध्यक्ष पुण्यप्रसाद उप्रेती, पोखरा नगर कमिटी अध्यक्ष लगायत विभिन्न वडाका पदाधिकारी तथा प्रतिनिधिहरु एवं वडा नं. ५ का निर्माण क्षेत्रमा कार्यरत मजदुरहरुको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा प्रमुख एवं अतिथिहरुले निर्माण मजदुरहरु संगठित हुन सकेमात्र आफ्नो हक अधिकार प्राप्त हुने र टे«ड युनियनहरुले उठाएको मजदुर अधिकारका लागि सामाजिक सुरक्षा सरकारले अनिवार्य रुपमा लागू गराउन बाध्य हुने बताउनुभयो ।
ध्रुव प्रसाद छत्कुलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मोहन थापाले स्वागत र सचिव जीवन सुब्बाले कार्यक्रम संचालन गर्नुभएको थियो ।
अधिवेशनले २ वर्ष कार्यकालका लागि विष्णु राइको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयनि गरेको छ । जसको उपाध्यक्षमा मोहन थापा, सचिवमा जीवन सुब्बा, सहसचिवमा शोभा परियार, कोषाध्यक्षमा नाम बहादुर पुन र सदस्यहरुमा पार्वती परियार, कुसुम मगर, भोलानाथ दाहाल, अजित रानामगर रहनुभएको छ । त्यसैगरी बरिष्ठ सल्लाहकारमा ध्रुवप्रसाद छत्कुली, सल्लाहकारहरुमा मंगलबहादुर बराम, नरबहादुर तामाङ्ग र करण मगर रहनुभएको छ ।

आधारभुत तहको प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर बस इकाई तथा ट्याक्सी माईक्रो बस इकाईको आयोजनामा आधारभुत तहको प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रिय सल्लाहकार ईन्द्र बहादुर गुरुङ्गले श्रम ऐन तथा सवारी ऐनकोे बारेमा र केन्द्रिय सदस्य तथा गण्डकी अंचल इन्चार्ज कर्ण सिँ गुरुङ्गले संगठनको इतिहासको बारेमा संगठनका अंचल अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्रीले र्दुघटना न्यूनिकरण तथा यातायात मजदुरहरुको काम कर्तव्य र अधिकारको बारेमा केन्द्रिय शिक्षा विभाग सदस्य तुलसी दाहालले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सदस्यको बारेमा जिल्ला ट्राफिक प्रहरी कास्कीका प्र.श.नि सुक बहादुर कुँवरले ट्राफिक ज्ञान सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । नेपाल ट्रेड युनियन महासंघ जिफण्ट गण्डकी धौलागिरि अंचल सदस्य नन्ललाल अधिकारीले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा किन लाग्ने भन्ने विषयमा दिनु भएको थियो ।
नगर बस इकाई अध्यक्ष बसन्त बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन नगर बस इकाई सचिव कृष्ण बहादुर गुरुङ्गले गर्नु भएको थियो । स्वागत मन्तव्य ट्याक्सी माईक्रो बस इकाईका अध्यक्ष जिवन जि.सी ले गर्नु भएको कार्यक्रममा १५० जना यातायात मजदुरहरुको उपस्थिती रहेको थियो ।

Saturday, April 7, 2012

मानवअधिकार उल्लंघन विरुद्ध सञ्चार अभियान


हुर्जाको वार्षिक साधारणसभा सम्पन्न, शान्ति र संविधान समयमै पु¥याउनुको विकल्प नभएको: माओवादी नेता महरा
मानवअधिकार उल्लंघन विरुद्ध सञ्चार अभियान भन्ने मूल नाराका साथ स्थापित मानवअधिकार पत्रकार संघ (हुर्जा) कास्कीको वार्षिक साधारणसभाको शनिबार एक कार्यक्रमकाबिच सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै एकिकृत नेकपा माओवादी स्थायि समिति सदस्य एवं पूर्व उपप्रधान गृह तथा सञ्चारमन्त्रि कृष्णबहादुर महराले पछिल्लो चरणमा मानवअधिकारको अवस्थामा सुधार आएको बताउँदै मानवअधिकार र पत्रकारिता दुवै राजनीतिबाट मुक्त हुन नसकेको बताउनुभयो । महराले शान्ति प्रक्रिया निष्कर्षमा पु¥याएर नयाँ संविधान निर्माणको विकल्प नभएको बताउनुभयो । संघीयता सहितको संविधान निर्माण हुने बताउँदै उँहाले शासकीय स्वरुप, अधिकार बाँडफाँडमा पनि दलहरुबिच सहमति नजिक पुगेको जानकारि दिनुभयो । उँहाले देश बनाउनका लागि मानवअधिकारकर्मी र पत्रकारहरु एक भएर र स्वतन्त्र रुपमा काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा मानवअधिकार पत्रकार संघ(हुर्जा) नेपालका केन्द्रिय अध्यक्ष छत्रशंकरले जनआन्दोलनपछिका तीन वटा सरकार गठन भएको र तीनै सरकारका पालामा पत्रकारहरु सुरक्षित नभएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्र भट्ट र दुर्गा भण्डारीले पत्रकारहरुको सुरक्षाका लागि सरकारसँग माग गर्नुभयो । सँस्थाका अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्ण प्रसाद बाँस्तोला, प्रेश युनियन नेपालका केन्द्रिय प्रथम उपाध्यक्ष गङ्गाधर पराजुली, पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतिक, राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यलय पोखराका निर्देशक यज्ञप्रसाद अधिकारी, वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल, सँस्थाका उपाध्यक्ष राजेश पराजुली, महासचिव वीरेन्द सापकोटा लगायतका वक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो । सोही अवसरमा मानवअधिकारका क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले मानवअधिकार पत्रकारिता पुरस्कार स्थापना भएको छ । वर्षैपिच्छे सँस्थाको वार्षिकोत्सवको अवसरमा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहलाई पुरस्कार स्वरुप प्रदान गरिने सँस्थाका महासचिव वीरेन्द्र सापकोटाले बताउनुभयो । अक्षयकोषमा सहयोग गर्न पनि हुर्जाले सबैमा आग्रह समेत गरेको छ । सोही अवसरमा विष्णुबहादुर ख्वाउँजु, कृष्ण पराजुली(ढाका मोहन), बद्रिविनोद प्रतिकले अक्षयकोषमा आ–आफनो तर्फबाट आर्थिक सहयोग गर्नुभएको थियो ।

Saturday, March 31, 2012

Blood Donation News Pokhara(सामुदायिक बैदाममा रक्तदान कार्यक्रममा सम्पन्न)


Blood Donation Pokhara
Blood Donation Pokhara

       सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा सम्पन्न भयो ।
       पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र सिंह भण्डारीको प्रमुख आतिथ्यता एवं सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रेम शाहीको विशेष आतिथ्यतामामा भएको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका थिए ।
       रक्तदान गर्ने रक्तदाताहरुमा ओम बिक्रम ओझा, कृष्ण प्रसाद तिवारी, मोहनबहादुर रावल, मुक्तिनाथ अर्याल, नवराज अधिकारी, मोहबहादुर सोर्मे मगर, भोला कुँवर, रुपेश गुरुङ्ग, प्रेमलाल थारु, राम करण गुप्ता, सुरज श्रेष्ठ, श्यामबहादुर मगर, हरिबहादुर कुमाल, सन्तोष त्रिपाठी, भगवती रोकाह, हरिबहादुर थारु, गोविन्द बहादुर खत्री, हिराबहादुर विक, केशव रेग्मी, शिवप्रसाद काफ्ले, टोपबहादुर थापा मगर, हर्क गुरुङ्ग, अजय भट्टराई, दीपक रेग्मी रहनुभएको छ ।
       त्यसैगरी अन्य रक्तदाताहरुमा धरनीधर भट्ट, भरतप्रसाद पौडेल, शेरबहादुर चन्द, जोन थापा, नविन विष्ट, केवलप्रसाद आचार्य, चुर्ण गुरुङ्ग, सुनिता गुरुङ्ग, सकिल अहमद हकाक, दीपेन्द्रबहादुर आचार्य, यमनारायण अर्याल, नेमा दोर्जे तामाङ, एकराज न्यौपाने, धर्मराज खत्री, बैकुण्ठप्रसाद भण्डारी, डिल्लीराम भण्डारी, हरिभक्त प्रजापति, विष्णुप्रसाद अधिकारी, बैकुण्ठ प्रसाद पौडेल, मनोज गुरुङ्ग, ज्ञानबहादुर राना, शाहिल तमाङ, कृष्ण ठकुरी रहनुभएको छ ।
       कार्यक्रममा सामुदायिक सेवा केन्द्र बैदामका संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक यादवराज खनाल, शसस्त्र प्रहरी बल कालिका गणका गणपति शम्भु उप्रेती, पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अजय भट्टराई, दीपक रेग्मी, सामुदायिक सेवा केन्द्र बैदामका सल्लाहकारहरु बासुदेव त्रिपाठी, विष्णुबहादुर भट्टराई, होमबहादुर लामिछाने र गोविन्द पहारी लगायतको उपस्थिति रहेको थियो ।
       संस्थाका अध्यक्ष एकराज न्यौपानेको अध्यक्षतामा एवं संस्थाका सचिव भेषराज अधिकारीको संयोजकत्वमा भएको उक्त कार्यक्रमको संचालन सहसचिव भीम पराजुलीले गर्नुभएको थियो ।
>>>>> Blood Donation News Pokhara(सामुदायिक बैदाममा रक्तदान कार्यक्रममा सम्पन्न

साइनिङ्ग स्टारमा विदाई कार्यक्रम सम्पन्न

       पोखराको बैदाम स्थित साइनिङ्ग स्टार बोर्डिङ्ग स्कूलले छैटौं पटक प्रवेशिकामा सम्मिलित विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
       कार्यक्रममा विद्यालयका प्राचार्य नारायण प्रसाद पाण्डे, संस्थापक प्रशासक रामराज पहारी, विद्यालय व्यवस्थापन समिति सदस्य लालबहादुर कुँवर, फत्तबहादुर थापा, तुलसी गौतम, विष्णुहरि अधिकारीले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
       भूपू विद्यार्थी मञ्चका सन्तोष अधिकारीको संयोजकत्वमा भएको उक्त कार्यक्रममा अध्यक्ष सविना घले, सचिव महेश पहारी, सदस्यहरु निशा थापा, मेघराज न्यौपाने, सुधन थापा, निशा कुँवर र सुरज गौतमले पनि बोलेका थिए ।
       कार्यक्रमको संचालन विद्यालयका सहप्राचार्य अर्जुन प्रसाद पाण्डेले गर्नुभएको थियो ।
 

पसजोन एकेडेमीमा विदाई कार्यक्रम सम्पन्न

       पोखराको सिमलचौर स्थित पिसजोन एकेडेमीले स्थानीय सोंपाल तमु समाजको सभाहलमा २०६८ सालको प्रवेशिका परीक्षामा सम्मिलित विद्यार्थीहरुलाई एक कार्यक्रमका साथ विदाई गरेको छ ।
       विद्यालयका सहप्राचार्य मोतिलाल लामिछाने तथा कक्षा ९ की छात्रा श्रीना रञ्जितकारको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरु सुस्मिता श्रेष्ठ, आमोश पोखरेल र आहाना रानाले शुभकामना कविता वाचन गरेका थिए ।
       यसैगरी विदाइ भएर जाने विद्यार्थीहरुको तर्फबाट शिल्पा थापा, अमृता खड्का तथा कपिल बाँस्तोलाले आ–आफ्नो मन्तव्य मार्फत विद्यालयलाई धन्यवाद ज्ञापन गरेका थिए ।
       अभिभावकको तर्फबाट बाबुराम पौडेलले विद्यालयले प्रदान गरेको अनुशासन तथा स्तरीय शिक्षाको निम्ति विद्यालयलाई धन्यवाद दिनुभएको थियो ।
       विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले विद्यार्थीहरुलाई भविष्यको निम्ति शुभकामना व्यक्त गर्दै पिसजोन विद्यापदक (प्रवेशिका परीक्षामा ८५ प्रतिशत भन्दा बढीलाई) तथा पिसजोन स्वर्णपदक (प्रवेशिकामा बोर्डको प्रथम पाँचभित्र पर्न सफल) ले विद्यार्थीहरुलाई प्रवेशिका परीक्षा पछि सम्मान गरिने जानकारी दिनुभयो । उहाँले आउँदा दिनहरुमा विद्यालयले अझ उत्कृष्ट विद्यार्थीहरु उत्पादन गर्नको निम्ति सधैं क्रियाशील रहने बताउनुभयो ।
       कार्यक्रमको संचालन विद्यालयका प्रचार्य सुरेन्द्र शर्मा दाहालले गर्नुभएको थियो ।

अखिल नेपाल महिलासंघको छैटौं राष्ट्रिय सम्मेलनको चहलपहल शुरु

          अखिल नेपाल महिला संघको आगामी बैशाख ८ देखि ११ गतेसम्म पोखरामा हुने छैटौं राष्ट्रिय सम्मेलनलाई भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्ने क्रममा विभिन्न रचनात्मक कार्यक्रम संचालन गर्ने तयारी भैरहेको छ ।
    छैटौं राष्ट्रिय सम्मेलनको मुल व्यवस्थापन समिति, मुल सहयोग समिति अन्तर्गतका उपसमितिहरुको बैठक बसेर त्यस्ता रचनात्मक कार्यक्रम संचालन गर्न लागेको हो ।

       यसै क्रममा मुल सहयोग समितिको शनिवार बसेको सचिवालयको बैठकले सम्मेलनको क्रममा गण्डकी धौलागिरी, लुम्बिनी र नारायणी अञ्चलका क्षेत्रमा चैत १९  गतेदेखि २५ गतेसम्म व्यापक रुपमा वालपेन्टिङ, पोष्टरिङ्ग गरिसक्ने निर्णय गरेको छ । नेकपा एमालेका वैकल्पिक पोलिटव्यूरो सदस्य तथा गण्डकी इञ्चार्ज खगराज अधिकारीको अध्यक्षता तथा छैटौं राष्ट्रिय सम्मेलन मुल व्यवस्थापन समितिका संयोजक गोमा देवकोटाको उपस्थितिमा सम्पन्न मुल सहयोग समितिको बैठकले समितिको सदस्यहरुमा नेकपा एमाले पर्वतका अध्यक्ष विकास लम्साल, म्याग्दीका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य नवराज शर्मालाई मनोनयन गर्ने निर्णय गरेको सचिव श्रीनाथ बरालले जानकारी दिनुभयो ।

Tuesday, March 27, 2012

हुर्जाको वार्षिक साधारणसभाको तयारी तिव्र

मानवअधिकार पत्रकारिता पुरस्कार घोषणा हुने मानवअधिकार उल्लंघन विरुद्ध सञ्चार अभियान भन्ने मूल नाराका साथ स्थापित मानवअधिकार पत्रकार संघ (हुर्जा) कास्कीले आफनो वार्षिक साधारणसभा भव्यताका साथ मनाउने भएको छ । यहि चैत्र २५ गते शनिबार साधारणसभा मनाईने निर्णय हुर्जा कास्कीको मङ्गलबार बसेको बैठकले गरेको हो । साधारणसभा भव्य र सभ्य तरिकाले मनाउनका लागि संघका उपाध्यक्ष राजेश पराजुलीको संयोजकत्वमा मुल समिति र विभिन्न उपसमिति गठन गरिएको संघका महासचिव वीरेन्द्र सापकोटाले बताउनुभयो । विभिन्न उपसमितिअन्तर्गत प्रचार–प्रसारमा वीरेन्द्र सापकोटा र दिनेश आचार्य, मञ्च व्यवस्थापनमा कमल सुवेदी र सुसिल श्रेष्ठ, जलपान/खाजा व्यवस्थापनमा अर्जुन गिरि र असफल गौतम, अतिथि व्यवस्थापनमा कृष्ण अञ्जान ज्ञवाली र वीरेन्द्र सापकोटा, अतिथि सत्कारमा निशा प्रजापति र अञ्जली महर्जन, आर्थिक व्यवस्थापनमा राजेश पराजुली र अर्जुन गिरि रहनुभएको छ । वार्षिक साधारणसभाका दिन अहिलेसम्म हुर्जा कास्कीले गरिरहेको काम, कर्तव्य, अधिकारका साथै आगामि दिनमा कस्ता कार्यक्रमहरु सञ्चालन गर्ने विषयमा समेत छलफल हुने भएको छ । यसैबिच उक्त साधारणसभामा मानवअधिकारका क्षेत्रमा क्रियाशिल रुपमा रहेर काम गरिरहेका पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले मानवअधिकार पत्रकारिता पुरस्कार घोषणा गर्न लागिएको संघका अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीले बताउनुभयो । पुरस्कार राशिमा सहयोग तथा आफनै वा आफना परिवारका नाममा पनि पुरस्कार स्थापना गर्न सकिने तथा संघले स्थापना गर्न लागेको पुरस्कारमा सहयोग गर्न पनि हुर्जा कास्कीले सम्पूर्ण राजनीतिक दल तथा दलका प्रतिनिधि, मानवअधिकारकर्मी, कानुनविद्, विभिन्न उद्योगपति तथा व्यवसायी, विभिन्न सामाजिक तथा सरकारी एवं गैरसरकारी संघसंस्था तथा तिनका प्रतिनिधिसँग आग्रह गरेको छ । यसैबिच डन न्यूज नेसनल डेलिका प्रकाशक तथा सम्पादक एवं पोखराका पत्रकार राजेन्द्र अधिकारीका पिता खिमलाल अधिकारीको स्वर्गारोहण भएकोमा शोक व्यक्त गरेको छ । अधिकारीको घरमै गएर हुर्जा परिवारले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको हो ।

तनहुँ सम्पर्क समाजद्वारा क्षेत्रीय शिक्षा निर्देशकलाई स्वागत


  तनहुँ सम्पर्क समाज पोखराले आफ्नो वार्षिकोत्सवको अवसर पारेर तनहुँ जिल्ला स्थायी घर भएका गोपालकृष्ण पौडेल पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक भई आउनुभएकोमा स्वागत एवं सम्मान गरेको छ । उक्त अवसरमा चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
       स्वागत एवं सम्मान ग्रहण गर्दै निर्देशक गोपालकृष्ण पौडेलले स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरेकोमा समाजको प्रशंसा गर्दै आफू पनि तनहुँबासी भएको गौरवान्वित भएको बताउनुभयो ।
       उहाँले तनहुँ सम्पर्क समाजको भावी योजनाहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै संस्थाको उज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्नुभयो ।
       कार्यक्रममा अन्तर समाज महासंघ राष्ट्रिय समिति अध्यक्ष निलकण्ठ शर्मा, तनहुँ सम्पर्क समाजका सल्लाहकारहरु डा.कर्णविर पौड्याल, बृन्दा राना, पूर्व अध्यक्ष मुरलीमोहन काफ्ले, भीम गुरुङ्ग, बरिष्ठ उपाध्यक्ष गणेश थापा लगायतले  शुभकामना दिनुभएको थियो । समाजका अध्यक्ष इश्वर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव अम्बिका भट्टराईले गर्नुभएको थियो ।
       तनहुँमा स्थायी घर भई पोखरामा विभिन्न पेशा व्यवसाय गरी बस्ने तनहुँले बीच एकता, भइचारा एवं सहयोग गर्ने उद्देश्यले २०५९ चैत १३ गते विधिवत रुपमा उक्त संस्थाको स्थापना गरिएको हो ।
 

Monday, March 26, 2012

फेवाताल छेउ विदेशी नागरिकको मृत्यु


पोखरा फेवातालको पश्चिम छेउको पुम्दीभुम्दी गा.वि.स. वडा नं. १ स्थित चिसापानी  स्थानबाट १ जना विदेशी स्वीडेन नागरिक पासपोर्ट नं. ८४०५८१३२, वर्ष ५७ को  KJELL  GUNNAR  ROGER  ALENHOLT फेवातालमा डुवी वेपत्ता भएको भन्ने सूचना प्राप्त हुनासाथ यस कार्यालय तथा वडा प्रहरी कार्यालय बैदाम, पर्यटक प्रहरी समेतको सहयोगमा पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पार्दीबाट नेपाल प्रहरीको रेस्कीयू टोली द्धारा फेवातालमा पौडी खेली वेपत्ता भएका विदेशी नागरिक १६:१० बजेको समयमा मृत अवस्थामा तालबाट निकाल्न सफल भएको । फेवाताल छेउमा मृतकको नगद रु. १५२०।–, भिडियो क्यामेरा थान १, घडी, मोवाईल, सुर्य चुरोट ३ वट्टा, चस्मा, टिसर्ट १, पाईन्ट १, गमछा १ समेत साईडमा फेला परेको । मृतक लासको प्रारम्भिक अनुसन्धान पश्चात पोष्टमार्टमको लागि प.क्षे. अस्पतालको मुद्र्धा घरमा राखिएको । अन्य अनुसन्धान कार्य भईरहेको ।

जिल्ला प्रहरी कार्यालय, कास्की

Friday, March 2, 2012

Peace Zone Academy पिसजोन एकेडेमीको अभिभावक दिवस सम्पन्न


       पोखरा–८ सिमलचौर स्थित पिसजोन एकेडेमीको वार्षिक उत्सव तथा अभिभावक दिवस शुक्रबार सोंपाल तमु समाज बगालेटोलमा सम्पन्न भयो ।
       विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालको सभापतित्व तथा जनप्रिय उच्च मा.वि.व्यस्थापन समिति अध्यक्ष बलराम बराल, विश्वनाथ बराल, गोविन्द भारती तथा रन्जिता गिरीको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम तथा कविताहरु समेत वाचन गरेका थिए ।
       विद्यार्थीहरुको तर्फबाट कक्षा १० की छात्रा शिल्पा थापा तथा शिक्षकहरुको तर्फबाट माध्यमिक तहका गणित तथा विज्ञान शिक्षक राजु भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
       कार्यक्रममा अभिभावकको तर्फबाट विश्वनाथ बरालले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै विद्यालयले प्रदान गर्दै आएको गुणात्मक शिक्षा तथा अनुशासनको प्रसंसा गर्नुभएको थियो ।
       विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले विद्यालयबाट प्रत्येक वर्ष प्रवेशिका परीक्षामा सम्मिलित विद्यार्थीहरुमध्ये ८५ प्रतिशतभन्दा बढी अंक ल्याई सर्वोत्कृष्ट हुने विद्यार्थीलाई ‘पिसजोन विद्यापदक’ बाट सम्मानित गरिने साथै नेपाल अधिराज्यमै सर्वोत्कृष्ट पाँचमा पर्न सफल विद्यार्थीलाई ‘पिसजोन स्वर्ण पदक’ बाट सम्मानित गरिने जानकारी गराउनुभयो ।
    उक्त अवसरमा विभिन्न विधामा सर्वोत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।
 कार्यक्रमको संचालन विद्यालयका प्रचार्य सुरेन्द्र शर्मा दाहालले गर्नुभएको थियो ।

Wednesday, February 29, 2012

पार्टी एकताका लागि राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक उपयोगी हुने

नेकपा एमाले
  नेकपा एमालेका बैकल्पिक पोलिटव्यूरो सदस्य तथा गण्डकी इन्चार्ज खगराज अधिकारीले पार्टीको आन्तरिक व्यवस्थापनलाई सुदृढ बनाउन राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक उपलब्धीपूर्ण हुने बताउनुभएको छ ।
       नेकपा एमालेले संचालन गरेको पार्टी सुदृढीकरण तथा जनपरिचालन अभियान २०६८ को सन्दर्भ तथा यही फागुन २१ देखि २३ गतेसम्म काठमाण्डौमा हुने राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुने कास्कीका नेताहरुसँग बुद्धिजीवीहरुले गरेको अन्तरक्रिया कार्यक्रममा नेता अधिकारीले त्यस्तो बताउनुभएको हो ।
       नेकपा एमाले बुद्धिजीवी इलाका कमिटी कास्कीको आयोजनामा भएको कार्यक्रममा नेता अधिकारीले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक पार्टीमा भावनात्मक एकता बलियो बनाउन सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
       संविधान निर्माणको क्रममा एमालेले सबैखाले यथास्थिति र अतिवादी शक्तिहरुलाई मिलाउँदै अगाडि बढ्ने दृढता व्यक्त गर्दै नेता अधिकारीले सामथ्र्य र पहिचानका आधारमा आर्थिक रुपमा सक्षम हुने गरी प्रदेश निर्माण गरिने बताउनुभयो ।
       शासकीय स्वरुप बारे प्रष्ट पार्दै एमाले नेता अधिकारीले एमाले जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र आलंकारिक राष्ट्रपतिकै पक्षमा रहेको धारणा राख्नुभयो ।
       नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसीले काठमाण्डौमा हुने राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकको क्रममा हुने विशाल सभामा कास्कीबाट ७० देखि ८० बस रिजर्भ गरी एमाले कार्यकर्ता सहभागी हुने जानकारी दिनुभयो ।
       नेकपा एमाले कास्की क्षेत्र नं.३ का राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा सभासद् रविन्द्र अधिकारीले सबैखाले भावनाको कदर हुने गरी प्रदेशको विभाजन गरिनुपर्ने उल्लेख गर्दै शासकीय स्वरुपको सन्दर्भमा मिश्रित प्रणाली अपनाउन सबै पक्षलाई सहमत गराउन नेकपा एमालेले पहल गर्ने बताउनुभयो ।
       कार्यक्रममा नेकपा एमाले बुद्धिजीवी इलाका कमिटी कास्कीका अध्यक्ष श्रीकान्त खतिवडाले पार्टीको आन्तरिक व्यवस्थापन, संविधान निर्माण, राज्यको पुनःसंरचना, शासकीय स्वरुपका बारेमा अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।
       सो अवसरमा नेकपा एमाले गण्डकी अञ्चल कार्यालय सचिव भीम कार्की, कास्की क्षेत्र नं.४, २ र १ का राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरु क्रमशः पुण्यप्रसाद पौडेल, श्रीनाथ बराल, बेदबहादुर गुरुङ्ग लगायतका नेताहरुले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा बुद्धिजीवीहरुले उठाएका विषयहरुलाई प्राथमिकताका साथ उठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
       कार्यक्रममा पेशागत महासंघ कास्कीका अध्यक्ष रामप्रसाद खनाल, बुद्धिजीवी परिषद् कास्कीका अध्यक्ष बाबुराम पौडेल, मानवअधिकार संरक्षण मञ्च कास्कीका सचिव कमलप्रसाद अर्याल, डोलराज पाण्डे, डा.कृष्ण के.सी., प्रेमनारायण खनाल लगायतका वक्ताले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
       पार्टी संगठन संचालन, संविधान निर्माणमा पार्टीको भूमिका प्रभावकारी हुनुपर्ने अभिप्रायका साथ सम्पन्न अन्तरक्रिया कार्यक्रममा एमाले समर्थक १ सय ३० जना बुद्धिजीवी नेताहरु तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Blood Donation रक्तदान कार्यक्रम सम्पन्न, ५२ जनाद्वारा रक्तदान

 Blood Donation


 Blood Donation

             सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानी र हस्पिटलचोक ट्याक्सी इकाई समिति पोखराको संयुक्त आयोजनामा हस्पिटलचोक रामघाटमा सामुदायिक सेवा केन्द्र माटोपानीका सदस्य दानबहादुर बस्नेतको संयोजकत्वमा रक्तदान जीवनदान भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भयो ।नयाँ गोरख गण फूलबारी व्यारेकका गणपति प्रयागराज भण्डारीको प्रमुख आतिथ्यत तथा ट्याक्सी व्यवसायीइ समिति पोखराका अध्यक्ष गान्धीराज गिरीको विशेष आतिथ्यतामा सम्पन्न उक्त खुल्ला रक्तदान कार्यक्रममा ४७ जना पुरुष र ५ जना महिला गरी जम्मा ५२ जनाले रक्तदान गर्नुभएको थियो ।

              ट्याक्सी इकाई समिति अमरसिंहचोक, रामबजार, बुद्धचोक, भद्रकाली, एयरपोर्ट, फेवाताल, बाग्लुङ बसपार्क, भैरवटोल तथा सामुदायिक सेवा केन्द्र, अन्य समाजसेवीहरुबाट जिन्सी तथा नगद रकम पनि सहयोग स्वरुप प्रदान गर्नुभएको थियो ।

              सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष शैलेन्द्रमोहन भट्टराई, वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्र.नि.मदन कुँवर, सामुदायिक सेवा केन्द्र माटेपानीका सल्लाहकार बजीरमान श्रेष्ठले यस्तो मानवीय कार्य गर्नु गराउनु तथा सहयोग गर्नु राम्रो कुरा भएको जिज्ञासा व्यक्त गर्नुभएको थियो । ट्याक्सी इकाई समिति हस्पिटलचोकका संस्थापक संयोजक मीनबहादुर गुरुङ्गले यस्तो सहकार्य आगामी दिनहरुमा पनि गर्दै जाने बताउनुभयो ।

              सो कार्यक्रमका विशेष अतिथि ट्याक्सी व्यवसायी समितिका अध्यक्ष गान्धीराज गिरीले यस्ता राम्रा कार्यहरु वाष्र्यिाक क्यालेण्डरमा नै समावेश गरी सहकार्य गर्नुपर्ने बताउनुभयो । सामुदायिक सेवा केन्द्र जिल्ला समन्वयका अध्यक्ष सीता गुरुङ्गले रक्तदान मानवीय कार्य भएको र आगामी फागू पूर्णिमा पर्वमा सबै समाजमा रहनुहुने व्यक्ति व्यक्तित्वहरुले एकआपसमा विकृति विसंगति रहित फागु पर्व मनाउनुका साथै सबै सामुदायिक सेवा केन्द्र र ट्राफिक प्रहरीको तर्फबाट निकालिएको बुँदागत सन्देश समेत पढेर सुनाउनुभएको थियो ।

              समाजमा रहेको विकृति, विसंगति तथा सामाजिक कुकृत्यको न्यूनिकरण गर्दै लैजाने यस सामुदायिक सेवा केन्द्रले अन्य संघसंस्थासँग सहकार्य गरी मानवीय सहयोग पु¥याउनु हुने आफैमा राम्रो पक्ष भएको र आगामी दिनहरुमा पनि यस्तो शुभकार्यको निरन्तरता हुनुपर्ने बताउनुभयो ।

              हस्पिटलचोक ट्याक्सी इकाई समितिका बरिष्ठ सल्लाहकार पूर्ण गुरुङ्गले स्वागत मन्तव्य राख्नुभएको उक्त रक्तदान कार्यक्रममा अन्य सामुदायिक सेवा केन्द्रका कार्यवाहक अध्यक्ष दया बरालको प्रमुख अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सचिव कृष्ण प्रसाद अर्यालले संचालन गर्नुभएको थियो ।

होली पर्वमा जवरजस्ती होहल्ला तथा हुलहुज्जत गर्ने कडा कारवाही

होली पर्व रहेको हुँदा उक्त पर्वमा समाजमा स्नेह आपसी सदभावलाई अभिवृद्धि गर्ने पर्वको रुपमा मनाईने रंग र उल्लासको पर्व होली बर्तमान समाजमा आएर महिला माथि दुव्र्यवहार तथा समूह समूह विच झैझगडाको रुपमा विकृति हुँदै गइरहेकोले उक्त पर्वमा जस्तै झैझगडा, लागू पदार्थ विक्री वितरण, चन्दा असुली जस्ता दुव्र्यवहारका घट्नाहरु हुन गर्न नदिनको लागि पर्वको पूर्व आवश्यक छलफल सहमति एवं सो को प्रचार प्रसार गरि शान्ति पूर्ण वातावरणमा होली मनाउने व्यवस्था मिलाउनुको साथै उक्त अवधिमा कुनै पनि प्रकारको अवान्छित क्रियाकलाप हुन गर्न नदिनको लागि सम्पूर्ण सर्वसाधरणहरुमा यो सूचना प्रकाशित गरिएको छ । यदि कसैले जवरजस्ती रंग लगाई दिने, मादक पदार्थ सेवन गरि होहल्ला तथा हुलहुज्जत गर्ने र अन्य अशोभनीय कार्यहरु गरेको पाईएमा नियम अनुसार कडा कारवाही गरिने व्यहोरा समेत सबैमा जानकारीको लागि अनुरोध गरिएको छ ।

Friday, February 24, 2012

साइनिङ स्टारमा खुल्ला नृत्य प्रतियोगिता

Shining Star BS Pokhara
 बैदामस्थित साइनिङ स्टार आवासीय मा.वि.ले कला नै सिर्जना हो भन्ने उद्घोषका साथ खुल्ला नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । १२ वटा समूह सहभागी भएको उक्त नृत्य प्रतियोगितामा विद्यार्थीहरुले नेपाली संस्कृतिलाई अगाडि बढाउने उद्देश्यले तामाङसेलो, नेवारी, भोजपुरी लगायतका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । उक्त प्रतियोगितामा कक्षा आठको एन्जिला थापाको समूह प्रथम, कक्षा एकको केशर परियारको समूह द्वितीय, कक्षा ६ को विष्णु खत्रीको समूहले तृतीय स्थान हासिल गरेका थिए । प्रतियोगिताको निर्णायकमा सिर्जना कला केन्द्रका नृत्य प्रशिक्षक राम लामा र श्यामकुमार सिंह रहनुभएको थियो ।
       कार्यक्रममा विद्यालयका प्रचार्य नारायणप्रसाद पाण्डेले विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई कदर गर्दै प्रतिभा प्रष्फुटनमा विद्यालय निरन्तर क्रियाशील हुने कुरा बताउनुभयो । उहाँले आजका बालबालिकाले नै भोतिका दिनहरुमा महान् कलाकार बनेर यस देशलाई विश्वसामु परिचित गराउन सक्दछन् भन्नुभयो ।
   विद्यालका अतिरिक्त क्रियाकलाप प्रमुख केवी रसाइलीले सञ्चालन गर्नुभएको उक्त नृत्य प्रतियोगितामा विद्यालयका सहप्राचार्य अर्जुनप्रसाद पाण्डे र प्रशासक तथा संस्थापक सदस्य रामराज पहारीले मन्तव्य राख्नुभएको थियो ।

Sonalika Tractor Free Service Camp in Pokhara


Sonalika Tractor Free Service Camp
नयन इन्टरनेशनल प्रा.लिले आफ्नो नयाँ व्यवस्थापनका साथ विगतवर्षहरुमा झै यस वर्ष पनि सोनालिकाको फ्रि सर्भिस क्याम,व्याट्रि,वायरिङ चेकअप कार्यक्रम आयोजनागरेको छ । बिक्री पछिको सेवा गुणस्तरिय सर्भिस हाम्रो प्रतिबद्वताभन्ने मुलनारालाई आत्मसाथ गदै गरेको उत कार्यक्रम आयोजना गरिएको हो । उतm कार्यक्रमलाई सम्वोधन गदै यस कम्पनिका चन्द्र बहादुर कुवँरले भन्नुभयो,बिक्री गर्नु मात्र ठुलो कुरा होइन तर बिक्री भईसकेपछि ग्राहक वर्गमादिइने सेवा नै सर्वपरि हो भन्दै हामीले ग्राहकलाई म्ययच तय म्ययच सेवा दिइने प्रतिवद्वता गर्नुभयो। । उत कार्यक्रममा सहभागी ट्याक्टरमा लाग्ने मोविलमा १७%,स्पेयरपाटर्स१०% भारि छुट ग्राहक तथा ड्राइभर लाई खाना तथा उपहारको व्यवस्था गरिएको थियो साथै हाम्रो यस कम्पनिको शाखा एंव सवडिलर मार्फत गण्डकी अञ्चलमा,डुब्रे,गोर्खा,लम्जुङ्घ,तनहुको डुलेगौंडा,पोखरा,स्याङ्घजा र धौलागिरि अञ्चलमा,पर्वत कुस्मा,म्याग्दी बेनी बाग्लुङ्घ एंव मुस्ताङ्घ लगायतका जिल्ला र ठाउँहरुमा बिक्री साथै सेवा सुविधा ग्राहकहरुलाई दिदै आईरहेको छ ।साथै उतm ठाउँमा पनि यस्ता कार्यक्रममा निरन्तरता दिन इन्टरनेशनल ट्याक्टर लिमिटेड असिस्टेन मेनेजर अभय कान्त मिश्रले जानकारी दिनुभयो उत अवसरमा ग्राहक तर्फबाट बोल्दै बलराम पौडेलले यस कम्पनीबाट हुने यस्ता कार्यक्रमहरु निरन्तरता दिदा ग्रतहकलाई सुविधा हुने जानकारी गराउनु भयो । उत कार्यक्रम यहि फाल्गुन ११ र १२ दुई दिन सञ्चालन हुने अवगत गराउदछु ।

Monday, February 13, 2012

मादक पदार्थ सेवन गरि सवारी चलाउने चालकलाई पक्राउ

 कास्की जिल्लामा सवारी दुर्घट्ना न्युनिकरण गर्ने उद्धेश्यले पोखरा तथा लेखनाथ नगर क्षेत्र राजमार्गमा लामो
दुरी र नगरक्षेत्रमा सवारी चलाउने चालकहरुलाई बिशेष चेकिङ्ग परि चालन गरि मादक पदार्थ सेवन गरि सवारी चलाउने, मोडिफाई गरि सवारी नियम उल्लंघन गर्ने उपर चेकिङ्गको क्रममा ९७ जना सवारी चालकलाई पक्राउ गरि आवश्यक कारवाही भई रहेको ।

जिल्ला प्रहरी कार्यालय,कास्की