Saturday, March 31, 2012

Blood Donation News Pokhara(सामुदायिक बैदाममा रक्तदान कार्यक्रममा सम्पन्न)


Blood Donation Pokhara
Blood Donation Pokhara

       सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा सम्पन्न भयो ।
       पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र सिंह भण्डारीको प्रमुख आतिथ्यता एवं सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रेम शाहीको विशेष आतिथ्यतामामा भएको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका थिए ।
       रक्तदान गर्ने रक्तदाताहरुमा ओम बिक्रम ओझा, कृष्ण प्रसाद तिवारी, मोहनबहादुर रावल, मुक्तिनाथ अर्याल, नवराज अधिकारी, मोहबहादुर सोर्मे मगर, भोला कुँवर, रुपेश गुरुङ्ग, प्रेमलाल थारु, राम करण गुप्ता, सुरज श्रेष्ठ, श्यामबहादुर मगर, हरिबहादुर कुमाल, सन्तोष त्रिपाठी, भगवती रोकाह, हरिबहादुर थारु, गोविन्द बहादुर खत्री, हिराबहादुर विक, केशव रेग्मी, शिवप्रसाद काफ्ले, टोपबहादुर थापा मगर, हर्क गुरुङ्ग, अजय भट्टराई, दीपक रेग्मी रहनुभएको छ ।
       त्यसैगरी अन्य रक्तदाताहरुमा धरनीधर भट्ट, भरतप्रसाद पौडेल, शेरबहादुर चन्द, जोन थापा, नविन विष्ट, केवलप्रसाद आचार्य, चुर्ण गुरुङ्ग, सुनिता गुरुङ्ग, सकिल अहमद हकाक, दीपेन्द्रबहादुर आचार्य, यमनारायण अर्याल, नेमा दोर्जे तामाङ, एकराज न्यौपाने, धर्मराज खत्री, बैकुण्ठप्रसाद भण्डारी, डिल्लीराम भण्डारी, हरिभक्त प्रजापति, विष्णुप्रसाद अधिकारी, बैकुण्ठ प्रसाद पौडेल, मनोज गुरुङ्ग, ज्ञानबहादुर राना, शाहिल तमाङ, कृष्ण ठकुरी रहनुभएको छ ।
       कार्यक्रममा सामुदायिक सेवा केन्द्र बैदामका संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक यादवराज खनाल, शसस्त्र प्रहरी बल कालिका गणका गणपति शम्भु उप्रेती, पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अजय भट्टराई, दीपक रेग्मी, सामुदायिक सेवा केन्द्र बैदामका सल्लाहकारहरु बासुदेव त्रिपाठी, विष्णुबहादुर भट्टराई, होमबहादुर लामिछाने र गोविन्द पहारी लगायतको उपस्थिति रहेको थियो ।
       संस्थाका अध्यक्ष एकराज न्यौपानेको अध्यक्षतामा एवं संस्थाका सचिव भेषराज अधिकारीको संयोजकत्वमा भएको उक्त कार्यक्रमको संचालन सहसचिव भीम पराजुलीले गर्नुभएको थियो ।
>>>>> Blood Donation News Pokhara(सामुदायिक बैदाममा रक्तदान कार्यक्रममा सम्पन्न

No comments:

Post a Comment

Please, comment about this article.