Wednesday, February 29, 2012

होली पर्वमा जवरजस्ती होहल्ला तथा हुलहुज्जत गर्ने कडा कारवाही

होली पर्व रहेको हुँदा उक्त पर्वमा समाजमा स्नेह आपसी सदभावलाई अभिवृद्धि गर्ने पर्वको रुपमा मनाईने रंग र उल्लासको पर्व होली बर्तमान समाजमा आएर महिला माथि दुव्र्यवहार तथा समूह समूह विच झैझगडाको रुपमा विकृति हुँदै गइरहेकोले उक्त पर्वमा जस्तै झैझगडा, लागू पदार्थ विक्री वितरण, चन्दा असुली जस्ता दुव्र्यवहारका घट्नाहरु हुन गर्न नदिनको लागि पर्वको पूर्व आवश्यक छलफल सहमति एवं सो को प्रचार प्रसार गरि शान्ति पूर्ण वातावरणमा होली मनाउने व्यवस्था मिलाउनुको साथै उक्त अवधिमा कुनै पनि प्रकारको अवान्छित क्रियाकलाप हुन गर्न नदिनको लागि सम्पूर्ण सर्वसाधरणहरुमा यो सूचना प्रकाशित गरिएको छ । यदि कसैले जवरजस्ती रंग लगाई दिने, मादक पदार्थ सेवन गरि होहल्ला तथा हुलहुज्जत गर्ने र अन्य अशोभनीय कार्यहरु गरेको पाईएमा नियम अनुसार कडा कारवाही गरिने व्यहोरा समेत सबैमा जानकारीको लागि अनुरोध गरिएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.