Wednesday, February 29, 2012

Blood Donation रक्तदान कार्यक्रम सम्पन्न, ५२ जनाद्वारा रक्तदान

 Blood Donation


 Blood Donation

             सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानी र हस्पिटलचोक ट्याक्सी इकाई समिति पोखराको संयुक्त आयोजनामा हस्पिटलचोक रामघाटमा सामुदायिक सेवा केन्द्र माटोपानीका सदस्य दानबहादुर बस्नेतको संयोजकत्वमा रक्तदान जीवनदान भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भयो ।नयाँ गोरख गण फूलबारी व्यारेकका गणपति प्रयागराज भण्डारीको प्रमुख आतिथ्यत तथा ट्याक्सी व्यवसायीइ समिति पोखराका अध्यक्ष गान्धीराज गिरीको विशेष आतिथ्यतामा सम्पन्न उक्त खुल्ला रक्तदान कार्यक्रममा ४७ जना पुरुष र ५ जना महिला गरी जम्मा ५२ जनाले रक्तदान गर्नुभएको थियो ।

              ट्याक्सी इकाई समिति अमरसिंहचोक, रामबजार, बुद्धचोक, भद्रकाली, एयरपोर्ट, फेवाताल, बाग्लुङ बसपार्क, भैरवटोल तथा सामुदायिक सेवा केन्द्र, अन्य समाजसेवीहरुबाट जिन्सी तथा नगद रकम पनि सहयोग स्वरुप प्रदान गर्नुभएको थियो ।

              सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष शैलेन्द्रमोहन भट्टराई, वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्र.नि.मदन कुँवर, सामुदायिक सेवा केन्द्र माटेपानीका सल्लाहकार बजीरमान श्रेष्ठले यस्तो मानवीय कार्य गर्नु गराउनु तथा सहयोग गर्नु राम्रो कुरा भएको जिज्ञासा व्यक्त गर्नुभएको थियो । ट्याक्सी इकाई समिति हस्पिटलचोकका संस्थापक संयोजक मीनबहादुर गुरुङ्गले यस्तो सहकार्य आगामी दिनहरुमा पनि गर्दै जाने बताउनुभयो ।

              सो कार्यक्रमका विशेष अतिथि ट्याक्सी व्यवसायी समितिका अध्यक्ष गान्धीराज गिरीले यस्ता राम्रा कार्यहरु वाष्र्यिाक क्यालेण्डरमा नै समावेश गरी सहकार्य गर्नुपर्ने बताउनुभयो । सामुदायिक सेवा केन्द्र जिल्ला समन्वयका अध्यक्ष सीता गुरुङ्गले रक्तदान मानवीय कार्य भएको र आगामी फागू पूर्णिमा पर्वमा सबै समाजमा रहनुहुने व्यक्ति व्यक्तित्वहरुले एकआपसमा विकृति विसंगति रहित फागु पर्व मनाउनुका साथै सबै सामुदायिक सेवा केन्द्र र ट्राफिक प्रहरीको तर्फबाट निकालिएको बुँदागत सन्देश समेत पढेर सुनाउनुभएको थियो ।

              समाजमा रहेको विकृति, विसंगति तथा सामाजिक कुकृत्यको न्यूनिकरण गर्दै लैजाने यस सामुदायिक सेवा केन्द्रले अन्य संघसंस्थासँग सहकार्य गरी मानवीय सहयोग पु¥याउनु हुने आफैमा राम्रो पक्ष भएको र आगामी दिनहरुमा पनि यस्तो शुभकार्यको निरन्तरता हुनुपर्ने बताउनुभयो ।

              हस्पिटलचोक ट्याक्सी इकाई समितिका बरिष्ठ सल्लाहकार पूर्ण गुरुङ्गले स्वागत मन्तव्य राख्नुभएको उक्त रक्तदान कार्यक्रममा अन्य सामुदायिक सेवा केन्द्रका कार्यवाहक अध्यक्ष दया बरालको प्रमुख अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सचिव कृष्ण प्रसाद अर्यालले संचालन गर्नुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.