Friday, March 2, 2012

Peace Zone Academy पिसजोन एकेडेमीको अभिभावक दिवस सम्पन्न


       पोखरा–८ सिमलचौर स्थित पिसजोन एकेडेमीको वार्षिक उत्सव तथा अभिभावक दिवस शुक्रबार सोंपाल तमु समाज बगालेटोलमा सम्पन्न भयो ।
       विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालको सभापतित्व तथा जनप्रिय उच्च मा.वि.व्यस्थापन समिति अध्यक्ष बलराम बराल, विश्वनाथ बराल, गोविन्द भारती तथा रन्जिता गिरीको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम तथा कविताहरु समेत वाचन गरेका थिए ।
       विद्यार्थीहरुको तर्फबाट कक्षा १० की छात्रा शिल्पा थापा तथा शिक्षकहरुको तर्फबाट माध्यमिक तहका गणित तथा विज्ञान शिक्षक राजु भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
       कार्यक्रममा अभिभावकको तर्फबाट विश्वनाथ बरालले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै विद्यालयले प्रदान गर्दै आएको गुणात्मक शिक्षा तथा अनुशासनको प्रसंसा गर्नुभएको थियो ।
       विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले विद्यालयबाट प्रत्येक वर्ष प्रवेशिका परीक्षामा सम्मिलित विद्यार्थीहरुमध्ये ८५ प्रतिशतभन्दा बढी अंक ल्याई सर्वोत्कृष्ट हुने विद्यार्थीलाई ‘पिसजोन विद्यापदक’ बाट सम्मानित गरिने साथै नेपाल अधिराज्यमै सर्वोत्कृष्ट पाँचमा पर्न सफल विद्यार्थीलाई ‘पिसजोन स्वर्ण पदक’ बाट सम्मानित गरिने जानकारी गराउनुभयो ।
    उक्त अवसरमा विभिन्न विधामा सर्वोत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।
 कार्यक्रमको संचालन विद्यालयका प्रचार्य सुरेन्द्र शर्मा दाहालले गर्नुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.