Tuesday, December 27, 2011

Premier Roadstar in Pokhara

 

Very low turning radius just 4.3 mtrs


High ground clearance of 225 mm 14'' Radial Tyres
1520 kgs Payload Capacity 3 way opening deck Maximum speed upto 100 Kmph


Technical Specifications -Diesel / CNG - Roadstar
Vehicle Type
Type of Vehicle LCV Pick-Up
Control Full Forward Control
Drive 4 x 2
Cab type Fully built cab
Load body Fitted





Load Body
Diesel
CNG
L/mm
2565
2415
2275
2095
1945
1805
W/mm

1410/1560



H/mm

450



(m²)
3.62/4.00
3.4/3.77
3.21/3.55
2.95/3.27
2.74/3.03
2.55/2.82
Weights (kgs)
Diesel CNG
Kerb weight (kg) FAW 550 695

RAW 450 520

ULW 1000 1215
Laden weight (kg) FAW 900 900

RAW 1375 1600

GVW 2275 2500
Suspension
Front Front axle with semi-elliptical Leaf spring
Rear Semi elliptical Leaf spring
Steering
Type Mechanical, Rack and Pinion
Diameter 380 mm
Ratio 20 : 1
Engine Diesel CNG
Type Diesel, IDI, Naturally Aspirated CNG OHC





Model PAD 1500 Naturally Aspirated 4ZB1 Carburetor
Bore x Stroke (mm) 77 x 82 84 x 82
Cylinders 4, In-line 4, In-line
Displacement (cc) 1527 1817
Compression Ratio 23 ± 1:1 8.5:1
Max Output (HP @ RPM ) 59 @ 5000 54 @ 4600
Max Torque (NM @ RPM) 90 @ 2250-3000 95 @ 3000
Emission Norms Bharat Stage II/III Bharat Stage III
Clutch
Type Dry, Single plate, Diaphragm
Gearbox
Type 4 speed manual
Gear Ratio 1st - 3.886 / 4.34, 2nd - 2.368:1, 3rd - 1.513:1, 4th - 1:1, Rev - 3.765:1
Rear axle ratio 4.1 : 1 / 4.88 : 1
Wheels & Tyres
Wheel rim size 5 ½ J X 14
Tyre size 185 R 14 C 8PR
Tyre Radial with tube
Laden Tyre Pressure (kg / cm²) Front: 3.0, Rear: 3.25 (Diesel)

*Front: 4.0, *Rear: 4.5 (CNG)
Brakes
Service Brake Dual circuit hydraulic, diagonal split with TMC & PCRV, assisted by vacuum booster with auto wear adjustment (optional)
Front Disc
Rear Drum





Capacity Diesel CNG
Seating 2 2
Fuel Tank (Litres) 38 90 (~14 Kg)Augmented by
5 litres. petrol tank

In Nepal its Price is NRs. 11,70000/-

Authorised Dealer

Maalaxmi  International
Nayabazar,Pokhara-9,Nepal. Tel:977-061-532173 Fax: 977-061- 532178

Monday, December 26, 2011

Pokhara - one of the must visit places during your holidays - पोखरा किन घुम्नै पर्ने ठाऊ हो?

Pokhara
Paragliding from Sarangkot to Sedi - one of the most loved tourist adventures in Pokhara
Christmas and New Year, and much more festive occasions to observe. We Nepalese even have many holidays than any other nationalities, eventually we got a lot of time to spend during holidays and travel inside and outside the country. If you have not yet visited and stayed in Pokhara for even a single day, consider reading this article to ensure to list a place to visit in your next holiday travel itenary.

विधेयक पास भए मानवअधिकार आयोग बन्द गर्नुपर्ने: श्रेष्ठ

बन्न लागेको नयाँ संविधानमा राष्ट्रिय मानवअधिकार आयोगको काम कर्तव्य, अधिकार, स्वायत्तता र स्वतन्त्रता खोसिएको भन्दै कास्कीका मानवअधिकारकर्मी, पत्रकार, बुद्धिजीवि, पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराले सोमबार पोखरामा आयोजना गरेको राष्ट्रिय मानवअधिकार आयोगको स्वायत्तता र स्वतन्त्रता विषयक छलफल कार्यक्रमका वक्ताहरुले चिन्ता प्रकट गरेका हुन् । कार्यक्रममा राष्ट्रिय मानवअधिकार महाभेलाका संयोजक प्रा. कपिल श्रेष्ठले नेपालका राजनैतिक दलहरुले मानवअधिकारका ठूला ठूला भाषण मात्र गर्ने र काम नगर्ने प्रवृत्त भएको बताउनुभयो । उँहाले नयाँ संविधानका लागि बनेको विधेयक पास भएमा राष्ट्रिय मानवअधिकार आयोग बन्द गरेर बसे पनि कुनै फरक नपर्ने बताउनुभयो । श्रेष्ठले नेपालका सबै राजनैतिक दलहरु यथास्थितिवादी हुनु र परिवर्तनशिल हुन नचाहनुले पनि दिनप्रतिदिन मानवअधिकारका घटनाहरु बढ्दै गएको बताउनुभयो । उँहाले नेपाली काँङ्ग्रेस र एकिकृत नेकपा माओवादीले हत्यारालाई आममाफिको प्रक्रिया थालेको र एमालेले द्धैध चरित्र देखाएको आरोप लगाउनुभयो । सरकारले ओएचसिएचआरको म्याद नथप्नाले पनि मानवअधिकार आयोग केही कमजोर देखिएको बताउनुभएको थियो । सो अवसरमा वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले अब मानवअधिकारकर्मीहरुले मानवअधिकारको संरक्षण गर्नका लागि आन्दोलन गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका निर्देशक यज्ञप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संवाद नेपालका अध्यक्ष निलकण्ठ शर्मा, इन्सेक क्षेत्रीय कार्यालय पोखराका निर्देशक शिव खकुरेल, वरिष्ठ मानवअधिकरकर्मी खगराज आचार्य, मानवअधिकार पत्रकार संघ(हुर्जा) कास्कीका महासचिव वीरेन्द्र सापकोटा, राष्ट्रिय सम्पदाका महासचिव रामबहादुर पौडेल, पुनरावेदन वार एशोसिएशन पोखराका सचिव कृष्ण प्रसाद तिमिल्सिना, एड्भोकेसि फोरम नेपाल पोखराकी संयोजक सरला पाण्डे लगायतका वक्ताहरुले अब ७५ जील्लाबाट मानवअधिकारको संरक्षणका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Friday, December 23, 2011

ट्याक्सी इकाई समितिको एघारौ अधिवेशन

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याक्सी इकाई समितिको एघारौ अधिवेशन ‘अब बन्ने संविधान यातायात मजदुरको सामाजिक सुरक्षा र सम्मान भन्ने मुल नाराका साथ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सभाहलमा सम्पन्न भयो ।
कार्याक्रमको उद्घाटन संगठनका केन्द्रिय सल्लाहकार ईन्द्र बहादुर गुरुङ्गले पानसमा दिप प्रज्वलन गरि गर्नु  भयो । प्रमुख अतिथि गुरुङ्गले अहिलेको जटिल अवस्थामा यातायात मजदुरहरु एक जुट हुनु पर्ने र आफ्नो हक अधिकार प्राप्तीका लागी आवाज बुलन्द गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

केन्द्रिय महासचिव रुद्र बहादुर खत्री, जिफण्ट अंचल सदस्य नन्दलनल अधिकारी,केन्द्रिय शिक्षा विभाग सदस्य तुलसी दाहाल,संगठनका अंचल अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्री,कामु प्र.जि.अ.ईश्वर रान रेग्मी, प्र.नि.कृष्ण अर्याल, ट्रफिक प्रहरी कार्यालयका प्रमुख प्र.नि.वीर बहादुर बुढामगर,अंचल सदस्य शिव प्रसाद अर्याल,माईक्रो इकाई अध्यक्ष हरिश्चन्द्र बजा्रचार्य लगायतका अतिथिहरुले अधिबेशनको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रमा सरुवा भई आउनु भएका कामु प्र.जि.अ. ईश्वर राज रेग्मी,प्र.नि.कृष्ण अर्याल,ट्रफिक प्रहरी कार्यालयका प्रमुख प्र.नि.वीर बहादुर बुढामगर लाई कार्याकालको सफलताको लागी शुभकामना सहित स्वगत तथा सम्मान सम्मान गरिएको थियो ।

Thursday, December 22, 2011

हुर्जा नेपालको अधिवेशन सम्पन्न, अध्यक्षमा छत्रशंकर

“मानवअधिकार उल्ल्ंघन विरुद्ध सञ्चार अभियान” भन्ने मूल नाराका साथ स्थापित मानवअधिकार पत्रकार संघ(हुर्जा) नेपालको सम्पन्न सातौँ साधारणसभा तथा दोश्रो अधिवेशन एक कार्यक्रमका बिच बिहीबार सम्पन्न भएको छ । अधिवेशनले पुन : छत्रबहादुर शंकरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रीमा झा, महासचिव गणेशप्रसाद घिमिरे, कोषाध्यक्ष किशोरकुमार पौडेल निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा क्रमश: विश्वनाथ आचार्य, कालिका खड्का, सन्देश सिम्खडा, टिकाश्वरी राई, निमेशजङ्ग राई, प्रज्ञा लम्साल र मिना शर्मा चयन हुनुभएको संघका केन्द्रिय महासचिव गणेशप्रसाद घिमिरेले जानकारि दिनुभयो । हुर्जा नेपालले आफनो शाखा कास्कीको पोखरामा मात्र गठन गरेको र अन्य क्षेत्रमा पनि शाखा विस्तार गरिने संघका अध्यक्ष छत्रशंकरले बताउनुभयो । कास्कीमा गठन भएको मानवअधिकार पत्रकार संघ(हुर्जा)ले मानवअधिकारसँग सम्बन्धित रहेर आफनो कार्यक्रमहरु गरिरहेको र हुर्जा नेपालमा निर्वाचित भएर आउनुभएका नवनिवार्चित कार्यसमितिहरुलाई संघका महासचिव वीरेन्द्र सापकोटाले कास्की शाखाको तर्फबाट बधाई ज्ञापन गर्दै आगामि दिनमा पनि आफना गतिविधिहरुलाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो । 

Monday, December 19, 2011

Bicycle gifts - गस्ती गर्न साइकल उपहार

   एक कार्यक्रमको आयोजना गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तरगत संरक्षण क्षेत्र व्यवस्थापन समिति सार्दीखोला गा.वि.स.का अध्यक्ष विक्रम गुरुङ्गबाट अस्थायी प्रहरी पोष्ट सार्दीखोलाको लागि रु.३६०००। मुल्य बराबरका ४ थान गियर भएका साइकल प्रदान गर्नुभएको छ । विभिन्न दलका स्थानीय प्रतिनिधिहरु, स्थानीय भद्रभलादमी तथा समाजसेवीहरुको उपस्थितीमा पोष्ट इन्चार्ज प्र.ह.शिव प्रसाद उपाध्यायलाई अध्यक्ष गुरुङ्गज्यूले विधिवत् हस्तान्तरण गर्नुभएको थियो । स्थानीय जनताहरुको विशेष पहलमा हालै मात्र स्थापना भएको उक्त अस्थायी प्रहरी पोष्टमा भौतिक सामाग्रीहरुको अभाव रहेको सन्दर्भमा अन्दाजी रु.८०००। मुल्य पर्ने एक थान काठको दराज समेत प्रदान गरिदा शान्ति सुरक्षा प्रभावकारी गराउन टेवा पुग्ने कार्यक्रमका सहभागीहरुले बताउनुभएको थियो ।
>>>> Bicycle gifts -गस्ती गर्न साइकल उपहार

संगम सहकारीको अवलोकन भ्रमण तथा प्रशिक्षण

       संगम बचत तथा ऋण सहकारी संस्था लि., रामबजार, पोखरा –१५ ले पोखराको उत्तरी भेग सार्दीखोला –९ मा रहेको पर्वतिय कृषि सहकारी संस्था र रेन्बो ट्राउट माछापालन सहकारी संस्थाको अवलोकन भ्रमण गर्नुका साथै सोही स्थानमा आफ्नो संस्थाका विभिन्न समिति, उपसमितिमा रहेका सदस्यहरुलाई प्रशिक्षण समेत दिएको छ ।

        सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय, कास्कीका प्राचार्य चन्द्र बहादुर ठकुरीले सहकारीका मुल्य र मान्यता विषयमा दिनुभएको उक्त प्रशिक्षण कार्यक्रममा आयोजक संस्थाका समिति र उपसमितिका सदस्य लगायत कर्मचारीहरु समेत गरी ३५ जनाको उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख प्रशिक्षक प्राचार्य चन्द्र बहादुर ठकुरीले संगम बचत तथा ऋण सहकारी संस्थाले अवलोकन भ्रमण र तालिम जस्ता विषयलाई प्राथमिकतामा राखेकोमा खुसी व्यक्त गर्दै संस्था तथा सदस्यहरुको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रम फलदायी हुने बताउनु भयो । पर्वतिय कृषि सहकारी संस्था लि. का अध्यक्ष मेष गुरु¨ले भ्रमण दल प्रति खुसी व्यक्त गर्दै आफ्नो संस्थाको गतिविधीको बारेमा जानकारी दिनुभएको थियो । यस अघि भ्रमण दलका सदस्यहरुलाई कृषि सहकारीका कृषि विज्ञ बाबुराम पौडेल र व्यवस्थापक धनकाजी गुरु¨ले अर्गानिक तरकारी खेतीको बारेमा जानकारी गराउनुभएको थियो ।

        भ्रमण दलले सोही दिन सार्दीखोलामै भएको रेन्बो ट्राउट माछापालन सहकारी संस्थाले सञ्चालन गरेको ट्राउट माछा पालन केन्द्रको समेत अवलोकन गरेको थियो ।

        यसैगरी संगम सहकारीका विभिन्न उपसमितिहरुले गत कार्तिक महिनामा पोखराका अन्य पा“च –पा“च वटा सहकारीमा गरेको भ्रमणको प्रतिवेदन समेत उपसमितिका संयोजकहरु लिल बहादुर गुरु¨, दल बहादुर कु“वर तिलक थापा, विष्णुकुमारी थापा, गोविन्द बहादुर गिरी र गोविन्द बहादुर थापाले सोही प्रशिक्षण कार्यक्रममा प्रस्तुत गरी संस्थाका अध्यक्ष निरज थापालाई हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रममा सदस्यहरुको निम्ति शिक्षामुलक, रमाईला खेलहरु प्नि खेलाईएको थियो ।

        शिक्षा, सुचना तथा सञ्चार उपसमितिका संयोजक तिलक थापाले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष निरज थापाले गर्नुभएको थियो ।

Saturday, December 17, 2011

World Disabled Day-अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाईयो


सुनौलो विश्वको लागि सबैको सम्लग्नता, अपाङ्गता भएका व्यक्तिहरुको विकासमा सहभागिता भन्ने नाराका साथ विश्व अपाङ्गता दिवस विविध कार्यक्रमका साथ मनाईएको छ । रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी क्लब दमौलीको संयुक्त आयोजनामा ४ जना अपाङ्गहरुलाई ह्वीलचियर वितरण गरिएको थियो । रोटरी क्लब अफ फिस्टेलका निवर्तमान अध्यक्ष रो. सुरेशप्रसाद श्रेष्ठले क्लबमा १०० वटा ह्वीलचियर प्राप्त भएको मध्ये वितरण गरिएको ह्वीलचियरको सही सदुपयोग होस भन्दै क्लबको बारेमा प्रकाश पार्नुभएको थियो ।


बेलायतको रोटरी क्लब अफ व्रिस्ट्रोल, रोटरी क्लब अफ पोखरा फिस्टेल, जील्ला विकास समिति स्याङ्गजा र गाउँ विकास समिति स्याङ्गजाको संयुक्त लगानीमा स्याङ्गजाको कोल्मा गाविस ५ मा खानेपानी आयोजनामा निर्माण कार्य सम्पन्न भएको छ । उक्त आयोजनाको परियोजनाका संयोजक रो. नरेन्द्र लिम्बु, रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष रो. विष्णुहरि तिमिल्सिना, बेलायतको रोटरी क्लब अफ व्रिस्ट्रोलका पदाधिकारी रो. रोन स्टाग र उपभोक्ता समितिका अध्यक्ष दुर्गा बहादुर गुरुङ्गले संयुक्त रुपमा धारा खोली खानेपानीको उद्घाटन गर्नुभएको थियो ।


कार्यक्रममा परियोजना संयोजक रो. नरेन्द्र लिम्बुले ३४ लाख ५६ हजारको लागतमा उक्त आयोजना निर्माण भएको जानकारि दिनुभयो । करिब १२०० व्यक्तिहरु इसबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने बताईएको छ । रोटरी क्लब अफ पोखरा फिस्टेलद्धारा कास्कीको अर्मला गाविस २ स्थीत जनता प्राथमिक विद्यालयमा १० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो । सो अवसरमा क्लबका अध्यक्ष रो. विष्णुहरि तिमिल्सिनाले शिक्षाको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।रोटरी क्लब अफ पोखरा फिस्टेलले विद्यालयको भौतिक संरचना, खानेपानी टंकी, शौचालय तथा छात्रवृत्तिमा सहयोग गर्दै आएको र भोलिका दिनमा पनि यसरी नै सहयोगको निरन्तरता दिने रोटरी क्लब अफ पोखरा फिस्टेलका डा. अनिलबाबु पराजुलीले बताउनुभयो ।

>>>>World Disabled Day-अपाङ्गता दिवस विभिन्न कार्यक्रम

Friday, December 16, 2011

राजनैतिक दलका कारण मानवअधिकारको उल्लंघन बढेको

राजनैतिक दलहरुकै कारण मानवअधिकारका घटनाहरु दिनप्रतिदिन बढिरहेको राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले आरोप लगाउनुभएको छ । राजनैतिक दलहरु शासन सत्तामा लाग्ने र मानवअधिकारको बेवास्ता गर्ने गरेकाले पनि मानवअधिकारका घटनाहरु बढिरहेको उपाध्यायको भनाई छ । राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चल पोखराको आयोजनामा शुक्रबार भएको दण्डहिनता र मानवअधिकारको समग्र अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उँहाले उक्त कुरा बताउनुभएको हो । मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा राज्य नलागेकोले पनि जनताले सोचेअनुसारको राहत


नपाएको दाबि गर्नुभयो । उँहाले गठन हुन लागेको सत्य निरुपण तथा मेलमिलाप आयोगमा राजनैतिक हावि र दावि भयो भने त्यसले काम गर्न नसक्ने समेत स्पष्ट पार्नुभयो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सचिव विशाल खनालले राजनैतिक दलका कारण दण्डहिनता बढेको आरोप लगाउनुभयो । उँहाले जनताको काममा प्रत्यक्ष रुपमा राजनीति हुने गरेकाले पनि सम्बन्धित प्रशानले काम गर्न नसकेको भन्दै दुख प्रकट गर्नुभयो । सो अवसरमा राष्ट्रिय मानवअधिकार आयेग क्षेत्रीय कार्यालय पोखराका निर्देशक यज्ञप्रसाद अधिकारीले मानवअधिकारको अवथा सन्तोषजनक नभएको बताउनुभयो । उँहाले राज्यले


मानवअधिकारको सम्मान र संरक्षण गर्नुपर्ने भएपनि नगरेको आरोप लगाउनुभयो । कार्यक्रममा शान्तिका लागि नागरिक समाजका संयोजक सुरेन्द्र थापा मगर, वरिष्ठ मानवअधिकारकर्मी नवदत्त ढुङ्गाना, रामप्रसाद घिमिरे, राम बहादुर पौडेल, खगराज आचार्य, सरला पाण्डे, कमल प्रसाद अर्याल, ढाकाराम पौडेल, कृष्ण तिमिल्सिना, टंक खनाल, कामनवअधिकार पत्रकार संघ(हुर्जां) कास्कीका महासचिव वीरेन्द्र सापकोटा, वानका केन्द्रिय सदस्य रमेश पौडेल, पत्रकारहरु हेमराज बराल, गोन्दि सुवेदी, प्रशान्त लामिछाने,
 मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका मानवअधिकार अधिकृत बद्रि सुवेदी लगायतका वक्ताहरुले आ–आफना धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रम राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका निर्देशक यज्ञप्राद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

कृषि तथा ब्यापार आयोजनाको प्रशिक्षणमा भाग लिनेको चाप

ब्यबसायिक कृषि तथा ब्यापार आयोजनाले उप आयोजनाका लागि परियोजना अवधारणा पत्र तयार गर्नेहरुका लागि १ दिने प्रशिक्षण सञ्चालन गर्दा देशका बिभिन्न ठाउमा सहभागिहरुको निक्कै चाप देखिएको छ ।

ब्यबसायिक कृषिका लागि बैदेशिक अनुदान समेत उपलब्ध गराउने ब्यबसायिक कृषि तथा ब्यापार आयोजनाले प्रतिस्प्रधात्मक रुपमा उप आयोजनाका लागि समुह  र संस्थाको छनौट गर्ने गर्दछ ।  प्रतिस्प्रधात्मक रुपमा उप आयोजनाका लागि छनौटमा पर्ने क्षमताका लागि प्रशिक्षणमा भाग लिनेको चाप बढेको देखिएको छ ।

तालिममा पोखरा क्षेत्रमा १३३ जनाको २ शत्र सञ्चालन भएको छ । कृषि इलमीहरुको यो उत्साहमा पाटीका नेता तथा संविधान सभाका सभासद समेत सहभागी भएका छन् ।

पोखरामा भएको प्रशिक्षणमा केशव नेपाल र महेन्द्र थापाले श्रोतब्यक्तिको रुपमा सहजीकरण गरेको सहजकर्ता शंभु कार्कीले  जनाएका छन् । पोखराका साथै काठमाण्डौं , चितवन, नेपालगञ्ज,धनगढी समेतमा गरी ७१० जना कृषि इलमीहरु सहभागि भएको आयोजनाका अनुगमन अधिकृत टीकाराम शर्माले जनाएका छन् ।

Thursday, December 15, 2011

National Human Rights commision's appeal-आममाफि नदिन राष्ट्रिय मानवअधिकार आयोगको अपिल

 सशस्त्र द्वन्द्वकालमा नेपालमा भएका गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघन र मानवता विरुद्धका अपराधका पीडित पक्षहरुलाई सत्यतथ्य जानकारी पाउने र राहत क्षतिपूर्तिका साथै न्याय पाउने समेत अधिकार भएको निर्विवाद छ । सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको सन्दर्भमा प्रस्तावित विधेयकमा

आममाफी समेतको व्यवस्था हुने चर्चा पत्रपत्रिकाहरुमा हालैका दिनमा चलिरहेको सन्दर्भमा उक्त विषयप्रति राष्ट्रिय मानवअधिकार आयोगले आज एक प्रेश विज्ञप्ति प्रकाशित आफनो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अन्तर्राष्ट्रिय फौज्दारी अदालतको रोम विधानको अनुमोदन गर्न तथा संक्रमणकालिन न्यायका संयन्त्रहरुको स्थापना गर्ने सम्बन्धमा मानवअधिकार आयोगले आफ्नो धारणा सहित २०६८ असार २७ गतेको निर्णय नेपाल सरकारलाई पठाएको आयोगका सचिव विशाल खनालद्धारा हस्ताक्षरित विज्ञप्तिमा बताईएको छ । विज्ञप्तिमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने कुरा अत्यन्तै सकारात्मक

भएपनि द्वन्द्वपीडितहरुको हकअधिकारलाई मिच्नेगरी आममाफी दिने कुरा रोम विधानको भावना, मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्ड, कानुन र प्रचलन समेतको प्रतिकूल हुन जाने कुरामा आयोग अडिग रहेको भनिएको छ । आममाफीका कुराहरुबाट न्याय स्थापना र दीर्घकालिन शान्ति कायम हुननसक्ने भएको हुनाले उक्त विधेयक सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले यसअघि व्यक्त गरेको धारणा बमोजिम नै गम्भीर प्रकृतिका मानव अधिकार र मानवता विरोधी अपराधहरुमा आममाफी सम्बन्धी व्यवस्था नराख्न, नगर्न तथा नगराउन नेपाल सरकार र सम्बद्ध सबै पक्षलाई आग्रह समेत गरेको छ ।

>>>>National Human Rights commision's appeal-आममाफि नदिन राष्ट्रिय मानवअधिकार आयोगको अपिल

 

Wednesday, December 14, 2011

दलितको मृत्युमा मानवअधिकार पत्रकार संघको गम्भिर ध्यानाकर्षण

      कर्णाली अन्चलको कालीकोट जिल्ला जुविथा ६ माईधारमा आईतवार साझ चुलो छोएको आरोपमा स्थानीयको कुटपिटका कारण स्थानीय मनविरे सुनारको मृत्यु भएको छ । स्थानीय जसबहादुर शाहीको चिया पसलमा सुनारले चुरोट सल्काएका कारण स्थानीय मिनबहादुर शाही र  दीपबहादुर शाहीले कुटपीट गर्दा जुविथा ४ का  ३१ बर्षीय सुनारको मृत्यु भएको हो । एक मात्र छोराको मृत्युका कारण मृतकका बुबा बिरभद्र सुनार अझै पनि अचेत रहेका छन् । सो घटनाको मानवअधिकार पत्रकार संघ(हुर्जा) नेपाल र मानवअधिकार पत्रकार संघ(हुर्जा) कास्कीको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त घटनाले नेपालमा जातिय छुवाछुतको अवस्था अझै कति गम्भीर छ भन्ने कुरालाई इंगीत मात्र गरेको छैन जातिय छुवाछुत अन्त्य गर्ने बिषयमा राजधानी तथा मोफसलका सदरमुकाम एवं शहरमा मात्र गरिने ठुला ठुला गोष्ठी, सभा केवल कार्यक्रममा मात्र सीमित भएको पनि प्रष्ट भएको छ । हुर्जा नेपालका अध्यक्ष छत्रबहादुर शंकर, महासचिव गणेश प्रसाद घिमिरे र हुर्जा कास्कीका महासचिव वीरेन्द्र सापकोटाद्धारा संयुक्त रुपमा हस्ताक्षरित प्रेश विज्ञप्तिमा सो घटनाले संसदले केही महिना अघि मात्र पारित गरेका जातीय आधारमा हुने छुवाछुत अन्त्य गर्ने सम्बन्धि ऐन कार्यन्वयनमा सरकार कति निष्कृय छ भन्ने कुराको दरिलो आधार बनेको जनाईएको छ । समाजमा यस्तो विभेदलाई अन्त्य गर्न दलित र गैरदलितबीचको सहकार्य आवश्यक रहनुका साथै सरकारले पनि यसमा गम्भीर भएर लाग्नु जरुरी छ, जसले गर्दा यस्ता जातीय विभेदहरु समाजमा विस्तारै हराउदै जानेछन । संघले निकट भविष्यमा नै मुलुकमा विद्यमान जातीय विभेद अन्त्य गर्न हालै पारित भएको जातीय छुवाछुत सम्बन्धि ऐन सम्बन्धमा  राष्ट्रब्यापी जनचेतना जगाउने अभियान संचालन गर्ने प्रतिवद्धता गर्दै र यस्ता विभेदका घटनामा संलग्नहरुलाई न्यायको कठघरामा ल्याउन यस अभियानले महत्वपूर्ण भुमिका खेल्ने विश्वास पनि ब्यतm गरेको छ । हुर्जा नेपालले तत्काल पीडित परिवारलाई १० हजार रुपैया नगद उपलब्ध गराउने घोषणा गर्दै उक्त घटनाको नेपाल सरकारसँग मानवअधिकारकर्मि सहितको छानविन टोलिको गठन, पिडित परिवारलाई पाँच लाख बराबरको क्षतिपुर्ति उपलब्ध गराउन माग समेत गरेको छ ।

Tuesday, December 13, 2011

Man Arrested with Weapon(हतियार सहित पक्राउ)

   विभिन्न मितिमा यस जिल्ला अन्र्तगत पोखरा एरियामा भएका चोरीका घट्नाहरुको अनुसन्धान गर्ने क्रममा संकाश्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा निज व्यक्तिको मोवाईलमा हतियार सहितको फोटो समेत फेला परेकोले उक्त हतियार सहित फोटो भएको व्यक्तिको खोजतलास गर्दे जाँदा आज मिति २०६८/८/२७ गते बिहान जिल्ला कास्की पोखरा १६ अमरदिप स्थित गुन्जमान गुरुङ्गको घरमा डेरा लिई बसेको जि. रोल्पा सेरम गा.वि.स. वडा नं. ९ घर हुने वर्ष २२ को सेते भन्ने भिम बहादुर घर्ती मगर संकाश्पद अवस्थामा फेला पारी निजको डेरा कोठा तलासी लिंदा निजले विभिन्न अपराधिक कामको लागि प्रयोग गर्दे आएको होम मेड कटुवा पेस्तोल नाल १ र एै. मा फिट हुने गोली राउण्ड २ फेला परेकोले उक्त हतियार र गोली बरामद गरी निजलाई समेत पक्राउ गरी यस कार्यालयको हिरासतमा राखी अवैध हातहतियार खर खजाना मुद्धा अन्र्तगत मुद्धा दर्ता गरि अनुसन्धान कारवाही प्रक्रिया अगाडि बढाईएको । 
   
>>> Man Arrested with Weapon(हतियार सहित पक्राउ)     

Monday, December 12, 2011

जातिय विभेद अन्त्यका लागि सामुहिक ऐक्यवद्धता



पोखरामा  आयोजित  जातिय छुवाछुत विरुद्ध सचेतना मुलक कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले जातिय विभेद विरुद्ध सामुहिक एक्यवद्धता जाहेर गरेका छन् ।
असल सासन संजाल , प्रोपव्लिक कास्कीको आयोजनामा पोखरामा सोमवार आयोजना गरिएको कार्यक्रममा आध्यात्मिक , धार्मीक , जातिय  संगठन तथा मानवअधीकारकर्मी,नागरीक समाजका प्रतिनीधी तथा पत्रकारहरुले सामुहिक रुपमा एक्यवद्धता जाहेर गरेका हुन् । 


जातिय उत्पिडनमा परेका पिढीत कर्ण वहादुर नेपालीको हातवाट उपस्थीत अतिथिहरुले पानी खाएर उद्घाटन गरिएको कार्यक्रममा वोल्ने व्यक्तिहरुले जातिय विभेद अत्यका लागि कानुन वनेर मात्र नहुने कुरामा जोड दिदै सोच चेतना र व्यवहारीक परिवर्तनको आवश्यकता औलाए । 
कार्यक्रममा आध्यात्मिक क्षेत्रवाट वोल्दै आनन्दमार्गी विष्णु प्रसाद वराल ,ओम शान्तिका व्रह्मकुमारी शोभा दिदी ,मानव धर्म सेवा समितिका चमेली वाई र ओशो उपवनका प्रमुख स्वामी योगानन्दले धर्म र अत्यात्ममा जातिय छुवाछुत कहि पनि उल्लेख नगरेको वताउदै अध्यात्मीक दृष्टिकोणले सम्पुर्ण मानव जाति एक भएको वताए । साथै उनीहरुले कर्मको आधारमा मानिसहरु उच निच हुने कुरामा जोड दिदै जन्मेका आधारमा कोही पनि ठुलो वा सानो नभनी राम्रो र असल कार्यमा जुट्नुपर्ने आवश्यकता औलाए । 


पिढीत नेपालीले  जवसम्म छोइयो भन्ने शव्दको अत्य हुदैन तवसम्म समाजमा छुवाछुत व्याप्त हुने कुरामा जोड दिदै मान्छे मान्छे विचको छुवाछुतलाई चिर्न संजालले थालेको अभियानले धेरै पिढीतहरुलाई राहतको महसुस हुने कुरामा जोड दिए । 
त्यस्तै वरिष्ठ स्वतन्त्र पत्रकार कृष्ण प्रसाद वास्तोला , संचारकर्मी दिपेन्द्र श्रेष्ठ , फोटो पत्रकार विश्व शाक्यले अँधविश्वास , कुरिति र कुसंस्कारका कारण समाजमा छुवाछुत जस्तो कुप्रथाले जरो गाडेको वताउदै यसको अत्यका लागि सवै एकजुट भएर लाग्नुपर्ने धारणा व्यक्त गरे ।

त्यस्तैगरि मानवअधिकारकर्मी नेता टेकनाथ वराल , शान्तिका लागि नागरिक समाजका संजाल कास्कीका अध्यक्ष सुरेन्द्र थापा मगर,राष्ट्रिय जनजाति महासंघ कास्कीका अध्यक्ष पानवहादुर घर्ती लगायतले सवै मानवहरु सम्मान जनक वाच्न पाउनुपर्ने अधिकार कसैले पनि हनन् गर्न नहुने कुरामा जोड दिदै यस्ता अभियानहरुले समाज परिवर्तन गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे । 


त्यस्तैगरि व्राह्मण सजमाका तर्फवाट भेषराज लम्साल, तमु धि नेपालवाट देविवहादुर गुरुङ ,नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य भिम वहादुर विक , विश्व हिन्दु महासंघ नेपालका महासचिव मुक्तिराम अधिकारी ,नारणप्रसाद पोख्रेल स्मृति प्रतिष्ठानका अध्यक्ष मिना पाण्डे , मानव मिलन नारि जागरण संस्था नेपालका अध्यक्ष शावित्री शर्मा , कलाकार मिलन शेरचन लगायत, विद्यार्थीका तर्फवाट हिरालाल विकलगायतले जातिय छुवाछुत विरुद्धको यस्ता अभियान अझ गाँउगाँउमा थालनी  गर्नुपर्ने आवश्यकता औलाए ।
असल शासन संजालका अध्यक्ष माधव पहारीले  चेतना र सोचमा व्यवहारीक रुपले परिवर्तन नभएसम्म जातिय विभेद विरुद्ध जतिसुकै कानन निर्माँण भएतापनि समाजमा परिवर्तन नहुने जिकीर गर्दै सामुहीक रुपमा व्यवहारीक परिवर्तन गराउने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको वताए ।उनले समाजमा विध्वमान जातिय विभेदका कारण मानिसको आत्मसम्मान पुर्वक वाच्न पाउनुपर्ने अधिकार उल्लङन भएको दावी गर्दै मानिस मानिस विच विभेद अत्य गर्नुपर्ने आवश्यकता औलाए ।
कार्यक्रमका सवै सहभागि सभाध्यक्ष वनेको उक्त कार्यक्रमको संचालन संजालका महासचिव सुष्मा पौडेलले गरेकि थिइन् भने कार्यक्रममा स्वागत मंतव्य उपाध्यक्ष विष्णु भण्डारीले गरेका थिए भने कार्यक्रममा धन्यवाद मंतव्य हरिकृष्ण तिमिल्सिनाले ज्ञापन गरेका थिए ।

सराङ्गकोट गा.वि.स.को १५ औं गाउँ परिषद् सम्पन्न - 15th General Coucil of Sanrangkot VDC completes

     सराङ्गकोट गा.वि.स.को १५ औं गाउँ परिषद् शनिवार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि सभासद् दुर्गा वि.क.ले गाउँ परिषद्को उद्घाटन गर्दै गाउँ परिषद्बाट पारित योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको लागि जिविस र मन्त्रालयसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Sunday, December 11, 2011

No any change in Human Rights issues conclusion (मानवअधिकारका घटनाहरुमा सुधार नभएको निष्कर्ष)


सरकार र तात्कालिन माओवादीबिच शान्ति प्रक्रियामा सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि मानवअधिकारको अवस्था सुधार नभएको आईतबार पोखरामा आयोजित कार्यक्रमक्रमका वक्ताहरुले जोड दिएका छन् । ६३ औँ अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखरा, इन्सेक क्षेत्रीय कार्यालय पोखरा र राष्ट्रिय मानवअधिकार उच्चायुक्तको कार्यालय ओएचसिएचआरको संयुक्त आयोजनामा पश्चिमाञ्चल क्षेत्रको मानवअधिकार स्थिति र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् । सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका निर्देशक यज्ञप्रसाद अधिकारीले संख्यात्मक रुपमा मानवअधिकारका घटनामा न्यूनिकरण आएतापनि गुणत्मक रुपमा न्यूनिकरण नआएको बताउनुभयो । उँहाले पछिल्ला दिनमा बालबालिका र महिलामाथिका घटनाहरु वृद्धि हुदै गएको पनि बताउनुभयो । 

प्रमुख अतिथि पश्चिमाञ्चलका निमित्त क्षेत्रीय प्रशासक शिवहरि उपाध्यायले पछिल्लो चरणमा सोचेअनुसार मानवअधिकार क्षेत्रमा सुधार नआएको बताउनुभयो । उँहाले मानवअधिकार उल्लंघनका घटनाहरु बढ्नुमा मानवअधिकारसँग सम्बन्धित रहेर काम गर्ने संघसँस्थाहरु एक नभएको र सम्बन्धित निकायका प्रतिनिधिहरुले जीम्मेवारीपूर्वक काम नगरेकोले पनि मानवअधिकारको क्षेत्रमा सुधार नआएको बताउनुभयो । कार्यक्रममा क्षेत्रीय प्रहरी महानिरिक्षक राजेन्द्रसिंह भण्डारीले मानवमा पहिलादेखि नै उल्लंघन गर्ने सँस्कृति भएकाले पनि यस्ता घटनाहरु बढ्दै गएको बताउनुभयो । उँहाले सबैले शिष्टता र प्रष्टताका साथ काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । कास्कीका सहायक प्रमुख जील्ला अधिकारी इश्वरराज रेग्मीले द्धन्दपिडित, एकल महिला लगायत मानवअधिकारका घटनाबाट पिडित व्यक्तिलाई आवश्यक कागजपत्र ल्याएमा सरकारले दिएको सेवा सुविधा दिने प्रष्ट पार्नुभयो । 

कार्यक्रममा कास्कीका प्रहरी प्रमुख यादवराज खनाल, एकिकृत नेकपा माओवादीका सहइन्चार्ज रामजी बराल, नेपाली काँङ्ग्रेस कास्कीका सचिव कृष्ण केसि, एमाले सचिवालय सदस्य देवका पहारी नेकपा एकिकृतका भिमबहादुर श्रीस मगर, पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतिकवरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल, नवदत्त ढुङ्गाना, खगराज खाचार्य, वासुदेव बराल, रामबहादुर पौडेल, ढाकाराम पौडेल, जुना केसि, सरला पाण्डे, मानवअधिकार पत्रकार संघ कास्कीका राजेश पराजुली, वीरेन्द्र सापकोटा, नवीन सिग्देल, गोविन्द सुवेदी, दुर्गा पहारी, कालिका गणका गणपति शम्भु उप्रेति, इन्सेक क्षेत्रीय कार्यालय पोखराका निर्देशक शिव खकुरेल, ओएचसिएचआरका मानवअधिकार अधिकृत रञ्जना थापा लगायतका वक्ताहरुले आआफना धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रम राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका निर्देशक यज्ञप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।  

No any change in Human Rights issues conclusion (मानवअधिकारका घटनाहरुमा सुधार नभएको निष्कर्ष)

जनप्रिय बहुमुखी क्याम्पसको २१औं वार्षिकोत्सव - 21st Anniversary of Janapriya Multiple Campus, Pokhara


 २०४८ सालमा स्थापित जनप्रिय बहुमुखी क्याम्पसको आज २१औं वार्षिकोत्सव सम्पन्न भएको छ । संस्थापक प्राध्यापक समूह र पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय बहुमुखी क्याम्पस इकाइको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमको सभापतित्व संस्थाका प्राध्यापक समूहका संयोजक डा. मानबहादुर केसीले गर्नुभएको थियो ।

Saturday, December 10, 2011

63 th International Human Rights Days(६३ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस)

आज १० डिसेम्बर अथार्त अन्तर्राष्ट्रिय मानवअधिकार दिवस, कास्कीमा पनि बिभिन्न कार्यक्रम गरी  मनाईदै छ । ६३ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शनिबार बिहान प्रभातफेरिर् यालि सम्पन्न भएको छ । पोखराको सभागृहचोकबाट सुरु भएको र् यालि न्यूरोड, विपिचोक हुदै  मानवअधिकारचोकमा आएर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै कास्की जील्लाका सहायक प्रमुख जील्ला अधिकारी इश्वरराज रेग्मीले मानवअधिकारका कुरा बुझन आवश्यक रहेको बताउनुभयो ।

Friday, December 9, 2011

Discussion about Human Rights with Porter(भरियासँग मानवअधिकारका कुरा )


  ६३ औँ मानवअधिकार दिवसको सन्दर्भ पारेर भरियासँग मानवअधिकारका कुरा विषयक छलफल कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखरा, इन्सेक क्षेत्रीय कार्यालय पोखरा, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की र मानवअधिकार एलाईन्सको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले मजदुर तथा भरिया अधिकारबाट पिछडिएको भन्दै दुख प्रकट गर्नुभयो ।

Thursday, December 8, 2011

Rally for Disabled (अपाङ्गता जागरण र् यालि )



स्वार्थ भन्दा माथि सेवा भन्ने मूल आदर्शलाई आत्मसाथ गर्दै रोटरी क्लब अफ पोखराले १० डिसेम्बर शनिबारका दिन अपाङ्गता जागरण र् यालि गर्ने भएको छ ।

Human Rights Program(मानवअधिकार शहरमा मात्र नगरि ग्रामिण भेगमा पनि


मानवअधिकार सम्बन्धि कार्यक्रमहरु शहरमा मात्र नगरि ग्रामिण भेगमा पनि गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय मानवअधिकार आयोग क्षत्रीय कार्यालय पोखराले मङ्गलबार पोखरामा आयोजना गरेको मानवअधिकार दिवस कसरी मनाउने विषयक कार्यक्रमका वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका निर्देशक यज्ञप्रसाद अधिकारीले शहरमा मात्र मानवअधिकारसम्बन्धि कार्यक्रम गर्नाले ग्रामिण भेगका जनताले मानवअधिकारसँग सम्बन्धित कार्यक्रमहरुको बारेमा जानकारि नपाएको बताउनुभएको थियो । उँहाले मानवअधिकारका बारेमा जनचेतना जगाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण  रहेको बताउनुभएको थियो । कार्यक्रममा शान्तिका लागि नागरिक समाज सञ्जाल कास्कीका संयोजक सुरेन्द्र थापा मगरले मानवअधिकारका कार्यक्रमहरु व्यवस्थित रुपले सभ्य र भव्य रुपमा गर्नुपर्नेमा जोड दिनुभएको थियो । विभिन्न सरकारी, गैरसरकारी तथा सुरक्षा निकायका प्रतिनिधिहरु उपस्थिति रहेको कार्यक्रममा मानवअधिकार पत्रकार संघ(हुर्र्जा) कास्कीका उपाध्यक्ष राजेश पराजुलिले मानवअधिकारका कार्यक्रमहरुलाई सफल पार्नका लागि हुर्जा कास्कीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा हुर्जा कास्कीका महासचिव वीरेन्द्र सापकोटाले मानवअधिकारसँग सम्बन्धित कार्यक्रमहरु मानवअधिकारकै दिवस भनेर कुर्न नहुने भएकाले कुनै पनि समयमा गर्नुपर्ने बताउनुभयो । उँहाले यस्ता कार्यक्रमहरु शहरमा भन्दा ग्रामिण भेगमा लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेल, गणेश श्रेष्ठ, कास्की जील्लाका प्रहरी प्रमुख यादवराज खनाल, शसस्त्र प्रहरीका पदम सिंह ऐर, राष्ट्रिय सम्पदाका महासचिव रामबहादुर पौडेल, कृष्ण प्रसाद आचार्य मानवअधिकार आयोगका मानवअधिकार अधिकृत बद्रि सुवेदी लगायतले यस्ता कार्यक्रमहरुलाई सञ्चारमाध्यमले समेत प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

Wednesday, December 7, 2011

नेपालमा सवारी चलाउने काइदा – How people drive in Nepal?

माथि नर्कमा ठाउँ छ तलाई हतार छ भने (Photo by:( NGC,NEWS ) नुवारथोक,७ बुलौदी पोखरा

बढी दुर्घटना हुने ठाउँ भएकाले बढी गतिमा सवारी नचलाऔ साइन बोड राखिएको छ
तर यो साइन बोड देख्दा पनि लापरवाही गर्छन् भने त हाम्रो भन्नु केही छैन
तर माथि नर्कमा ठाउँ छ तलाई हामी भन्न मात्र सक्छौ
(Photo by:( NGC,NEWS )नुवारथोक,७ बुलौदी पोखरा

Picture originally shared on my Facebook profile

Monday, December 5, 2011

Bus accident near Bindhabasini Temple, Pokhara

This is an accident of bus at night. Click individual pictures to zoom in.

Date: December 3rd, 2011; Pokhara near Bindhabasini Temple

bus-accident-bindhabasini-pokhara (1)

Sunday, December 4, 2011

Photos from Mustang trip in Nepal

mustang-photo

This is an awesome picture depicting Himalayan range during trip to Mustang in Nepal. The blue sky gives us more energy. Click individual pictures to zoom in.  See more pics below.

Tuesday, November 29, 2011

Drug caught by Police in Pokhara

लागू औषध बरामद कारवाही सम्बन्धी बिवरण

) मिति २०६८।०७।३० गते बिहान ०९:३० बजेको समयमा  सादा पोशाकको प्रहरी टोलीले सुराकीको आधारमा विरगंजबाट लुकाई छिपाई लागू औषध पोखरा तर्फ ल्याउदै गरेको भन्ने सूचनाको आधारमा खोजतलास गर्ने क्रममा तनहुँ जिल्लाको दमौली बजार स्थित एक होटलमा बसिरहेको अवस्थामा निम्न व्यक्तिहरुलाई निम्नानुसारको लागू औषध सहित पक्राउ गरि आवश्यक अनुसन्धान कार्य भईरहेको  

Monday, November 28, 2011

Drug dealers caught by Police in Pokhara

Guys caught in dealing narcotics
भारतको रक्सौल देखी पोखरामा लागु औषध ओसार पोसार हुन्छ भन्ने विशेस सुचनाको आधरमा निग्रनी गर्ने क्रममा लागु औषध पोखरामा ल्याउंदै गरेको अवस्थामा यस कार्यालयवाट खटिएको प्रहरी टोलीले चेकिङ्गको क्रममा मिति २०६८/०७/३० गते सांझ जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.–९ पृथ्वीचोकमा जिल्ला पर्शा हरीयापुर गा.वि.स.वडा नं.–१ वस्ने वर्ष–२२ को गम्भीर महत्तो र ऐ. वस्ने वर्ष–२० को तारा मिश्रलाई लागु औषध वुप्रिनर्फिन थान–१५०, डाईजापाम थान–१५०, फेनेरागन थान–१०० र खैरो हिरोईन व्राउनसुगर ६ ग्राम सहित पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतवाट म्यादथप लिई लागु औषध मुद्धामा थप अनुसन्धान कार्य भई रहेको ।
Drug dealers caught by Police in Pokhara

Monday, October 24, 2011

पटका सहित मानिस पक्राउ


प्रहरी चौकी शिसुवा डाडाकोनाक कास्कीवाट खटिएको सादा पोसाकको गष्ती प्रहरीले जि.कास्की लेखनाथ न.पा.वडा नं.–२ रिठेपानी स्थित सिम वहादुर गुरुङ्गको पसलवाट खुर्सानी पटका साढे १४ प्याकेट वरामद गरी स्थानीय व्यक्ति, स्थानीय संचारकर्मी र प्रहरीको रोहवरमा नष्ट गरी निजहरुकै रोहवरमा पसलका साहु सिम वहादुर गुरुङ्गलाई अव उप्रान्त पटका वेचविखन नगर्ने गरी सचेत गराई छाडिएको ।पोसाकको गष्ती प्रहरीले जि.कास्की लेखनाथ न.पा.वडा नं.–२ रिठेपानी स्थित सिम वहादुर गुरुङ्गको पसलवाट खुर्सानी पटका साढे १४ प्याकेट वरामद गरी स्थानीय व्यक्ति, स्थानीय संचारकर्मी र प्रहरीको रोहवरमा नष्ट गरी निजहरुकै रोहवरमा पसलका साहु सिम वहादुर गुरुङ्गलाई अव उप्रान्त पटका वेचविखन नगर्ने गरी सचेत गराई छाडिएको ।
 जिल्ला प्रहरी कार्यालय कास्की ।

लागु औषध पक्राउ

वडा प्रहरी कार्यालय गगनगौडा कास्कीवाट खटिएको प्र.क.टोलीले चेकिङ्ग गर्ने क्रममा जि.कास्की लेखनाथ न.पा.वडा नं.–१३ तल्लोगगनगौडा स्थितमा ऐ. वस्ने वर्ष–२१ को यम वहादुर पनु र ऐ. वस्ने वर्ष–२१ को सुमन पुनको साथवाट लागु औषध वुप्रिनर्फिन थान–१४, डाईजापाम थान–१६, फेनेरागन थान–१२ र चरेश २० ग्राम सहित पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको ।
जिल्ला प्रहरी कार्यालय कास्की ।

Monday, October 17, 2011

Crime News Pokhara

मिति  २०६८/०६/१० गते जि.कास्की लुम्ले गा.वि..वडा नं. वस्ने वर्ष६८ को राम वहादुर परियारलाई एै. दाङ्गसिङ्ग गा..वि..वडा नं. वस्ने वर्ष३८ को राम कुमार राईले कुटपीट गरी घाईते भई .क्षे.अस्पताल गण्डकीमा उपचार गरिएको दुवै पक्षलाई यस कार्यालयमा उपश्थित गराई छलफल हुंदा घाईतेको उपचार गराई दिने सहमती भएको, घाईते डिष्चार्ज भई आप्mनै घरमा रहेवसेकोमा निज घाईतेको मिति २०६८/०६/२८ गते मृत्यु भएको हुंदा सोही चोटपिडावाट मृत्यु भएको भन्ने वुझीन आएकोले कुटपीट गर्ने राम कुमार राईलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको 

 जिल्ला प्रहरी कार्यालय कास्की