Friday, December 23, 2011

ट्याक्सी इकाई समितिको एघारौ अधिवेशन

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याक्सी इकाई समितिको एघारौ अधिवेशन ‘अब बन्ने संविधान यातायात मजदुरको सामाजिक सुरक्षा र सम्मान भन्ने मुल नाराका साथ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सभाहलमा सम्पन्न भयो ।
कार्याक्रमको उद्घाटन संगठनका केन्द्रिय सल्लाहकार ईन्द्र बहादुर गुरुङ्गले पानसमा दिप प्रज्वलन गरि गर्नु  भयो । प्रमुख अतिथि गुरुङ्गले अहिलेको जटिल अवस्थामा यातायात मजदुरहरु एक जुट हुनु पर्ने र आफ्नो हक अधिकार प्राप्तीका लागी आवाज बुलन्द गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

केन्द्रिय महासचिव रुद्र बहादुर खत्री, जिफण्ट अंचल सदस्य नन्दलनल अधिकारी,केन्द्रिय शिक्षा विभाग सदस्य तुलसी दाहाल,संगठनका अंचल अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्री,कामु प्र.जि.अ.ईश्वर रान रेग्मी, प्र.नि.कृष्ण अर्याल, ट्रफिक प्रहरी कार्यालयका प्रमुख प्र.नि.वीर बहादुर बुढामगर,अंचल सदस्य शिव प्रसाद अर्याल,माईक्रो इकाई अध्यक्ष हरिश्चन्द्र बजा्रचार्य लगायतका अतिथिहरुले अधिबेशनको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रमा सरुवा भई आउनु भएका कामु प्र.जि.अ. ईश्वर राज रेग्मी,प्र.नि.कृष्ण अर्याल,ट्रफिक प्रहरी कार्यालयका प्रमुख प्र.नि.वीर बहादुर बुढामगर लाई कार्याकालको सफलताको लागी शुभकामना सहित स्वगत तथा सम्मान सम्मान गरिएको थियो ।
अधिवेशनले आगामि २ बर्षको लागि कृष्ण ब.थापाको अध्यक्षतामा ११ सदस्यीय ईकाइ निर्विरोध कमिटि चयन   जसको उपाध्यक्षमा सन्तोष कुमार गुरुङ्ग,सचिवमा केदार तिमिल्सीना,सहसचिवमा अर्जुन थापा,कोषाध्यक्षमा लिला ब.पौडेल सदस्यहरुमा क्रमश: केशव राज पौडेल,केशव राज न्यौपाने,शंकर श्रेष्ठ,खेम ब.गुरुङ्ग,होम ब.कुँवर र अमृत गुरुङ्ग रहनु भएको छ । सोहि अधिवेशनले जिफण्ट प्रतिनिधिमा धनपति पौडेल र बिष्णु कुवँर तथा सल्लाहकारमा राजेन्द्र आचार्य र राजेश शाही लाई निर्वाचित  निवर्तमान अध्यक्ष राजेन्द्र आचार्यको अध्यक्षतामा, सचिव सन्तोष कुमार गुरुङ्गले संचालन गर्नु भयो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण ब.थापाले गर्नु भएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.